उदक यात्री टीकाराम पुन मगरका उत्कृष्ट उदकहरू

  • २० जेष्ठ २०७९, शुक्रबार २०:५४ मा प्रकाशित
  • १
    शहर
    व्यस्त सडक
    भागदाैडमा रित्तिँदै जिन्दगी!

    २
    शहर
    कल्पनाको संसार
    युवाहरूकाे रमाउने रहर !

    ३
    शहर
    गगनचुम्बी भवन
    काेठाभित्र साँघुरिएका मन !

    ४
    शहर
    साँझ रङ्गिन
    नशालु भाेगमा तल्लीन !

    ५
    शहर
    परिश्रमको संसार
    कामकाे छैन् दरकार !

    ६
    बादल
    पाेलिएकाे धरती
    राहत पाउने आशा !

    ७
    वर्षा
    जीवन जल
    शुष्क धरतीमा बीज !

    ८
    जुरायाे
    जन्मकुण्डलीकाे मेल
    आँकडाकाे ठुलो खेल !

    ९
    पारपाचुके
    मनको अनमेल
    आँकडाकै ठुलो खेल !

    • टीकाराम पुन मगर, सल्यान

    Leave a Reply