• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

सरकारले तोक्यो सन्दर्भ ब्याजदर, सहकारीले १४‍‍. ७५ प्रतिशत भन्दा बढी लिन नपाउने

  • ५ आश्विन २०७७, सोमबार २१:१४ मा प्रकाशित
  • सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४. ७५ प्रतिशत भन्दा बढी बढाउन नपाउनेगरी ब्याजदर तोकेको छ। सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले कात्तिक १५ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो।

    सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४. ७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो।

    ऋण र बचतको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत भन्दा घटी रहनेगरी सन्दर्भ ब्याजदर तोकिएको सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए।

    गत वर्षको साउन १९ गते देखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो। उक्त निर्णय पुनरावलोकन गर्दै सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले नयाँ ब्याजदर तोकेको हो।

    सरकारले सहकारी संस्थाहरुको ब्याजदर कायम गर्न सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन गरेको थियो।

    समितिले प्राविधिक उपसमितिको समेतमा छलफल गरि ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ब्याजदर निर्धारण गरेको जानकारी दिएको छ।

    सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४. ७५ प्रतिशत भन्दा बढी बढाउन नपाउनेगरी ब्याजदर तोकेको छ। सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले कात्तिक १५ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो।

    सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४. ७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो।

    ऋण र बचतको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत भन्दा घटी रहनेगरी सन्दर्भ ब्याजदर तोकिएको सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए।

    गत वर्षको साउन १९ गते देखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो। उक्त निर्णय पुनरावलोकन गर्दै सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले नयाँ ब्याजदर तोकेको हो।

    सरकारले सहकारी संस्थाहरुको ब्याजदर कायम गर्न सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन गरेको थियो।

    समितिले प्राविधिक उपसमितिको समेतमा छलफल गरि ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ब्याजदर निर्धारण गरेको जानकारी दिएको छ।

    सहकारी नियमावली, २०७५ मा गरिएको व्यवस्थाअनुसार समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घहरुको औसत ब्याजदर, सहकारी बैङ्कहरुको औसत ब्याजदर, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम “क” वर्गको इजाजतप्राप्त बैङ्कहरुको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदनहरु, राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सङ्घहरुवाट प्राप्त सुझाव, सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरुमा सन्दर्भ ब्याजदर तोकेको जनाएको छ ।आजको सेतोपाटिले छापएको छ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सरकारले तोक्यो सन्दर्भ ब्याजदर, सहकारीले १४‍‍. ७५ प्रतिशत भन्दा बढी लिन नपाउने

    दाङ-काठमाण्डौं हवाई सेवा सुरु, भाडामा एक सय दश रुपैया घट्यो

  • ५ आश्विन २०७७, सोमबार १०:१७ मा प्रकाशित

  • लकडाउनका कारण वन्द रहेको हवाई सेवा असोज ५ गतेदेखि सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै तुलसीपुर टरीगाँउ विमानस्थलमा हवाई सेवा सुरु हुदै छ । पहिलो चरणमा सातामा ३ दिन सञ्चालन गर्ने गरी तयारी गरिएको तुलसीपुर केन्द्रका प्रमुख निमकान्त लम्सालले वताए ।
    उनले केही दिनमै यात्रुको चापलाई मध्यनजर गरेर दैनिक २ उडान हुने जानकारी दिए । यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै भाडा समेत घटेको छ । दाङ्ग काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ । तुलसीपुर स्टेशन प्रमुख लम्सालका अनुसार आउने र जाने दुवै तर्फ १ सय १० रुपैया घटेको हो ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on दाङ-काठमाण्डौं हवाई सेवा सुरु, भाडामा एक सय दश रुपैया घट्यो

    एनआरएनएका ज्ञान,अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ : पूर्वमन्त्री गगन थापा

  • ४ आश्विन २०७७, आईतवार ०९:४० मा प्रकाशित

  • अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ )एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गर्नु भएको हो ।
    कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सह्रानीय भएको बताउनुभयो ।
    संसारभरी छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
    ‘आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । तपाईँहरुको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ ’ पुर्व मन्त्री थापाले भन्नुभयो ।
    कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उहाँको तर्क थियो ।
    पूर्व मन्त्री थापा भन्नुहुन्छ ‘महामारीमा हामीबीच नयाँ अनुभवहरु भएका छन् । उन्नत संरचनाहरु बनेका छन् । यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्व जुन इच्छाशक्तिका साथ आउनु भने हो त्यो अभाव देखिएको छ’
    कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा उहाँले राख्नु भयो ।
    समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
    उद्घाटन कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताउनु भयो ।
    ‘देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीहरुको स्वास्थ्यमा समितिले निकै मत्वपूबर्ण भूमिका खेलेको छ । कतिपय राजदूतावास नभएका मुलुकमा रहेका नेपालीहरुका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर यो सधैका लागि चाहिन्छ भन्ने प्रमाणीत गरिदिएको छ’ अध्यक्ष पन्तले भन्नु भयो ।
    कोरोना महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, आर्थिक संकट, खाद्यान्न व्यवस्थापन, स्वदेश फिर्ती लगायत कार्यमा एनआरएनएले निकै महत्वपूर्ण भुमिका खेलेको उहाँको तर्क थियो ।
    एनआरएनएले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन सरकारलाई पटक पटक आग्रह गरे पनि सरकारले सिमित संख्यामा मात्रै नेपालीहरुलाई स्वदेश फर्काउँदा समस्या निम्तिएको उहाँले उल्लेख गर्नु भयो ।
    ‘कतिपयको करार अवधि सकिएर घर नफर्कि नहुने अवस्था छ । यस्तो अवस्थाका नेपालीहरु स्वदेश फर्किराख्नुभएको छ । तर यो संख्या पर्याप्त छैन । धेरैभन्दा धेरै नेपालीहरुलाई स्वदेश फर्काउन हामीले सरकारसँग पहल गरिरहेका छौँ’ अध्यक्ष पन्तले भन्नुभयो ।
    एनआरएनएका अध्यक्ष पन्तले समितिले आयोजना गरेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको सफलताको कामना समेत गर्नुभयो ।
    संसारभरीका अरु स्वास्थ्यकर्मीहरुलाई समेट्ने समतिको योजना सफताको समेत कामना गर्नुभयो ।
    सोही कार्यक्रममार्फत अध्यक्ष पन्तले एनआरएनएले विश्व ज्ञान सम्मेलन समेत गर्न गइरहेको जानकारी गराउनु भयो ।
    राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताउनु भयो ।
    पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड –१९ ले स्वास्थ्यमा मात्रै नभएर आर्थिक, समाजिक क्षेत्रमा पनि निकै ठूलो असर पारेको र यसको असर लामो समयसम्म कायम रहने बताउनु भयो ।
    ‘हाम्रोे मातृभूमि कोरोनासँग लडिरहेको छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ।
    त्यस्तै यो दोस्रो विश्व स्वास्थ्य सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
    एनआरएनएका महासचिव डा हेमराज शर्माले कार्यक्रममा बोल्दै कोरोना संक्रमणसँग जुध्न संघले सुरुदेखि नै उच्चस्तरीय समिति गठन गरेर अगाडी बढेको बताउनु भयो ।
    समितिले नेपालीहरुको अवस्था, समस्या परेकाहरुलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
    विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिन सम्बन्धित सबैसँग समन्वय गरी हरेक हप्ता नेपालीहरुको स्वास्थ्य अवस्थाबारे बुलेटिन प्रकाशन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    गन्तव्य मुलुकका सरकार, नेपाल सरकार, कुटनीतिक नियोग लगायत सबैसँग नजिक रहेर काम गर्ने अबसर समेत कोरोना महामारीको समयमा जुटेको उहाँको भनाई थियो । विशेषगरी मध्यपूर्वका मुलुकमा रहेका नेपाली श्रमिकहरुको हकहित का लागि आइएलोसँग प्रोजेक्ट सुरु गरेको उहाँले उल्लेख गर्नुभयो ।
    समितिका अध्यक्ष संजिव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताउनुभयो ।
    सम्मेलनले संसार भरीका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
    एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले यस्तो महामारीमा पनि दोस्रो विस्व स्वास्थ्य सम्मेलन आयोजना गर्न सफल भएकोमा एनआरएनएको स्वास्थ्य समितिलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सफलताको कामना समेत गर्नुभयो ।
    स्नेहा सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए महिला संयोजक भोमा गुरुङ, एनआरएनए युवा संयोजक हिमाल गुरुङ आइओएम युएन माइग्रेसन कन्ट्री डाइरेक्टर लान्दो लोरेना लगायतले पनि आफ्नो धारणा व्यक्त गर्नु भएको थिाये । त्यस्तै विभिन्न मुलुकमा रहेका युवाहरुले समेत कार्यक्रममा धारणा राख्नु भएको थियो ।
    २ सयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको उक्त सम्मेलनमा एनआरएनएका प्रतिनिधिहरु, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्र्दै आइतबार सकिनेछ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on एनआरएनएका ज्ञान,अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ : पूर्वमन्त्री गगन थापा

    कोभिड- १९ ले पारेको असर का साथै खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने !

  • २ आश्विन २०७७, शुक्रबार ११:३६ मा प्रकाशित
  • कोभिड- १९ ले पारेको असर का साथै खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने !

    प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोना भाईरस (कोभिड- १९) ले पारेको असर र कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राप्त जानकारीअनुसार आज शुक्रबार असोज २ गते दिनको २:३० बजे साईबर एप जुम मार्फत खाडी राष्ट्र साउदी अरेबिया, कुवेत, बहराइन, ओमन, कतार, युएइ, लगायत मलेसिया मा कार्यरत कामदारहरुलाई कोरोना भाइरस ले पारेको असर सम्बन्धित अन्तरक्रिया गरिने भएको छ त्यसकालागि प्रवासी नेपाली समन्वय समिति ले सहभागि भई दिन हुन हार्दिक अनुरोध गरेको छ ।
    लिङ्क यस प्रकार छ !

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on कोभिड- १९ ले पारेको असर का साथै खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारका सवालहरुका बिषयमा साईबर एप जुम मार्फत कार्यक्रम सञ्चालन गर्ने !

    पश्चिम नवलपरासीमा एक ट्रक सहित अन्दाजी २९ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसमान बरामद

  • ३० भाद्र २०७७, मंगलवार १३:५८ मा प्रकाशित
  • पश्चिम नवलपरासीमा एक ट्रक सहित अन्दाजी २९ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसमान बरामद
    उर्मिला यादव नवलपरासी
    भदौ २९
    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आज सोमबार अबैध केराउ ओसारपसारमा संलग्न एक ट्रक सहित अन्दाजी २९ लाख ३३ हजार दुई सय मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित ना ४ ख ४६२५ नम्बरको ट्रकलाइ रोकेर चेकजाच गर्दा ट्रकमा चार सय बीस बोरामा दुई सय दश क्विन्टल हरीयो मटर फेला परी सोधपुछ गर्दा उक्त केराउ संग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिएको छ । उक्त मटरको अन्दाजी मुल्य १६ लाख ८० हजार र ट्रकको मुल्य अन्दाजी १० लाख गरी कुल २६ लाख ८० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । यस्तैगरी सोमबार बिहान इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउपालिका वडा नम्बर २ चादनी चोकबाट अन्दाजी ८४ हजार मुल्य बराबरको २१ बोरामा १ हजार ५० किलो हरीयो मटर बरामद गरेको छ । उक्त मटर बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । यस्तै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ४ बाइपासमा बेवारिसे अवस्थामा रहेको अन्दाजी ५० हजार मुल्य बराबरको ६ सय ५० किलो हरीयो मटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
    यस्तै गरी सोमबार दिउसो नै सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको १९ बोरामा ५ सय ५० किलो हरीयो मटर पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ शंकरपुरबाट बरामद गरेको जनाएको छ । उक्त मटर मोटरसाइकलमा लैजादै गर्दा प्रहरी टोलीलाइ देखेर मानिस बोरा फाली भागेका थिए ।
    यस्तै गरी सोमबार दिउसो नै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीबाट अन्दाजी ५४ हजार मुल्य बराबरको १४ बोरामा ६ सय ७५ किलो हरीयो मटर र अन्दाजी १३ हजार २ सय मुल्य बराबरको २ सय २० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्यास सिलिण्डर र ग्यास चुल्होमा प्रयोग हुने सामानहरु बरामद गरेको छ । बरामद भएका सम्पुर्ण केराउ , मालसमान , १ ट्रक र एक जना ट्रक चालक समेतलाइ आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पश्चिम नवलपरासीमा एक ट्रक सहित अन्दाजी २९ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसमान बरामद

    पर्सामा अहिले निषेधाज्ञा नहटने,पर्सामा फेरी थपियो निषेधाज्ञा भदौ २५ गते सम्म् ,तर आलोपालो गरेर पसल खोल्न पाईने

  • १८ भाद्र २०७७, बिहीबार १९:११ मा प्रकाशित

    उमेश कुशवाहा बीरगंज भदौ १८

    पर्सा जिल्लामा भदौ १९ गते सम्म रहेको निषेधाज्ञा फेरी ६दिन सम्म को लागि थपिएको छ ।

    यसै सँगै निषेधाज्ञा भदौं २५ गते राति १२ बजे सम्म लम्बिने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो एउटा सूचना जारी गर्दै राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।

    निषेधाज्ञा लम्बिएपनि बजार क्षेत्रलाई आलो(पालो गरेर खोल्न दिने बैठकले निर्णय लिएको छ ।बैठकको निर्णय अनुसार सोमबार, बुधबार र शुक्रबार वीरगञ्जको मुख्य बजारमा रहेका पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ भने आइतबार, मंगलबार र बिहिबार बजारमा रहेको पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ । त्यसैगरी घण्टाघर निजैकै रहेको रेलवेको जग्गामा फलफूल र तरकारी पसल दैनिक रुपमा खोल्न पाइने प्रशासनले जनाएको छ ।

    पसल खोल्दा कम्तिमा पनि १५ फिटको दूरी बनाएर घण्टाघर चोकदेखि २ सय मिटर रहेको स्कुलदेखि दक्षिणतर्फ एक तर्फी रुपमा मात्र पसलहरु खोल्नुपर्ने प्रशासनको निर्देशन छ ।मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ ।

    तरकारी(फलफूलदेखि बजार क्षेत्रका पसलका सम्पूर्ण पसलहरु शनिबार बन्द गरेर राख्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।त्यस्तै जिल्लाभित्र सम्पूर्ण प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु अर्को सूचना नआएसम्म सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि मेला, महोत्सव, जात्रा, ठूलो भेना, भिडभाड, सभा जुलुस र चार जना भन्दा बढी समुह बनाएर एकै ठाउँमा जम्म हुन् पाइने छैन ।

    परमपरागत रुपमा भई आइरहेको दैनिक रुपका आन्तरिक नित्य पूजा बहेका सम्पूर्ण धार्मिक संस्कृतिक गतिबिधिहरु समेत सञ्चालन गर्न पाइने छैन ।

    सम्पूर्ण शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिम, क्लब, स्वीमिङ्गपूल, समुहमा खेलिने खेलमा समेत रोक लगाईएको छ भने होटल रेस्टुराँ सञ्चालनसमेत गर्न पाइने छैन ।प्रशासनले १२ वर्ष मुनि र ६० वर्षमाथि र कुनैपनि गम्भीर किसिमको दिर्घरोगिलाई घरबाट बाहिर ननिस्किक्न विशेष अनुरोध गरेको छ ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पर्सामा अहिले निषेधाज्ञा नहटने,पर्सामा फेरी थपियो निषेधाज्ञा भदौ २५ गते सम्म् ,तर आलोपालो गरेर पसल खोल्न पाईने

    सरकारले तोकेको पीसीआर परीक्षण शुल्क भन्दा बढि शुल्क उठाउदै निजि अस्पताल

  • १२ भाद्र २०७७, शुक्रबार ०८:२६ मा प्रकाशित
  • सरकारले पीसीआर परीक्षणका लागि ५५०० शुल्क तोके पनि निजी अस्पतालले ७५०० सम्म लिएका छन् । २५ प्रतिशतको मात्रै शुल्क लिन पाउने भए पनि पाटनले ५५७५ तथा वीर र शिक्षणले स्वाब दिने सबैसँग ५५०० लिइरहेका छन् ।

    काठमाडौँ — निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म असुलेको भेटिएको छ ।

    पीसीआर गराउन आवश्यक पर्ने भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट र अन्य खर्च बजार मूल्यअनुसार बढीमा २ हजार ५ सय मात्रै पर्छ । तर, सरकारले पीसीआर गर्न ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । सरकारले पीसीआर गराउने शुल्क नघटाउँदा निजी र सरकारी अस्पतालले समेत पीसीआरलाई नाफा कमाउने आधार बनाइरहेका छन् । धापासीको ग्रान्डी अस्पतालले ७ हजार ५ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क लिने गरेको छ । ‘हाम्रोमा पीसीआर परीक्षण हुँदैन, अन्यत्र लैजानुपर्ने भएकाले ढुवानी र स्वाब निकाल्न खटिएका कर्मचारीको पारिश्रमिकका लागि ७ हजार ५ सय रुपैयाँ लिने गरेका छौं,’ अस्पताल प्रशासनकी अर्चना प्रधानले भनिन्, ‘हाम्रोमै पीसीआर हुने हो भने सरकारले तोकेकै मूल्यमा गर्न सकिन्थ्यो ।’

    ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले पनि भर्ना हुने बिरामीसँग ७ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्ने गरेको छ । स्वाब संकलन गरेर अनुमति प्राप्त अस्पतालमा पीसीआर गराउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको शुल्कमा १० प्रतिशतसम्म बढी लिन पाइन्छ । प्रयोगशालाका अनुसार ग्रान्डी र नेपाल क्यान्सर अस्पतालले ६ हजार ५० रुपैयाँ मात्रै लिन पाउँछन् । यी दुई अस्पतालले सरकारले निर्धारण गरेको भन्दा १ हजार ४ सय ५० रुपैयाँ बढी शुल्क लिइरहेका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर गराउन स्वीकृत लिएकै अस्पतालले समेत महँगो शुल्क लिएको पाइएको छ । यसरी शुल्क लिनेमध्येको एक हो, ललितपुरको मेडिसिटी अस्पताल । यो अस्पतालले पीसीआर परीक्षण गर्न नेपालीसँग ६ हजार

    रुपैयाँ र विदेशीसँग ७ हजार रुपैयाँ लिने गरेको छ । ‘सरकारले तोकेको ५ हजार ५ सय हो तर पीपीई र स्वाब संकलन गर्ने भीटीएमका लागि हामीले थप १० प्रतिशत लिने गरेका छौं,’ अस्पतालका डा. नरेन्द्र तिमिल्सेनाले भने ।

    मेडिसिटी आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति पाएको छ । बिहीबारसम्म १ हजार १ सय जनाको पीसीआर परीक्षणसमेत गरिसकेको छ । तीमध्ये चार जनामा कोरोना पोजिटिभ देखिएको छ ।

    निजी अस्पताल मात्रै होइन, सरकारी अस्पतालले पनि पीसीआरलाई नाफा कमाउने आधार बनाएका छन् । पाटन, वीर र त्रिवि शिक्षण अस्पतालले कोरोनाको लक्षण भएका बिरामीसँग पनि शुल्क लिएर मात्रै पीसीआर गराउँदै आएका छन् । स्रोतका अनुसार वीरले २ हजार ५ सय जनाभन्दा धेरैको ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर पीसीआर गर्दा करिब १ करोड ४० लाखभन्दा बढी उठाइसकेको छ । पीसीआर गर्न भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट सरकारले उपलब्ध गराउने गरेको छ ।

    शिक्षण अस्पतालमा स्वाब दिनुअघि नै ५ हजार ५ सय रुपैयाँ तिर्नर्ॅपर्छ । शिक्षणले भीटीएमसमेत संक्रमितलाई किन्न लगाउने गरेको छ । अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले केहीअघिसम्म बिरामीलाई भीटीएम किनाए पनि अहिले त्यस्तो नभएको बताए । ‘निजी अस्पतालले घरघरमै गएर नमुना संकलन गर्न थालेपछि हाम्रोमा पैसा तिरेर पीसीआर गर्ने न्यून छन्,’ उनले भने । ५ हजार ५ सयमा पीसीआर गराइरहेको उनले बताए ।

    पाटन अस्पतालले ५ हजार ५ सय ७५ रुपैयाँ लिएर मात्रै पीसीआर परीक्षण गराउने गरेको छ । टिकटवापत भनेर अस्पतालले ७५ रुपैयाँ बढी लिएको हो । यी तीनवटै अस्पतालले आफैं स्वाब संकलन गर्न सरकारबाट अनुमति पाएका छन् भने अन्य अस्पतालले संकलन गरेका स्वाब पनि परीक्षण गर्दै आएका छन् ।

    नेपाल प्रहरीले पनि उपत्यकाका कुन अस्पतालले कति शुल्कमा पीसीआर गराइरहेको छ भन्ने तथ्यांक संकलन गरेको छ । वीर, पाटन, टिचिङले सरकारी कार्यालयबाट सिफारिससहित आएकालाई निःशुल्क पीसीआर गराउने गरेको प्रहरी तथ्यांकले देखाउँछ । अन्यको हकमा भने शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले यी तीन अस्पतालमा पीसीआर गराउनेमध्ये २५ प्रतिशतसँग मात्रै शुल्क लिन पाइने र ७५ प्रतिशतलाई निःशुल्क पीसीआर गराउनुपर्ने निर्णय गरेको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले पीसीआर गर्न निजी अस्पतालले ९ हजार रुपैयाँसम्म लिएको गुनासो आए पनि बिल नपाउँदा कारबाही गर्न नसकिएको बताइन् । ‘पीसीआरमा मनलाग्दी शुल्क लिएको गुनासो आएको छ, यसलाई रोक्न हामी लागिपरेका छौं,’ उनले भने, ‘घरघरमा पीसीआर गराउने गरेको समेत थाहा पाएपछि यसलाई रोक्न सूचना निकालिसकेका छौं । बढी शुल्क लिएको विषयमा हामीले छानबिन गरिरहेका छौं ।’

    काठमाडौंमा २१ वटा स्वास्थ्य संस्थाले स्वाब संकलन गर्ने गरेका छन् । निजीमा सबैभन्दा कम मूल्यमा बिथ ल्याब ललितपुर र नेपाल–भारत मैत्री अस्पताल मित्रपार्क काठमाडौंले पीसीआर गराइरहेका छन् । ललितपुरका १० वटा र भक्तपुरका २ वटा स्वास्थ्य संस्थाले स्वाब लिने गरेका छन् । वीर, मनमोहन मेमोरियल अस्पताल, ह्याम्स, भेनस, बयोधा, काठमाडौं मेडिकल कलेज, स्टार, आनन्द वन, बीएन्डबी, नेपाल–कोरिया मैत्री अस्पतालमा मात्रै सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँमा पीसीआर गराउने गरेको पाइएको छ । साभार कान्तिपुर समाचार ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सरकारले तोकेको पीसीआर परीक्षण शुल्क भन्दा बढि शुल्क उठाउदै निजि अस्पताल

    घर तथा कार्यलय मर्मतको काम सूरू गर्दै “औजार”

  • ७ भाद्र २०७७, आईतवार २२:५२ मा प्रकाशित
  • काठमाडौं । ‘हर घरमा औजार, हर कार्यालयमा औजार’को शाब्दिक अर्थलाई पूर्णता दिनको लागि मर्मत तथा सम्भारको कार्यमा आधुनिक प्रबिधिको जानकारहरुको सोचको अन्तिम रुप हो ‘औजार’ । आजको व्यस्त दैनिकीमा आफ्नो घर तथा कार्यालयको सुरक्षा अनि सानोतिनो मर्मतसम्भारको लागि पनि समय छैन । झन् अहिलेको महामारीको समयमा ज्यूज्यानको सुरक्षाको सवाल पनि उठिरहन्छ ।

    कार्यालय तथा आवासहरुमा दैनिक रुपमा आइपर्ने सानोतिनो समस्या जस्तैः द्यिुतिय मर्मत, धारा पानि अन्य प्लम्बिङसम्बन्धि मर्मत, घर तथा अफिसस्थित फर्निचर मर्मतका कामहरु, घर तथा अफिसको रंगरोगन, इन्टेरियर डिजाइन, मोडुलर किचन, एसी फ्रिज मर्मत, घर पर्खाल सम्बन्धि, ग्लास तथा आल्मुनियम पर्टेशनका, घर तथा अफिस सरसफाईका कामहरुको समाधानको विस्वासिलो नाम हो ‘औजार’ ।

    अनुभबी र विश्वासिलो टेक्निकल तथा व्यवस्थापकहरुको दरिलो साथ रहेको औजारले छिट्टै आफ्नो ग्राहकहरुको मन जित्न सफल हुने सस्थाका सस्थापक तथा प्रबन्ध संचालक उत्सब भट्टराईले बताए ।

    ‘औजार’को सेवाले तीन बर्षभित्र अनुभब, अनुभबी तथा विश्वासिलो टिम अनि आधुनिक प्रबिधिबाट उच्चस्तरको सेवा प्रदान गर्दै उपत्यकाको हर घरहर कार्यालयमा पुराउने तथा एक बर्षभित्र पोखरा, बुटवल, नारायणघाट अनि हेटौडामा शाखा विस्तार गर्ने लक्ष्य लिएर अगाडी बढेको संचालक भट्टराई बताउँछन ।

    ‘औजार’को सेवाका लागि कसरी सम्पर्क गर्ने ?
    ‘औजार’को सेवा लिन प्रत्यक्ष फोन सम्पर्क गर्न सकिन्छ । त्यसका लागि फेसबुक तथा इन्स्टाग्रामद्वारा वा कम्पनीको वेबसाएटबाट सम्पर्क गरी सेवा लिन सकिन्छ ।

    सर्बिस चार्ज
    ग्रहाकको सन्तुस्टिनै औजारको पहिलो प्राथमिकता रहेकोले भिजिट तथा इस्टिमेट चार्ज नलाग्ने भट्टराई बताउँछन् । भिजिट पछि गर्नुपर्ने कामको ग्राहकसँग छलफल गरि ग्राहकको सहमतिमा जाने कम्पनीले बताएको छ ।
    ग्राहकको सन्तुस्टीका आधारमा औजारले लिने सेवा शुल्क समयसापेक्ष हुने, प्रयोग गरिने सरसामान बिस्वासिलो तथा वारेन्टीवाला हुने संचालक भट्टराईले बताए ।

    सरकारले तोकेको मापदण्ड भित्र रही पूर्ण रुपमा पारदर्शी तवरले काम गर्ने औजारले बताएको छ । छिटो र चुस्त सेवानै आजको आवश्यकता भएकोले ग्राहकले सम्पर्क गरेको एक घण्टाभित्र संस्थाको तर्फबाट ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीको दावी छ ।

    Posted in अर्थ, कला /जीवनशैलीLeave a Comment on घर तथा कार्यलय मर्मतको काम सूरू गर्दै “औजार”

    कर्मचारी आउन नपाएपछि आज उपत्यकाका सबै बैंक बन्द

  • ४ भाद्र २०७७, बिहीबार १३:०७ मा प्रकाशित
  • कोरोनाको दिनानुदिन असोचनिय वृद्धिले लक डाउन भए पछि निषेधाज्ञा जारी भएकाले कर्मचारी आउन नपाएको भन्दै बिहीबार काठमाडौं उपत्यकाका सबै बैंक बन्द भएका छन्।

    माछापुच्छ्रे  बैंकका सिइओ सन्तोष कोइरालाले बैंकर्स एसोसियसनको छलफल र राष्ट्र बैंकको निर्देशनअनुसार निषेधाज्ञामा पनि उपत्यकाका सीमित शाखा खोल्ने तयारी थियो।

    ‘बिहान कार्यालय जाँदा कर्मचारीहरूलाई प्रहरीले जान दिनु भन्ने माथिको सर्कुलर छैन भनेर रोकेपछि आज सबै शाखा बन्द गर्ने निर्णय गरेका छौं,’ सिइओ कोइरालाले भने,‘अब उहाँहरूलाई सर्कुलर गएपछि भोलिदेखि केही शाखाहरू खुल्छन्।’

    महानगरीय ट्राफिक महाशाखाकाले भने बैंकका कर्मचारीलाई नरोकेको बताएको छ। चेकजाँचका क्रममा केही समय ढिलो भएको हुने तर मनसायले नै रोक्ने काम नभएको महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए।

    ‘चेक प्वाइन्टमा वान बाइ वान हेर्दा ढिलो भएको हुनसक्छ, हामीले कहीँ पनि फर्काएको वा रोकेको छ,’ ढकालले भने।सेतोपाटी बाट ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कर्मचारी आउन नपाएपछि आज उपत्यकाका सबै बैंक बन्द

    मेलम्ची खानेपानी आयोजना :दोस्रो चरण को निर्माण को लागि तयारी ।

  • १ भाद्र २०७७, सोमबार ००:०० मा प्रकाशित

    मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ ।

    दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । उक्त अध्ययनका लागि सम्बन्धित पालिकाहरुले सहमति दिने भएका छन् । मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ ।

    त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभावसम्बन्धी अध्ययन गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारिदिनु भयो ।

    दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको पनि सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।

    सडक निर्माण विभागले गर्ने र अरु कतिपय पूर्वाधार सम्बन्धित कार्यालयले तथा कतिपय समितिले नै गरिरहेको छ । त्योअनुसार त्यहाँका पालिका सकारात्मक रहेकाले सहमति पत्र दिन उचित हुने उनको भनाइ रहेको छ ।

    दोस्रो चरणको निर्माणका लागि अहिलेसम्म डिजाइन फाइनल भएको र त्यसको लागत पनि यकिन भइसकेको छ । मेलम्चीको पहिलो चरण मा जस्तै दोस्रो चरणमा पनि सहयोग गर्ने एशियाली विकास बैङ्कले प्रतिबद्धता जनाएको छ ।

    पहिलो चरणको पानी काठमाडौँ आएपछि ऋण अनुदान गर्ने भनी सहमति भएको थियो । समितिले सुरुङमा भेटिएका त्रुटि सच्चाएर मेलम्ची खोलाको पानी ल्याउने तयारी गरेको छ ।

    पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याइएपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी राजधानी ल्याउने समितिको लक्ष्य रहेको छ ।

    आयोजना यसअघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । गत वर्ष असोजमा यो कम्पनीसँग सहमति भएको थियो । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँले काम गर्दै आएको छ ।

    सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।

    Posted in अर्थ, राजनीतिLeave a Comment on मेलम्ची खानेपानी आयोजना :दोस्रो चरण को निर्माण को लागि तयारी ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P