• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

तीन महिनामा नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले बढ्यो

  • ३० कार्तिक २०७८, मंगलवार १३:१३ मा प्रकाशित
  • काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा रहेकोमा यो वर्षको तीन महिनामा ४८ दशमलव ९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको टेलिकमले जनाएको छ ।

    साउन, भदौ र असोजमा पोहोरको भन्दा ७४ करोड २१ लाख रुपैयाँ धेरै नाफा भएको टेलिकमको रिपोर्टमा उल्लेख छ । यस्तै, गएको वर्षको पहिलो तीन महिनाको कुल आय  १० अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो तीन महिनामा ८४ करोड ७८ लाख रुपैयाँले बढेर १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै, गएको आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भन्दा यो वर्षको त्रैमासिकमा सञ्चालन आय एक अर्ब १३ करोड रुपैयाँले बढेर ९ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ पुगेको नेपाल टेलिकमले जनाएको छ ।

    फोर जी आयोजना विस्तार भएसँगै ग्राहक बढेका, मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएको, फाइबर टु दि होमका ग्राहक बढेका, कोरोना विरुद्धको खोप लगाउने क्रम तीव्र हुँदा कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको लगायतका कारणले टेलिकमको आय तथा नाफा बढेको टेलिकमले जनाएको छ ।   

    Posted in अर्थLeave a Comment on तीन महिनामा नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले बढ्यो

    राराको किनाराबाट अमेरिकी राजदूत बेरीको जलवायु परिवर्तनबारे सन्देश

  • २९ कार्तिक २०७८, सोमबार २३:०४ मा प्रकाशित

  • काठमाडौँ– काठमाडौँस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरी रारा तालको भ्रमणमा छन् । उनले राराको मनमोहक प्राकृतिक सौन्दर्यको आनन्द लिइरहेका छन् । उनले राराकै किरानाबाट नमस्ते भन्दै जलवायु परिवर्तन्बारे सन्देश दिएका छन् ।

    उनले भनेका छन्, ‘विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाउने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।’
    उनले यात्राका क्रममा फोहोर नगर्ने, प्लास्टिकको प्रयोग नगर्ने र शाकाहारी भोजनमात्र गर्ने प्रतिवद्धतासमेत गरेका छन् । उनले भनेका छन्, ‘मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं।’

    उनले जलवायु परिवर्तनको असरलाई कम गर्न हरेक व्यक्तिले सोच्नुपर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु – हामीले साँच्चै केही गर्न सकिएला त ? सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाउने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त ? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तिमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।’

    उनले पृथ्वी जोगाउने काम व्यक्तिगत र सरकारी तह दुबैमा हुनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा। त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।

    Posted in अर्थ, राजनीतिLeave a Comment on राराको किनाराबाट अमेरिकी राजदूत बेरीको जलवायु परिवर्तनबारे सन्देश

    इजरायलकाे रोजगारीमा जानेलाई स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गर्न आग्रह

  • २९ कार्तिक २०७८, सोमबार १२:५२ मा प्रकाशित
  • काठमाण्डौ – इजरायलको रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि परीक्षा दिएर गोलाप्रथाद्वारा अन्तिमपटक छनौट भएका उम्मेद्वारहरुलाई प्रमाणपत्र पेश गर्न आग्रह गर्दै सूचना प्रकाशन गरेको हो ।

    प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https://oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण वैदेशिक रोजगार विभागको इमेल israelsec@dofe.gov.np मा मंसिर पाँच गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

    यस्तै स्वास्थ्य परीक्षण प्रमाणको लागि ललितपुरका स्टार र नेपाल मेडिसिटी हस्पिटल र काठमाण्डौका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मंसिर ५ गतेभित्र गरिसक्नुपर्नेछ । ujayalo online

    Posted in अर्थLeave a Comment on इजरायलकाे रोजगारीमा जानेलाई स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गर्न आग्रह

    वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र

  • २८ कार्तिक २०७८, आईतवार ०२:०५ मा प्रकाशित
  • नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो । सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केही मात्र बढी छ । यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवाको आय औसत मासिक ३३ हजार रुपैयाँभन्दा कम हुने गरेको अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको ‘वैदेशिक रोजगारसम्बन्धी सामाजिक प्रभाव विश्लेषण अध्ययन’ ले ४५ प्रतिशत परिवारको वैदेशिक रोजगारीबाट मासिक आय औसत २५ हजार अर्थात् वार्षिक आय दुईदेखि चार लाख रुपैयाँ रहेको देखाएको छ । आयको वर्गीकरण प्रत्येक दुई लाखको अन्तरमा गरिए अनुसार अध्ययनले सबैभन्दा कम आय दुई लाखभन्दा कम वार्षिक आय समूहमा १८ प्रतिशत र सबैभन्दा बढी आय १२ लाखभन्दा माथिको समूहमा चार प्रतिशत परिवार रहेको पाइएको छ ।

    सबैभन्दा ठूलो परिवारको हिस्सा ४५ प्रतिशतले २–४ लाख वार्षिक आय हुने समूहमा र सबैभन्दा सानो हिस्सामा रहेका युवाले मासिक ७५ हजार अर्थात् वार्षिक आठदेखि १२ लाख रुपैयाँ आय गर्ने गरेका छन् । वैदेशिक रोजगारमा गएका देशमध्ये यूएई र कतार दुवैमा २५ प्रतिशत, साउदी अरब २१ प्रतिशत, मलेसिया २० प्रतिशत, कुवेतमा ६ प्रतिशत रहने गरेका छन् । आम्दानीका हिसाबले आकर्षक मानिएका इजरायल २ प्रतिशत र गणतन्त्र कोरियामा १ प्रतिशत नेपाली मात्र रहेको पाइएको छ । थोरै आय गर्नेको हिस्सा बढी रहेको नेपालको वैदेशिक आयबारे रेमिट्यान्समा जीवनयापन गरिरहेका परिवारका सदस्यमध्ये ठूलो हिस्सा अर्थात् ७३ प्रतिशतले आयलाई ठिकै मानेका छन् । यस्तै सबैभन्दा सानो हिस्सा १२ प्रतिशतले धेरै राम्रो आय रहेको जनाएका छन् । त्यस्तै, विदेश गएर पनि आयलाई राम्रो आम्दानी नगर्ने परिवारको संख्या १५ प्रतिशत रहेको छ । वैदेशिक रोजगार विज्ञ एवं समाजशास्त्री डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको आम्दानी बढी नभएका कारण नेपालीको औसत आम्दानी पनि कम भएको बताए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट जाने ८० प्रतिशत श्रमिक अदक्ष रहेको उल्लेख छ ।
    आजको कारोबार दैनिकमा खबर छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र

    ३८ वर्षअघि सार्वजनिक भएको थियो विन्डोज १.०, यस्तो थियो त्यो रोचक क्षण

  • २८ कार्तिक २०७८, आईतवार ०१:४६ मा प्रकाशित

  • काठमाडौं । जसरी कम्प्युटर बिना अहिलेको आधुनिक समयको कल्पना समेत गर्न सकिन्न, त्यसको अपरेटिङ सिस्टम विन्डोज बिना कम्प्युटरको समेत कल्पन गर्न सकिदैन । आजभन्दा करिब चार दशक पहिला प्रविधिमा एउटा यस्तो क्रान्ति भएको थियो, जसले सारा विश्वलाई नै परिवर्तन गरिदियो ।

    यो बिल गेट्स र उनको कम्पनी माइक्रोसफ्टको कहानी हो । जसले पहिलो पटक प्रयोगकर्तामैत्री अपरेटिङ सिस्टम विकास गरे । त्यसको नाम विन्डोज १.० थियो । यो अपरेटिङ सिस्टम बिना विश्वका कुनै पनि डेस्कटप कम्प्युटर काम गर्न सक्दैनन् ।

    ३८ वर्ष अघि अर्थात् १० नोभेम्बर १९८३ का दिन माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले न्युयोर्क सिटीमा एउटा पार्टी आयोजना गरे । उक्त पार्टीमा एउटा अपरेटिङ सिस्टम मुख्य आकर्षणको केन्द्र थियो ।

    जुन एकदमै साधारण र सहज किसिमको ग्राफिक युजर इन्टरफेस युक्त थियो । जुन विन्डोज १.० थियो । त्यस समयको विन्डोज अपरेटिङ सिस्टम हेर्नुभयो भने तपाईँलाई पत्याउन पनि मुस्किल पर्न सक्छ ।

    त्यसमा एकदमै थोरै फिचर थिए । विन्डोजमा ड्रप डाउन मेनु हुने गर्दथ्यो । साथमा टिल्ड विन्डोज थियो । त्यसैमा माउसको सहयोगमा विभिन्न काम गर्न सकिन्थ्यो ।

    पहिलो पटक त्यसले सावित गरेको थियो कि अपरेटिङ सिस्टम यति धेरै सहज हुन सक्छ । ता कि प्राविधिक जानकारी नभएका व्यक्तिले समेत कम्प्युटर चलाउन सक्छन् । विन्डोजको नाम कसले राख्यो भन्ने विषयमा पनि रोचक तथ्य छ ।
    जुन विन्डोजमा सारा विश्व चलिरहेको छ, आखिर कसरी रहन गयो होला ? रिपोर्टअनुसार यो नाम बिल गेट्सले राखेका थिएनन् । उनले यसको नाम ‘न्यु ग्राफिक अपरेटिङ सिस्टम’ अर्थात् ‘इन्टरफेस म्यानेजमेन्ट’ राख्न चाहन्थे ।

    त्यसताका माइक्रोसफ्टमा मार्केटिङका दिग्गज लुकिली रोल्यान्डले यो अपरेटिङ सिस्टमको नाम विन्डोज राख्नु उचित हुने कुरामा बिल गेट्सलाई मनाए । विन्डोजले अहिले सारा विश्वलाई परिवर्तन गरिदिएको छ ।

    विगत करिब चार दशकमा विन्डोजका ११ भर्सन आइसकेका छन् । सफ्टवेयर तथा हार्डवेयरको विश्वमा चामत्कारिक रुपमा विन्डोजले एउटा लामो यात्रा तय गरिसकेको छ ।

    आज त्यही विन्डोजकै उपज कम्प्युटर प्रयोग गर्न यति सहज भएको छ कि पेसाकर्मीहरूले चुट्किको भरमा जटिल भन्दा जटिल कम सम्पन्न गरिरहेका छन् । तपाईँलाई सुन्दा अनौठो लाग्न सक्छ ।

    सन् १९८० को दशकमा प्रयोग हुने कम्प्युटरमा २५९ केबीको र्‍याम, एउटा ग्राफिक्स एडप्टर, दुई ओटा फ्लपी ड्राइभ वा एउटा हार्ड ड्राइभ हुने गर्दथ्यो । त्यसैमा विन्डोज १.० चल्ने गर्थ्यो ।

    बिल गेट्सले विन्डोज सार्वजनिक गरेको समयमा त्यसको मूल्य ९९ डलर अर्थात आजको नेपाली मूल्य अनुसार १२ हजार रुपैयाँ थियो । जुन तपाईंलाई निकै धेरै लाग्न सक्छ । तर त्यसताका कम्प्युटर निकै महँगो चिज हुने गर्दथ्यो ।

    त्यसको दाँजोमा माइक्रोसफ्टको विन्डोज १.० को मूल्य त्यति धेरै थिएन । अहिले तपाईं हाम्रो कम्प्युटरमा विन्डोज १० तथा विन्डोज ११ अपरेटिङ सिस्टम चलिरहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on ३८ वर्षअघि सार्वजनिक भएको थियो विन्डोज १.०, यस्तो थियो त्यो रोचक क्षण

    साउदीमा काम गर्ने बिदेशी कामदारहरुले अब त्रैमासिक रुपमा आफ्न ईकामा नविकरण गर्नसक्ने

  • २८ कार्तिक २०७८, आईतवार ००:३२ मा प्रकाशित

  • रियाद। साउदी अरबमा रहेका आप्रवासीले अब त्रैमासिक आधारमा आफ्नो रेसिडेन्सी परमिट (इकामा) नवीकरण गर्न र आफ्नो स्मार्टफोनमा सो इकामाको डिजिटल प्रतिलिपि सुरक्षित गर्न सक्ने भएका छन्। यो सँगै अब साउदी अरबस्थित नेपाली श्रमिकहरुले पनि सो सुविधा लिन सक्ने भएका छन्।

    अब्शेर अफ्रद (व्यक्तिगत) प्लेटफर्ममा उपलब्ध यी सेवाहरू मुख्यतया राहदानी महानिर्देशनालय (जवाजात) र ट्राफिक निर्देशनालयसँग सम्बन्धित इलेक्ट्रोनिक सेवाहरूको एक श्रृंखला हो, जुन सेवाको आन्तरिक मन्त्री प्रिन्स अब्दुल अजिज बिन साउद बिन नाइफले बुधबार उद्घाटन गरेका थिए।

    अब्शेर अफ्रद सेवाले नयाँ रोजगारदातालाई आफ्नो सेवा प्रदान गर्न अनुमति दिनको लागि प्रवासीको सहमति सेवा र अब्शेर प्लेटफर्ममा आप्रवासीहरूको आश्रित र साथीहरूको दर्ता उनीहरूको सीमा प्रविष्टि नम्बर वा आप्रवासीकाे इकामा संख्याको आधारमा समावेश गर्नेछ।

    यो दर्ता सेवा अन्य गल्फ कोअपरेसन काउन्सिल ( जीसीसी) राज्यबाट आउने यात्री नागरिकहरूको लागि पनि उपलब्ध हुनेछ। आप्रवासीले आफ्नो स्मार्टफोनमा डिजिटल इकामा राख्नको लागि आवास परिचयपत्रको इलेक्ट्रोनिक कार्ड सेवा लिन सक्छन्। साउदी बैंकहरूले भर्खरै तीन-महिना र छ-महिना अवधिका लागि वर्क परमिटहरूसँग जोडिएका इकामाहरू जारी गर्न र नवीकरण गर्नका लागि आफ्नो सरकारी भुक्तानी प्रणाली अद्यावधिक गर्न थालेका छन्।

    भर्खरै अद्यावधिक गरिएको सरकारी भुक्तानी प्रणाली अनुसार, इकामा शुल्क त्रैमासिक वा अर्धवार्षिक आधारमा भुक्तानी गर्न सकिनेछ। यसले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको अब्शेर बिजनेस, मक्विम र किवा को अनलाइन प्लेटफर्महरू मार्फत आवश्यक अवधिको लागि इकामा जारी गर्ने र नवीकरण गर्ने प्रक्रियाहरू पूरा गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

    सरकारी भुक्तानी प्रणालीमा भर्खरै गरिएको परिमार्जन अनुसार बैंकहरूले रोजगारदाताले न्यूनतम तीन महिनाको अवधि वा त्यसको गुणन अबधिको हिसाबले एक वर्षसम्मको लागि श्रम स्वीकृतिको शुल्क स्वीकार गर्नेछन्। इकामा जारी गर्ने र नवीकरण वोर्क प्रमिटसँग जोडिएको छ।

    रोजगारदाताहरूले श्रम स्वीकृति नवीकरणको लागि प्रवासी शुल्क भुक्तानी गर्नुपर्नेछ, जुन प्रति महिना ८०० साउदी रियाल वा एक वर्षमा ९ हजार ६ सय साउदी रियाल हो। आश्रित भएका प्रवासीहरूले प्रत्येक आश्रितको लागि प्रति महिना ४०० साउदी रियाल तिर्नुपर्नेछ।

    नयाँ अब्शेर अफ्रद सेवाहरूमा- राष्ट्रिय परिचयपत्र सेवाको नवीकरण, हराएको परिचयपत्रको सट्टामा इलेक्ट्रोनिक आईडी जारी गर्ने, पालनपोषण परिवार (फोस्टर फेमिली) हरूको लागि राहदानी सेवा, र अब्शेर रिपोर्ट सेवा समावेश गरिएको बताइएको छ। वैदेशिक पोष्ट डटकम बाट

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदीमा काम गर्ने बिदेशी कामदारहरुले अब त्रैमासिक रुपमा आफ्न ईकामा नविकरण गर्नसक्ने

    साउदी अरवको पूर्वी क्षेत्र दमाममा राहदानी नवीकरण तथा वितरण शिविर सम्पन्न ।

  • २७ कार्तिक २०७८, शनिबार २२:३१ मा प्रकाशित

  • नेपाली राजदुतावास तथा गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद साउदी अरबको समन्वयमा आयोजना गरिएको दुई दिने राहदानी नवीकरण तथा वितरण शिविर सम्पन्न भएको छ ।

    साउदी अरवको पूर्वी क्षेत्र दमाम ९१ स्थित अल असेम रेस्ट हाउसमा आयोजना गरिएको उक्त शिविरबाट १३४२ नेपाली श्रमिक प्रत्यक्ष लाभान्वित भएका छन् जसमा ७२५ राहदानी वितरण गरिएको छ भने ६१७
    जनाले राहदानी नवीकरणको लागि आवेदन दिएका छन्।

    उक्त शिविरमा दुतावासको तर्फबाट प्रथम सचिव ऋषि आचार्य , दुतावास प्रतिनिधि सरोज अधिकारी ,हेमन्त शंकर आचार्य,अद्भुल राई तथा दुतावासका पूर्वी क्षेत्र प्रतिनिधि नारायण पासवानको उपस्थिति रहेको थियो । बिहान ८ बजे देखि संचालन भएको शिविर शुक्रबार राति ८:३० बजे सम्म तथा शनिबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म राहदानी वितरण तथा आवेदन संकलन कार्य सम्पन्न भएको थियो।

    गैर आवासीय नेपाली संघ साउदी अरवले शिविरमा तन,मन,धन, लगायत सम्पुर्ण शक्ति परिचालन गरी कार्यक्रमलाई सहज तरिकाले सम्पन्न गर्न भरपूर सहयोग गरेको र आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेशमा अवस्थित कुनै पनि नेपालीलाई राहदानी नविकरण लगायत सरकारी कामकारबाहीको लागि असहज परिस्थितिको सामना गर्न नपरोस भन्ने चाहना रहेको गैरआवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष डम्बर यादवले बताउनुभयो।

    सो कार्यक्रममा गैर आवासीय नेपाली संघको तर्फबाट मध्य-पुर्व सह संयोजक राजेन्द्र अर्याल , एन. आर. एन. ए साउदी अरबका अध्यक्ष डम्मर यादव, लगायत हिक्मत गुरुङ , पदम महत ,पूर्ण सुनार , रविन थूलुग राई , राम दुलाल यादव, प्रमोद मण्डल, बब्लु शाह, शुक्र मोक्तान, देव नारायण चौधरी, राज श्रेष्ठ,सुवास कुमार मण्डल,जीवन लुईटेल, श्याम कुमार महत, जीवन कुमार राम,ढल बहादुर थापा,गणेश अर्याल ओम कुमाल ,ओम घले,खेम गुरुङ तमु , राम बहादुर क्षेत्री, गोपाल बस्नेत,दिपक खाण तथा अनमोल ठकुरी लगायतको उपस्थिति रहेको थियो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरवको पूर्वी क्षेत्र दमाममा राहदानी नवीकरण तथा वितरण शिविर सम्पन्न ।

    अब १० लाख रुपैयाँमै किन्न सकिन्छ ‘डीएफएसके ग्लोरी ५६०’, साढे दुई लाख नगद छुट पनि पाइने !

  • २७ कार्तिक २०७८, शनिबार १०:२४ मा प्रकाशित

  • काठमाडौं । डीएफएसके नेपालले १० लाख रुपैयाँ डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने सुविधा ल्याएको छ ।
    नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले डीएफएसके गाडी खरिदमा उक्त सुविधासहितको योजना ल्याएको हो ।

    कम्पनीले दशैं तिहार लक्षित अफर अन्तर्गत डीएफएसके गाडी किन्दा २ लाख ५० हजारसम्म नगद छुट प्रदान गरिएको जानकारी दिएको छ । यसका साथै एक्सचेञ्जमा ५० हजार बोनस दिने बताएको छ ।

    विशेषगरि कम्पनीले डीएफएसके ग्लोरी ५६० गाडी १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने जनाएको छ ।
    नेपाली बजारमा डीएफएसके ग्लोरी ५६० को ५८ लाख ५० हजार रुपैयाँदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी ५ देखि ७ सिटको भेरियन्टमा उलपब्ध रहेको छ ।

    यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

    यो सबैभन्दा राम्रो ठुलो क्याबिन भएको गाडी हो । आरामदायी सीटहरु भएकोले पनि लामो यात्राका लागि पनि उपयुक्त मानिएको छ ।

    डीएफएसके ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनासिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

    Posted in अर्थLeave a Comment on अब १० लाख रुपैयाँमै किन्न सकिन्छ ‘डीएफएसके ग्लोरी ५६०’, साढे दुई लाख नगद छुट पनि पाइने !

    यूएईमा अवकाशपछि पनि विदेशी श्रमिक बस्न पाउने

  • २६ कार्तिक २०७८, शुक्रबार १२:४२ मा प्रकाशित

  • काठमाण्डौ – यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ ।

    यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रीपरिषद्ले मंगलबार पास गरेको हो ।

    यो स्किम अन्तर्गत अवकाशपछि पनि विदेशी नागरिकले चाहेमा यूएईमै रहन सक्छन् । तर रिटार्यडमेन्ट भिसा लिनका लागि यूएई सरकारले तोकेका मापदण्ड भने पूरा गर्नपर्छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on यूएईमा अवकाशपछि पनि विदेशी श्रमिक बस्न पाउने

    खोप प्रमाणीकरणको जिम्मा अब पालिकालाई

  • २६ कार्तिक २०७८, शुक्रबार १२:१३ मा प्रकाशित

  • काठमाण्डाै – क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ ।
    स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन ।
    विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ ।

    सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भयो भने आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखा अन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाका अनुसार हरेक नागरिकले सहज रुपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन भनेर पालिकाको स्वास्थ्य शाखालाई जिम्मेवारी दिइएको छ ।

    विदेश जानेहरुलाई क्यूआर कोडसहितको खोप प्रमाण पत्र र पीसीआरको रिपोर्ट अनिवार्य गरिएको छ । अनलाइनमा फारम भर्दा पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो, खोप कार्डको फोटो र कबुलियत नामा अनिवार्य पेस गर्नुपर्छ ।

    फारम भरिसकेपछि २४ घण्टाभित्रमा आवेदन प्रक्रियामा जाने झाले जानकारी दिनु भयो । अनलाइनबाटै खोप प्रमाणीकरणको प्रमाण पत्र लिन सकिने र यसको लागि कहीँ जान नपर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on खोप प्रमाणीकरणको जिम्मा अब पालिकालाई

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P