साउदी अरेबियाले (इन्डोर डाइनिङ) अर्थात रेस्टुराँ, खाजाघर, चिया पसल लगायतमा तयारी भएका खानेकुरा घरभित्र खान खानुपर्ने प्रणाली हटाउने भएको छ । साउदी सरकारले मार्च ७ तारिखबाट इन्डोर डाइनिङ हटाउने, जिम र सिनेमाघर खुलाउन लागिएको साउदी अरेवीया को प्रतिष्ठित समाचार पत्र साउदी गजेटले उल्लेख गरेको छ । अब रेस्टुराँ तथा खाजाघर लगायतमा तयारी भएका खानेकुरा सोही ठाउँमै खाना सक्ने भएको छ ।
साउदी गजेटका अनुसार अति आवश्यक कामका लागि २० जनासम्म भेला हुनसके पनि विवाह, सभा, सम्मेलन लगायत भने अर्को सूचना जारी नभएसम्म बन्द रहने छन् । यसअघि साउदी सरकारले फेब्रुअरी ४ तारीखबाट १० दिनका लागि घोषणा गरेका इन्डोर डाइनिङ २० दिन थपेका थिए । कोरोना संक्रमित बढ्न थालेपछि इन्डोर डाइनिङसँगै सभा, सम्मेलन, विवाह, भोज, जिम र सिनेमाघर बन्द गर्न सरकारले उर्दी जारी गरेका थिए ।
२२ फागुन, धनगढी । १९ वर्ष पहिलेसम्म पनि नेपालीलाई पर्यटक मानिँदैनथ्यो । पर्यटक भनेकै विदेशी र त्यसमा पनि गोरा छाला भएका हुन् भन्ने मान्यता बढी थियो । यो धारणालाई चिर्न पश्चिमाञ्चल होटल संघले एउटा अभियान ल्यायो, ‘जाऔं है पोखरा ।’ देशका विभन्न ठाउँमा पुग्ने र पोखरा घुम्न निम्तो बाँड्ने अभियान संघले चलायो । तत्कालीन संघका अध्यक्ष विप्लव पौडेल, विश्वशंक पालिखेहरुको नेतृत्वमा इलामबाट सुरु भयो ‘जाऔं है पोखरा ।’ करिब २ दशकपछि आजको अवस्था त्यस्तो छैन । पोखरा घुम्न आउने ५० प्रतिशत पर्यटक नेपाली नै हुन्छन् । तर, कोभिड-१९ महामारीले फेरि पर्यटनलाई थला पार्यो ।
कोभिडलाई जितेर फेरि पर्यटन लयमा फर्किन लागिरहेका बेला संघलेे फेरि पर्यटकलाई पोखरा घुम्न निम्तो दिन देशका विभिन्न ठाउँमा निस्केको छ । कोभिडले पारेको संकटको विश्लेषण गर्दै आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यसहित निम्तो बाँड्न निस्किएको संघका अध्यक्ष विकल तुलाचनको भनाइ छ । नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, बर्दीयालगायत पश्चिम नेपालमा संघको टोली निम्तो बाँड्दै पर्यटन प्रवर्द्धनमा जुटिरहेको छ । शुक्रबारदेखि निम्तो बाँड्न निस्किएको टोली ४ दिनसम्म विभिन्न ठाउँमा कार्यक्रम गर्दै छलफल, समीक्षा र निम्तो बाँडेर पोखरा फर्किने छ । कोभिडपछि संघले जाऔं है पोखरा अभियान गएको मंसिरदेखि नै थालिसकेको थियो । गएको मंसिर २४ देखि २७ गतेसम्म पूर्वी नेपालका वीरगञ्ज, जनकपुर, विराटनगर र चितवनसम्मको प्रवर्द्धन गरि फर्किएको थियो । फागुन ७ गतेदेखि निजी क्षेत्रले नेपालगञ्ज-पोखरा विमान चार्टर गरेर पर्यटन प्रवर्द्धन थालेका थिए । हप्ताका २ दिन शुक्रबार र आइतबार पश्चिम नेपालबाट नेपालगञ्ज हुँदै पोखरा पुग्ने र पोखराका व्यवसायी पश्चिम नेपालमा घुम्न निस्कने अभियान सुरु भएको छ । त्यसैलाई निरन्तरता दिँदै पोखराका व्यवसायी विमान चार्टर गरेर पश्चिम नेपालका विभिन्न ठाउँमा पर्यटन प्रवर्द्धनका निम्ति निस्किएका हुन् । व्यवसायीको साझा प्रश्न : नाका किन बन्द ? निजी क्षेत्रले विमानै चार्टर गरेर पर्यटन पर्यर्द्धन थालेका छन् तर अहिलेसम्म भारतीय नाकाहरु अझै खुलेका छैनन् । पोखरा र पश्चिम नेपालका व्यवसायीको साझा आवाज छ, ‘अझै नाका बन्द गर्नुपर्ने कारण के हो, तुरुन्त नाका खोलियोस् नत्र आन्दोलनमै उत्रनु नपरोस् ।’ पश्चिम नेपाल र यही बाटो भएर भारतीय पर्यटन नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरा पुग्न सक्छन् र पोखरादेखि त्यसरी नै पश्चिम नेपालका विभिन्न क्षेत्रमा घुम्न आउन सक्न् । तर, सरकारी नीतिका कारण पर्यटन क्षेत्रलाई धक्का मार्ने काम भइरहेको व्यवसायीको गुनासो छ । नेपालगञ्जमा भएको कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ३४/३५ करोड जनसंख्या रहेको भारतको उत्तर प्रदेशका पर्यटक चाहेर पनि नेपाल आउन नपाएको बताए । ‘उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पनि भेटेर आयौं । यहाँका पर्यटकलाई धेरैभन्दा धेरै आकर्षित गर्नुस् भन्नुभाछ,’ श्रेष्ठले भने, ‘तर, नाका बन्द भएकै कारण पर्यटक आउन पाएनन् ।’ नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले निजी क्षेत्रले आन्तरिक पर्यटनकै माध्यमबाट अर्थतन्त्रलाई चलायमान गराइरहँदा राज्यले विधेदकारी नीति लिएको बताए । होटल संघ बाँकेका अध्यक्ष आशिषशमशेर जबराले भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा र मुक्तिनाथसम्म पुग्ने ठूलो संख्या भएको बताए । ‘नेपालगञ्ज-पोखरा हवाइ मार्ग भएरै धेरै पर्यटक पोखरा, मुक्तिनाथ पुग्न सक्छन्,’ जबराले प्रश्न गरे, ‘काठमाडौंमा भन्दा धेरै रात पोखरामा पर्यटकले बिताउन सक्छन् । तर, बोर्डर किन बन्द गरेको ?’ नेपालगञ्जमा शुक्रबार छलफल गरेर कैलालीको चिसापानीमा बसेर शनिबार धनगढीमा अर्को छलफल कार्यक्रम भयो । धनगढी र पोखराका व्यवसायीले पनि नाका बन्द गरिराखेकोमा सरकारप्रति आक्रोस पोखे । ‘नाका पूर्ण रुपमा खुल्नुपर्छ, लाखौं मानिस भेला भएर आम सभा गर्दा कोरोना सर्दैन्, नाका खोलेर पर्यटक आउँदा कोरोना सर्छ,’ बलमे भने, ‘राज्यले यस्तो नीति फेर्नुपर्छ । यस्तै अवस्था रहृयो भने वाध्य भएर आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ ।’ धनगढीका होटल व्यवसायी दिनेश भण्डारीले २ किलोमिटरको दूरीमा भारतका धेरै ठूला र औद्योगिक सहर रहेको र त्यहाँबाट धेरै पर्यटक नेपाल भित्राउन सकिने बताए । ‘हामी छिमेकी सहरसम्म पुगेर पर्यटक बोलाउन सक्छौं । ‘लखनउ, देहेरादुनजस्ता धेरै सहर छन् । ठूला औद्योगिक क्षेत्र छन्,’ भण्डारीले भने, ‘त्यहाँका व्यवसायी पनि नेपाल आउन चाहान्छन् । सामूहिक प्रयास गरौं ।’ कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले कैलाश मान सरोबर पुग्न चाहने भारतीय पर्यटकलाई सुदूरपश्चिम हुँदै भित्राउने र तिनै पर्यटकलाई पोखरा र मुक्तिनाथ धामसम्म पुर्याउन सक्ने हो भने पर्यटनमा ठूलो योगदान पुग्ने बताए । पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले नाका खोल्न प्रदेश र संघीय सरकारलाई दबाब दिएर पनि नखुलेको बताए । ‘अब सामूहिक रुपमा आवाज उठाऔं, दबाब दिऔं,’ पराजुलीले भने, ‘बोर्डर खुल्नेबित्तिकै हाम्रा धेरै सहरबीच थप कनेक्टिभिटीमा बल पुग्छ ।’ आन्तरिक पर्यटनको विकल्प छैन पोखराका पर्यटकलाई कसरी पश्चिम र सुदूरपश्चिमसम्म पुर्याउने र यहाँका पर्यटकलाई कसरी पोखरा पुर्याउने भन्नेबारे व्यवसायीले छलफल गरे । कोभिड-१९ पछि अझै विदेशी पर्यटक आउने अवस्था नरहेको भन्दै आन्तरिक पर्यटकलाई नै चलायमान बनाउने हो भनेमात्र पर्यटन क्षेत्र उठ्ने व्यवसायीहरुको विश्वास छ । पोखरा र पश्चिम, सुदूरपश्चिमको पर्यटन व्यवसायीले छलफल गर्दै अनुभव साटे । कोभिडले थला पारेको पर्यटनलाई आन्तरिक पर्यटनकै माध्यमबाट उठ्ने आन्तरिक पर्यटन पर्यटन मञ्च सुदूरपश्चिमका अध्यक्ष माया भट्टले बताए । ‘सुदूरपश्चिमको टोली अघिल्लो महिना पर्यटक बोलाउँदै पोखरा पुगेको थियो । अहिले पोखरादेखि यहाँ आउनुभएको छ,’ भट्टले भने, ‘यसरी नै आदान-प्रदान गर्न सक्यौं भने हामी उठ्छौं ।’ रामारोशन, शुक्लाफाँटा, खप्तड, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, शिवपुरी धाम जस्ता थुप्रै पर्यटकीय ठाउँमा पोखरादेखि पर्यटक पठाइदिन पश्चिम नेपालका व्यवसायीले आग्रह गरे भने पोखराका व्यवसायीले पश्चिम र सुदूरपश्चिमका व्यवसायीलाई घुम्न निस्कन आहृवान गरे । हवाइ र सडकको कनेक्टिीभिटी राम्रो भएमात्रै पनि आन्तरिक पर्यटनमा ठूलो टेवा पुग्ने पर्यटन विकास कार्यान्वयन इकाइ सुदूरपश्चिम पर्यटन मन्त्रालयका भोजराज पाठकले बताए । ‘घुम्न निस्कन सन्देश दिने, अनुभव आदान-प्रदान गर्ने अभियान बिस्तार हुँदै गइरहेको छ । यो सिक्ने, अनुभव साट्ने अवसर पनि हो,’ पाठकले भने, ‘अघिल्ल्ाो महिना हामी पोखरा पुगेका थियौं, अहिले तपाईंहरु आउनुभएको छ । यो क्रम जारी रहोस् ।’ पश्चिमाञ्चल होल संघका निवर्तमानका अध्यक्ष हरि शर्मा गैह्रैले २ दशकअघि नेपालीलाई पर्यटक नै नमान्ने अवस्थाबाट आज आन्तरिक पर्यटनकै भर पर्नुपर्ने अवस्था आएको बताए । आन्तरिक पर्यटनका सम्भावना उजागर गर्नकै लागि अभियान लिएर निस्केको र यसका लागि साझा अभियान चलाउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमका व्यवसायी गोपाल हमालले घुम्न पुगेका पर्यटकलाई कस्तो व्यवहार गर्छौ भन्ने कुराले ठूलो अर्थ राख्ने भन्दै आथित्यता सिकाउनुपर्ने बताए । हान पश्चिमाञ्चलका अध्यक्ष गणेश पहारीले जाउँ है पोखरा अभियानले देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हान पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनले पोखराको पर्यटनमा ३ खर्ब रुपैयाँ लगानी रहेको जानकारी दिए । आन्तरिक पर्यटनकै माध्यमबाट लगानीलाई जगाइराख्नु पर्ने उनको भनाइ थियो ।
तुलसीपुर उपमहानगरपालिका अन्तर्गत किराना व्यवसायीहरूको समिति गठन गरिएको छ ।नबगठित कार्य समिति अन्तर्गत होता राम आचार्यको संयोजकत्वोतमा उपाध्यक्ष के.बि. भण्डारी, महासचिवमा शम्भु न्याेेैपाने र कोषाध्यक्षमा कालु जैसी लगायत नयाँ कार्य समिति गठन गरिएको छ !
यस अवसरमा तुलसीपुर उधाेग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष मिनराज भन्डारि र महासचिव श्रि बिनिल केसिको पनि उपस्थित रहेको थियो।
नवगठित कार्यसमितिका पदाधिकारीहरु द्वारा किराना व्यवसायीहरूको हकहितको लागि सम्पूर्ण प्रयास गर्ने र संगठनलाई मजबुत बनाई सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै तुलसीपुर उद्योग वाणिज्य संघ सहितको सहकार्यमा अघि बढ्ने जनाएको छ।
२० फागुन, काठमाडौं । ‘निफ्राको आईपीओ २७ बराबर १४२०’ लेखेर शेयर बजार विचार हजार लेखेको ग्रुपमा माघ १६ गते एक व्यक्तिले स्टाटस पोष्ट गरे । ‘हामीलाई पनि यति कित्ता आईपीओ पर्यो’ भन्नेेको त्यो स्टाटसमा कमेन्ट गर्नेहरुको ओइरो लागेको थियो । २७ जनाको नामबाट आवेदन दिदा नेपाल इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा)को १ हजार ४२० कित्ता आईपीओ परेको भन्ने आशयको उक्त स्टाटस केहिबेरमै डिलिट भयो । आईपीओ बाँडफाँट भएपछि सामाजिक सञ्जालमा यस्ता स्टाटस प्रसस्तै देखिने गरेका छन् । सेयर बजारसम्बन्धी फेसबुक ग्रुपहरुमा यस्ता पोष्ट धेरै देखिन्छन् ।
निफ्राले आईपीओ जारी गरेपछि सेयर बजारतर्फ सर्वसाधारणको एक किसिमको लहर छ । २ महिना अघिभन्दा अहिले डिम्याट प्रयोगकर्ता दोब्बर बढेका छन् । सेयर कारोबारको लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट प्रयोगकर्ता ३० लाख ४१ लाख ६९८ पुगेका छन् । यतिधेरै डिम्याट प्रयोगकर्ता हुँदा दैनिक चार लाखले पनि कारोबार नगर्नुलाई भने सेयर बजारका जानकारहरु शंङ्कास्पद मान्छन् । सेयर विश्लेषक प्रकाश तिवारी एकै व्यक्तिले हजार आईपीओ आवेदन दिने गरेको बताउँछन् । उनका अनुसार, एकै व्यक्तिले धेरैको नागरिकताको फोटोकपी लिएर धेरैवटा बैंक खाता र डिम्याट खाता खोलेर आईपीओ भर्ने गरिएको छ । ‘११ सयजनाको नाममा भर्ने मान्छे त मैले नै भेटेको छु । ५०, सय, २ सयजनाको नाममा भर्ने त कति छन् कति’, तिवारी भन्छन्, ‘यसरी खोलिएका सबै खातामा एकै व्यक्तिको हस्ताक्षर हुन्छ ।’ नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा सम्बन्धीत व्यक्तिको स्वीकृतिमै सक्कली नागरिकता ल्याएर कतिपय खाता खोलिने गरेको बताउँछन् । ‘कसैले नजिकका आफन्तको त कसैले ज्येष्ठ नागरिकहरुको पनि नागरिकता ल्याएर बैंकमा खाता खोलेका होलान्’, उनी भन्छन्, ‘यसलाई कसैले हतोत्साहित गरेजस्तो मलाई लाग्दैन । धेरै डिम्याट खुल्दा ठूलो फाइला नहुने भएकाले मर्चेन्ट बैंकहरुले यस्तो कामलाई प्रोत्साहन गदैन ।’ अर्काको नामबाट आईपीओ आईपीओ भर्नका लागि सबभन्दा पहिला बैंक खाता आवश्यक पर्छ । जुनसुकै बैंकमा खाता भएपछि सेयर राख्ने डिम्याट खाता खोलिन्छ । डिम्याट खाता खोल्ने फारम लिएर सम्पूर्ण विवरण भरेर बैंकमा बुझाउँन पर्छ । डिम्याट खाता खोल्ने क्रममा बैंक खाता खोल्दाजस्तै नागरिकताको प्रतिलिपि र फोटो चाहिन्छ । अहिले दुवै खाता खोल्दा अर्काको नागरिकता र फोटो प्रयोग भइरहेको शेयर विश्लेषक तिवारी बताउँछन् । सेयर बिक्री गरिएको रकम बैंक खातामा आउँछ । अरु व्यक्तिको नामको बैंक खाता भए पनि त्यो खोल्नेले ‘एक्सेस’ राखेर रकम निकाल्छन् । एकाघर परिवारकै सदस्यहरुको भए यसलाई स्वभाविक मान्नु पर्ने तिवारी बताउँछन् । ‘घरबाटै सेयर भर्न सकिने भएकाले परिवारका सदस्यहरुले एकअर्काको नामबाट आईपीओ भर्नु स्वभाविकै हो’, उनी भन्छन्, ‘तर, गाउँभरका मान्छेको नाममा भर्नु त गैर कानुनी हुन्छ ।’ मृतकको नामबाट पनि आवेदन हुँदा हुँदा मृतकको नामबाट समेत सेयर कारोबार गरिएको पाइएको छ । केहि दिन अघि सेयर नामसारी गर्न आएका एक व्यक्तिको विवरण हेर्दा मृतकले समेत आईपीओ आवेदन दिएको पाइएको नेपाल धितोपत्र बोर्डका एक अधिकारी बताउँछन् । निधन भएका बुवाको नामको सेयर आफ्नोमा नामसारी गरिदिन भन्दै ती व्यक्ति एक मर्चेन्ट बैंक पुगेका थिए । ‘उनको बुबाले मृत्यु भएको एक महिनापछि पनि आईपीओ भरेको पाइयो’, बोर्डका अधिकारी भन्छन्, ‘मृतकले भरेको आईपीओको वैधानिकतामा प्रश्न उठेको छ ।’ संसारमै नभएको व्यक्तिको नाममा परेको आईपीओ के गर्ने भन्ने विषयमा बोर्डले निर्णय लिन सकेको छैन । कानुनी समस्याका कारण निर्णय लिन समय लाग्ने ती अधिकारी बताउँछन् । ‘अपराधिक काम समेत हुनसक्छ’ गत वर्षको माघ मसान्तसम्म बैंक खाताको संख्या १ करोड ११ लाख १२ हजार १ सय ९४ वटा थियो । बीचमा लामो समय कोरोनाको असर पर्यो । तर त्यसयता बैंक खाता बढ्ने क्रम नरोकिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार गत माघ मसान्तसम्म २ करोड ४६ लाख ७१ हजार ९ सय ४९ बैंक खाता पुगेका छन् । बैंक खाता बढ्नु नराम्रो होइन, तर कुनै एक व्यक्तिले सेयर भर्नकै लागि धेरै व्यक्तिको खाता चलाउँछ भने गैर-कानुनी हुने उनले बताए । यो विषयमा सम्बन्धित बैंक आफैं धेरै चनाखो हुनुपर्ने बताउँदै डा. भट्ट भन्छन्, ‘कुनै व्यक्तिले अरुको नाममा बैंक खाता खोलेको छ भन्ने कुरा सुपरिवेक्षणको क्रममा भेट्टाइयो भने कारबाही हुन्छ ।’ उनका अनुसार, आईपीओ आवेदनका लागिमात्र बैंक खाता खोल्नु पनि गैरकानुनी हो । त्यस्तोमा अपराधिक क्रियाकलापसमेत हुन सक्ने, सोझो नागरिक फस्ने उनी बताउँछन् । ‘अरुको नामको खातामा भ्रष्टाचार गरेको रकम, गैरकानुनी आर्जन राख्ने हुनसक्छ’ प्रवक्ता डा. भट्टले भने, ‘यस्ता क्रियाकलापमा वित्तीय साक्षरताको कमी भएका नागरिक फस्ने खतरा हुन्छ ।’ पुँजी बजार क्षेत्रको नियामनकारी निकाय नेपाल धितोपत्र बोर्ड यो विषयमा जानकार नै छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरी यसरी आईपीओ आवेदन दिनेहरु छैनन् भन्न नसकिने बताउँछन् । ‘बैंक खातामा लिंक भएर आईपीओ आवेदन दिनु पर्ने भएकाले यस्ता डिम्याट खाता होलान्, तर त्यति धेरै छैनन्,’ उनी भन्छन्, ‘एकै व्यक्तिले धेरै जनाको डिम्याट खोलेर आईपीओ आवेदन दिनु चाही सरासर गलत हो ।’ कसरी गर्न सकिन्छ निरुत्साहन ? अरुको नाममा बैंक र डिम्याट खाता खोलेर गैरकानुनीरुपमा आईपीओ भर्नेको संख्या करिब ५० प्रतिशत रहेको सेयर विश्लेषक प्रकाश तिवारीको दाबी छ । सम्बन्धित व्यक्ति वा निजको एकाघरका बाहेक अरुले भर्न नपाउने हो भने यो समस्या हट्ने उनी बताउँछन् । आईपीओ भर्नकै लागि खोलिने बैंक खाताहरु अरु बेला निष्कृय हुन्छन् । ती खाताबाट आईपीओ भर्दाखेरी पैसा रोक्का हुने र आईपीओ नपर्दा पैसा काटिने बाहेक अरु कारोबार हुँदैनन् । आईपीओ प्रयोजनका लागिमात्र सञ्चालन हुने खाताहरुको केवाईसी अपडेट गराए समस्या समाधान हुने तिवारी बताउँछन् । ‘सम्बन्धित व्यक्ति नै उपस्थित भएर केवाईसी भर्नुपर्ने नियम लगाए यस्ता खाता आधा घट्छन्,’ उनी भन्छन्, ‘राष्ट्र बैंक र बोर्ड मिलेर यो काम सजिलै गर्नसक्छन् ।
काठमाडौ, नेस । एनसेल आजियाटाले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यलाई विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको मुख्य विशेषता हुन् ।यो सिम योजना फागुन १४ गतेबाट सञ्चालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गरेको छ ।
यस सिममा समेटिएका सबै अफर तथा सुविधा विदेश जाने सोच बनाएका व्यक्तिको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् । यो सिम ग्राहकले करसहित ९९ रुपियाँमा लिन सक्छन् र सिमसँगै २० रुपियाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवा ग्राहकले भारत, कतार, युएई, मलेसिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।
यो सिम अर्थात योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कमरहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १ दशमलव ९९ रुपियाँ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ ।यो सिम सुचारु गरेको दोस्रो दिनको मध्यरात सम्ममा गरेको १ सय रुपियाँभन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्दछन् । जस्तै कुनै ग्राहकले सय रुपियाँको पहिलो रिचार्ज गरेमा उसले सय मिनेट एनसेल नेटवर्कभित्र कल गर्न सकिने बोनस टक टाइम र सात दिनको समयसिमा रहेको सय रुपियाँ एमबी डेटा प्राप्त गर्दछ । ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि सात दिन रहेको छ ।
यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामापनिमलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कलदिन सक्नेछन् । यतिमात्र होइन, यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तर्राष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्नेछन् ।
पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ। लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ।
स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो।
यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
कोभिड १९ का कारण मध्यपूर्वका देशहरुमा समस्यामा परेका नेपाली कामदारहरुको उद्वार गर्न मध्यपूर्वका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले विभिन्न चरणहरुमा भुक्तानी लिएको थियो । कोभिड- १९ को कारण मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरुलाई समस्या परेको भन्दै एनआरएनए मार्फत अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) ले दिएको रकम विभिन्न चरणहरुमा भुक्तानी लिएका थिए। गैर आवासीय नेपाली संघले अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) को सहयोगमा मध्यपूर्वका मुलुकहरु र मलेशियामा कोरोनाका कारण समस्यामा परेका नेपाली कामदारहरुको सहयोग र उद्वारको लागि ५ करोड रकम सम्झौता गरेको थियो ।
अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) बाट प्राप्त उक्त रकममा भ्रष्टाचार गरेको भन्दै सामाजिक संजालहरुमा आलोचना भए पछि संघले उद्दार राहत कार्यमा उठेको टिका टिप्पणीप्रति संघ संवेदनशील रहेको जनाएको छ भने गैर आबासीय नेपाली संघ (एनआरएनए) आईसीसीले सुपरिबेक्षण समिति गठन गरेको जनाएको छ । संघका प्रबक्ता डिबी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै सचिब आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र महिला सँयोजक भोमा लिम्बु सहितको ३ सदस्यीय समिति गठन गरेको जानएको छ । समितिले बिभिन्न मुलुकहरुमा उपसमिति गठन गरी खर्चको अनुगमन गर्ने जनाएको छ ।
उक्त बिज्ञप्तिमा विभिन्न देशहरुबाट हालसम्म १६५ जनाले हावाइ टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा र ४५३ जनालाई कानूनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु-याईएको जनाईएको छ |
एनआरएन आईसीसीले जारी गरेको बिज्ञप्ति
प्रेस विज्ञप्ति:
कोभिड १९ को महामारी पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकाय सम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।
सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको छ । कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । सोको जानकारी संघका पदाधिकारीहरुलाई वेलाबेलामा दिइएको छ ।
श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
राहात तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शि होस भनेर सचिवालमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ । उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको कुरा समेत सहर्ष जानकारी गराउँदछौं । विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरु प्रति संघ संवेदनशील छ ।
राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ । त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न आग्रह गर्दछौं ।
हाल सम्म मध्यपूर्वका बिभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु-याईएको छ ।
साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।
साथै दातृसंस्थाको सहकार्यमा मलेशियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ जना ब्यक्तिहरु ज्यादै समस्यामा रहेका र धेरै बर्षदेखि मलेशियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो। यो खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीले पाएको छ।
चिनियाँ कम्पनीले ४१.४५ किलोमिटर विस्तार गर्ने ठेक्का ६ अर्ब २१ करोड रूपैयाँमा पाएको हो। आयोजना निर्देशक सुशीलबाबु ढकालले आँबुखैरेनी–जामुने खण्ड विस्तार गर्न ठेक्का सम्झौता भइसकेको बताए। ‘ठेक्का सम्झौता भएको ४२ महिनाभित्रै दुई लेनलाई चार लेनमा विस्तार गर्ने योजना छ,’ उनले भने, ‘ठेकेदार कम्पनी र आयोजनाबीच सम्झौता भइसकेको छ। ठेकेदार कम्पनीले आगामी अप्रिलदेखि काम थाल्ने योजना बनाएको छ।’
सरकारले दुई लेनको पृथ्वी राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्न लागेको हो। यो खण्ड एसियाली विकास बैंकबाट १.५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण लिएर विस्तार गर्न लागिएको हो।
मुग्लिन–पोखरा सडक ९३ किलोमिटर छ। पहिलो चरणमा ४१.३ किलोमिटर मात्रै विस्तार गर्न लागिएको हो। अन्य खण्डको पनि ठेक्काको तयारी गरिरहेको आयोजना निर्देशनालय एडिबीले जनाएको छ। आयोजना निर्देशक ढकालले सडक विस्तार गरेसँगै बिजुलीको पोल सार्ने लगायत काम हुने बताए। ‘डाँडा कटान सुरु गरेपछि बिजुलीको पोल सार्ने काम सुरु गर्नेछौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले पनि तोकिएको समयभित्रै निर्माण सक्ने प्रतिबद्धता जनाएको छ।’
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले आँबुखैरेनी–जामुने खण्डमा पर्ने रुख कटानको लागि रुख गणना सुरु भइसकेको बताए। ‘अहिले सडक विस्तार गर्ने साइटमा पर्ने रुखको गणना भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै वन कार्यालयसँग समन्वय गरेर रुख कटान सुरु गर्नेछौं।’
यो खण्ड निर्माण सकिएको पाँच वर्षसम्म ठेकेदार कम्पनीले मर्मतसम्भार गर्ने जिम्मेवारी तोकिएको छ। मुग्लिन–आँबुखैरेनी खण्डको सात किलोमिटरको अहिले विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण भइरहेको छ। आँबुखैरेनी–मुग्लिन खण्डमा मस्र्याङ्दी जलविद्युत् आयोजना भएकाले पनि सो क्षेत्रमा अर्काेतर्फ पनि सडक विस्तार गर्ने योजना बनाइएको छ।
जामुने–पोखरा खण्डको पनि केही महिनाभित्रै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ। आयोजनाले पोखरा–मुग्लिन खण्डको भौगोलिक बनावट र जनघनत्वलाई समेत मध्यनजर गरी सडक चौडा गर्न लागेको हो। घना बस्ती भएको स्थानमा ६ लेन र अन्य स्थानमा चार लेनको सडक बनाइनेछ। यो सडकको दुवैतर्फ साइड ड्रेनेजको काम गरिनेछ। पैदल यात्रुको लागि एक–एक मिटरको फुटपाथ हुनेछ। नागरिक न्युज ।
उडान सेवा बन्द गरिसकेका एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी ९ करोड बाँकी देखिएको छ।
आन्तरिक उडानका ११ एयरलाइन्सबाट ९ करोड ६८ लाख रुपैयाँ उठान बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकहरुलाई तत्काल बाँकी रकम भुक्तान गर्न भनेको छ।
सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्क समेत बुझाउन प्राधिकरणले सञ्चालकहरुलाई निर्देशक पनि दिएको छ।
यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा सो समेत पेश गर्न आग्रह गरेको छ।
यदि बाँकी शुल्क नतिरेमा सञ्चालकहरुलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ। यसरी कालोसूचीमा राखेपछि भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले बताएको छ।
यी एयरलाइन्सहरु कुनै पनि अहिले सञ्चालनमा छैनन्। यस्ता एयरलाइन्सले उडान गर्दाको समयमा विमानस्थललाई तिर्नुपर्ने रकम नतिरेकाले बाँकी रहेको हो।
सबैभन्दा धेरै बक्यौता रहेको नेकोन एयर रहेको छ। जसले ४ करोड ७० लाख रुपैयाँ तिर्नुपर्ने छ। त्यस्तै कस्मिक एयरको ३ करोड ४७ लाख रुपैयाँ बाँकी रहेको छ।