
केटी:
मेरो दिल तिमीले जलाई,
गयाै टाढा छाेडेर मलाई।
केटा:
धनविना घर नै चलेन,
भनेकै थ्याै चुलो नि बलेन ।
केटी:
खाेले सिस्नु खाएको नि राम्रो ,
सँगै बस्ने जिन्दगी हाे हाम्रो ।
केटा:
आउनेछु म घर फर्केर,
बस बस मायालु पर्खेर ।
केटी:
चिन्ता छ नि मायालु नहुँदा ,
कस्ले भन्छ नराेऊ म रुँदा ।
केटा:
तिमी मुख नपार अँधेराे,
टाढैबाट सम्झना छ मेरो ।
केटी:
बैँसवेला जाने भाे लाै खेर,
फेरि पछि घुम्दैन उमेर ।
केटा:
फिर्छु अब तिमी म जमाैँला ,
धैर्य गर मायालु रमाैँला ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।


हार्दिक आभार याे साथकाे लागि