कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा समावेश चर्चित गीत ‘फुलबुट्टे सारी’ लोकप्रिय भयो । यो गीत विभिन्न भर्सनमा रिलिज भयो । मदनकृष्णले भने लिजेन्डरी भर्सन अन्र्तगत यो गीतमा स्वर दिएका थिए । यो गीतलाई यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले पनि गाइन् । उनले, स्वरले पनि लोकप्रियता हासिल गर्यो । गीत गाइसकेपछि मदनकृष्णले वियोन्ससँग भेट्ने इच्छा व्यक्त गरेका थिए । मदनकृष्णसँगको भेटमा वियोन्सले आफ्नो ठूलो सपना पुरा भएको बताएकी थिइन् । आफ्नो र वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ लोकप्रिय भएपछि कलाकार तथा गायक मदनकृष्णले नयाँ गीत गाउने तयारी गरेका छन् । सामाजिक संजालमार्फत जानकारी दिदै मदनकृष्णले लेखेका छन्–‘हामीले गाएको ‘फुलबुट्टे सारीलाई वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तरराष्ट्रियकरणको रुप लिएको महशुश गरिएको छ । अब, बियोन्स र म मिलेर एउटा यूगल गीत गाउने तरखरमा छौं । वियोन्सको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खैं ।’ मदनकृष्णले गीत कस्तो प्रकृतीको हुनेछ भनेर खुलाएका छैनन् । तर, आम दर्शक तथा श्रोताले उनी र वियोन्सको स्वरमा नयाँ गीतको भने प्रतिक्षा गरिरहेका छन् ।
२३ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो । जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू गर्नेबारे प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने बताए । निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताए । प्रश्नपत्र सार्वजनिक, सवारी साधन आफ्नै नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्नेछ । त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्युनतम ७० अंक ल्याउनुपर्नेछ । लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बिमा अद्यावधिक भएको हुनुपर्नेछ । कार जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको हुनुपर्ने छ । निर्देशिकाअनुसार ट्रायलम प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लक लगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जिपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ । मोटरसाइकल/स्कुटरको ट्रायल मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ । १. घुमाउरो ‘8’ मोटरसाइलको ट्रायलमा अब घुमाउरो ‘8’को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुतीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ । २.साँघुरो फलेक साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्र्ण हुनेछ । ३. यू–टर्न ‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुतीर्ण हुनेछ । ४. ट्राफिक लाइट ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुतीर्ण भने हुने छैन । ५. उबड–खाबड (बम्प्स) उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुबै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुतीर्ण हुनेछ । ६. उकालो (र्याम्प) उकालो (र्याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुतीर्ण हुनेछ । उकालोमा एकपटसम्म सवारीको स्टार्ट बन्द भएपनि अंक काटिने छैन । ७. व्यवहारगत पक्ष परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको समान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।
कार/जिपको ट्रायल कार, जिप र भ्यानको ट्रायलको पूर्णाङ्क पनि १०० छ । त्यसमध्ये परीक्षाका विभिन्न चरणमा गरी ७० अंक जोड्ने परीक्षार्थीले लाइसेन्स पाउनेछन् । १. घुमाउरो ‘8’ कार जिपको ट्रायलमा पनि घुमाउरो ‘8’लाई २० अंकको भार दिइएको छ । घुमाउरो ‘8’ मा दुई पटकसम्म अंकित रेखा छुन पाइनेछ । तर, प्रत्येक पटक ५–५ अंक काटिनेछ । दुई पटकभन्दा बढी छोएमा, टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट ठीक तरिकाबाट ‘8’ नबनाएमा र अगाडि बढ्नुपर्ने बेला सवारी साधन पछाडि सारेमा भने परीक्षार्थी अनुतीर्ण हुनेछ । २. उबड–खाबड (स्पिड ब्रेकर) उबड–खाबड (स्पिड ब्रेकर)को चरणलाई १० अंकभार छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भयो भने ५ अंक काटिनेछ । तर, एकपटक भन्दा बढी स्टार्ट बन्द भएमा भने अनुतीर्ण हुनेछ । ३. यू–टर्न यू–टर्नको चरणलाई १० अंकको भार छ । युटर्न गर्दा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, यो भागमा अंकित रेखा छोएमा अनुतीर्ण हुनेछ । ४. ट्राफिक लाइट ट्राफिक लाइटलाई १५ अंकभार छ । ट्राफिक लाइटको नियम पालना नगरेमा १५ अंक नै काटिनेछ । ५. उकालो (र्याम्प) उकालो (र्याम्प)लाई १५ अंकभार छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुतीर्ण हुनेछ । उकालोमा एकपटसम्म सवारीको स्टार्ट बन्द गर्दा अंघ घट्ने छैन । ६. ग्यारेज पार्किङ ग्यारेज पार्किङको चरणलाई २० अंकभार छ । यो भागमा सवारी पछाडि सार्ने क्रममा एक पटकसम्म अघि सरेमा १० अंक काटिनेछ । एकपटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छोएमा अनुतीर्ण हुनेछ । ७. व्यवहारगत पक्ष परीक्षार्थीको व्यवहारगत पक्षको परीक्षालाई १० अंकभार छ । सवारी साधन चलाउनुपूर्व ऐना, टायर, ब्रेकको समान्य परीक्षण नगरेमा ३ अंक, सिटबेल्ट नलगाई सवारी चलाएमा ४ र अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।
फागू पर्वमा केही तस्वीर सार्वजनिक गरेपछि नायिका प्रियंका कार्कीलाई फ्यानले सोधे–‘के तपाई गर्भवती हुनुहुन्छ ?’ सार्वजनिक तस्वीरमा प्रियंकाले आफ्नो बेबी बम्प लुकाएकी थिइन् । प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’ यसपछि भने प्रियंकाले दैनिक एउटा तस्वीर राखिरहेकी छिन् । उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर राख्दै लेखेकी छिन्–‘हाम्रो सानो चमत्कार’ । नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् । गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा नयाँ वर्षलाई सबैभन्दा ठूलो अवसर मानिन्छ । नयाँ वर्षमा रिलिज भएका फिल्मले लगानी सुरक्षित मात्र गर्दैनन्, व्यावसायिक नाफा पनि आर्जन गर्ने गरेका छन् । त्यही भएर नयाँ वर्षमा फिल्म रिलिजका लागि निर्माताहरूमा तँछाड–मछाड हुने गर्छ । कोरोनाको कहर अगाडिका वर्षको कुरा गर्ने हो भने यो समय तीन वा सोभन्दा बढी सङ्ख्याका फिल्म रिलिज हुन्थे । यसरी रिलिज भएका सबै फिल्मले व्यावसायिक नाफा कमाएका थुप्रै उदाहरण छन् फिल्म क्षेत्रमा । फिल्म रिलिजका लागि राम्रो मानिएको नयाँ वर्ष नजिकिँदै गर्दा नेपाली फिल्म हल लगभग खाली हुने देखिएको छ । नयाँ वर्षमा राम्रा र नयाँ फिल्म हेर्ने दर्शकको चाहना अधुरै रहने भएको छ । हुन त केही दिनअगाडिसम्म नयाँ वर्षका लागि भन्दै ‘लप्पन छप्पन–२’, ‘कृष्णलीला’ र ‘मनसँग मन’ नामका तीन फिल्म आउने तयारीमा थिए । तर, रिलिज मिति नजिकिँदै गर्दा सबै फिल्मले रिलिज स्थगित गरेका छन् ।हुन त पहिले नै अड्किएर राम्रो समय रिलिज हुन कठिन मानिएका फिल्म ‘बेस्ट फ्रेन्ड’ र ‘श्री’ अहिले रिलिज हुने तरखरमा छन् । अन्तिम समयमा यी पनि रिलिज हुन्छन् हुँदैनन् यसै भन्न सकिने अवस्था छैन । निर्माताहरूले नयाँ वर्षमा फिल्म रिलिज स्थगित गर्नुको कारण बलिउड, हलिउडमा पनि नयाँ फिल्म रिलिज नहुनु, कोरोनाको कहर र व्यावसायिक कारण भनेका छन् । केही निर्माताले भने फिल्म हल सञ्चालक र सरकारलाई पनि दोष देखाएका छन् । नयाँ वर्षका लागि फिल्म के ? यो समय दर्शकले नयाँ फिल्म हेर्न पाउने कि नपाउने ? अहिले सबैको मनमा उब्जिएका प्रश्न हुन् । यिनै प्रश्न हामीले फिल्म क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग पनि राखेका थियौँ । उनीहरूको जवाफ जस्ताको त्यस्तै ।
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफु गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्री कार्कीले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन् । इन्स्टाग्राममा राखिएको तस्विरसँगै अभिनेत्री कार्कीले लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न रोक्न सक्नुहुन्छ, हामी गर्भवती छौं ।’
नेपाली चलचित्रका सफल नायक अनमोल केसी आजबाट २७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०५० साल चैत्र १७ गते जन्मिएका अनमोल आज आफ्नो जन्मदिन मनाउँदैछन् । पिता भूवन केसी र आमा सुस्मिता केसीको कोखबाट जन्मिएका अनमोलले चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गरेका थिए । यसपछि सबैजसो चलचित्रमा सफलता व्यहोर्दै अगाडि बढेका अनमोल नेपाली चलचित्रका सबैभन्दा महंगा नायक समेत हुन् । आज जन्मदिनमा खास कार्यक्रम केही पनि नभएको बताउने अनमोल परिवारसँग नै सेलिव्रेशन गर्ने बताउँछन् । अनमोलले जन्मदिनको अवसरमा मन्दिरमा पुगेर पूजा गरेको बताए । आजबाट चलचित्र ‘ए मेरो हजुर ४’को बाँकी छायांकन सुरु हुने सेड्यूल भएपनि मौसमका कारण शुक्रबार सरेको केसीले बताए । उनै, अनमोल केसीसँग जन्मदिनको अवसरमा अनलाइनखबरका लागि ‘विजय आवाज’ले गरेको कुराकानी यसप्रकार छः १. चलचित्र क्षेत्रमा आएपछि आफ्ना कती सपना पुरा भए जस्तो लाग्छ ? सपना त मानिसको धेरै हुन्छ । मुख्यकुरा मेरो परिवार नै यही क्षेत्रमा भएका कारणले गर्दा, हामी जे छौं चलचित्र क्षेत्रकै कारणले गर्दा छौं । मुख्यकुरा त दर्शकले दिनुभएको माया नै मुख्य कुरा हो । सपना त हरेक दिन नयाँ नै देख्छु । तर, यो क्षेत्रले जती मलाई दिएको छ, यसबाट म खुशी छु । २. नेपाली चलचित्र क्षेत्रले तपाइबाट ठूलो आशा पनि गरेको छ । तपाइलाई भने, नेपाली चलचित्र क्षेत्रलाई कहाँ पुर्याउने लक्ष्य छ ? कोभिडपछि चलचित्र क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन मन छ । फेरि दर्शकलाई हलसम्म ल्याउने वातावरण बनाउनुपर्छ । यसका लागि मैले मेरो चलचित्रमा सक्दो मिहिनेत पनि गरेको छु । अर्कोतिर, मलाई बलिउड वा हलिउडमा करिअर खोज्न भन्दा पनि नेपाली चलचित्रलाई मेकिङ र सब–टाइटलको माध्यमबाट विश्वस्तरमा पुर्याउन मन छ । ३. अनमोलसँग काम गर्न निकै गाह्रो छ भन्छन् नी मेकरहरु ? के तपाई काम गर्न असजिलो नै हो ? मलाई साइन नगरुन्जेलसम्म मात्र गाह्रो हो । साइन गरेपछि म एकदमै सजिलो छु । चलचित्र साइन गर्दा धेरै कुरा सोचेर काम गर्नुपर्छ । दर्शकको अपेक्षा ममाथि के छ भन्ने पनि मैले वुझ्नपर्छ । त्यहीमाथि अहिलेसम्म, एउटा पनि चलचित्रले कमजोर व्यापार गरेको छैन । यसैले, आफूले जानेको, वुझेको अनुसार म सोचेर मात्र काम गर्छु । यसरी काम गर्दा कतिपयको मन दुख्छ, कतीले इगोको रुपमा लिनुहुन्छ । तर, म त आफ्नो काममा इमान्दार भएको हुँ । धेरै चलचित्र गर्दा फाइदा त मलाई नै हो । यसैले, ममाथि दर्शकले गर्नुभएको भरोसा अनुसार मैले काम गर्नुपर्छ भन्ने सोच हो । यो कुरामा म अडिग नै छु । ४. के तपाइलाई आफ्नो अडानमा सधै कायम रहन सक्छु जस्तो लाग्छ ? मेरो बर्षमा एउटा मात्र चलचित्र गर्नुपर्छ भन्ने सोच होइन । राम्रो कथा आयो भने बर्षमा २–३ वटा पनि गर्छु । राम्रो कुर्नुपर्ने अवस्था आयो भने ३ बर्षमा एउटा पनि गर्न सक्छु । ५. तपाइलाई चलचित्र असफल हुन्छ कि भन्ने डर कती लाग्छ ? यो त भैहाल्छ नी । चलचित्र एउटा नायकको कारणले मात्र चल्ने होइन । निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, सबै टिमको सहकार्यमा नै चलचित्र चल्ने हो । एउटा चलचित्रको उडान सूरु भएपछि त्यसको सुरक्षित ल्यान्डिङको प्रतिक्षा हुन्छ । चलचित्र रिलिज नभएसम्म मलाई डर लाग्छ नै । अघिल्लो चलचित्र भन्दा व्यापार कस्तो हुने हो भन्ने डरले सताउने गर्छ । ६. पछिल्लो समय, तपाइलाई ७५ लाखमा चलचित्रको अफर आयो भन्ने खबर सार्वजनिक भएको छ ? यसमा कती सत्यता छ ? यो कुरा सत्य नै हो । मलाई सो चलचित्रको निर्माण टिमले अफर गर्नुभएको छ । तर, अब सबै कुरा मिल्दै गयो भने म उक्त प्रोजेक्टमा हुन पनि सक्छु । तर, अहिलेसम्म चलचित्र साइन गरेको छैन । तर, उक्त प्रोजेक्टमा काम गर्ने संभावना बढी छ । ७. अनमोल केसीको पारिश्रमिक किन यत्ती महंगो हुँदै गएको हो ? मैले सुरुको दिनदेखि नै निर्मातालाई मेरो पारिश्रमिक यति हो भनेर माग गरेको छैन । सायद, उहाँहरुले मेरो ब्रान्ड भ्यालू बुझेर आफै अफर गर्नुभएको होला । मैले बोलेको भरमा दिनैपर्छ भन्ने त कही पनि छैन । सबैले आफ्नो डिमाण्ड राख्न त पाइन्छ । तर, डिमाण्डलाई म्याच गर्ने रिजल्ट दिन पनि आवश्यक छ । मेरो चलचित्रले सो रिजल्ट दिएकाले पनि मलाई महंगो पारिश्रमिकमा अफर गर्नुभएको होला । सुरुको दिनदेखि मैले पैसा हेरेको छैन । पैसाको पछि भागेको भए त मैले बर्षमा थुप्रै चलचित्रमा काम गर्थेँ होला । म पैसाको पछि भाग्ने मानिस नै परिनँ ।
नेपाली चलचित्रमा सिरिजको लहर धेरै वर्ष पहिलेदेखि सुरु भएको हो । अहिले पनि चलचित्रमा सिरिज निर्माणको क्रम जारी छ । पछिल्लो समय गीतमा पनि चलचित्रकै शैलीमा सिरिजको लहर चलिरहेको छ । केही वर्ष पहिलेसम्म चलेको एल्बमको नाममा २–३ थपेर अर्को एल्बम ल्याइन्थ्यो । राजेशपायल राईले ‘दर्शन नमस्ते’ एल्बममा समावेश गीत चलेपछि ‘दर्शन नमस्ते’लाई ब्राण्ड बनाएर ‘दर्शन नमस्ते ४’सम्म ल्याए। अन्य थुप्रै गायक गायिकाले चलेको एल्बमलाई निरन्तरता दिए । अहिले भने कुनै एक गीत चल्यो भने त्यही नाममा अर्को गीत बनाउन गायक–गायिका तथा लगानीकर्ताहरूलालायित देखिएका छन् । यसको पछिल्लो उदाहरण हो, ‘माया गरौँला २–ब्रेकअप गरौँला’ ।६ महिना अगाडि सार्वजनिक भएको ‘माया गरौँला’बोलको गीतलाई स्रोता–दर्शकले रुचाएका थिए । सोही गीतको नामलाई ब्राण्ड बनाएर केही दिन अगाडि ‘माया गरौँला २ – ब्रेकअप गरौँला’ सार्वजनिक भयो । एक साता अघिमात्रै ‘कमल फूल हिलैमा २’शीर्षकमा गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।एक वर्षअघि ‘कमल फूल हिलैमा’ शीर्षकमा गीत सार्वजनिक भएको थियो । जुन गीतले सांगीतिक बजारमा चर्चा पाएपछि सोही नाममा ‘कमल फूल हिलैमा २’सार्वजनिक गरिएको हो । त्यसअघि ‘पानी पधेँरो २– कुरै बुझ्दैन’ शीर्षकमा गीत सार्वजनिक भएको थियो । सात महिनाअघि ‘पानी पधेँरो’ गीत सार्वजनिक गरिएको थियो । जसलाई स्रोता–दर्शकले रुचाएपछि एक महिना अघिमात्रै त्यही नाममा ‘पानी पधेँरो २– कुरै बुझ्दैन’ गीत सार्वजनिक गरिएको हो । कलाकार शिशिर भण्डारी ‘फोटो फिरिममा २’शीर्षकमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छन् । यसअघि ‘फोटो फिरिममा’ गीतको मेल र फिमेल दुवै फर्सनलाई स्रोता–दर्शकले निकै रुचाएका थिए । दुई भर्सनलाई स्रोता दर्शकले रुचाएपछि उनी ‘फोटो फिरिममा २’ सार्वजनिक गर्ने तयारीमा पुगे । गीतको सिरिज ल्याउनमा गायक टंक बुढाथोकी अगाडि मानिन्छन् । उनले थुप्रै गीतको सिरिज बनाएका छन् । हाल उनी ‘तोरी तेल लाएर कपाल कालो भो–३’ ल्याउने तयारी गरेका छन् । उनले यसअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ र ‘तोरी तेल लाएर कपाल कालो भो–२’ ल्याइसकेका थिए । त्यस्तै उनले ‘कसरी कसरी’, ‘धन बिनाको मन ठूलो की’ बोलको गीत चलेपछि यसको सिरिज ल्याएका थिए । गायिका सुनिता दुलाल ‘बाँसको कप्टेरो–२’गीतको तयारीमा छिन् । डेढ महिना अगाडि सुनिताले ‘बाँसको कप्टेरो’ सार्वजनिक गरेकी थिइन् । गीत औसत चलेको थियो । यी पछिल्ला केही उदाहरण भए । त्यसअघि पनि अघिल्लो गीतको नामको पछाडि २–३ थपेर थुप्रै गीतसार्वजनिक भएका छन् । गायक पशुपति शर्माको गीत ‘लुटन सके लुट’ चर्चासँगै विवादमा तानियो । उनले गीत ‘प्राइभेट’ गराए । उनले यसपछि सोही गीतको नाम जोडेर ‘लुटन सके लुट–२ – जता नी चोर’ र ‘लुटन सके लुट ३ – कठै मेरो देश’ सार्वजनिक गरे । गायक रमेशराज भट्टराईले ‘बहुला’ शीर्षकमा धेरै सिरिज ल्याइसकेका छन् । प्रकाश सपूतले ‘दोहोरी ब्याटल’को चर्चापछि ‘दोहोरी ब्याटल–२’ ल्याए । त्यस्तै ‘बोल माया’को चर्चापछि त्यसको प्रिक्वेल बनाए, ‘गलबन्दी’ । ‘माछिले खाने खोलीको लेउ’, ‘को होला त्यो’ ‘कहिले भेट्ने खै’, ‘बीच्च बीच्चमा’ लगायतका गीतको सिरिज बनेका छन् । ‘फुलबुट्टे सारी’ गीतको चर्चापछि यसका अनेक भर्सन निस्किए । किन बनिरहेका छन् गीतका सिरिज ? गीत सिरिज बनाएकाहरूको धारणा भने फरक–फरक छ । कोही ‘ब्राण्ड’का कारण भएको बताउँछन् भने कोही गीत तथा दर्शक–स्रोताको माग भएको बताउँछन् । गायक तथा निर्देशक सरोज वली आफू ‘ब्राण्ड’का कारण सिरिज बनाएको बताउँछन् । ‘त्यो एउटा बाध्यता हो । ब्राण्डले गीत चल्छ कि भन्ने हो’, उनले अनलाइनखबरसँग भने, ‘पहिलोब्राण्डले अर्को गीत चलाउँछ कि भन्ने उद्देश्यले नै हो ।’ गायक टंक बुढाथोकी भने ‘ब्राण्ड’कै कारण सिरिज नल्याएको दाबी गर्छन् । उनले आफ्नो सन्दर्भमा स्रोता–दर्शक तथा गीतको माग रहेको बताउँछन् । उनले भने,‘सिरिज ल्याउँदा पब्लिसिटीमा सजिलो हुन्छ । तर ब्राण्ड बेच्न भन्न मिल्दैन् । मेरो सन्दर्भमा गीत, दर्शक–स्रोताकै माग हो ।’ आफैमाथि विश्वास नभएको हो : डा. कृष्णहरी बराल गीतको सिरिज ल्याउनुलाई आफैप्रति विश्वासको कमी भएको ठान्छन्, गीतकार डा. कृष्णहरी बराल । आफ्ना नयाँ गीत (सिर्जना)प्रति विश्वासकोकमी हुँदा गीतमा पनि सिरिजको लहर चलेको उनी बताउँछन् । उनले कलाकारहरू नयाँ कुरामा लाग्नुपर्ने बताउँदै एउटा चलेपछि त्यसको पछाडि दौडिनु आफ्नो नयाँ सिर्जनाप्रति विश्वास गर्न नसक्नु रहेको प्रतिक्रिया दिन्छन् । ‘एउटा गीत चलेपछि त्यहि नाममा अर्को गीत ल्याउनु सांगीतिक विकासका हिसाबले राम्रो हुँदै होइन’, उनी भन्छन् । एउटा चलेपछि अर्को पनि चल्ला भन्ने मोहमा गीतमा सिरिजको लहर चलिरहेको बरालको बुझाइ छ ।
निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा नजिकै आउँदै गर्दा यस सम्बन्धी गीत सार्वजनिक गरेकी छिन् । ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर छ । निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ । सार्वजनिक गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय छ । दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक गरिन् । यो गीतलाई ‘छक्का पन्जा’ टिमले निर्माण गरेको हो । दीपाश्रीले भिडियोको निर्देशन गरेकी हुन् । यो गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिएका छन् । तर, कलाकार जितु नेपाल भने देखिएका छैनन् । दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार गीतको भिडियोमा छन् ।
छक्का पन्जा’ टिम र कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको खबर सार्वजनिक भएको केही महिना भयो । जितु आफैले सम्बन्ध विग्रिएको खबरलाई अस्विकार पनि गर्दै आएका थिए । तर, जितु र दीपाश्री विभिन्न कार्यक्रममा एकसाथ देखिएपनि दिपकराज गिरी र जितु भने एकसाथ देखिएका छैनन् । शुक्रबार शुभारम्भ भएको ‘कान्तिपुर सिनेप्लेक्स’को उद्घाटन कार्यक्रममा पनि जितु र दिपकराजविच बोलचाल भएन । अब, ‘छक्का पन्जा’ टिमको गीतमा नै जितु नदेखिनुले के कुरा प्रष्ट हुन्छ भने यो टिममा फाटो आइसकेको छ । जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छक्का पन्जा’ टिम र उनीविच सम्बन्ध विग्रिएको हो ।
कोभिड—१९ महामारीलाई परास्त गर्ने अभीष्ट आशासहित हामी २०२१ मा प्रवेश गरेका छौं । प्रत्येक समाजले यसलार्ई भिन्न तरिकाले सामना गरे पनि, यस विरुद्घ जुझे पनि वैश्विक कुटनीतिले आफ्नो सम्पूर्ण ध्यान साझा चिन्ता र सिकाईमा केन्द्रित गर्नेछ । धेरै जसो कुराहरु भूमण्डलीकरणको प्रकृतिमाथि पनि निर्भर गर्दछ ।
यस घटनाले हाम्रो पुस्तालाई विशेष गरी आर्थिक क्षेत्रमा निकै सोच्न बाध्य बनाएको छ। सामान्य अर्थमा व्यापार, वित्त, सेवा, सञ्चार, प्रविधि तथा गतिशिलतामाथि साँच्चै नै सोच्नुपर्ने क्षण आएको छ। यसले हाम्रो युगको एक अर्काप्रतिको निर्भरता र परस्पर सम्बन्धलाई अभिव्यक्त गर्दछ। हाम्रो अस्तित्वको गहिरो अविभाज्यतालाई कोभिडले बाहिर ल्याएको छ। विश्वव्यापीकरणलाई बुझ्दै गर्दा महामारी, जलवायु परिवर्तन र आतङ्कवाद जस्ता कुराहरुलाई सहजै नर्कान सकिदैन। कुटनीतिक विचार विमर्शमा यी पक्षहरु समाविष्ट हुनैपर्छ जसको ज्वलन्त उदाहरण सन् २०२० मा हामीले महामारीलाइ बेवास्ता गर्दा भोग्नुपरेको पीडा एवम् चुकाउनु परेको मूल्यलाई लिन सकिन्छ ।
यसका धेरै फाइदाहरु भए पनि विश्वले विश्वव्यापीकरणप्रति विविध प्रतिक्रियाहरु झेलेको छ । धेरै जसो समाजबीच र समाजभित्रका असमान लाभबाट उत्पन्न हुन्छन् । तसर्थ यस्ता परिस्थितिहरु बारे बेखबर रहेका शासन पद्घति तथा प्रबन्धमाथि यसले ठूलो चुनौती खडा गरेको छ । हामी के कुरामा निश्चिन्त हुन जरुरी छ भने यो विजेता र परास्त व्यक्तिका बारेमा नभएर समुदायको दिगो विकासको बारेमा हो ।
कोभिड—१९ ले सुरक्षा सम्बन्धमा हाम्रो बुझाइलाई पनि झकझकाएको छ। अहिलेसम्म राष्ट्रहरुले सुरक्षा भन्ने बित्तिकै सैन्य, खुफिया, आर्थिक र सांस्कृतिक गतिविधिलाई बुझ्दथे तर अहिले आएर यी मुलुकहरुले स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिदै भरलाग्दो एवम् सुरक्षित आपूर्ति प्रणाली उपर चासो एवम् चिन्ता व्यक्त गर्न थालेका छन्। कोभिड—१९ ले निम्त्याएको समस्याले हाम्रो वर्तमान अवस्थाको नाजुकतालाई प्रष्ट्याएको छ। वैश्विक अर्थतन्त्रलाई जोखिमरहित बनाउन विकासका थप इन्जिनहरुको आवश्यकता पर्दछ।
बहुपक्षीय संस्था यस दुखद अनुभवबाट राम्रोसँग निस्किन पाएका छैनन् । सन् १९४५ देखि नै धेरै जसो गम्भीर विश्वव्यापी महामारीविरुद्घ लड्न सामूहिक प्रयासहरु भएका छैनन् । तसर्थ यसमा गम्भीर समीक्षा हुन अत्यावश्यक छ । प्रभावकारी समाधान सिर्जना गर्न निमित्त बहुपक्षीय संस्थालाई सुधार गर्न अत्यन्त जरुरी छ।
कोभिड—१९ ले निम्त्याएको चुनौतीविरुद्घ प्रभावकारी रुपमा लड्न चालिने प्रयासले सन् २०२१ मा विश्वव्यापी कुटनीतिमाथि हाबी हुने देखिन्छ । भारतले यसमा एउटा उदाहरण पेश गरिसकेको छ । भारतले मृत्युदरलाई घटाउदै र निको हुने दरलाई बढाउदै महामारीविरुद्घको लडाइमा सफलता हासिल गरेको छ । यति मात्र नभएर १५० भन्दा बढी मुलुकलाई अनुदान स्वरुप औषधी आपूर्ति गरेर विश्व जगतमै प्रशंसा बटुल्न सफल भएको छ । हाम्रो मुलुक कोरोना विरुद्घको खोप अभियानमा लागिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई नै सर्वसुलभ र सहज तरिकाले खोप उपलब्ध गराउन मद्दत गर्ने वाचा अनुरुप सो कार्य कार्यान्वयन अवस्थामा रहेको छ । भारतमा बनेको खोप भारतका नजिकका छिमेकी मुलुकहरु—भुटान, माल्दिभ्स, बङ्गलादेश, नेपाल ,मौरिसस, सेसेल्स र श्रीलङ्का मात्र नपुगी भारतभन्दा निकै टाढाका मुलुकहरु ब्राजिल र मोरक्कोमा समेत पुगिसकेको छ । यस बाहेकका अन्य विश्वव्यापी समस्याहरुले यस्तै स्तरको ध्यान पाउन जरुरी छ । पेरिस सम्झौतामा हस्ताक्षर गरिसकेको भारत जलवायु परिवर्तनले निम्त्याएको चुनौतीविरुद्घ लड्न कटिबद्घ छ । नवीकरणीय उर्जामाथि लिइएको लक्ष्यहरुलाई बढाइएको छ, वनक्षेत्रको आकार बढेर गएको छ, जैविक विविधता विस्तार गरिएको छ र पानीको उपयोगमा भारत बढी केन्द्रित भएको छ । भारतमा अपनाइएका अभ्यासहरु यसका विकास साझेदारहरु अफ्रिका र अन्य मुलुकमा पनि लागु गरिएको छ । उदाहरण र उर्जाद्वारा, International Solar Alliance र Coalition for Disaster Resilient Infrastructure पहल मार्फत भारतीय कुटनीति अघि बढिसकेको छ ।
आतंकवाद र यस्ता गतिविधिमा संलग्न तत्वहरुले निम्त्याउने चुनौती पनि डरलाग्दो छ । लामो समयदेखि सीमापार आतंकवादी समस्यासँग जुझ्दै आएको भारतले विश्वव्यापी चेतना अभिवृद्वि गर्न र समन्वयित कार्यलाई प्रोत्साहित गर्न सदैव तदारुकता देखाएको छ । सुरक्षा परिषदको गैर—स्थायी सदस्यको रुपमा र FATF र G20 जस्ता अन्तराष्ट्रिय मञ्चहरुमा भारतको कुटनीति यसै कुरामा केन्द्रित हुनेछ ।
कोभिड—१९ ले सिकाएको अर्को अनुभव भनेको डिजिटल डोमेनको शक्ति रहेको छ । कन्ट्याक्ट ट्रेसिङ्गलाई लिएर होस् वा वित्तिय वा खाद्यान्न सामाग्रीको व्यवस्थालाई लिएर होस् भारतको डिजिटल फोकसले सन् २०१४ पछि प्रभावशाली नतिजा प्राप्त गरेको छ । कोभिड—१९ का कारण ‘जहाँसुकैबाट काम’ र ‘घरबाट अध्ययन’ जस्ता प्रयोगहरु व्यापक रुपमा प्रयोगमा आए । यी सबैले भारतको विकास कार्यक्रमसँग सम्बन्धित उपकरणहरुलाई विदेशमा विस्तार गर्न सहयोग गर्नेछ । साथै भारतका थुप्रै साझेदारहरुको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
यसको अलावा सन् २०२० मा भारतले विदेशमा रहेका ४० लाख भारतीय नागरिकलाई स्वदेश फर्काई समकालीन समयमा गतिशिलताको महत्वलाई उजागर गरेको छ । कुटनीतिको माध्यमबाट गतिशिलतालाई सहजीकरण गर्नु विश्वव्यापी हितमा छ ।
सन् २०२१ मा सामान्य जीवनमा फर्किनु भन्नाले सुरक्षित यात्रा, राम्रो स्वास्थ्य, आर्थिक गतिविधि चलायमान र डिजिटल सञ्चालित सेवाहरुलाई बुझाउनेछ । यी कुराहरु नयाँ कुराकानी र ताजा सिकाइमा व्यक्त हुनेछन् । कोभिड पछिको विश्व अधिक बहु—ध्रुवीय, बहुलवादी र पुनः सन्तुलित हुनेछ । र, भारतले आफूले आर्जेको अनुभवबाट नयाँ सिकाई स्थापित गर्न सहयोग गर्नेछ ।