कोरोनाको दिनानुदिन असोचनिय वृद्धिले लक डाउन भए पछि निषेधाज्ञा जारी भएकाले कर्मचारी आउन नपाएको भन्दै बिहीबार काठमाडौं उपत्यकाका सबै बैंक बन्द भएका छन्।
माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले बैंकर्स एसोसियसनको छलफल र राष्ट्र बैंकको निर्देशनअनुसार निषेधाज्ञामा पनि उपत्यकाका सीमित शाखा खोल्ने तयारी थियो।
‘बिहान कार्यालय जाँदा कर्मचारीहरूलाई प्रहरीले जान दिनु भन्ने माथिको सर्कुलर छैन भनेर रोकेपछि आज सबै शाखा बन्द गर्ने निर्णय गरेका छौं,’ सिइओ कोइरालाले भने,‘अब उहाँहरूलाई सर्कुलर गएपछि भोलिदेखि केही शाखाहरू खुल्छन्।’
महानगरीय ट्राफिक महाशाखाकाले भने बैंकका कर्मचारीलाई नरोकेको बताएको छ। चेकजाँचका क्रममा केही समय ढिलो भएको हुने तर मनसायले नै रोक्ने काम नभएको महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए।
‘चेक प्वाइन्टमा वान बाइ वान हेर्दा ढिलो भएको हुनसक्छ, हामीले कहीँ पनि फर्काएको वा रोकेको छ,’ ढकालले भने।सेतोपाटी बाट ।

