नयाँ वर्षमा नयाँ फिल्म हेर्न नपाइने !

  • २३ चैत्र २०७७, सोमबार १४:२७ मा प्रकाशित
  • काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा नयाँ वर्षलाई सबैभन्दा ठूलो अवसर मानिन्छ । नयाँ वर्षमा रिलिज भएका फिल्मले लगानी सुरक्षित मात्र गर्दैनन्, व्यावसायिक नाफा पनि आर्जन गर्ने गरेका छन् । त्यही भएर नयाँ वर्षमा फिल्म रिलिजका लागि निर्माताहरूमा तँछाड–मछाड हुने गर्छ ।
    कोरोनाको कहर अगाडिका वर्षको कुरा गर्ने हो भने यो समय तीन वा सोभन्दा बढी सङ्ख्याका फिल्म रिलिज हुन्थे । यसरी रिलिज भएका सबै फिल्मले व्यावसायिक नाफा कमाएका थुप्रै उदाहरण छन् फिल्म क्षेत्रमा ।
    फिल्म रिलिजका लागि राम्रो मानिएको नयाँ वर्ष नजिकिँदै गर्दा नेपाली फिल्म हल लगभग खाली हुने देखिएको छ । नयाँ वर्षमा राम्रा र नयाँ फिल्म हेर्ने दर्शकको चाहना अधुरै रहने भएको छ ।
    हुन त केही दिनअगाडिसम्म नयाँ वर्षका लागि भन्दै ‘लप्पन छप्पन–२’, ‘कृष्णलीला’ र ‘मनसँग मन’ नामका तीन फिल्म आउने तयारीमा थिए । तर, रिलिज मिति नजिकिँदै गर्दा सबै फिल्मले रिलिज स्थगित गरेका छन् ।हुन त पहिले नै अड्किएर राम्रो समय रिलिज हुन कठिन मानिएका फिल्म ‘बेस्ट फ्रेन्ड’ र ‘श्री’ अहिले रिलिज हुने तरखरमा छन् । अन्तिम समयमा यी पनि रिलिज हुन्छन् हुँदैनन् यसै भन्न सकिने अवस्था छैन ।
    निर्माताहरूले नयाँ वर्षमा फिल्म रिलिज स्थगित गर्नुको कारण बलिउड, हलिउडमा पनि नयाँ फिल्म रिलिज नहुनु, कोरोनाको कहर र व्यावसायिक कारण भनेका छन् । केही निर्माताले भने फिल्म हल सञ्चालक र सरकारलाई पनि दोष देखाएका छन् ।
    नयाँ वर्षका लागि फिल्म के ? यो समय दर्शकले नयाँ फिल्म हेर्न पाउने कि नपाउने ? अहिले सबैको मनमा उब्जिएका प्रश्न हुन् । यिनै प्रश्न हामीले फिल्म क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग पनि राखेका थियौँ । उनीहरूको जवाफ जस्ताको त्यस्तै ।

    Leave a Reply