
१
सगरमाथा
शिरको टोपी
मेरो देशको पहिचान !
२
सगरमाथा
विश्वको शिर
नेपाली माटोको मान !
३
सगरमाथा
अग्लो ठाउँ
नेपाली शिरको सान !
४
हिमनदी
सदाबहारको ताल
कञ्चन सलल जल !
५
पानी
झरी नदी
माटोमा टल्किने चाँदी !
६
वासना
फूलको सुगन्ध
काँडासँगको छुट्टै सम्बन्ध !
७
कोष
दैलाको सङ्गेठेलो
काजलको सुन्दर रेखा !
८
जीवन
कोरा कागज
झरीमा रुझेको मुसा !
९
प्रकृति
आफ्नै आकृति
सुखमा बिगार्नु विकृति !
१०
देश
मनको प्रेम
हिमाल पहाड तराई !
- सविता के.सी., काठमाडौँ

