• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

  • २६ कार्तिक २०७८, शुक्रबार १२:०७ मा प्रकाशित

  • काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ ।

    वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ ।

    बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ ।

    अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् या भौतिक रूपमा नै उपस्थित भएर लिँदा होस् अनिवार्य रूपमा अनलाइनमार्फत टोकन अर्थात् समय लिन पर्छ । यदि भौतिक रूपमा नै श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।

    यस्तो टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिन्छ । टोकनमा तोकिएको मितिमा कार्यालयमा उपस्थित भई पुनः श्रम स्वीकृति लिन सकिन्छ । अनलाइनमार्फत हो भने टोकनको समयदेखि ३ देखि ४ दिन लाग्ने विभागले जनाएको छ ।

    यदि बिदामा नेपाल आउनुभएको छ भने टिकट काट्नुअघि आफ्नो श्रम अनिवार्य रूपमा जाँच गर्नुपर्छ । विदेश उड्ने मितिले ९० दिनको श्रम अवधि नभएमा वैदेशिक रोजगारीमा जान पाइँदैन ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

    लुम्बिनीको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने

  • २४ कार्तिक २०७८, बुधबार १०:५४ मा प्रकाशित
  • बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ। लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले जानकारी दिए।

    प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको हो । प्रदेशसभाको भवन लुम्बिनी प्रदेशको ऐतिहासिकता झल्किने गरी आधुनिक शैलीमा निर्माण भैरहेको छ । ५ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखी झ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरु समावेश गर्ने गरी काम भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

    भवन निर्माणका लागि अहिले रातिमा समेत कामदार खटिएका छन् । भवन निर्माणका लागि २४ वैशाख २०७७ मा ठेक्का सम्झौता गरी निर्माणकाे काम सुरु भएकाे थियाे । ठेक्का सम्झौता अनुसार २०७८ साउनभित्रै भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ ।

    तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो । सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ ।

    प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको छ । वर्षे अधिवेशन सकिने र आगामी हिउँदै अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । हाल प्रदेशको अस्थायी मुकाम बुटवलमा भाडाकाे घरमा प्रदेशसभा सञ्चालन भैरहेको छ । देउखुरीमा राप्ती प्राविधिक शिक्षालयको जग्गामा प्रदेशसभाको भवन निर्माण भैरहेको हो ।

    प्रदेशसभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फिटमा तयार हुनेछन् । प्रदेशसभाको सभाहल भने ७ हजार स्क्वायर फुटमा तयार भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

    Posted in अर्थLeave a Comment on लुम्बिनीको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने

    ट्याक्सीको मनपरी रोक्न विमानस्थलमा नि:शुल्क माइक्रो सञ्‍चालन गरिँदै

  • २३ कार्तिक २०७८, मंगलवार १३:१० मा प्रकाशित
  • आन्तरिक उडान गर्ने यात्रुहरूलाई काठमाडौं विमानस्थलमा ट्याक्सी चालकको मनपरी भाडा लिने प्रवृत्तिलाई निरुत्साही गर्न आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म नि:शुल्क यातायात सेवा सुरु हुने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोला प्रसाद गुरागाईँले ट्याक्सी चढ्न नसक्ने र निजी गाडी नभएका यात्रुहरूका लागि तत्काल दुई वटा हायस (माइत्रोबस) बाट सेवा सुरु गर्न लागिएको बताए ।

    उनले सोमबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई आन्तरिक टर्मिनलदेखि रिङरोडसँग जोडिएको गोल्डेन गेटसम्म लोकेशन देखाउने काम सकिएको बताउँदै केही दिनभित्रै निशुल्क सेवा सुरु हुने बताए । ‘दुई स्थानमा सेड बनाउने बित्तिकै यात्रुहरूलाई निःशुल्क यातायात सेवा सुरु गरिहाल्ने छौं,’ महाप्रवन्धक गुरागाईँले भने ।

    सामान्य आय भएका तथा बस चढ्ने यात्रुहरूलाई यो सेवाले राहत पुग्ने विमानस्थलले जनाएको छ । आन्तरिक टर्मिनलसम्म जाने र फर्किने यात्रुहरूले लामो सडकमा लगेज गुडाउँदै घाम पानीमा हिँड्नुपर्ने बाध्यता हटाउन पर्यटनमन्त्री आलेले निर्देशन दिएपछि विमानस्थलमा भएका तीनमध्ये दुई वटा हायस गाडीबाट यात्रुलाई निशुल्क सेवा दिन लगाइएको हो ।

    आन्तरिक उडानमा हरेक यात्रुले टिकटमा २ सय रुपैयाँ छुट्टै विमानस्थल सेवा शुल्क तिरेको हुनाले गाडीको व्यवस्था दिनुपर्ने भन्दै मन्त्री आलेले प्राधिकरणलाई यो सेवा सुचारु गर्न निर्देशन दिएका थिए ।

    ‘विमानस्थलले निशुल्क चलाउने माइक्रोबस चढेर आन्तरिक यात्रु गोल्डेन गेटबाट भित्र पनि जान पाउने छन् । पर्यटनमन्त्री प्रोएक्टभी हुनुहुँदोरहेछ, नयाँ नयाँ आइडी ल्याउनु हुनेरेछ,’ गुरागाईँले भने, ‘यो सेवापछि अन्तर्राष्ट्रिय टर्मिनलदेखि आन्तरिक टर्मिनलमा लगेज घिसार्दै जानुपर्ने बाध्यता पनि अन्त्य गर्दैछौं ।’

    आन्तरिक टर्मिनलमा रहेको टयाक्सीमध्ये अधिकांश मिटरमा जान मान्दैनन् । विमानस्थलले ट्याक्सीको ठगी अन्त्य गर्न त्यहाँभित्र साझा यातायातलाई पनि अनुमति दिएको छ । तर प्रयाप्त बस नभएका कारण यात्रु ट्याक्सीमा ठगिन वा लगेज घिर्सार्दै रिङरोडसम्म घामपानीमा हिँड्न बाध्य छन् ।

    Posted in अर्थLeave a Comment on ट्याक्सीको मनपरी रोक्न विमानस्थलमा नि:शुल्क माइक्रो सञ्‍चालन गरिँदै

    विक्री हुने मोडल, यस्ता छन् कारण

  • २२ कार्तिक २०७८, सोमबार २१:५९ मा प्रकाशित
  • काठमाडौं । मारुती सुजुकीको सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजा सन् २०२१ को १० महिनामा सर्वाधिक विक्री हुने मोडल बनेको छ । कम्पनीले जनवरीदेखि अक्टोबरसम्म १ हजार ३६३ यूनिट ब्रेजा आयात गरेर विक्री गरेको हो ।

    कम्पनीले दशैंको सुरुवाती दिनमा ब्रेजाको सप्लाईमा समस्या नहुने बताएको थियो । तर, ग्राहकको आकर्षण बढेसँगै गाडीको डेलिभरी दिन नसक्ने अवस्था सृजना भयो । त्यसपछि ग्राहकसँग बुकिङ लिएर बसेको सिजी मोटोकर्पले जनाएको छ ।

    मारुती सुजुकी भिटारा ब्रेजाको विक्री बढ्नुमा मुख्य कारण यसको इन्जिन हो । कम्पनीले सन् २०१६ मा यसलाई पहिलो पटक बजारमा ल्याउँदा १.३ लिटर डिजेल इन्जिनमा मात्रै ल्याएको थियो । तर, फेसलिफ्ट मोडलमा पुरानो इन्जिनलाई हटाएर १.५ लिटर पेट्रोल इन्जिन दिएपछि यसको विक्रीमा उछाल आएको हो ।

    कम्पनीले यसमा दिएको १४६२ सीसी क्षमताको ‘के १५ बी’ पेट्रोल इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

    माइलेको कारण पनि ब्रेजा सफल मोडल बनेको हो । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

    धेरै विक्री हुनुको अर्को कारण परम्परागत डिजाइनमा तयार भएर पनि बक्सी लुक्स यो एसयूभीको सबल पक्ष हो । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।

    Posted in अर्थLeave a Comment on विक्री हुने मोडल, यस्ता छन् कारण

    चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री शर्मा

  • १९ कार्तिक २०७८, शुक्रबार १४:५० मा प्रकाशित
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।

    विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताए ।

    उनले भने, “चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।” अर्थमन्त्री शर्माले काठमाडौंको सवारी चापलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहलसमेत गर्ने बताए ।

    उनले गरीब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वतको सुरुआत गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे । “११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ”, उनले भने, “शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न म सबैलाई आग्रह छु ।”

    शङ्खधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूती घोषणा गरिएको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।

    Posted in अर्थLeave a Comment on चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री शर्मा

    गाैतम बुद्ध विमानस्थलमा अब ५ महिनाभित्र अन्तर्राष्ट्रिय उडान हुन्छ : महानिर्देशक क्षेत्री

  • १७ कार्तिक २०७८, बुधबार १७:४६ मा प्रकाशित
  • काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ । 

    आज बुधवारकाे कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेको बताउँदै अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको हो । उहाँले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

    महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, पालिकासँग समन्वय गर्न नसक्नु, कोभिड–१९ का कारणले ढिला भएको बताउनुभयो । उहाँले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताउनुभयो ।

    महानिर्देशक क्षेत्रीले भन्नुभयो, ‘गौतम बुद्ध विमानस्थलको प्राविधिक स्थितिकाे सबै प्रक्रिया पूरा गरिसकेका छौँ । अबको एक महिनाभित्र हामीले परीक्षण उडान गर्नेछाैँ । त्यसपछि जति नै ढिला गरे पनि अबकाे पाँच महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ । 

    महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भाैतिक पूर्वाधारकाे ८० प्रतिशत सकिएको बताउनुभयो । 

    उहाँले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्यान्डफिल बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताउनुभयो ।

    महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (ईयू) ले नेपालको एअरलाइन्सलाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाउने बताउनुभयो । महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क दुई हजारबाट एक हजार दुई सय रुपैयाँमा झारेको बताउनुभयो ।

    महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरे पनि काम नरोकिएको बताउनुभयो । ‘केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुरु भइसकेको छ, केही ढिला मात्रै भएको हो’, उहाँले भन्नुभयाे । 

    पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने उहाँले बताउनुभयो । उहाँले निजगढ विमानस्थलको काम पनि सुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताउनुभयो । महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भए पनि यो सम्भव नभएको बताउनुभयो ।  

    Posted in अर्थLeave a Comment on गाैतम बुद्ध विमानस्थलमा अब ५ महिनाभित्र अन्तर्राष्ट्रिय उडान हुन्छ : महानिर्देशक क्षेत्री

    प्रबासी नेपाली समन्वय समिति द्वारा पुर्बि क्षेत्रमा हेल्प डेस्क सन्चालन गर्ने ।

  • १६ कार्तिक २०७८, मंगलवार ०१:११ मा प्रकाशित

  • प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले यहि आउँदो बिहीबार ४ र ५ नोभेम्बरमा साउदी अरबको पूर्वी क्षेत्र जुबेल र खोबरमा गरी दुई दिन हेल्पडेस्क सञ्चालन गर्ने भएको छ ।

    प्रवासी नेपाली समन्वय समिति साउदी अरबका बाह्य सम्पर्क संयोजक देब नारायण चौधरीले जानकारी गराउनुभए अनुसार प्रवासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई दिदीबैनीहरुको समस्यालाइ न्यूनीकरण गर्ने हेतु यो हेल्पडेस्क संचालन गर्न लागेको उहाँले बताउनुभयो।

    उहाँका अनुसार ४ नोभेम्बर बिहीबारका दिन जूबैल स्थित एभरेस्ट होटेल र ५ नोभेम्बर शुक्रबारका दिन खोबर स्थित कब्बानी क्यामको हलमा गरि पुर्बि क्षेत्रमा २ दिन हेल्प डेस्क संचालन गर्ने कार्यक्रम रहेको छ । साउदी अरबको जुबेल दमाम र अलखोबर क्षेत्र आसपासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र प्रबासी नेपाली समन्वय समिति को बीचमा त्यहाँस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु लगायत स्वास्थ स्थिति बारेमाा हेल्प डेस्क सञ्चालन गरिने भएको उहाँले जानकारी गराउनुभयो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on प्रबासी नेपाली समन्वय समिति द्वारा पुर्बि क्षेत्रमा हेल्प डेस्क सन्चालन गर्ने ।

    पिएनसीसी द्वारा श्रम स्वीकृति सम्बन्धि जानकारीमूलक कार्यक्रम सम्पन्न !

  • १५ कार्तिक २०७८, सोमबार १८:०४ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१ अक्टोबरका दिन जुम माध्यमबाट सम्पन्न भएको हो ।

    कार्यक्रमको पहिलो चरणको कार्यक्रमका प्रमुख परामर्शदाता नरेन्द्र न्यौपानेले नेपाल सरकार तथा वैदेशिक रोजगार बोर्डको ऐन र निर्देशिकामा उल्लेखित श्रम स्वीकृति सम्बन्धि ब्यवस्थाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।दोस्रो चरणको कार्यक्रम अन्तरकृया कार्यक्रमका अर्का परामर्शदाता बिकाश श्रेष्ठले सहभागीहरुको जिज्ञासा तथा प्रश्नको जवाफ दिनुभएको थियो।

    श्रम स्वीकृति गरेका ब्यक्तिको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट मृतकको परिवारलाई ७ लाख साथै बिमा कम्पनीबाट करिब १३ लाख राहत रकम गरि करिब २१ लाख पाउने ब्यवस्था रहेको छ । साथै २ छोराछोरीलाई १२ कक्षा सम्मको शैक्षिक खर्च प्रदान हुनेछ । यदि अंगभंग भएमा मेडिकल रिपोर्ट अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले निर्णय गरि राहत प्रदान गर्दछ ।

    तर केही ब्यक्तिहरुलाई यी राहतहरु कसरी प्राप्त गर्ने भन्ने प्रक्रिया थाहा नभएकोले राहत प्राप्त गर्नबाट बन्चित भएको पनि छ साथै केही ब्यक्तिहरुको राहत परिवार बाहेकका ब्यक्तिहरुले दुरुपयोग गरेको प्रमाण पनि फेला परेको छ । यश कारण श्रम स्वीकृति गर्दा आफ्नै घर परिवारको थायी मोबाई नम्बर र इमेल प्रयोग गर्न कार्यक्रममा बिकाश श्रेष्ठले आग्रह गर्नुभयो ।

    तेस्तै सहभागीहरुको प्रश्नको उत्तर दिदै अहिले श्रम स्वीकृति गर्न अनलाईबाटै गर्न सकिने भएको छ । जसकालागि femis.dofa.gov.np लगिङ गरि नेपालको मोबाईल पे-एप ई-सेवा, खल्ति लगायतबाट दस्तुर तिर्न सकिनेछ । श्रम स्वीकृतिको दस्तुर वैदेशिक रोजगार बोर्डमा रु १,५०० र बिमा कम्पनीमा उमेर अनुसार शुल्क बुझाउनु पर्ने साथै श्रम स्वीकृतिको अबधि अधिकांश देशहरुको २ बर्षको रहने बिकाश श्रेष्ठले जानकारी गराउनुभयो ।

    कार्यक्रमको सहजिकरण पहिलो चरणमा पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले गर्नुभएको थियो भने दोस्रो मलेसिया बाट पत्रकार ईश्वर राईले सहजिकरण गर्नुभएको थियो । मलेसिया, साउदी, दुबई, कतार लगायतका देशहरूबाट उल्लेखनीय सहभागी रहेको थिए । कार्यक्रमको मलेसिया बाट हिमाल टाईम्स र साउदी अरबबाट हिमालयन दृष्टि लगायत पि. एन. सि. सि. को फेसबुक पेजबाट सीधा प्रसारण गरिएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on पिएनसीसी द्वारा श्रम स्वीकृति सम्बन्धि जानकारीमूलक कार्यक्रम सम्पन्न !

    अर्थतन्त्रको तीव्र पुनरूत्थानले बैंकिङ तरलतामा चाप : गभर्नर

  • १५ कार्तिक २०७८, सोमबार १४:३९ मा प्रकाशित

  • काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि अर्थतन्त्रमा भएको पुनरुत्थानको तीब्र गतिका कारण चालू आवमा तरलता अभाव भएको बताएका छन् ।

    ‘अपेक्षाभन्दा निकै राम्रो गतिमा पुनरुत्थान भयो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको गहिरिँदो तरलता अभाव : कारण र समाधान विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले भने, ‘तर यसको चाप तरलतामा प्रत्यक्ष रुपमा परेको हो ।’

    सरकार र नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा लिएका पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको उनले बताए । यसमा निजी क्षेत्रको उत्साह, नेपाल राष्ट्र बैंक र सरकारको प्रयासले अर्थतन्त्र रिकोभरी छिटो हुन सम्भव भएको बताए । यही उत्साहका बीचमा बैंक तथा वित्तीय संस्था गम्भीर हुन नसकेको परिणाम अहिले देखिएको उनले बताए । बैंक तथा बित्तीय संस्थाले हाड हेरेर घाँटी निल्नु पर्ने भनाइमा गम्भीर नभएका कारण अहिले समस्या देखियको उनले बताए ।

    यद्यपि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तिन भने हुनु नपर्ने उनको भनाइ छ । ‘अब कर्जा नै नपाइने हो कि भन्ने चिन्ता भने गर्नु पर्दैन,’ उनले भने,’ यत्ती हो, वास्तविक लगानीकर्ताले ढिलो चाँडो कर्जा पाउँछन् ।’ बैंकमा आएको चेक बाउन्स नहुने र त्यो अभाव हुन पनि नदिने उनले बताए । राजनीति परिवर्तनका कारण समेत तरलता सम्स्या आएको उनको भनाइ छ ।

    उनका अनुसार साउन यता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो बीचमा निक्षेप सङ्कलन भने १ खर्ब समेत नपुगेको उनले जानकारी दिए । सोही कारण तरलताको समस्या देखियको हो । यो वर्ष गएको ऋण मध्ये ५० प्रतिशत वस्तु आयातका लागि गएको भन्दै स्वदेशमै लगानी हुन सकेको भए कुनै न कुनै माध्यमबाट तरलता व्यवस्थापन हुन सक्ने उनले बताए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सेखर गोल्छाले यो वर्ष सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण तरलताको अभाव बढेको बताए । सरकारी ट्रेजरीमा सात खर्ब रकम अड्किएको उनले बताए । तरलता अभावले ४५ लाख शेयर लगानीकर्ता समेत प्रभावित हुने उनले बताए । उनले आयातमा कडाइ गर्ने भन्दा निर्यात बढाउने र पर्यटक बढाउन तर्फ सरकारले बढी ध्यान दिनु पर्ने आग्रह गरे ।

    नेपाल बैंकर्ष संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले घाँटी हेरेर हाड निल्न नसकेकै कारण अहिलेको अवस्था आएको स्वीकार गरे ।

    Posted in अर्थLeave a Comment on अर्थतन्त्रको तीव्र पुनरूत्थानले बैंकिङ तरलतामा चाप : गभर्नर

    इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

  • १३ कार्तिक २०७८, शनिबार १८:१९ मा प्रकाशित
  • ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    मूल्यवृद्धिका कारण नेपाली जनजीवनलाई कठिन बनाएको ती संगठनको ठहर छ। ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’

    आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रही केबल अन्तर्रास्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति विद्यार्थी संगठनहरुले कडा आपत्ति जनाएका छन्।

    मुलुकका ८० लाख विद्यार्थीहरुको प्रतिनिधि संगठनहरुको आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ।

    Posted in अर्थLeave a Comment on इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P