काठमाडौं, २१ असार। संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो।
मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ । भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।
“कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।” निर्देशक रामजी ज्ञवालीले बताउनु भयो। “जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।
” गीतकार सतीश चापागाईंले भन्नुभयो। गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको पनि चापागाईंले बताउनु भयो।
गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ र नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुनुहुन्छ।गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
८ असार २०७८ ! निर्वाचन घोषणा गरेपछि पनि मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री केपी ओलीको कदममा सर्वोच्च अदालतले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेपछि २० जना मन्त्री पदमुक्त भएसंगै अब मन्त्रिपरिषद पाँच जनामा सीमित बनेको छ ।
प्रधानमन्त्री केपी ओलीले काम चलाउ हैसियतमा पुगिसक्दा पनि पछिल्लो समयमा दुई चरणमा मन्त्रिपरिषद विस्तार गर्नुका साथै नयाँ दललाई नै समावेश गराएका थिए । अदालतको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी २० जना मन्त्री स्वतः पदमुक्त भएका हुन्।
एमालेका उपप्रधान तथा परराष्ट्र मन्त्री रघुबीर महासेठ, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ, सामान्य प्रशासन मन्त्री गणेश पहाडी, सञ्चार मन्त्री नैनकला थापा, कृषि मन्त्री ज्वालाकुमारी साह, वन मन्त्री नारदमुनी राना, प्रधानमन्त्री कार्यालयका मन्त्री मोहन बानियाँ, वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विक र जसपाका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, भूमि व्यवस्था मन्त्री लक्ष्मणलाल कर्ण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरिया,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ, उर्जा राज्यमन्त्रीचन्द्रकान्त चौधरी , महिला तथा राज्यमन्त्री रेणुका गुरुङ हरुको एक महिना पुग्न नपाउँदै पदमुक्त भएको छ।
सर्वाेच्चको अन्तरिम २० मन्त्रीहरुको पदमुक्त पछि ५ जनाको मात्रै मन्त्रिपरिषद् बाँकी रहेको छ। अब प्रधामन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पाैडेल, भाैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मन्त्रिपरिषद्मा बाँकी रहेका छन्।
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ । यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।
तीन वर्ष अगाडी अभिनय कोर्ष पढ्न भारत पुगेकी निशा देहरादुनमा दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो । तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो । घरमा अर्धचेत अवस्थामा रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए । गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भएको हो । निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।
भारतमा कोरोनाको कहरको कारण जारी लकडाउनले कयौँ कलाकार आर्थिक अभावमा गुज्रिरहेका छन् । कलाकारले पैसाको लागि आफ्नो अवार्ड समेत बेच्नु परेको खबर बाहिर आएको छ एक साउथ अभिनेत्री पावला स्यामाला यसको उदाहरण बनेकी छिन् । लकडाउनको कारण आर्थिक समस्याले पावलाले अवार्ड समेत बेच्नु परेको हो । उनको यस्तो हालत देखेर सामाजिक संजाल मार्फत सहयोगका लागि थुप्रै मानिस अगाडि आएका छन् । पावला दक्षीण भारतीय (साउथ) फिल्म उद्योगकी चर्चित अभिनेत्री तथा कमेडियन हुन् । उनले हालै मिडियासँग कुरा गर्दै गरिबी धेरै देखिएको र यस्तो प्रकारको गरिबी पहिलो पटक देखेको बताएकी छन् । ‘मलाई अहिलेको गरिबीबाट डरलागि रहेको छ । मेरो छोरी पछिल्लो केही महिनादेखि खुट्टाको चोटको कारण बेडमा छिन्’ उनले भनिन् ‘टिबीको समस्या समेत भएको उनलाई हरेक महिना उपचारको लागि १० हजार बढी खर्च हुने गर्दछ ।’ कोरोनाको डरका कारण आफ्नो मद्दतका लागि कोही अगाडि नआएको बताएकी उनले दैनिक गुजारा पुरा गर्न आफुले अवार्ड समेत बेचेको सुनाइन् । तेलंगाना सरकारले वरिष्ठलाई पेन्सन समेत दिने गरेकोमा पछिल्लो केही महिनादेखि त्यो पनि नपाएको सुनाएकी उनले आफ्नो र बिरामी छोरीका लागि बिहान बेलुकाको रोटीको ब्यवस्था गर्न मुस्किल समेत भएको बताएकी थिइन् । गत हप्ता कमेडियन कल्याणीले उनलाई १० हजार सहयोग दिएकी थिइन् । सुपरस्टार पवन कल्याण र चिरञ्जीवी पनि अहिले उनको सहयोगका लागि अगाडि आएका छन् । कामको कुरा गर्ने हो भने पावलाले साउथका करिब २५० बढी फिल्म अभिनय गरेकी छन् । उनले अभिनयबाट कयौ पटक बेस्ट अवार्ड जितेकी छन् । तर अहिले लकडाउनको कारण उनलाई गुजारा चलाउन आफ्नो अवार्ड समेत बेच्नु परिरहेको छ ।
संकटको समयमा पर्दाभित्रका हिरोहरु पर्दाबाहिर मौन बसेको भन्ने गुनासो बेलाबखत सुन्न पाइन्छ। नेपाली सिनेमा क्षेत्रका केही कलाकारले भने यस्ता गुनासो गर्ने मौका नदिई सामाजिक सक्रियता देखाएका छन्।
हालै अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीलगायत सुदूरपश्चिमवासीका लागि ५० सिलिन्डर बराबर अक्सिजन सहयोग गरेका छन्। अभिनेता पुष्पले मैनादेवी फाउन्डेसन मार्फत यो सहयोग प्रदान गरेका हुन्।
‘मेरो गाउँले मैनादेवी फाउन्डेसनका केपी खनालको नेतृत्वमा महामारीमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग वितरण भइरहेको देखेपछि मैले उहाँ मार्फत ५० सिलिन्डर अक्सिजन बराबरको सहयोग गर्ने जिम्मा लिएको हुँ।’
अभिनेता पुष्प खड्काले सुदुरपश्चिमको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका बासिन्दा हुन्। ‘संकट हुँदाहुँदै पनि काठमाडौंको तुलनामा सुदूरपश्चिम क्षेत्रका कोरोना संक्रमितलाई अझ बढी गार्हो छ। यस्तो बेला स-साना सहयोगले पनि मान्छेको ज्यान बचाउन सकिने भएकोले मैले पनि सकेको सहयोग गरेको हुँ,’ हालको लकडाउनमा बानेश्वर, काठमाडौंमा रहेका अभिनेता खड्काले भने।
हालसम्म २५ सिलिन्डर अक्सिजन वितरण गरिसकिएको र बाँकी २५ सिलिन्डर एक दुई दिनमै वितरण हुने उनले बताए।सुदुरपश्चिमका विभिन्न अस्पतालमा अक्सिजनको कमी नहोस् र अस्पताललाई अक्सिजन भर्न नसकेको पीडा नहोस् भनेर मैनादेवी फाउन्डेसनको माध्यमबाट विभिन्न अस्पतालका खाली सिलिन्डरमा अक्सिजन भरेर दिने काम भइरहेको छ।
अभिनेता पुष्पको जन्मथलो र सुदूरपश्चिम क्षेत्रमा भारतमा मजदुरी गरेर खाने श्रमिक वर्गले स्वास्थ्य उपचारदेखि खाद्यान्न संकटको अभाव झेलिरहेका छन्। अभिनेता पुष्पले भने, ‘आगामी दिनमा अरु सहयोग जुटाउन पनि प्रयास गर्नेछु।’
पुष्पले आफ्नो जन्मथलोमा सहयोग गरेको यो पहिलो पटक होइन। यसअघि उनले बालबालिकालाई सहयोग गर्ने ‘बाल सहारा’ संस्थालाई पनि सहयोग गरेका थिए। उनले भने, ‘बालसहाराका माध्यमबाट कैलाली महोत्सवबाट आएको पचास हजार रकम सहयोग गरेको थिए।’
अझै पनि, ‘दर्पण छाया २’, ‘मंगलम’, ‘मारुनी’जस्ता फिल्मबाट स्थापित अभिनेता पुष्प आफ्नो कमाइलाई दर्शकको मायाबाट आएको आम्दानी भन्छन्। ‘हामी कलाकारले पाएको नाम र काम जनताकै मायाको प्रतिफल हो। उहाँहरुबाट पाएको कुरा उहाँहरुको लागि खर्च हुनुपर्छ किनभने यसले कलाकार र दर्शकबीच कनेक्सन बनाइराख्छ।’
उनले भने, ‘कोरोना संक्रमितलाई अकालमै मर्नबाट रोक्नबाट बचाउन सक्नु नै अहिलेको चुनाैती हो। अहिलेको बेला सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सके यो संकटसँग जुध्न सकिन्छ।’
पुष्पका ‘कृष्ण लीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ प्रदर्शनको तयारीमा रहेका फिल्म हुन् जुन लकडाउन सकिने सामान्य अवस्थाको पर्खाइमा छन्।
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ ।
बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको बस्नेतले जानकारी दिनुभयो ।
यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हामीले विभिन्न खानेकुराहरूको प्रयोग गरिरहेका हुन्छाैं । यस किसिमका खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ । कोरोनाको यो महामारीमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि किसिमको सम्झौत गर्नु राम्रो हुँदैन।
अहिलेको कोरोना कालमा हाम्रो शरीरलाई रोग लाग्नबाट बचाउनु नै महत्वपूर्ण विषय बनेको छ । यसका लागि के खाने जस्ता कुरामा ध्यान दिन आवश्यक रहेको छ भने के नखादाँ राम्रो हुन्छ भन्ने विषयमा पनि ध्यान दिन उतिकै आवश्यक छ ।
कोरोना लागेको व्यक्तिले खानेकुरा ध्यानपूर्वक सेवक गर्न जरुरी छ । पोजेटिभ आएपछि बिरामीले भिटामिन सी, भिटामिन डी, मिनरलस, जींक जस्ता पोषक तत्व भएको दाल, सिमी, माछा, मासु, अण्डा, आदि खानेकुराको बढी सेवन गर्नु पर्छ ।
यस्तै, कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्न आवश्यक हुन्छः
१.प्याक गरिएको खाना
कोरोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।
२.मसालेदार खाना
कोरोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ । त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
३.चिसो पेय पदार्थ
कोरोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । कोरोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ ।
४.तारेको खानेकुराहरु
बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ । यस किसिमको खानेकुराले रोग प्रतिरोधात्मक क्षमतमलाई असर पुर्याउने गर्छ । यस किसिमका खानेकुराभन्दा ताजा तथा काचो फलफूल शरीरका लागी फाइदाजनक रहेको हुन्छ ।
खानेकुरा र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध रहेको हुनाले आफ्नो खानेकुराको छनौट गर्दा विशेष ध्यान दिने गरौँ र स्वस्थ बनौँ ।
नायिकाहरू हिजोआज सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरिन्। गर्भवती अवस्थाको फोटो सार्जनिक हुँदा उनले आलोचना र बधाई एकैसाथ पाइन्। अहिले नेपाल फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की नायिका गरिमा पन्तले प्रियंकाको पदचाप पछ्याएकी छिन्। उनले पनि मंगलबार गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी छिन्। अमेरिकामा रहेकी गरिमाले आफ्ना आफू आमा बन्न लागेको सन्देश दिएकी छिन्।
फोटामा गरिमा पनि श्रीमानसँगै देखिएकी छिन्। गरिमा फिल्म क्षेत्र छोडेर अमेरिकामै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन्। नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा फोटो सार्वजनिक गर्दै गरिमाले लेखेकी छिन्, ‘सृष्टिबाट सृष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश।’
नायिका वर्षा राउतले आफूलाई अस्वस्थ महशुश भएको अवस्थामा जीम पुग्ने बताएकी छिन् । विशेषगरि, चलचित्रको पर्दामा देखिने कलाकार फिट देखिनुपर्छ भनिन्छ । वर्षाको मोटोपनको चर्चा भने खुबै हुने गर्दछ । तर, वर्षा आफूलाई आफू स्वस्थ लाग्ने बताउँछिन् । तपाइलाई नेपाली चलचित्रमा शारीरिक रुपमा अनफिट कलाकार को लाग्छ भन्ने प्रश्नमा वर्षाले आफूलाई तै देखाइन् । उनले भनिन्–‘सबैजना फिट नै हुनुहुन्छ । अनफिट त मैं हो ।’ वर्षाले बिहान उठ्दा स्वास फेर्न गाह्रो भएजस्तो, अस्वस्थ भए जस्तो महशुश भएको अवस्थामा जीम पुग्ने पनि बताइन् । वर्षाले आफूले सोचे जसरी आफ्नो तौल कम नभएको पनि बताइन् । वर्षाले जीम दुब्लाउनका लागि मात्र जानुपर्छ भन्ने सोच्न नहुने बताइन् । भनिन्–‘जीम जोकोही पनि आउन सक्छ । दुब्लाउनका लागि मात्र भन्दा पनि फिट हुन जीम जाने हो ।’ वर्षाले आफ्नो तौललाई लिएर आलोचना गर्नेहरुका कारण तनाव नलिने बताइन् । भनिन्–‘जसले जे भनेपनि मुख्य कुरा खुशी नै हो । मानसिक रुपमा स्वस्थ भयो भने यस्तो कुराले फरक पर्दैन ।’
वि.सं २०७७ साल अर्थात यो बर्ष भोलीबाट बिदा हुँदैछ । यो बर्ष नेपाली चलचित्र क्षेत्रका लागि सुखद बन्न सकेन । कोरोनाका कारण यो बर्ष नेपाली चलचित्र क्षेत्र सुनसान जस्तै बन्यो । यो बर्ष ४ वटा मात्र नयाँ चलचित्र रिलिज भए भने करिब एक दर्जन चलचित्रको छायांकन सम्पन्न भयो । तर, यो बर्ष नेपाली चलचित्रका कलाकारहरुको विवाद भने उत्कर्षमा देखियो । कतिपय कलाकारको बोली चिप्लदा आलोचना भयो भने कतिपय कलाकारहरु एक अर्कासँग नै विवादमा उत्रिए । यसले, चलचित्र क्षेत्र ठप्प भएपनि कलाकार भने मिडियामा छाइरहे । हामीले, यो बर्षको समिक्षा गर्दै गर्दा यो बर्ष कलाकारका लफडाको बारेमा चर्चा गरेका छौं ।
१. भूवन केसी–साम्राज्ञी राज्यलक्ष्मी शाहः यो बर्षको सर्वाधिक चर्चित विवाद नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रह्यो । नायिका शाहले भूवन केसीले आफूलाई छायांकनमा विभेद गरेको, ह्यारेसमेन्ट गरेको जस्ता आरोप लगाइन् । भूवनले भने साम्राज्ञीको आरोपलाई गलत भन्दै खण्डन गरे । विवाद चर्किएपछि भूवनले जिल्ला अदालतमा मुद्दा समेत दायर गरेका छन् । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ । तर, लकडाउनको समयमा केही महिना साम्राज्ञी र भूवनविचको विवादले भने उग्र रुप लियो ।
२. पूजा शर्मा–प्रकाश सुवेदीः नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीले आफूलाई टेलिभिजन कार्यक्रममार्फत होच्याएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिइन् । प्रकाशले ‘दारा भएकी नायिका’ भनेपछि पूजा रुदै कलाकार संघमा पुगिन् । उनले, उजुरी दिएपछि कलाकार संघ र एपी वान टेलिभिजनविच छलफल पनि भयो । पछि, यो विवाद सुल्झियो । तर, प्रकाश र पूजाको विवादले केही समय चलचित्र क्षेत्र तरंगित बनेको थियो ।
३. पूजाको बोली चिप्लियोः नायिका पूजा शर्माले गतबर्ष ‘म यस्तो गीत गाउँछु २’को प्रमोशनका क्रममा संचारकर्मी प्रकाश सुवेदीलाई दिएको एक अन्तरवार्तामा नेपालका जिल्ला र अञ्चलको संख्या उल्टो भनेपछि उनी ट्रोलको शिकार बनिन् । अन्तरवार्ताको यो भाग सामाजिक संजालमा भाइरल भयो । जसले पूजालाई केही समय तनाव झेल्नुपर्यो ।
४. वर्षा राउतको बोली चिप्लियोः नायिका वर्षा राउतले दिएको एक अन्तरवार्तामा उनले विशेषगरि, ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेपछि उनी आलोचनाको घेरामा परिन् । नेपालले नयाँ नक्शा जारी गरेपछि वर्षाले दिएको अन्तरवार्तामा उनले ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेकी थिइन् । यो बिषयमा चर्को आलोचना भएपछि वर्षाले माफी नै मागिन् । तर, आज पनि वर्षालाई यो विवादले छाडेको भने छैन ।
५. महानायक विवादः यो बर्षको सबैभन्दा ठूलो विवादको रुपमा निर्देशक दीपाश्री निरौलाले दिएको ‘महानायक’ सम्बन्धी विवादलाई लिन सकिन्छ । दीपाश्रीले ‘राजेश हमाल पनि महानायक हो र ?’ भनेर दिएको एक अन्तरवार्ता भाइरल भएपछि उनको चर्को आलोचना भयो । दीपाश्रीको सामाजिक संजालमा थुप्रै ट्रोल बने । यो घटनापछि करिब २ महिना दीपाश्री सार्वजनिक रुपमा देखिइनन् । पछि, नायक राजेश हमालले ‘माफी दिन’ भनेपछि यो विवाद सकिएको थियो । तर, यसको असर दीपाश्रीको करिअरमा अझै पनि परेको देखिन्छ ।
६. सुष्मा कार्कीको क्लबमा लफडाः यो बर्ष सर्वाधिक विवादमा आउने नायिका हुन् सुष्मा कार्की । सुष्मा कार्की र पत्रकार उत्सव रसाइलीविचको विवादले पनि चर्को रुप लियो । काठमाण्डौको एक क्लबमा आरती खड्काले आफूलाई कुटेको र उत्सवले आफूलाई गाली गरेको भन्दै सुष्मा प्रहरी प्रभाग, दरबारमार्गमा उजुरी गर्न पुगिन् । यो विवादले केही दिन ठूलै चर्चा पायो । तर, पछि उत्सव र आरतीले माफी मागेपछि यो घटना सेलायो ।
७. स्वेता खड्काको माझी बस्ती विवादः नायिका स्वेता खड्काले सिन्धुपाल्चोकको माझी बस्तीमा निर्माण गरिरहेको ‘एकिकृत माझी बस्ती’ यो बर्ष विवादमा रह्यो । विशेषगरि, केही संचारमाध्यममा स्वेताले माझी बस्ती नबनाएको लगायतका खबर सार्वजनिक भएपछि स्वेताले मुख खोलिन् । उनले, माझी बस्ती आफ्नो सपनाको बस्ती भन्दै सामाजिक संजालमा स्टाटस नै लेख्नुपर्यो ।
८. जितु नेपाल–छक्का पन्जा टिम विवादः दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएपछि विशेषगरि, छक्का पन्जा टिम र हाँस्य कलाकार जितु नेपालविच विवाद देखियो । छक्का पन्जा टिमबाट जितु बाहिरिए । जितुले दीपाश्रीलाई समस्यामा परेको समयमा पनि साथ नदिएको भन्दै दीपकराज गिरी र उनको टिम रुष्ट देखियो । यो विवाद अझै सुल्झिएको भने छैन । नेपाली चलचित्र क्षेत्र यो बर्ष विवाद नै विवादमा रुमल्लियो । केही कलाकार काममा कारण चर्चामा रहे भने केही कलाकार विवादका कारण सामाजिक संजाल र मिडियामा छाए ।