साउदीअरबको पूर्विय प्रान्त दम्मामको अल फैसलिहा स्थित एक दिने श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहजीकरण र नेपाली दूतावास रियादको आयोजनामा २४ डिसेम्बर २०२१ शुक्रवारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेलको नेतृत्वमा द्वितीय सचिव टिकाराम उपाध्याय सहितको टोलीले मुख्यतः धेरै नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको प्रतिनिधि श्रमिकहरूलाई साउदीअरबको कानुनबारे जानकारी गराउँदै सचेत र सजग रहन सुझाएका छन्। केही सामान्य बेवास्ता तथा लापार्वाहीका कारण विभिन्न जटिल समस्याहरूको उदाहरणहरू दिँदै केही लाभको लागी कुनै पनि लापार्वाही नगर्न आग्रह गरेका छन् भने कुनै पनि समस्या वा उजुरी रहेमा नेपाली दूतावासलाई पत्राचार/ई-मेल मार्फत लिखित निवेदन पठाउन दूतासको तर्फ बाट आग्रह गरेका छन्।
दूई सय भन्दा बढी प्रतिनिधि श्रमिकको उपस्थिति रहेको उक्त कार्यक्रममा सहजीकरणको लागी एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज थापा, एनआरएनए साउदीका अध्यक्ष लगायतका राष्ट्रीय, क्षेत्रिय र स्थानिय तहका पदाधिकारीहरू संगै विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उस्थिती रहेको थियो।
काठमाण्डाै – बङ्गलादेशमा फेरीमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । त्यहाँको झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि फेरीमा आगलागी भएको हो ।
स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर केही घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने फसेकाहरुको उद्धार भइरहेको छ । फेरीमा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन ।
स्थानीय पत्रकारका अनुसार ज्यान जोगाउन केही यात्रु फेरीबाट नदीमा हाम फालेका थिए । फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको आशङ्का गरिएको छ।
भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ।
सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो।
जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ। त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ।
तेस्रो मुलुकका नागरिक भित्रिए/नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ।सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
नेपाल–भारतसँग जोडिएका सबै झोलुङ्गे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे/नलागेको सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
नेपाल–भारत जोड्ने निर्माणाधीन बाकुस्थित झोलुङ्गे पुल निर्माणलाई चाँडो सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा बैठकमा छलफल भएको छ।
सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार, शङ्कास्पद सूचना आदान–प्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ।
सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा अपराध नियन्त्रणका लागि पेट्रोल गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको छ।
दोहोरो नागरिकता लिएर बसेका नागरिकमाथि निगरानी गरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति बनेको सुरक्षा अधिकारीले जनाएका छन्।
सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोष्टका प्रमुखको सहभागिता थियो।
भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कुँवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो।
पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो ।
विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।
विस्फोटबाट भवनमा आंशिक रूपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्धार कार्य तीव्र पारिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही विस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
१८ डिसेम्बर २०२१ ! साउदी अरब । नेपाल म्याग्दी घर भइ २३ महिना देखि साउदी अरबको अल कासिम क्षेत्रमा पर्ने अल रासमा रहेको साले फाले अल रसिदि कम्पनिमा कार्यरत कमल घर्ती र सत्रुधन महतो ७ महिना देखि कम्पनी बन्द हुँदा पनि इकमा नभएका कारण आफ्नो जन्म भुमि नेपाल फर्किन नसक्दा एनआरएनए आरसिसि अल कासिमको सहयोगमा आज नेपाल फर्किन सफल भएका छन् ।
साउदीमा रहेका एजेन्ट दिपक थापाको माध्यमबाट फाइजल इन्टरनेसनल मेनपावर हुँदै आएका घर्ती र महत्त्व ले तीन महिना देखि आफुले पाउनु पर्ने तलब पनि नपाएको, बिना लाइसेन्स पानी बोक्ने गाडी चलाउदै गरेको, घर जानलाइ सहयोगको लागि साउदीमा रहेका एजेन्ट थापालाई बारम्बार भन्दा एक महिना पहिले रियाद बोलाएर दूतावास बाट साउदिको अध्यागमन बिभागलाइ इक्सिट भिसा प्रक्रियाको लागि आउट पास बनाएर दिलाएका तर त्यसपछि कुनै सहयोग नगरेका बताएका थिए ।
तर उक्त पेपर पाएपनी अध्यागमन बाट समयमा इक्सिट भिसा नलागेको र आफुहरुलाइ खानको समस्या हुँदा आफुले साउदीका एजेन्ट थापालाइ बारम्बार अनुरोध गर्दा समेत सहयोग गर्न नसक्ने र जे गर्छौ गर, जहाँ जान्छ जा भन्ने जस्ता धम्कि दिएपछी दूतावास रियादलाइ खबर गर्दा दूतावासबाट पनि आफुले सहयोग नपाएको बताउदै एनआरएनए आरसिसि अल कासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।
उहाँको अनुरोध आए लगत्तै एनआरएनए साउदी अरबको सहयोगमा आरसिसी अल कासिमका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी तथा समाजसेवी धर्मेन्द्र कार्किले एक महिनाको लागि खाद्यान्न सामान प्रदान गर्नुको साथै उहाँ लगायत संरक्षक बिशाल कुमार श्रेष्ठ तथा आरसिसि टिम द्वारा अलरासको अध्यागमन बिभागमा बारम्बार गएर उहाँको इक्सिट भिसा लगाउन सफल भएका थिए । सत्रुधन महत्त्व भने सबै प्रक्रिया पूरा गरि पछिल्लो हप्ता ९ डिसेम्बर २०२१ का दिननै नेपाल फर्की सकेका छन् ।
कमल घर्तीको सबै फाइनल इक्जिट प्रक्रिया पूरा भएपनि कम्पनी तथा एजेन्टले टिकट उपलब्ध नगराउँदा आरसिसी अल कासिमका अध्यक्ष रम्जान दिन मियाँले एनआरएनए साउदी अरबका अध्यक्ष डम्बर यादव सित समन्वय गरि पिसिआर गर्न र हवाई टिकट सहयोगका लागी गरिएको अनुरोधमा एनआरएनए साउदी अरबले पीडित घर्तीलाई अल कासिम बाट काठमाडौ जाने हवाई टिकट उपलब्ध गरे सँगै पीडित कमल घर्ती आज नेपाल फर्किन सफल भएका छन् ।
२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर विष्फोटको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक प्रत्यक्षदर्शीले घटनास्थललाई नर्कको संज्ञा दिएको बीबीसीले जनाएको छ ।
१० डिसेम्बर २०२१, साउदी अरब ! करिब डेड महिना अगाडी नेपालको माउन्टेज मेन पावर बाट सास इन्टरनेसनल कम्पनीमा आउनु भएका १० जना नेपालीहरु बिचलित भएर शिघ्र उद्दारका लागि अनुरोध गरेका छन् ।
सामाजिक संजाल “साउदी अरेबिया हामी नेपाली” भन्ने फेसबुक पेजमा पेजका एडमिन रवि सापकोटा द्वारा सेयर गरि सहयोगको लागि गरिएको अनुरोध लाई उदृत गर्दै उक्त पेजका अर्का एड्मिन तथा एनआरएनए आरसिसिका अध्यक्ष रम्जान दिन मियाँले पीडितहरु सित समन्वय गरि एनआरएनए राष्ट्रिय समितिका अध्यक्ष डम्बर यादव लाई सहयोगको लागि अनुरोध गरेका छन् ।
अहिले रियाद ३४ नम्बर मा बस्दै आएका १० जना नेपालीहरुलाइ नेपाल बाट आउँदा १०००+३०० को एग्रीमेन्ट गराएता पनि यहाँ साउदी आए पछि जम्मा ४०० मा एग्रीमेन्ट गराएको एक पिडित वीर बहादुरले जानकारी गराएका छन् । अहिले बिना काम रुममा बसाएको तर , खानको लागि अत्यन्तै समस्या रहेको केही दिन रियादका यम तमुले खानको ब्यबस्था गर्नु भएको पीडितले बताएका छन् ! केहि दिन त पानी मात्रै पिएर बसेको र धेरै कराए कराएपछी २०-२२ दिनमा १०० रियाल दिएको र त्यतिले केही गुजारा नहुने जानकारी गराउदै उहाँहरुको शिघ्र उद्दारका लागि एनआरएनए साउदी तथा नेपाली दूतावास रियाद लाई विनम्र अनुरोध गरेका छन् ।
उहाँहरुको खानको समस्या तत्काल समाधानका लागि एनआरएनए साउदीले गराउने र स्यालरिको समस्या समाधान लाइ दूतावास सँग समन्वय गरेर छिटोभन्दा छिटो समाधान गराउन पहल गर्ने एनआरएनए साउदिका अध्यक्ष डम्बर यादवले जानकारी दिए ।
उक्त कम्पनीमा पहिले देखिनै स्यालरी नपाउने तथा समयमा घर जान नपाउने समस्याले पिडित बनिरहेका अन्य श्रमिकहरुले पनि समस्या समाधानका लागी एनआरएनए साउदी तथा दूतावास मा निवेदन दिएका र केहिको समस्या समाधान भएर नेपाल फर्किएका र केहिको अझै समाधान को प्रक्रियामा रहेको कुरा पनि यादवले जानकारी गराए ।
दूतावासले उक्त कम्पनीको भिसा उपलब्ध गराउन रोक लगाउनु पर्ने र यसका लागि दूतावासलाइ अनुरोध गर्ने अध्यक्ष यादव ले बताए ।
नेपाली श्रमिकले पाए प्रतिव्यक्ति १ लाख २० हजारसम्म, आप्रवासी श्रमिकमध्ये नेपाली मात्रै १९ प्रतिशत
कतारले २०२२ को विश्वकप फुटबल प्रतियोगिता हुने ८ वटा रंगशाला निर्माणमा संलग्न नेपालीसहित विदेशी श्रमिकलाई ८ करोड १२ लाख कतारी रियाल (करिब २ अर्ब ६० करोड रुपैयाँ) शोधभर्ना गरेको छ ।
रंगशाला बनाउन कतार जाँदा म्यानपावर कम्पनी र एजेन्टलाई तिरेको रकमबापतको खर्च श्रमिकलाई कतारले फिर्ता गरिदिएको हो । रंगशाला निर्माणको अनुगमन गर्ने सर्वोच्च निकाय सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले श्रमिकको भनाइकै आधारमा रकम फिर्ता गरेको जनाएको छ । आगामी वर्षको नोभेम्बर–डिसेम्बरमा कतारमा विश्वकप फुटबलको २२ औं संस्करण हुँदै छ ।
सुप्रिम कमिटीका अनुसार ८ वटै रंगशाला निर्माणमा ६९ देशका ४९ हजार श्रमिक खटिएका थिए । सर्वोच्च निकायसमक्ष रंगशाला बनाउन श्रमिक ल्याउने २ सय ६९ कम्पनीले ४९ हजार श्रमिकलाई १० करोड ३ लाख रियाल भुक्तानी गर्ने प्रतिबद्धता गरेका छन् । जसमध्ये ८ करोड १२ लाख रियाल सम्बन्धित श्रमिकलाई फिर्ता भइसकेको छ । तर, शुल्क फिर्ता पाउने कुल श्रमिकको संख्या भने खुलाइएको छैन । सर्वोच्च निकायले तीन वर्षअघि नै रकम फिर्ता गर्ने नीति लिएको थियो ।
रंगशाला बनाउनकै लागि कम्पनीहरूले ३० हजारभन्दा बढी श्रमिक स्रोत देशबाट लगेका थिए । बाँकी १९ हजार जना श्रमिक भने कतारमै उपलब्ध थिए । उनीहरू अन्य आयोजनाका लागि कतार गएका थिए । रंगशाला बनाउने आप्रवासी श्रमिकमध्ये नेपाली १९ प्रतिशत मात्रै रहेको सर्वोच्च निकायले जनाएको छ । सबैभन्दा बढी भारतीय (४२ प्रतिशत) र दोस्रोमा बंगलादेशी (२४ प्रतिशत) थिए । कतारको समग्र निर्माण क्षेत्रमा मात्रै १० लाख ६८ हजार श्रमिक संलग्न छन् ।
भर्ना शुल्क फिर्तासम्बन्धी हरेक वर्ष स्वतन्त्र रूपमा वार्षिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट लिमिटेड’ को २०२१ को प्रतिवेदनअनुसार नेपाली श्रमिकले १ हजार ४१ डलर (करिब १ लाख २३ हजार रुपैयाँ) सम्म पाएका छन् । सबैभन्दा बढी रकम तिर्ने बंगालीहरूले ३ हजार डलर (३ लाख ५७ हजार रुपैयाँ) सम्म पाएका छन् । यो रकम प्रत्येक महिनाको तलबमा १२ देखि ३२ महिनाभित्र भुक्तानी गरिएको जनाइएको छ । नेपाली श्रमिकहरूले १ लाख २० हजार रुपैयाँसम्म फिर्ता पाएको इम्प्याक्टको प्रतिवेदनमा उल्लेख छ । यद्यपि रंगशाला निर्माणमा खटिएका कति नेपाली श्रमिकहरूले रकम फिर्ता पाए भन्ने प्रतिवेदनले खुलाएको छैन ।
कतिपय नेपाली श्रमिकसमेत भर्ना शुल्क फिर्ता पाउनबाट वञ्चित रहेको देखिन्छ । एक साताअगाडि स्वदेश फर्किएका खोटाङका ठगेन्द्र अधिकारीले म्यानपावर कम्पनीलाई भुक्तानी गरेको रकम अझै नपाएको बताए । ‘मैले लुसेल रंगशालामा ३३ महिना काम गरेँ । त्यहाँ एकपटक कति पैसा तिरेको छ भनेर सोध्न आएको थियो । मैले सोसल म्यानपावरलाई १ लाख २० हजार रुपैयाँ बुझाएर गएको थियो,’ उनले भने, ‘यो रकम पाइनँ । उल्टो नेपाल फिर्ने बेला एचबीके कम्पनीले १८ सय रियाल (करिब ५७ हजार रुपैयाँ) काट्यो ।’
सर्वोच्च निकायले भने काम सम्पन्न भइसकेपछि भने श्रमिकलाई भर्ना शुल्क तिर्नुपर्ने जनाएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रकम फिर्ता नगर्ने कम्पनीमाथि कारबाही गर्ने जनाएको छ । रंगशाला निर्माणमा संलग्न श्रमिकले कहिल्यै तलबको समस्या नव्यहोरेको प्रतिवेदनमा उल्लेख छ । ‘म चार वर्षअघि नै कतार आएको हो । योभन्दा अगाडि दुबई र मलेसियामा काम गर्थें । मैले अल थुममा रंगशालामा काम गर्न पाएँ । काम गर्दा सुरक्षामा उच्च सतर्कता अपनाइएको थियो,’ खोटाङका नरेन्द्र राईले कान्तिपुरसँग भने, ‘खाना र बसोबास राम्रो थियो, प्रत्येक महिना समयमै तलब आउँथ्यो । महिनामा २२० घण्टा मात्रै काम गर्न पाइन्थ्यो ।’
कतारले गत मार्चबाट न्यूनतम तलब तोकिदिएपछि रंगशालामा कार्यरत श्रमिकको करारपत्र पनि परिमार्जन गरिएको इम्प्याक्टको प्रतिवेदनमा उल्लेख छ । कतारले खाडीमा पहिलो पटक न्यूनतम तलब १ हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ रियाल गरी १८ सय रियाल दिनुपर्ने नियमलाई कार्यान्वयनमा ल्याएको हो । खाना र आवासको सुविधा दिएको खण्डमा भने ८ सय रियाल श्रमिकलाई तिर्नुपर्दैन ।
यो खबर आजको कान्तिपुर डट कमको अनलाईन संस्करणमा छापिएको छ।
युएईले १जनवरी, २०२२ देखि लागू हुने गरी हप्ताको साढे चार दिनको काम गर्ने घोषणा गरेको छ। समाचार एजेन्सी वाम डब्लु.एम.ए ले जनाए अनुसार यो कदम संघीय सरकारी निकायहरूमा लागू हुने र सोमबारदेखि बिहीबारको नयाँ काम गर्ने घण्टा अब बिहान ७:३० देखि बेलुका ३:३० बजे सम्म हुनेछ। भने शुक्रबार काम गर्ने समय बिहान ७:३० देखि अपराह्न १२:०० बजे सम्म मात्र हुनेछ।