संरक्षक /सहजकर्ता =निर्मला सुवेदी सञ्चालक/संयोजक =प्रेम थापा “मन”
तस्बिरसँग मिल्दो मुक्तक अभ्यास गर्नु हुने सबै स्रष्टा ज्यूहरू प्रति हार्दिक आभार ।
#उदाहरण_मुक्तक 🇳🇵
प्रफुल्लित बनेको छ मन प्रकृतिको भित्र भित्र दु:ख सारा हरण गराउन देख्दा मोहक यही चित्र कञ्चन मन सजाउन सन्ततिको,सपार्न मतिको वर्णन योग्य काफी विश्वको मुटु यही दृश्य पवित्र ।
✍️२०७९ ,कात्तिक ,२२ ,मङ्गलबार🇳🇵
✍️मुक्तक🇳🇵
झर्झराउँदा झरना हरियाली फाँट यो सुन्दर। बचाउ पर्यावरण देशको अरु सान के छ र । सफा हावा सफा पानी जान हो प्रकृति यो सबैको, सबथोक यहिँ मिल्छ जिन्दगी यसैको छ भर।
👉️रतन बिष्ट आलिताल डडेल्धुरा ।
✍️मुक्तक🇳🇵
सुन्दर प्राकृतिक छटा देखिन्छ हेर कस्ताे हेरेर यस्ताे दृश्य आँखा टेकिन्छ हेर कस्ताे झरना र हरियाे वनले सजाएकाे छ भूमि त्यहाँ पुगे याे अंगालोमा बेरिन्छ हेर कस्ताे।
👉️ नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर ✍️मुक्तक🇳🇵
कति अदभूत दृश्य, मोहित नहुने को होला मन,मुटु अनि अन्तस्करण, नछुने को होला प्रकृति नै हाम्रो साथी, सृष्टिकर्ता पालनकर्ता, प्रकृतिसँगै नहाँस्ने,नखेल्ने र नरुँने को होला ?
👉️वसन्त अनुभव घोराही, दाङ
✍️मुक्तक🇳🇵
चुनावी सरगर्मी ह्वात्तै नै बढेकाे काेही हात्ती चढे काेही धुरीमै रहेकाे अरुले कमाए भनेर हुन्छ र ? मतदाताकाे मन छ अहिले जलेकाे ।
👉️ मधुसूदन प्रसाद घिमिरे
✍️मुक्तक🇳🇵
प्रकृतिको कला बनोट लेखेर चित्त मान्दैन जसरी हेरूँ हेरिरहुँ चिम्लेर चित्त मान्दैन हरियाली बस्ती भित्र स्वर्गपुरी घर छ मेरो , यहीँ बस्छु यहीँ मर्छु म मरेर चित्त मान्दैन ।
👉️होम प्रसाद नेउपाने धरान,सुनसरी ।
✍️मुक्तक🇳🇵
आहा!कति सुन्दर र रमणीय ठाउँ रहेछ डाँडा पाखा पहराले छोपिएको गाउँ रहेछ प्रकृति प्रेमिको लागि कविता लेख्न सुहाउने हरियाली बसन्तको मनोहक नाउँ रहेछ ।
👉️अम्विका अधिकारी झापा विर्तामोड
✍️मुक्तक🇳🇵
मन नै खुसिले गदगद प्रकृति देख्दा स्वर्गको बयान पनि कमि शब्दमा हेर्दा हरेक दुःख भुलाईदिन्छ यो सुन्दर सन्सार खुशी र शान्ति एकै ठाउँमा भेट्दा ।
👉️सागर शर्मा (ढुक्क हो) जैमिनि १० पाही
✍️मुक्तक🇳🇵
प्रकृति तिमीलाई मन पराउने भएछु खै कसरी दिलभित्र सजाउने भएछु तिम्रै रूपाकृति देखेर मन भरिएपछि, चराझैँ मन मष्तिस्क नचाउने भएछु ।
👉️- आर्त अकुलीन, कैलाली
✍️मुक्तक🇳🇵
माथी झरना पारी पर्वत तल मेराे गाउँ साँच्ची यस्तै हुन्छ हजुर स्वर्ग भन्ने ठाँउ माछापुछ्रे अन्नपूर्ण धौलागिरी सबै देखिने नेपालमै पर्छ त्यो देउराली हो त्यसको नाउँ ।
👉️सिर्जन रामु गुरुङ्ग जैमिनि न पा १० राङ्खानी देउराली बागलुङ
✍️मुक्तक🇳🇵
प्राकृतिक सुन्दरताले वरपर सुन्दरता छरेको छ साथमा सुन्दर बस्तिले लिई आनन्द अटेको छ रमाउन चाहनेहरुका लागि प्रकृति नै एक हो कलकल बग्दै हेर यहाँ स्वच्छ सरिता बहेको छ।
👉️ तेजप्रसाद खनाल लमही दाङ। ✍️मुक्तक🇳🇵
सौन्दर्य प्रकृतिमा हराउँदा यो मन , अचम्मित आफै,सर्माउँदा यो मन , थाकेको शरीर लामो सुस्केरा सँगै , अमृत रूपी झरना तिर्खाउँदा यो मन ।
👉️महाश्रम शर्मा जैमिनि 4
✍️मुक्तक🇳🇵
स्वर्गीय आनन्द रारा, फोक्सुण्डो,फेवा तालमा पाउँछौं अनि,यी प्रत्येक हात्ती,गैंडा,कस्तुरीको चालमा पाउँछौं यसैले, ए ! बिदेशी पर्यटकहरु एकपटक घुम्न आउनु यस्तो मनोरम दृश्य एउटा मात्र देश नेपालमा पाउँछौं।
👉️प्रदिप नेपाली बिहादी ५ उराम,पर्बत।
✍️मुक्तक🇳🇵
आहा!मन लोभिने ठाउँ कति सुन्दर छ आजसम्म देखे भन्दा अति सुन्दर छ प्रकृति त हो मानवको बाँच्ने आधार यसैमा गरेको हाम्रो प्रगति सुन्दर छ ।
👉️विक्रम तिरूवा सलिन जुम्ला
✍️मुक्तक🇳🇵
प्रकृतिको सुन्दरताले नछुने को होला? यो मौलिकतामा खुशी नहुने को होला? सुख मात्र होइन सन्तोष हो हजुर खुशी प्राकृतिक विपत्तिमा यहाँ नरुने को होला?
👉️निर्मला सुवेदी,बागलुङ।
✍️मुक्तक🇳🇵
तन मन वचन लोभ्यायो प्रकृतिको भावले अन्तःकरण चेष्टा खुलायो हरियाली दावले रूपात्मक, अनगन्ती आशय, दैवी जगतमा प्राकृतिक सुन्दरतालाई जित्दैन तनावले।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
✍️मुक्तक🇳🇵
चारैदिशा हरियाली कति राम्रो गाउँ छ सबैजना एक पटक पुग्नै पर्ने ठाउँ छ नेताहरूले गर्दा आज कुरुप बनाइसके त्यही ठाउँसँग जोडिएको मेरो सुन्दर नाउँ छ ।
👉️बिक्रम शर्मा चापागाईं जैमिनिघाट बाग्लुङ
✍️मुक्तक🇳🇵
कुनै बेला धूप कुनै बेला छाउँ जिन्दगी यस्तै छ, किस्मतको खेल लगाउ दाउँ जिन्दगीको यस्तै छ, प्रकृतिको सुन्दरता र स्वरूप जस्तै यहाँको, कहिले काँही रमाउने ठाउँ जिन्दगीको यस्तै छ ।
👉️Singer bishal Kohalpur, banke
✍️मुक्तक🇳🇵
हेर्न मात्रै पाए पनि भोक प्यास मेटिन्छ नि साराङ्गीको धुन पनि छहराले रेटिन्छ नि स्वर्गकै अप्सरा पनि यतै भुल्थिन् होली धर्तीमा यस्तो ठाउँ अन्त कहाँ भेटिन्छ नि!
👉️-पशपती राई खोटाङ
✍️मुक्तक🇳🇵
कति सुन्दर प्राकृतिकले भरिपुर्ण मनमोहक ठाउँ सूक्ष्म रुपले अवलोकन गर्दा बिर्सने आफ्नै नाउँ झर्नाको संगीत संँगै ~ छङ्गछङ्ग बग्ने उस्तै खोला प्राकृतिले सजिएको सुन्दर लाग्छ देख्दा अझै गाउँ।
👉️अनुपमा भुजेल (आभा) खोटाङ्ग नेर्पा-६
✍️मुक्तक🇳🇵
देशलाई प्रकृतिले दिएको अतिनै सुन्दर उपहार छ प्रकृति प्रेमी साहित्यकारको धेरैनै मिठो उदगार छ उत्तरतर्फ कञ्चन हिमाल दक्षिण सुनौला फाँटहरू पाहुनालाई लोभ्याउने स्वच्छ प्राकृतिक उपकार छ ।
👉️” जिज्ञासु ” पन्त
✍️मुक्तक🇳🇵
खोज्दा नेपाली कै नाम भेटियोस् अनि पो त मज्जा हुन्छ उठ्ना बितिकै झरना देखियोस् अनि पो त मज्जा हुन्छ सबैले गुनगुनाउन परोस अाहा कति राम्रो नेपाल भनेर विदेशीको गलत नजर छेकियोस् अनि पो त मज्जा हुन्छ ।
काठमाडौ, २६ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला कार्तिक २६ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
भोट हालौँ ढुक्कसँग छानौँ मान्छे राम्रो, यौटा कुरा हेक्का रहोस् जित होस् पक्कै हाम्रो । वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] धम्की होइन यो कुरा न हो चेतावनी, बुझ्नु होला याचकको अनुरोध भनी । 🌑 वसन्त अनुभव घोराही, दाङ
[२] हेर्दै जाऔँ कसैले त काम गर्ला जनताको, हाम्रो भन्दा पनि राम्रो हुनुपर्छ समताको। 🌑पवन अधिकारी
[३] कहिलेकाहीँ बज्छ ताली, कहिले सुन्नुपर्छ गाली, सज्जन नेता हुनुपर्यो नि, सबका सब छन् जाली । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४] बुद्धि विवेक प्रयोग गरौँ भोट हाल्नको लागि, राम्रालाई जिताऔँ हामीले सारा जनता जागी । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[५] बोतल नयाँ रक्सी पुरानोमा दिन्न अमूल्य भोट, सकभर नयाँ दुइटै भए चाहिन्न केही नोट। 🌑म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर
[६] हाम्रोलाई छाेडी राम्रोलाई मतदान गरी हेरौँ, भ्रष्टाचारी नेताहरू छानीछानी यसपालि फेरौ। 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[७] हाम्रोलाई होइन राम्रोलाई मत हालौँ, यसपालि चुनावमा पुरानो सबै फालौँ । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[८] मुखमा राम ! राम ! हजुर बगलीमा बोकौँ छुरा, अर्काले जित्यो भने त कहाँ हुन्छ आफ्नो स्वार्थ पूरा 🌑त्रिलोचन भण्डारी मेचीनगर,झापा
[९] मङ्सिर चार ध्यानमा राखेर, भोट हालौँ नेता राम्रा छानेर । 🌑मन्जु जोशी डिलासैनी,बैतडी
[१०] चुनाव अब नजिक आयो हाल्नु छ लौ भोट, सबैको आफैँ विचार बुझ्नु नहेर्नू ती नोट ! 🌑आर्त अकुलीन कैलाली
[११] भोट हाल्ने मन अति थियो नेता भेटिनँ राम्रा, उम्दा सबै पाखा लगाई टिकट पाउने हाम्रा ! 🌑इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१२] राम्रो छानी भोट हालौँ, पुछौँ जनताको आँसु, उम्दा रोजौँ सब मिलेर, खान छोडेर मासु। 🌑मनोज खत्री अछामी
[१३] जति राम्राे छाने पनि राजनीतिले नराम्रै हुन्छ, जितेपछि मातिएर जनता विरुद्ध जाल बुन्छ। 🌑दीपक ठटाल जलन
[१४] चुनावमा जिउ हजुरी, मिठा सपना बाड्छन्, चुनाव जितेपछि नाता सम्बन्ध सबै छाड्छन् । 🌑प्रेम थापा “मन” बागलुङ
[१५] भोट हाल्दा नोट आउँछ रे, खोजौँ धेरै दिने, हरेक पल्ट यसरी नै नेताले मान्छे किने । 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[१६] भोज नोट खोज्ने हैन योग्यलाई भोट, आँखा चिम्ली भोट हाल्दा पर्नेछ है चोट! 🌑कमला देवकोटा पाल्पा
[१७] प्रदेशीको रुपैयाँ चल्छ भोट चल्दैन, प्रदेश नआए पेटको भोक टल्दैन । 🌑असिराम डंगौरा जोशीपुर कैलाली हाल भारत
[१८] न राम्रा भेटिन्छन् न हाम्रा भेटिन्छन्, दुःखीका दुःख खै कसरी मेटिन्छन् ? 🌑मित्र `उराठी´ गाैतम तिलाेत्तमा-२, रुपन्देही
[१९] च्याउ उम्रेझैँ छ्यापछ्याप्ती नै छन् नेता अचेल बजारमा, योग्य युवा नेता छानौँ आउने उनासी मंसिर चारमा। 🌑दिनेश संगम
[२०] देशको मुहार फेर्ने भए, राम्रो राम्रो छान्नु पर्छ, देउता खोज्दा दानव परे भोक निद्रा सबै हर्छ ! 🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल
[२१] सबै कुरा बुझेपछि ,मात्र भोट हाल्नुहोस्, प्रतिनिधि बनाएर संसदमा फाल्नुहोस्। 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[२२] राम्रो मान्छे त मैले खोइ देखिनँ भोट हाल्न, पूरानालाई यसपालि सबले थालौँ फाल्न। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:सुनापति-१ हाल:अमेरिका,बोस्टन।
[२३] जो नेता राम्रो, त्यो नेता हाम्रो । 🌑बिके माकजु भक्तपुर ।
[२४] हाम्राे मान्छे जिताउँ चुनावमा दुई चार पैसा कमाऊँ राम्रा सबै पाखा लगाई फेरि पनि पुर्पुराे त्याे समाऊँ । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[२५] चुनाव जितेपछि नेताको हुन्छ उहीँ चाल, भोट दिने जनताको चैँ जस्ताको तस्तै हाल । 🌑राजेन्द्र प्रधान ‘ पासा,’ दार्जिलिङ, (भारत)
[२६] राम्रो भनेर हाम्रो छान्छन् कुहिएका आलु, छैन विकास भ्रष्ट बन्छन् समाउँछन् तालु। 🌑प्रदीप के रिमाल इटहरी, सुनसरी ।
[२७] देशलाई बनाउनेहरूभन्दा धेरै बिगार्नेहरू छानेको, दशकौँ भइसक्यो है साथी हामीले अँध्यारोमा ढुङ्गा हानेको! 🌑बि.कुलुङ
[२८] हाम्रो हैन राम्रो छानौँ यसपटकको नारा, नारालाई साकार पार्न सचेत बनौँ सारा। 🌑अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[२९] हाल्नु पर्दछ भाेट, विकृतिलाई पुग्ने गरी चाेट, हालसम्मकै कमजोरीहरूकाे मेटियाेस् है खाेट । 🌑रामप्रसाद पुरी बादेल खाेटाङ ।
[३०] राम्रो त सबै छन् तर भ्रष्टचारी भए, कारबाही भएन कानुन माथि गए । 🌑पैरवी
[३१] सबै भन्छन् आफ्नै राम्रो बनेका छन् झुण्ड, खै कस्लाई भोट दिनु देख्छु सुण्ड मुण्ड ! 🌑बिबस पारदर्शी भद्रपुर झापा,
[३२] भाेट हालाैँ याे पाली असल मान्छे छानी, फरक पर्न जाला है अरू कतै हानी । 🌑शाेभा आचार्य गाैतम काठमाडौ
[३३] राम्रालाई भोट हाले हुन्छ देशको हित, अमुल्य मत दिई गराऔँ युवाको जित। 🌑सम्झना (कुसुम )
[३४] नातागोता सबै मिली छानौँ मान्छे हाम्रो, हाम्रा मान्छे जितेपछि कमिसन राम्रो। 🌑मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
[३५] विचार गरौँ सोचौँ अनि मात्र खसाऔँ मत, हाम्रो होइन राम्रो नेता नलागेको होस् खत । 🌑महेश्वर प्रधान गोरुबथान,भारत।
[३६] देशभक्त नेतालाई भोट हालौँ सोचेर, अयोग्यलाई अब पाखा लगाऔँ घोचेर । 🌑भगवती दवाडी झापा
[३७] सचेत होऔँ भोट हाल्न हाम्रो छोडी राम्रोलाई खोजौँ, देशको विकास गर्नसक्ने असल व्यक्तिलाई रोजौँ । 🌑दुर्गा आचार्य मोरङ
[३८] राम्रो मान्छेलाई छानी भाेट दिँदा हुन्छ पक्कै जित, बुझ्नेछन् जनताका पिर मर्का हुनेछ हाम्रै हित । 🌑केसी उर्मिला
[३९] वडाका समस्या उठान गर्ने सल्ट्याउने पनि, हेरौँ सबैले प्राथमिकता कसले हेर्छ भनी । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[४०] अल्लि राम्रो नेता छानी खसालौँ है मत, अब्बल त भेटिँदैनन् झुटो छ जगत । 🌑बाबुराम गौतम, गुल्मी
[४१] बुढाखाडा जति सबै लगाउँदै पाखा, युवालाई मत दिऔँ खोलिकन आँखा । 🌑सरिता सेढाई धादिङ
[४२] खसाउ भोट जन हो, विचार गरेर, गर्छ विकास जसले, जाँगर भरेर । 🌑नवशिला बेलबारी -२, लालभित्ती,मोरङ
[४३] चुनाव आयो सबैले मत हाल्नुपर्छ, विकास नगर्ने नेता यहीँ फाल्नुपर्छ । 🌑तारा घिमिरे
[४४] देख्दा त भ्रष्टचारी कति सुन्दर लाग्छन्, चुनाव जितेपछि चिल्ला कारमा भाग्छ्न् । 🌑सुरेशकुमार पान्डे
[४५] चुनाव आउँछ जान्छ केवल नेतालाई, बेल पाक्यो हर्ष न बिस्मात चुनाव आई । 🌑चुडामणि देबकोटा च न पा १३ काठमाडौ
[४६] भोट त दिने हो नेतालाई, निम्त्याइन्छ कि झन् ब्यथालाई । 🌑सुमित्रा पोखरेल काठमाडौं
[४७] पत्याउनेले पत्याइहाल्यो त ढाँट्नेले ढाँट्यो, ठिक छु भन्छन् सबैले यो देश के गर्न आँट्यो। 🌑राममणी जोशी
काठमाण्डौँ, २६ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
काठमाडौ, कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला कार्तिक १९ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
सारा नेपाली सिङ्गापुरे, हुन्छन् अष्ट्रेलियाली, छ्यापछ्याप्ती भिसा झार्नेछु, चुनाव जितौँ खाली । वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] हावादारी कुराहरू सबै चुनावकाे नारा सस्ताे, भाेट माग्दा म्याउँम्याउँ गर्ने जितेपछि बाघ जस्ताे । 🌑ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] हजुर त साह्रै देशप्रेमी, दुरगामी छ सोच, खुलस्त राख्दिनु भो मत, नमानी कुनै सङ्कोच । 🌑वसन्त अनुभव घोराही – १४, दाङ
[३] युवा जति पलायन छन् बूढाबुढी छन् घरमा, खुराफाती गफाडी नेताकाे नपराैँ है भरमा । 🌑मीरा ज्ञवाली बुटवल
[४] गरिब सामु नफैलाऊ हात विलासी जीवन भोग्नेहरू, पहिलेको बाचा पूरा गर्यौ त चुनावमा खुट्टा ढोग्नेहरू? 🌑असिराम डंगौरा जोशीपुर कैलाली हाल -भारत
[५] झुठो आस र आश्वासन के देखाउँछौ जाली, युवा जति विदेश पठायौ बन्यो देश खाली । 🌑बेदु न्यौपाने काठमाडौ
[६] आफन्त नजिक भएर के भयो भोट नआएपछि, भाग ठूलो पर्दा कसैलाई नदिई एक्लै खाएपछि । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[७]
यहाँ भोक र सपना बाँडिन्छ भोटसँग साटिन्छ, चुनावी खर्च असुल्न श्रमजीवीको गाँस काटिन्छ ! 🌑भुषणजंग
[८] नेपाली जति विदेशमा गई बन्ने भए परदेशी, नेपालका नेताहरू मात्र देखिनेभए नि स्वदेशी । 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप,सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
[९] सम्भावनाका भिरहरू भत्काउँदै छाैँ हामी, ठूला देशकाे मागी खाँदा निक्कै बन्छाैँ नि नामी । 🌑निरज कोइराला बेलका १ उदयपुर
[१०] झझल्को मात्र लगाएछौ दुई दिन आएर, केही हुन्न आखिर आदर्शको गीत गाएर । 🌑आर्त अकुलीन कैलाली
[११] टुक्का ठुला देश पठाइदिने आस देखाएर, के विकास गर्छौ युवा विदेश पठाएर । 🌑भुपेन्द्र राना मगर धादिङ
[१२] भोट दिई जिताउन होला नजानेकै, पक्कै नि असल नेता होला नछानेकै। 🌑काजि प्रसाद खतिवडा
[१३] बुढापाका जितेर मसानघाट विकास गर्छन्, अझै त्यस्तालाई नै भोट दिए आफ्नु धोक्रो भर्छन् । 🌑सुशांक दाहाल विराटनगर मोरङ
[१४] देशको विकास गर्नतिर होइन आफ्नो विकास गर्न खट्छ्न् जाली, लागिपर्छन् उनीहरू भोटलाई नोटमा परिवर्तन गर्न खाली। 🌑जोगरत्न बज्राचार्य भिंन्छेबहाल ललितपुर।
[१५] सरकार बनाउँछन् अनी गर्छन् राज आलो पालो, हाम्रो मत लिएपछि सधैँ बन्छन् विदेशी गोठालो। 🌑सुरेशकुमार पान्डे
[१६] नेता भन्छ लौन भोट दिनोस् देशलाई बनाउँछु सिङ्गापुर, जितेपछि के मतलब देशको माटो बन्न जान्छ अझै झुर । 🌑चूडा निर्भीक
[१७] नारा बनाए जनता मोहित पार्ने, विना ढेउवामै भिसा टिकट झार्ने । 🌑सुर्यमणी रेग्मी
[१८] थर्काएर भाषणमा किन भुक्छस् ? सरकार समस्यामा किन लुक्छस् ? 🌑मदन चाैहान
[२०] चुनावी घाेषणापत्रकाे बाहिरी आवरणमा कति मिठाे नारा, भित्री पेजमा गहिरिएर पढ्दा भने देखियाे खुरापाती पारा । 🌑 राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी सङ्गम काेलाेनी भक्तपुर ।
[२१] चुनाव अघि आश्वासनका बाँड्छन् मिठा पाेका, मिसन पूरा भएपछि दिन थाल्छन् है धाेका । 🌑त्रिलाेचन भणडारी मेचीनगर,झापा [२२] युवा जति विदेश हुँदा बोल्ने होइनन् कोही अनि, हालीमुहाली बुढाकै छ भनिरहँदा अझै पनि । 🌑भगवती दवाडी झापा
[२३] देशनै बेचेर खानेको ओइरो बन्दैछ फाइदा हुने ठाउँ हेरेर पैरो खन्दैछ। 🌑शन्जना सर्मा दाङ लमही
[२४] गफ छाँटे पनि उहीँ अस्थिरताको बीउ रोप्छौ चुनाव सकिएपछि, उनै दुखियालाई कोप्छौ । 🌑प्रेम थापा “मन” बागलुङ
[२५] भोटमात्र देऊ जनता संसार घुमाउँछौँ, फ्री भिसा, फ्री टिकटमा सारा देश उडाउँछौँ । 🌑बिबस पारदर्शी भद्रपुर झापा,
[२६] हाम्रा नेता सबै भए जाली, जनता अझै ठोक्दै छन् ताली। 🌑मनोज खत्री अछामी
[२७] भिसा झारी देश रित्याउने कस्तो याे नेताको चाल? अचेर्नु खाएर पनि नअघाई बुन्छौ फेरि जाल? 🌑दीपक ठटाल जलन
[२८] भाेट मात्रै पाऊ हामीले सारा संसार सम्याउँछाैँ जितिसके भन्छन् तिनीहरू तेरो मेरो ठम्याउँछाैँ। 🌑शर्मिला खतिवडा विर्तामोड ,झापा ।
[२९] गद्दार नेता जनतालाई मतपत्रमा मात्र गन्छन् युवालाई विदेश पठाई मनपरि गरौंला भन्छन् 🌑पुष्पा सुवेदी नेपालगञ्ज – ४, बाँके ।
[३०] नेपाली भ्रष्ट नेताहरू सबै दादा बन्छन् बुथ क्याप्चर गरेर चुनाव जित्ने भन्छन्। 🌑शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
[३१] गद्दार नेता चुनिनुको हो यो प्रतिफल, भोट हाल्दा मतदाताले सोचौँ पल पल। 🌑म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर
[३२] राहदानी बनाइयाे बारी बेचेर, मतदान गरौँ अब धेरै साेचेर । 🌑दिनेश कोइराला
[३३] भोट त माग्छन् नेताहरू नोट बाँडेर, चुनाव जितेपछि सबै जान्छन् छाडेर। 🌑मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा
[३४] धूर्तहरू सारा देशको सत्तामा बसे, भाग्य खोज्दै युवाहरू खाडीतिर पसे। 🌑बि.कुलुङ दार्जिलिङ
[३५] बत्तिसौँ वर्षदेखि जनता खाँदै आ’काछन् धोका, जन्ता नै छन् भेडाहरू बाँड आश्वासनका पोका । 🌑ईशहाक हुसैन जीतपुर सिमरा १४ बारा
[३७] गर्नु छ खेती फेरि पनि झुटको यहाँ चुनाव जित्नलाई, लुकाउन अनुहार कति पो लाग्छ पाँच वर्ष बित्नलाई । 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[३८] युवा जति विदेश पठाई लाउँछन् धेरै फुर्ती, त्यहीँ युवाकाे रेमिट्यान्सले मासु रक्सी र सुर्ती । 🌑छत्र शाही
[३९] भोट माग्दा नेताहरू त, सोझासाझा हुन्छन् जितेपछि जनता चुस्न अनेक् जाल बुन्छ्न् । 🌑नवीन विष्ट
[४०] जितायाै फेरि जिताऊ, देशलाई बनाउँछु तारा, वारिपारि बेसाउने, स्वयम् बनाउँछु सर्वहारा । 🌑टंक बहादुर आले त्रियुगा नगरपालिका, उदयपुर
[४१] चुनाव जितेर जनतालाई विदेश तिर पठाऔँ, राज्यको ढुकुटी जति भ्रष्टहरू मिलेर नै पचाऔँ । 🌑विक्रम तिरूवा सलिन जुम्ला
[४२] जनतामाझ गएर सुनाउँदैछौ आश्वासनका कुरा, जितेपछि गरिब जनतामाथि गर्छौ कि प्रहार छुरा ? 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४३] सारा युवा पिँढी राेजगारकाे लागि विदेशतिर धाउने, देश खाली हुन लाग्याे नेता यहाँ चुनावका गीत गाउने। 🌑शाेभा अाचार्य गाैतम काठमाडाै
[४४] नसम्झ दुवालो फर्काई माछा मारेजस्तो सबैलाई थाहा छ, पाइदैन भिसा सस्तो । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[४५] विदेश अनि खाडी पसी दु:ख गर्नु पर्दा, चुनावपछि दु:ख हुने भ्रष्टाचार गर्दा । 🌑लक्ष्मण देउवा आदर्श ५ डोटी
[४६] भोट तेरो नोट मेरो भन्छौ सधैँ खाली, के देश बन्ला खै तिमीलाई भोट हाली ? 🌑मिम पौडेल पोखरा -१७ बिरौटा
[४७] भ्रम छर्ने मालिक भा’छन्, श्रम गर्ने नाेकर, कहिलेसम्म रहलान् नि हाम्रा यस्ता जाेकर । 🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’ शीतगङ्गा-५,अर्घाखाँची हाल: बुद्धभूमि -३, कपिलवस्तु ।
[४८] युवाहरू सबै विदेश लागे रित्तो बनाई गाउँ, बुढा नेताहरू देश बनाउन लड्दैछन् चुनाउ । 🌑दिपेन्द्र आचार्य
[४९] नेता त्यो हो लिङ्ग छुटिएका बिचारका छक्का, नदी जस्तै भूगोल बेच्ने नेताका कुरा पक्का । 🌑बिके माकजु भक्तपुर ।
[५०] सुनो जित निश्चित है हमारी, तुम् लाेग् हमके कमारा कमारी । 🌑बासुदेव हुमागाई
[५१] ढाँट्न छल्न सजिलो छ नेपाली सकल जन, छोड्नै मान्दैन सत्ताको मोहमा परेको मन । 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[५२] नेता तिम्राे त उता नि छ दसैँ आएको, यता हाम्राे त हेर साह्रै दशा लाएकाे । 🌑सुर्योदय दिपाली
[५३] युवाहरूलाई विदेश पठाउँछु भनेर भोट माग्ने, नेपाल वृद्धआश्रम हो र घैटोमा घाम कहिले लाग्ने । 🌑दयावस सन्तोष दाहाल
[५४] चुनाव अघिका कुरा, हाेला पूरा कति ? चुनावमा स्मार्टसिटी, आश्वासन जति। 🌑राजन श्रेष्ठ
[५५] फोस्रा गफ हाँक्छौ किन पचाएर शर्म ? जितेपछि तोडी हाल्छौ वाचा अनि धर्म । 🌑बाबुराम गौतम गुल्मी
[५६] भाेट माग्न घर-घरमा नेताज्यू आए डुल्दै, जितेपछि देश जनता जान्छन् यिनले भुल्दै । 🌑दुर्गा भट्टराई मोरङ
[५७] आफू बनेपछि अरूको किन गर्छन् र ख्याल , आखिर सबैको उहीँ सत्ता हत्याउने चाल । 🌑गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
[५८] युवा जति विदेश खेद, देशमा आफैँ राज गर, देश चाहे भाँडमा जाओस् आफ्नोे चाहिँ भुँडी भर। 🌑मित्र `उराठी´ गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२, रुपन्देही
[५९] खेदेर भुरा बने बाम, विषालु पानी गुम्यो नाम। 🌑झलकभट्टराई झापा
[६०] जनतालाई मिथ्या नेपाल सिंगापुर बनाउने सपना देखायौ, लुटेरा र भ्रष्टाचारीको रुपमा इतिहासमा आफ्नो नाउँ लेखायौ। 🌑करन बहादुर शाह डडेल्धुरा
[६१] नेताहरूको कुरामा, नबुझी नबजाऔँ ताली, राम्रो नेता चुनेर सबैले पठाऔँ यसपाली । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[६२] काम गर्ने जनशक्ति सबै विदेशतिर, मलामी नि पाईन्न यहाँ पर्नुपर्यो पिर । 🌑सरिता सेढाई धादिङ
[६३] चुनावको बेला लाउँछौ आश्वासनको गगनभेदी नारा, सिंहदरबार छिरेपछि त किन कुरा बिर्सी जान्छौ सारा ? 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[६४] विदेश गई नकमाएसम्म घरमा छाक टर्ने छैन, नेताहरूको भाषण मात्र ठूला-ठूला माखो मार्ने हैन । 🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !
१) हो तिमी नै मेरो तन मन जीवन भन्नेले! म मुटु तिमी चाहिँ मेरो धड्कन भन्नेले!! आज घर न घाटको बनाएर गएकी छे, हिजो म मुना तिमी मेरो मदन भन्नेले!!
२) हो एकपछि अर्को गर्दै लगातार आउँछ! एकाबिहानै बजारमा अखबार आउँछ!! विचरा गरीब भोकै मर्छ केही थाहा हुन्न, नेताज्यू घुम्न गएको समाचार आउँछ!!
३) हजारौं कथा कहानी किताब पढेर! सकियो बरू जवानी किताब पढेर!! र पनि अझै बुझ्न सकिएन साथी, के हो जिन्दगानी ? किताब पढेर!!
४) हो म साह्रै बहकिन्छु, झरी परेको बेला! यादै यादमा तड्पिन्छु, झरी परेको बेला!! किसानले आफ्नो खेत बारीलाई सम्झेझै, म उनीलाई सम्झिन्छु, झरी परेको बेला!!
५) हो यो छाती त्यतिबेला चर्किएर आउँछ! रसाउँछन् आँखा आँसु दर्किएर आउँछ!! हजारौं सपना बोकी परदेशिएको छोरा, जब बाकसभित्र घर फर्किएर आउँछ!!
६) खै खुसीहरू यसरी कसले भगाउँछ? यी आँखाले भने आँसु मात्रै बगाउँछ!! समयले चोटैमाथि चोट दिन्छ हिजोआज, नियतिले ओखती भन्दै नुनचुक लगाउँछ!!
७) घाउ हेरेर अनि उठेका ठेला, हेरेर! हेरेर चिसै भिजेका परेला, हेरेर!! अझ धेरै दु:ख पाउलास् भन्छन् , ज्योतिष हात हेरेर, हत्केला हेरेर!!
८) समयले पनि यसरी नै छल्छ होला कहिलेसम्म? तड्पिएरै नि जिन्दगी यो चल्छ होला कहिलेसम्म?? छोडी जाने निष्ठुरीलाई अझै भुल्न सक्या छैन, यादै यादमा मन मुटु यो जल्छ होला कहिलेसम्म??
९) न छ उपचार न छ ओखती, यस्तै हुन्छ! जल्छ मुटु, पोल्छ भतभती, यस्तै हुन्छ!! न दिनमा भोक लाग्छ, न रातमा निद्रा, साँच्ची छुटेपछि माया पिरती,यस्तै हुन्छ!!
१०) न चिन्ता लिन्थे न पीर, यसैमा खुसी हुन्थें! एकदिन मर्नैछ आखिर यसैमा खुसी हुन्थें!! देशकै लागि जन्मेको हुँ देशकै नाउँमा, चढाउन पाएँ यो शिर, यसमै खुसी हुन्थें!!
११) आज यस्तो होला त्यतिबेला सोचेकै थिइनँ! समयले यसरी धोका देला सोचेकै थिइनँ!! हिजो फूलसरी मन मुटुमा सजाएको मान्छे, आज काँडा भएर निस्केला सोचेकै थिइनँ!!
१२) न त वार भएको छ, न त पार भएको छ! आफ्नो जिन्दगी आफैलाई भार भएको छ!! मनको मान्छे एकाएक ढुङ्गा भई निस्केपछि, उसलाई पगाल्ने प्रयास बेकार भएको छ!!
साहित्य उन्नतिका लागि उत्साहजनक सहभागी भई मुक्तक राखिदिनु हुने सम्पूर्ण आदरणीय मुक्तककार ज्यूहरूमा सादर साधुबाद सहित नमन छ ।
सहभागी मुक्तककारहरू र उहाँहरूका मुक्तक निम्न छन् ।
✍️मुक्तक 🇳🇵
यो मन पनि दोमन हुँदा म भित्रको मलाई चिन्न सकिन विलापमा दु:खीहरू रुँदा म भित्रको मलाई चिन्न सकिन सम्झिएकै हो, विकृति र विसङ्गति कम गर्न तम्सिएकै हो यहीँ सबैको मर्मले नछुँदा म भित्रको मलाई चिन्न सकिन ।
✍️प्रेम थापा “मन “🇳🇵
✍️मुक्तक 🇳🇵
म केवल मलाई मात्र हेर्छु अवसर पाए रङ्ग घसि फेर्छु दुनियाँ स्वार्थमा सबै त्याग्छ आफू बन्न देश चक्र व्यूहले घेर्छु।
गणेश पौडेल
कालिका ६ चितवन
✍️मुक्तक 🇳🇵
मनका कुरा नि:स्वार्थले भन्न दिनुस् मबाट जीवनको दर्शन, बाटो खन्न दिनुस् मबाट यसैले,म धेरै अघि बढ्नु छ मित्र, यी बुझ्नु र त, मलाई सधैं म बन्न दिनुस् मबाट ।
प्रदिप नेपाली बिहादी ५ उराम,पर्बत।
✍️मुक्तक 🇳🇵
म के हुँ म को हुँ भन्दै आफू भित्रको म चिन्न सके राम्रो मन् भरी रहेका कलुषित अहंकारी भावना छिन्न सके राम्रो बल्ल बल्ल पाएको मनुष्य चोलालाई हामीले सधैं सत्मार्गमा लगाई सत्यको बाटो हिंड्न सके राम्रो। सरस्वती श्रेष्ठ इटहरी
✍️मुक्तक 🇳🇵
खराबलाई खराब राम्रोलाई दामी भन्नुपर्छ जो चर्चामा रहन्छन् उसलाई नामी भन्नुपर्छ रत्तिभर घमण्ड गर्नु हुँदैन कुनै पनि कुरामा, जहिल्यै आदर गर्दै म होइन हामी भन्नुपर्छ ।
वसन्त अनुभव घोराही- १४, दाङ
✍️मुक्तक 🇳🇵
म बाहेक अरु देखेनौं र पो यस्तो भयो हाल त्यसैले त इमान्दारिताको सस्तो भयो सवाल कहिले यता ठिक्क कहिले उता ठिक्क तिमी सदाचार हराए पछि अवसरवादको बुन्यौ जाल। निर्मला सुवेदी,बागलुङ।
✍️मुक्तक 🇳🇵
आफुलाई संसारको सबभन्दा जान्ने हु भन्छ सबैले मेरा अगाडि शिर निहुर्याइ मान्ने हु भन्छ घमण्डले सानातिनालाई भुसुना सम्म सम्झदैन अर्काको मार्कालाई सहयोग गर्न छान्ने हु भन्छ अम्विका अधिकारी झापा विर्तामोड
✍️मुक्तक 🇳🇵
के पढाए कुन्नि राम्रो म भन्छन् अरूलाई भुसुना मात्र गन्छन् चल्दैन यसरी जीवन, बुझ्नुपर्ने अझै नि अरूको खोइरो खन्छन् ।
सविता के.सी., काठमाडौँ ।
✍️मुक्तक 🇳🇵
राम्रो कामको लागि हामी सधैं लागि पर्नु पर्छ यसको लागि सर्वप्रथम शुरु म बाटै गर्नु पर्छ म पछि अनि अर्को धेरै म थपिएर हामी बन्छौ थोपा थोपा मिलेर ताल होइन सागर भर्नु पर्छ। -पशपति राई खोटाङ्ग
✍️मुक्तक 🇳🇵
दोष सबै अरूलाई बोकाई म ले आफूलाई ज मा छ मुखले फैसला सुनाए पछि आत्माले म लाई स मा छ झुट खेतीको फसल खान्छन दुनियाँलाई रिस पोखाई चोर अौँला ठड्याए तीन अौँलाको खवरदारी म मा छ ।
काठमाण्डौँ, १९ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓 [१] चुनाव जनको तनाव कहाँ लाउने छाप ? 🌑 वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ