• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

चर्चा बटुल्दै विष्णु माझीको ‘चरी जेलैमा’

  • ७ भाद्र २०७८, सोमबार १२:४१ मा प्रकाशित
  • जेलैमा हो जेलैमा, चरी जेलैमा
    मै छोरी रुँदै रुँदै बेसी मेलैमा

    लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ ।
    ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ ।
    सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।
    सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।
    शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।
    तीज जति–जति नजिक आउँदैछ, नयाँ–नयाँ तीज गीत र भिडियोहरु सार्वजनिक भईरहेका छन् ।
    अधिकांश गीतहरुले तीजको मौलिकता गुमाएको गुनासो आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन् ।
    तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।
    गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा बटुल्दै गएको छ । पाँच दिनअघि सार्वजनिक गीतलाई युट्युबमा १८ लाख बढी पटक हेरिसकिएको छ भने युट्युबमा ५ हजार ६ सय बढी प्रतिक्रिया आईसकेका छन् । अधिकांशले गीतको प्रशंशा गरेका छन् । गीतका शब्द, विष्णुको सुमधुर स्वरको स्रोता एवं दर्शकहरुले तारिफ गरेका छन् । ‘तीज गीत भनेको यस्तो हुनुपर्छ’ भन्ने खालका थुप्रै प्रतिक्रिया युट्युबमा पाईन्छ ।
    शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on चर्चा बटुल्दै विष्णु माझीको ‘चरी जेलैमा’

    आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

  • ६ भाद्र २०७८, आईतवार ०४:०६ मा प्रकाशित
  • येन बद्धो वलीराजा दानवेन्द्रो महावल: ।
    तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
    यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्‌सहजं पुरस्तात् ।
    आयुष्यमग्रयं प्रतिमुञ्चशुभ्रं यज्ञोपवीतं वलमस्तुतेज:।।

    काठमाडौं : हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ।

    यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

    यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

    नयाँ जनै फेर्ने

    यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद गोविन्द टण्डनले बताए। उनले भने, ‘ मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो।’ उनका अनुसार आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।

    वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। संस्कृतिविद्‍ टन्डनका अनुसार जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ।

    जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ। यस दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।

    सद्भावको पर्व

    यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ। यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन्।

    पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ।

    क्‍वाँटी तथा भ्यागुताको पूजा

    नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन्। यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्‍वाँटी खाने प्रचलन छ। पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ। अन्य समुदायका मानिसले जनै फेरेर क्‍वाँटी खाने गर्छन्। टुसा पलाएको पौष्टिक तत्वयुक्त क्‍वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।

    यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन्।भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्‍वाँटी दिएर पूजा गरिएको हो।

    क्‍वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ। यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्‍वाँटी खाने चलन रहेको सांस्कृतिविद् टन्डनको भनाइ छ।

    Posted in कला /जीवनशैली, मुख्य खबर, समाजLeave a Comment on आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    नेपाल आइडल सिजन-४ को निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान

  • ४ भाद्र २०७८, शुक्रबार १७:२२ मा प्रकाशित
  • ४ भदौ, काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।
    नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि  गायक  एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए ।
    उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताएका छन् ।
    गायिका मोक्तानले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।’
    ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।
    सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

    Posted in कला /जीवनशैलीLeave a Comment on नेपाल आइडल सिजन-४ को निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान

    प्रकाश सपूत भन्छन्- पहिलेजस्तो हिट हुनलाई काम गर्दिनँ

  • २ भाद्र २०७८, बुधबार १६:३४ मा प्रकाशित
  • विवेक राई
    प्रकाश सपुतको पछिल्लो गीत ‘कुरा बुझ्न पर्च’ युट्युबमा अपलोड भएको बाह्र दिनसम्म ट्रेन्डिङ वानमै छ। उक्त गीत युट्युबमा ८२ लाख पटक हेरिएको छ।
    महिलाको आत्मसम्मान र अधिकारका विषयलाई उठाइएको उक्त गीत धेरैले रूचाएका छन्। गीतलाई लिएर अहिले धेरै सकारात्मक प्रतिकृयाहरू आइरहेको प्रकाश सुनाउँछन्। 
    ‘दर्शकहरूले गीतलाई समाज र विषयवस्तुसँग जोडेर हेर्न थाल्नुभएको छ। यो गीतमा पनि उहाँहरूले स्वस्तिमा र आँचल नाचेको मात्र हेर्नुभएन वा शान्तिश्री र समीक्षाको स्वरमात्र सुन्नुभएन। त्यसरी गीतमा उठाइएका विषयलाई दर्शकले मज्जाले ग्रहण गरिदिँदा खुसी लाग्छ,’ उनले भने। 
    खासमा यो गीत प्रकाशले दुई वर्षअगाडि नै फुराएका थिए।

    ‘कुरा बुझ्न पर्च, जसले माया गर्छ उसलाई जोवन खर्च’ भन्ने लाइन फुर्नासाथ उनले मोबाइलमा रेकर्ड गरेर राखेका थिए। यसपालि भने तीजको छेको पारेर त्यहीँ लाइनलाई तन्काएर उनले गीत पस्किएका हुन्। 
    ‘यो रमाइलो खालको गीत हो। दुई वर्षअगाडि नै एक लाइन मोबाइलमा रेकर्ड गरेको थिएँ। पछि त्यसलाई नै जोडेर महिलाहरूले आफ्ना लागि कस्ता श्रीमान् चाहन्छन् भन्ने भयो। त्यसरी नै सोचेर यो गीतको विषय छनोट गरें,’ उनले भने, ‘कुनै गीत गर्छु भनेर लागेपछि मेरो टाउकोमा त्यसलाई मात्र बोकेर हिँड्छु। हरेक कुरा गर्दा त्यसबाट गीतमा केही कुरा लिन सकिन्छ कि भनेर सोचिरहन्छु। यो गीत गर्दा पनि मेरी सानी छोरीसँग धेरै समय बिताएको छु।’
    कुनै एउटा गीतमा यति धेरै घोत्लिने कारण उनी धेरै गीत गर्न भ्याउँदैनन्। आफूले ‘कुरा बुझ्न पर्च’ गीतका लागि पनि झन्डै दुई तीन महिना खर्चिएको उनी बताउँछन्। एउटै गीतमा धेरै समय खर्चिदा गुणस्तरमा निखरता आउने उनको भनाइ छ। त्यसले गर्दा पनि उनको गीतका विषय र प्रस्तुति सधै पृथक हुन्छन्। निर्देशनमा पनि उत्तिकै पारखी प्रकाश सकभर अघिल्लो गीतको प्रस्तुति पछिल्लो गीतमा नदोहोरियोस् भन्ने चाहन्छन्। यसअघि ‘मेरो पनि हैन र यो देश’ नामक गीतको प्रस्तुतिकरणको निकै तारिफ भएको थियो। 
    अहिले आफ्नो ध्याउन्न नै गीतलाई कसरी हरेक हिसाबले पृथक बनाउने भन्नेमा हुने प्रकाश बताउँछन्।

    एउटा समयसम्म ममा नामको भोक थियो। धेरै गम्भीर भएर सोचिदैनथ्यो। के चल्छ भन्नेमात्र हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला हिट हुनलाई काम गर्थें भने अहिलेचाहिँ हिटमात्र हुनलाई काम गर्दिनँ। अहिले जे काम गर्दा मज्जा लाग्छ, जे गर्दा आनन्द आउँछ, त्यो गर्छु।’
    उनले ‘गलबन्दी’ गीतपछि भने आफूले अन्तरआत्मादेखि चाहेअनुसार काम गर्न पाएको सुनाए। उनलाई धेरै दर्शकहरूले खोज्न थालेको पनि उक्त गीतपछि नै हो। अहिले भने कुनै पनि कुराले प्रभाव नपार्ने भन्दै उनले आफूभित्र अहिले कसरी राम्रो काम गर्ने भन्ने कुराको पागलपन रहेको जनाए।
    ‘मैले नामको भोकलाई पार गरिसकें। अब मलाई केही पनि कुराले प्रभाव पार्दैन। अहिले मभित्र कसरी राम्रो गर्ने भन्ने ‘म्याडनेस’ मात्र छ,’ उनले भने। 
    प्रकाश अहिले जसरी काम गरिरहेका छन्, त्यो काम उनी पहिल्यै गर्न चाहन्थे। तर त्यो बेला धेरै कुराहरूले साथ दिएको थिएन। गाउँबाट कलाकार बन्ने हुटहुटीले सहर छिरेका उनलाई पहिले जसरी पनि नाम चिनाउनु थियो। तर कसरी चिनाउने भन्ने उनलाई मेसो थिएन। यति हो कलाकार भएपछि सबैले चिन्नुपर्छ भन्ने दिमागमा थियो। त्यसैले जसरी हुन्छ उनी हिट हुनलाई अनेक अभ्यास गर्थे। 
    ‘त्यो बेला कलाकार भएपछि सबैले चिनोस् भन्ने थियो। त्यसैले टोपी लगाउँदा चल्छ कि, जिन्स पाइन्ट लगाउँदा चल्छ कि, राम्रो हिरोइनसँग खेल्दा चल्छ कि वा ब्याटल गर्दा चल्छ भन्ने थियो। त्यसैले एक समयसम्म त्यसरीमात्र काम गरियो,’ उनी भन्छन्, ‘चिन्न त मलाई ‘ब्याटल’ बाट धेरैले चिन्नुभयो तर अहिले आफ्नो चाहनाअनुसार समाजको कथाहरू भन्नमा काम गरिरहेको छु।’
    निम्न वर्गीय परिवारमा हुर्किएकाले होला प्रकाशलाई सानैदेखि समाजका कथाहरूले छुन्थ्यो। चाहे त्यो विभेदसँग जोडिएको होस् वा लैंगिक र सम्प्रदायसँग जोडिएका कुराहरू होस्। त्यहीँ सानोदेखि देखेको, भोगेको कुराहरूलाई उनले आफ्ना पछिल्लो सिर्जनाहरूको विषय बनाएका छन्। त्यसैको सिर्जना हुन् ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘मेरो पनि हैन र यो देश’ र ‘कुरा बुझ्नुपर्छ’ जस्ता गीतहरू। 
    प्रकाश आफैं पनि दलित समुदायमा जन्मिएकाले उनले विभेदका कुराहरू प्रत्यक्ष/अप्रत्यक्ष भोगेका छन्, देखेका छन्। यिनै कुराहरू नै उनका सिर्जनाका खुराक हुन्। उनलाई अब जातीय विभेदबारे पनि एउटा सिर्जना गर्न मन छ।
    ‘मलाई सबैभन्दा बढी आउने प्रश्न पनि यही नै हो। तँ आफू त्यही समुदायको भएर पहिलो कुरा त थर लेख्दैनस् भन्नुहुन्छ। आफ्नो समुदायको किन सम्बोधन नगरेको, किन त्योबारे गीतहरू नगाएको भनेर धेरै प्रश्न आउँछ। तर म उचित समय खोजिरहेको छु,’ उनले भने। 
    प्रकाशलाई यसबारे अलिक धेरै समय सोचेर, खर्चिएर राम्रो सिर्जना ल्याउनु छ। त्यसैले पनि उनी यसमा हतारो गर्ने सोचमा छैनन्। तर जसरी पनि यो विषयलाई आफ्नो सिर्जनामार्फत् बाहिर ल्याउने उनी बताउँछन्। 
    प्रकाशले भने, ‘ममा जतिबेला चेतना आयो, म त्यो बेला दश वर्षको थिएँ। अहिले म तीस वर्षको भएँ। यो विषय बीस वर्षसम्म नै मेरो दिमागमा छ। भनेपछि बीस वर्षसम्म सोचेको कुरा त केही राम्रै आउनुपर्यो नि। दुई महिना सोचेको गीत त यस्तो राम्रो भइरहेको छ भने बीस वर्षदेखि सोचेको कुरा त अझै राम्रो आउनुपर्‍यो नि भनेर उचित समय पर्खिरहेको छु।’
    प्रकाश जति पनि आफ्ना सिर्जनाहरू छन् ती सबै आफूले बाँचेको भोगाइहरू हुन् भन्ने ठान्छन्। आफू त्यो पृष्ठभूमिबाट नआएको भए जीवनका यतिधेरै रङहरू नै नदेख्ने उनी बताउँछन्।
    ‘मैले छिमेकी दाइले रोजीरोटीका लागि विदेशिएको नदेखेको भए, काठको बाकसमा फर्किएको नदेखेको भए ‘बोल माया’ नबन्न पनि सक्थ्यो। त्यस्तै मैले मेरो बुवाहरू, हजुरबुबाहरू भजन गाउँदा रातभरि घरको आँगनमा महिला पुरुषले दुःख सुख साटेको नदेखेको भए सायद गलबन्दी नजन्मिन पनि सक्थ्यो,’ उनले भने। 

    Posted in कला /जीवनशैलीLeave a Comment on प्रकाश सपूत भन्छन्- पहिलेजस्तो हिट हुनलाई काम गर्दिनँ

    के पलविना मलिकाको भिडियो चल्दैन ?

  • २५ श्रावण २०७८, सोमबार १३:५७ मा प्रकाशित
  • ४ दिन अगाडि नायिका मलिका महत्त अभिनित म्यूजिक भिडियो ‘तिम्रो माया’ सार्वजनिक भयो । यो भिडियोमा मलिकाले कुन्साङ बोम्जनसँग अभिनय गरेकी छिन् । यो गीतको शब्द, संगीत, स्वर र भिडियोलाई लिएर खुबै चर्चा पनि भैरहेको छ । तर, भिडियोले भ्यूज भने पाएको छैन । ४ दिनमा १ लाख ३५ हजार भ्यूज पाएको यो गीतले राम्रो भएर पनि दर्शकको साथ किन नपाएको होला ?
    नेपाली म्यूजिक भिडियोकी सर्वाधिक महंगो मोडल मलिका महत्तको नाममा पनि यो भिडियो चलेन । यस्तै भएको थियो मलिकाको अर्को एक भिडियो ।
    मलिका महत्त अभिनित ‘वर आउन माया’ बोलको म्यूजिक भिडियो ५ महिना अगाडि रिलिज भयो । यो भिडियोमा मलिकाले सोनाल तामाङसँग अभिनय गरेकी थिइन् । यो गीत र भिडियो चलेन । यो गीत सार्वजनिक हुँदा मलिका ‘फुलबुट्टे सारी’ बोलको गीतका कारण चर्चामा थिइन् ।
    मलिका एक्लैले भिडियोमा भ्यूज तान्न नसकेको देखिन्छ । अर्कोतिर, उनले नायक पल शाहसँग अभिनय गरेका ३ वटा भिडियोले १ करोड भन्दा बढी भ्यूज पाइसकेका छन् । यस्तै, ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीतको भिडियोले २ सातामा ४२ लाख भ्यूज पाइसकेको छ ।
    यसको अर्थ, के मलिका पलविना नचल्ने नै हुन् त ? मलिका आफै पनि भिडियो किन चलेन भनेर आफूलाई थाहा नहुने बताउँछिन् । उनले, भिडियोमा दर्शकले आफ्नो कामबारे दिने प्रतिक्रिया आफूलाई महत्वपूर्ण हुने बताइन् । मलिकाले युटुबमा कस्ता खालका बिषय चल्छन् भन्ने कुराले पनि महत्वपूर्ण हुने तर्क गरिन् । युटुबमा गीतको भ्यूज गयो कि गएन भनेर आफूले ध्यान नराख्ने उनको तर्क छ । उनले, भ्यूज भन्दा पनि आफ्ना साथीभाई, आफन्तले प्रशंसा गरेको भन्दै यसले नै खुशी बनाएको बताइन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on के पलविना मलिकाको भिडियो चल्दैन ?

    शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

  • १३ श्रावण २०७८, बुधबार ०१:१२ मा प्रकाशित
  • बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको मामलमा प्रहरी हिरासतमा छन् । भारतमा पोर्न चलचित्र छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा राज पक्राउ परेका हुन् । उनीमाथि अहिले प्रहरीले छानबिन गरिरहेको छ ।
    राज पक्राउ परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ । उनी, ‘सुपर डान्सर ४’को निर्णायक थिइन् । यो लोकप्रिय रियालिटी शोमा शिल्पा राज पक्राउ परेपछि उपस्थित भएकी छैनन् ।
    शिल्पा अझै केही साता यो शोमा सहभागी नहुने भारतीय मिडियाले उल्लेख गरेका छन् । शिल्पा शोमा उपस्थित हुन नसक्ने भएपछि अब शोका निर्माताले नयाँ निर्णायक तय गरेका छन् ।
    मिडियाका अनुसार, शोको निर्णायकमा नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजालाई अनुवन्धित गरिएको छ । उनीहरु, अतिथी निर्णायकको रुपमा कार्यक्रममा सहभागी हुनेछन् । यो शोमा गीता कपूर र अनुराग बासु मु्ख्य निर्णायकको रुपमा छन् ।
    जेनेलिया र रितेशले एकसाथ शोमा निर्णायकको रुपमा उपस्थित हुने इच्छा व्यक्त गरेपछि शोका निर्माताले पनि दुबैलाई अतिथी निर्णायकको रुपमा राख्न राजी भएका हुन् ।
    यो शोमा मुख्य निर्णायकको रुपमा रहेकी शिल्पालाई दर्शकले निकै रुचाएका थिए । शिल्पा शोबाट टाढा रहँदा उनका फ्यान भने पक्कै निराश हुनेछन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

    प्रियंका र आयुष्मानको खुशी

  • २७ असार २०७८, आईतवार १६:०९ मा प्रकाशित
  • नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतबर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।
    प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए । अब, उनका श्रीमान् आयुष्मानले पनि ‘बेबी सावर’को आयोजना गरेका छन् । नायिका कार्कीले यो बर्ष आफ्ना लागि निकै नै खुशीको बर्ष रहेको र आफूहरुले खुशी साटिरहेको उल्लेख गरेकी छिन् ।

    प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै जसलाई प्रेम, खुशी, सन्तुष्टी र नयाँ सुरुवातका लागि तयार राखेको उल्लेख गरेकी छिन् । उनले, आफूले चाहेको सबैथोक आयुष्मान भएको पनि लेखेकी छिन् । नायिका कार्कीले, अब आफूहरुको चमत्कारलाई स्वागत गर्नका लागि आफूले पर्खन नसक्ने पनि बताएकी छिन् ।
    नायिका कार्की केही दिनमा नै आमा बन्दैछिन् । सामाजिक संजालमा विभिन्न कारणले चर्चा र आलोचना भएपनि आयुष्मान र प्रियंकालाई यसले खासै प्रभाव पारेको छैन । उनीहरु, आफ्नै तरिकाले जीवनलाई अगाडि बढाइरहेका छन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on प्रियंका र आयुष्मानको खुशी

    गाेरक्ष चिन्तन कार्यक्रमकाे साताैं शृङ्खला सम्पन्न, प्रमुख वक्तामा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्राे. हरि प्रसाद अधिकारी

  • २६ असार २०७८, शनिबार २३:०६ मा प्रकाशित
  • श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ, गोरखनाथ वैदिक गुरुकुलद्वारा साप्ताहिक रुपमा हरेक शुक्रबार साझ ८ बजेदेखि संचालित ‘गाेरक्ष चिन्तन कार्यक्रम’काे साताैं शृङ्खला सम्पन्न भएको छ ।

    सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण र निरन्तरताकालागि भर्चुअल माध्यमबाट संचालित उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका तुलनात्मक धर्मदर्शन विभागका विभागीय अध्यक्ष प्राे. हरि प्रसाद अधिकारी रहनुभएको थियो ।

    प्रमुख वक्ता अधिकारीले नेपालकाे एक मात्र संस्कृत विश्व विद्यालय रहेकाे दाङ जिल्लाकाे १३०० बर्ष पुरानाे ऐतिहांसिक सिद्ध स्थानमा गुरुकुल खुलेकाे खवरले आफुलाई खुसिलागेकाे साथै गुरुकुलका प्राचार्य र अध्यक्ष संग आफ्नाे पुरानै चिनजान भएपनि उहांहरुकाे याे पुण्य कामकाे थालनिले सबैकालागि प्रसंसनिय कार्य भएकाे धारणा ब्यक्त गर्नुभयाे ।विश्व भुटानी हिन्दू संगठनबाट गाेरखनाथ वैदिक गुरुकुल मार्फत पश्चिम नेपालका १७ वटा गुरुकुलहरुलाई काेराेनाकाे याे असहज परिस्थितिमा सहयाेग भएकाेमा खुसि ब्यक्त गर्दै संगठनका अध्यक्ष कमल धिमाल लगायतका टिमलाई प्रशंसा गर्नु भएकाे थियाे ।

    साथै उहाँले गुरुकुलकाे प्रसंगकै क्रममा अब गुरुकुलमा याेग्य क्षमतावान गुरुलाई राखेर पठनपाठन गराउनु पर्दछ ।सहुलियतमा संस्कारित शिक्षा सबैले लिनुपर्ने कुरामा जाेड दिनु पर्ने धारणा व्यक्त गर्नु भयाे ।नेपालमा नाम चलेका गुरुकुलबाट अब सिक्नु पर्दछ ।देवघाटका केही गुरुकुलकाे प्रसंग निकाल्नु हुँदै अधिकारीले आफू समय अनुकुल भएमा दाङकाे गाेरखनाथ गुरुकुल, संस्कृत विश्व विद्यालयकाे साथै प्यूठानमा अवस्थित स्वर्गद्वारी मन्दिरकाे दर्शन गर्ने आफ्नाे ईच्छा रहेकाे बताउनु भयाे ।

    अन्तर्राष्ट्रिय वक्ता डा चिन्तामणि याेगीज्यूकाे निर्देशन सल्लाहमा संचालित उक्त कार्यक्रमकाे अन्तमा डा. चिन्तामणि याेगीले प्राे. हरि प्रसाद गुरुकाे गाेरक्ष चिन्तनमा आगमन सबैकालगि प्रेरणादायि बनेकाे र जुनसुकै क्षेत्र र स्थानकाे भएपनि हाम्राे सनातन संस्कृतिकाे जगेर्ना गर्नकालागि आ-आफ्नाे स्थानबाट सबैलाई अगाडि बढ्नकालागि आह्वान गर्नुभयाे ।

    उक्त कार्यक्रमका संचालक एवं गाेरखनाथ गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले कार्यक्रम देश विदेशमा अझै लाेकप्रिय बनाउँदै लगिने र कार्यक्रममा सहभागी सामेल सबैको भावनालाई समेटेर भविष्यमा गाेरक्ष चिन्तन नामक स्मारिका निकाल्ने सोच रहेको जनाउनुभयो ।

    निङ्गलासैनि गुरुकुल धनगढीका प्राचार्य खगेन्द्रराज अवस्थिले कार्यक्रम बारे जानकारी गराउनु हुँदै गाेरक्ष चिन्तनकाे श्रृखलामा पाल्नु भएकालाई स्वागत गर्नुभएकाे थियाे भने गुरुकुलकि प्राचार्य सन्ताेषी सुवेदीले राष्ट्र गुरु याेगी नरहरिनाथज्यूबाट रचित स्वागत गित स्ताेत्र पाठ गर्नुभएकाे थियाे । साथै गाेरखनाथ गुरुकुलका वटुकहरुले स्वस्थि वाचन, रामजानकी गुरुकुल काेहलपुका वटुकहरुले संस्कृत स्लाेक पाठ वाचन गरेका थिए ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाज1 Comment on गाेरक्ष चिन्तन कार्यक्रमकाे साताैं शृङ्खला सम्पन्न, प्रमुख वक्तामा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्राे. हरि प्रसाद अधिकारी

    रचना र समिक्षालाई कती हतार ?

  • २४ असार २०७८, बिहीबार १५:३१ मा प्रकाशित
  • तीज गीत रेकडिङ तथा छायांकनको समय छ । तीज गीतमा स्वर दिनका लागि विशेषगरि गायिकाहरुलाई भ्याइनभ्याई छ । उनीहरु, एक दिनमै गीतको छायांकनमा पुग्छन् भने सोही दिन रेकडिङका लागि पनि समय मिलाउँछन् । गायिकाहरुलाई काममा पूर्ण रुपमा ध्यान दिन भन्दा पनि कसरी हुन्छ यही समयमा पैसा कमाइहालौं भन्ने सोच हाबी भएको देखिन्छ ।
    यस्तै देखियो गायिकाद्धय रचना रिमाल र समिक्षा अधिकारीमा पनि । मंगलबार करिब ११ मिनेट लामो तीज गीतको छायांकनका लागि उनीहरुले समय दिए । गायिका अनिता चलाउनेले लगानी गरेको गीतको सेटमा पुगेका उनीहरुलाई बेलुकीको ३ बज्दा नबज्दै हतारो भयो । निर्देशक गम्भिर बिष्ट पनि रचना र समिक्षाकै कारण हतारमा देखिए ।
    समिक्षा र रचनाले भिडियो छायांकन भैरहेको दिनमा नै अर्को एक गीतको रेकडिङका लागि समय दिएका रहेछन् । यसैले, गम्भिरले समिक्षा र रचनाको दृश्य हतार हतारमा छायांकन गरे ।
    यतिसम्म कि, समिक्षा त भिडियोको पोष्टरका लागि फोटोसुट गर्ने क्रममा पनि फोटो भिडियोबाट तान्दा हुँदैन भन्दै आत्तिएकी थिइन् । समिक्षा र रचनालाई मिडियासँग न त कुराकानी गर्ने फुर्सद भयो न त सुटिङ नै ध्यान दिएर गर्ने समय ।
    अब, यसरी हतारमा गरिएको कामको नतिजा कस्तो आउने हो त्यो गीत रिलिज भएपछि थाहा हुन्छ । तर, पैसा कमाउने मौसम हो भन्दैमा काम नै हतार हतारमा गर्दा त्यसले सुखद नजिता दिदैन ।

    Posted in कला /जीवनशैलीLeave a Comment on रचना र समिक्षालाई कती हतार ?

    अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु खुला गर्ने सरकारको निर्णय

  • २३ असार २०७८, बुधबार ००:३५ मा प्रकाशित
  • 6 जुलाई २०२१ ! मन्त्रिपरिषद् बैठकले सबै किसिमका उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
    अब देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान निषेधाज्ञाअघिकै दिनमा झै सबै खुला हुने भएका छन् । गत बिहिवार आधा संख्यामा उडान संचालनमा ल्याउने निर्णय गरेको सरकारले नेपाललाई रोक नलगाइएका मुलुकमा अब नियमित उडान सुचारु गर्ने छ । मन्त्रिपरिषद वैठकको पत्र प्राप्त हुनेवित्तिकै नागरिक उड्डयन प्राधिकरणले उडानलाई नियमित गर्न थप कदम चाल्नेछ ।
    सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि हवाई उडान बन्द गरेको थियो । सबै आन्तरिक उडान ठप्प पारेको ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।
    वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको थियो । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेकोे थियो ।
    हवाई उडानबाट सङ्क्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले सङ्क्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको संघको दाबी छ । स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको सङ्क्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको सङ्घले जनाएको छ ।

    साभार :- जन सवाल .कम बाट

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर1 Comment on अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु खुला गर्ने सरकारको निर्णय

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P