• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

नेपाल आएका साउदी विदेशमन्त्री फैजलले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै

  • १ चैत्र २०७८, मंगलवार ०९:२९ मा प्रकाशित

  • नेपालको औपचारिक भ्रमणका लागि सोमबार साँझ काठमाडौं आइपुगेका साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदले आज (मंगलबार) उच्चस्तरीय भेटवार्ता सुरु गर्दै छन्।

    साउदीका राजकुमारसमेत रहेका फैजलले आज राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

    भ्रमणमा नेपाल र साउदीबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुँदैछ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on नेपाल आएका साउदी विदेशमन्त्री फैजलले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै

    साउदीको अल कासिममा मृगौला रोगले छट्पटीरहेका गोरखाका बराम स्वदेश फर्किए ।

  • १ चैत्र २०७८, मंगलवार ०१:१४ मा प्रकाशित
  • समर्पण रम्जान

    १४ मार्च २०२२, साउदी अरब! गोरखा आरुघाट गा:पा:४ बुधेगरा घर भएका वैदेशिक रोजगारीको सिलसिलामा तिन महीना अगाडी (पुसमा) साउदी अरब आएर २ महिनादेखि दुबै मृगौलामा पत्थरी भइ अत्यन्तै पीडित बनेका कुमार बराम “बुधेगरा सोसाइटि युथ क्लब” आरुघाट गोर्खा कि अध्यक्ष सरुपा काप्रीको निरन्तर समन्वय सहयोग पछि १४ मार्चका दिन स्वदेश फर्कन सफल भएका छन् ।

    गत मिति 2078/पुस 12 गतेका दिन वैदेशिक रोजगारको शिलशिलामा काठमाडौ लाजिम्पाट स्थिति कसमस नेपाल ह्युमन रिसोर्ट मेनपावरद्वारा साउदी अरबको अल कासिम बुरैदामा पुगेका बराम प्रत्येक दिन आफ्नो बड्दै गएको स्वास्थ्य समस्याको कारण छट्पटीदै गर्दा पीडितले क्लबकी अध्यक्ष काप्रीलाई सहयोग गरि नेपाल फर्काउन बारम्बार अनुरोध गरेका थिए ।

    उहाँलाई नेपाल झिकाउनका लागि १०,००० साउदी रियल तिर्नुपर्ने भएकोले उहाँको अनुरोध अनि पिडालाई महसुस गर्दै तुरुन्त उहाँलाई नेपाल् झिकाउन सहयोगको लागि क्लबकी अध्यक्ष काप्रीले मेनपावर, तथा अन्य संघ संस्था, सरकारी कार्यलय र साउदी अरेबियामा हामी नेपाली भन्ने ग्रुपमा समेत अनुरोध गरेकी थिइन् ।
    अध्यक्ष काप्रीको अथक समन्वय र विविध पक्षहरुसित सहयोगको लागी गरिएको अनुरोध पछी रोजगार दाता ,कशमश नेपाल् ह्युमन रिसोर्टका संचालक ऋषि बहादुर रावल, भिम प्रसाद काप्री, भिम बहादुर सुनार,दिल प्रसाद धमला, र केशव धमला, लगाएत अन्य ब्यक्तिहरुको सहयोग तथा पहलमा पीडित बराम शकुशल स्वदेश फर्कन सफल भएका छन् ।

    उहाँको स्वदेश फिर्तीका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई क्लबकी अध्यक्ष सरुपा काप्रीले हार्दिक कृतज्ञता व्यक्त गरेकी छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीको अल कासिममा मृगौला रोगले छट्पटीरहेका गोरखाका बराम स्वदेश फर्किए ।

    गौतमबुद्ध विमानस्थलमा कुवेतकाे जजिरा एअरवेजले नियमित उडान गर्ने

  • ३० फाल्गुन २०७८, सोमबार २३:०३ मा प्रकाशित
  • काठमाण्डाै – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एअरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।

    जजिराले आउँदाे जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्ने गरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले अहिले काठमाण्डाैमा समेत नियमित उडान गरिरहेको छ ।

    भर्खरै यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आउँदाे वैशाख १ गते नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले परीक्षण उडान गर्नेछ ।

    उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिनुभयो । उहाँले व्यावसायिक उडानका लागि आवश्यक सबै तयारी पूरा भएको पनि बताउनुभयो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on गौतमबुद्ध विमानस्थलमा कुवेतकाे जजिरा एअरवेजले नियमित उडान गर्ने

    साउदी विदेशमन्त्री आज नेपाल आउँदै

  • ३० फाल्गुन २०७८, सोमबार १०:०४ मा प्रकाशित
  • काठमाडौं, फागुन ३० । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् ।

    सोमबार र मंगलबार दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोली मंगलबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । दुई देशका परराष्ट्र मन्त्रीबीचको भेटवार्तामा जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी विदेशमन्त्री आज नेपाल आउँदै

    दम्माममा अलपत्र ८ जनालाइ एनआरएनए साउदीद्वारा खाद्यान्न सामाग्री प्रदान

  • ३० फाल्गुन २०७८, सोमबार ०२:१८ मा प्रकाशित
  • समर्पण रम्जान,

    १३ मार्च २०२२,दमाम,साउदी अरब । साउदी अरबको दम्माममा खान समेत समस्यामा परेका ८ जना पीडित नेपाली श्रमिकहरुलाइ २ हप्तालाइ पुग्ने गरि एनआरएनए साउदीले खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

    ६ महिना अगाडी नेपालको wisdom Human resource Pvt. ltd बाट हेभी ड्राइभर कामका लागि आएका ८ जना नेपालीहरु अलपत्र परेका, खान समेत नपाएको र सहयोगको लागि अनुरोध आएपछि एनआरएनए साउदिले तत्काल खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

    पीडित ड्राइभरहरुले नेपाली राजदूताबासका स्थानीय जन सम्पर्क अधिकारी नारायण पास्वान लाई पासपोर्ट बितरणको क्रममा आफुहरुलाइ रोजगारदाता कम्पनीले अलपत्र बनाएर राखेको कारण भोक भोकै बस्नुपरेको पिडा सुनाएर खानाको ब्यबस्थापन गरिदिन आग्रह गरे बमोजिम म्यान पावर कम्पनी वाट सोधभर्ना हुनेगरी तत्काल खाधन्न सामग्री उपलब्ध गराउन गैर आबासिय नेपाली संघ साउदी अरबको अध्यक्ष डमर कुमार यादव, उपाध्यक्ष रबिना अर्याल, गैर आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका मध्य पुर्ब सह संयोजक राजेन्द्र अर्याल र नेपाली राजदुतावासका जन सम्पर्क अधिकारी श्री नारायण पासवानको संयुक्त टोलि पीडितहरुलाइ भेटेर दुई हप्तालाई पुग्ने खाधन्न उपलब्ध गराएको हो ।

    वैदेशिक रोजगार ऐन २०६४ अनुसार पीडित श्रमिकरूलाइ स्वदेश फिर्ती , न्याय र क्षतिपूर्ति दिलाउन हुनका लागि सरोकारवालाहरु तथा नियोग सङ्ग एनआरएनए साउदिले जोडदार माग गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on दम्माममा अलपत्र ८ जनालाइ एनआरएनए साउदीद्वारा खाद्यान्न सामाग्री प्रदान

    किराँत राई यायोक्खा साउदीको अध्यक्षमा चित्र कुमार राइ

  • ३० फाल्गुन २०७८, सोमबार ०१:३० मा प्रकाशित
  • तस्बिर :- सैलुङ अनलाइन

    १३ मार्च २०२२, साउदी अरब! मिति २०२२ मार्च ११ का दिन सम्पन्न किरात राई यायोक्खा साउदी अरबको दोश्रो अधिवेशन बाट २०२२-२०२४ कार्यकालको लागी अध्यक्षमा चित्र कुमार राई निर्वाचित भएका छन् ।
    गत शुक्रबार साउदी अरबको दमामस्थित सफ्वा जुवेल हाइवेमा सम्पन्न उक्त अधिवेशनबाट राई अध्यक्षमा सर्बसम्मत निर्विरोध निर्वाचित भएका हुन् ।

    उक्त अधिवेशनबाट २५ जनाको समिती चयन भएको छ । केन्द्रिय समितिका उपाध्यक्षहरू भोगिन्द्र राई, राजकुमार राई, अमृत राई, महासचिव चन्द्रबहादुर राई, उपमहासचिव, प्रबेश थुलुङ राई, पवन राई, कोषाध्यक्ष जय देब राई, सह-कोषाध्यक्ष ध्यान बहादुर राई, प्रवक्ता कृष्ण राई, सह-प्रवक्ता सरोज राई मा निर्वाचित भएका छन् ।

    त्यसैगरी सदस्यहरुमा क्रमशः नीराजन राई, विमल राई, सिरी राई, चन्द्र कुमारी राई, शिव राई, नेपाल राई, मन्दिप राई, लक्ष्मी राई, जय राम राई, कल्पना राई, रुद्र कुमार राई, दिनेश कुमार राई, दामोदर राई, राजकुमार राई चयन भएका छन् । भने प्रमुख सल्लाहकारमा पुष्पा राई, सल्लाहकारहरूमा धर्मराज राई, कुमार कुलुङ राई र सर्बधन राई मनोनीत गरिएको छ ।

    अध्यक्ष चित्र कुमार राईले नव निर्वाचित समिती पदाधिकारीहरुलाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदैंआफुलाइ २०२२-२४ कार्यकाल सम्हाल्ने जिम्मेवारी सुम्पिएकोमा सम्पुर्ण महानुभावहरुलाइ धन्यवाद तथा अभार प्रकट गर्नुको साथै अहिले सम्मको अवस्थामा चलायमान हुनको लागी साउदी अरबमा किराया शाखा साउदी अरबको स्थापना गर्नुहुने संस्थापक किरात राई यायोक्खा तदर्थ समितिका अध्यक्ष जितेन्द्र माङपहाङ राई ,उपाध्यक्ष धनिराम राई र रबि राई ,सचिव अमित राई ,रोदुङ किराती ,कोषाध्यक्ष हेमराज राई ,सदस्यहरु समिर राई ,सरोज राई लगाएत अन्य सबै लाई सम्झिदैं आभार प्रकट गरेका छन् ।
    साथमा तदर्थसमिति बाट किरात राई यायोक्खा शाखामा परिणत भए पश्चात सबल नेतृत्व गर्नु हुने भुतपुर्व अध्यक्ष राम राई, महासचिव सोनाम किराँती, उप महासचिव रबिन थुलुङ मित्रमनी, सह-प्रवक्ता नवराज राई, कोषाध्य समिर राई र सदस्यहरु रामराज राई, अबिर सिङ राईं दिलु राई, हरुलाई पनि सम्झिदै आभार ब्यक्त गरेका छन् ।

    नव निर्वाचित समितिका सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख सल्लाहकार पुष्पा राईले शपथ ग्रहण गराएकी थिइन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on किराँत राई यायोक्खा साउदीको अध्यक्षमा चित्र कुमार राइ

    साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

  • २८ फाल्गुन २०७८, शनिबार २०:१४ मा प्रकाशित
  • साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी फागुन ३० गतेदेखि चैत १ गतेसम्म भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

    नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

    कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको नियम खुकुलो बनाउँदै साउदी

  • २५ फाल्गुन २०७८, बुधबार १६:३४ मा प्रकाशित
  • काठमाण्डौ – साउदीमा हुनुहुन्छ ? अब साउदीमा सभा, सम्मेलन, भेलाजस्ता कार्यक्रममा उपस्थित हुँदा, एकले अर्कालाई भेट्दा वा सेवा लिनका लागि लाइनमा रहँदा भौतिक दूरी कायम गर्नु नपर्ने भएको छ ।

    कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएका विभिन्न नियमहरू खुकुलो बनाउँदै साउदी सरकारले खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउन नपर्ने भनेको छ । तर अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्ट स्टोर, सपिङ मल, अन्य पसल, जिम खानाजस्ता बन्द स्थलमा जाँदा भने अनिवार्य रूपमा मास्क लगाउन पर्नेछ ।

    अस्पताल, सरकारी कार्यालय, सपिङ मल तथा पसलजस्ता सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेकले  Tawakkalana App को प्रयोग गर्नु पर्ने छ । 

    नेपालबाट साउदी जाँदा पीसीआर रिपोर्ट आवश्यक पर्ने छैन भने साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वरेण्टीनमा बस्न पर्ने छैन । भिजिट भिसामा जानेहरूले भने कोरोना सङ्क्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य बिमा गर्नुपर्छ ।

    यी सबै नियम मार्च ५ अर्थात् फागुन २१ देखि कार्यान्वयनमा आइसकेको छ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको नियम खुकुलो बनाउँदै साउदी

    कस्तो छ नेपाल एयरलाइन्सको साउदी उडान तयारी?

  • २५ फाल्गुन २०७८, बुधबार ०९:४१ मा प्रकाशित
  • निर्मला घिमिरे 
    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरेबियाका लागि नियमित उडान अनुमति पाएको छ। साउदीको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जिएसिए) ले यही फागुन २२ गते निगमलाई औपचारिक रूपमा उडान अनुमति प्रदान गरेको हो। 

    निगमले साउदीका तीन सहर (दमाम, रियाद र जेद्धा) मा उडान अनुमति पाएको छ। आउँदो अप्रिलदेखि नै निगमले उडान सुरू गर्ने तयारी गरेको छ। पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं उडान गर्ने तयारी गरिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

    ‘पहिलो चरणमा हामी रियादमा साताको तीन उडान गर्ने तयारीमा छौं,’ प्रवक्ता खड्काले सेतोपाटीसँग भनिन्, ‘कुन कुन बार र कति कति समयमा उडान गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको छ।’

    अब निगमले साउदीमा सम्पर्क कार्यालय पनि विस्तार गर्ने उनले जानकारी दिइन्।

    निगमले झन्डै चार वर्षअघि जापान, कोरिया र साउदी अरेबिया उडान गर्ने उद्देश्यले वाइडबडी जहाज ल्याएको थियो। केही समय अघिदेखि साउदीमा उडानका लागि प्रक्रिया सुरू गरे पनि जिएसएको टुंगो लाग्न सकेको थिएन। साउदी उडानका लागि जेद्धास्थित एम/एस फैसालिआ मोडर्न एभिएसनलाई जिएसएमा छनोट गरिएको निगमले जनाएको छ। साउदी सरकारबाट अनुमति पाएसँगै उडानका लागि बाटो खुलेको हो।

    प्रवक्ता खड्काका अनुसार अरू मुलुकमा अनुमति लगायत अन्य प्रक्रिया पूरा नभएकाले उडान भर्न सकिरहेको छैन।

    ‘जापानको ओसाका र नारितामा भने उडान गर्ने तयारी गरिरहेका छौं,’ प्रवक्ता खड्काले भनिन्, ‘चीनको गोन्जाओमा पनि छिट्टै उडान गर्ने तयारी भइरहेको छ।’

    साउदी अरेबियाको भने सबै प्रक्रिया सकिएकाले यसनिम्ति निगमले जहाज तथा कर्मचारी व्यवस्थापन लगायत तयारी गरिरहेको उनले बताइन्।

    ‘यो रूटमा विशेष गरी वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूलाई लक्षित गरिएको छ,’ उनले भनिन्।

    साउदी नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकमध्ये एक हो। यहाँ तीनलाख भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर रोजगारीमा आबद्ध छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार रोजगारीका लागि श्रम स्वीकृति लिएर मासिक दस हजार बढी नेपाली त्यहाँ पुग्ने गरेका छन्। गत माघमा मात्रै १४ हजार दुई सय ४१ नेपाली श्रम स्वीकृति लिएर साउदी पुगेको देखिन्छ। 

    ‘यसले गर्दा पनि अब वैदेशिक रोजगारीका लागि साउदी जाने नेपाली लाभान्वित हुने अपेक्षा छ,’ प्रवक्ता खड्काले भनिन्, ‘नेपालीहरूले अब आफ्नै राष्ट्रिय ध्वजावाहक जहाजमा आवतजावत गर्न पाउने भएका छन्।’ 

    हाल साउदीमा नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले नियमित उडान गर्दै आएको छ। निगमले उडान थालेपछि वायुसेवा कम्पनी र उडान तालिका थपिएसँगै यो गन्तव्यको भाडा दर पनि सस्तिने अपेक्षा गरिएको छ। तर निगमले हाल भाडाको विषयमा के कति तय गर्ने भनेर निर्क्यौल नगरिसकेको उनले बताइन्।

    वाइड-बडी किन्दा निगमले जापान, कोरिया, साउदी अरेबिया जस्ता मुलुकमा उडाउने भने पनि स्वीकृति भने थिएन। कतिपयसँग हवाइ-सेवा सम्झौता भए पनि उडान अनुमति थिएन। युरोपमा त निगम कालो सूचीमा थियो। अहिले पनि छ।

    वाइड-बडी आएपछि पनि निगमले लामो समयसम्म ती मुलुकमा उडाउने स्वीकृति पाएन। वाइड-बडी कि त खाली बसे कि क्षेत्रीय बजारमा उडे। 

    हाल निगमसँग आन्तरिक उडानका लागि छ वटा चिनियाँ जहाज र अरू तीन वटा साना जहाज छन्। चिनियाँ जहाजबाट घाटा भएपछि निगमले ती जहाज थन्क्याएको छ। निगमले अन्तर्राष्ट्रियतर्फ दुई वाइड-बडी, दुई न्यारो-बडी र एक बोइङमार्फत भारत, युएई, हङकङ, मलेसिया, कतार लगायत मुलुकमा उडान भर्दै आएको छ।

    यसमध्ये एउटा न्यारो-बडी जहाज पनि इञ्जिनमा समस्या आएर दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको थियो। गत पुस १३ गतेदेखि बिग्रिएर थन्केको उक्त न्यारो-बडी जहाज भाडाको इञ्जिन जडान गरेर हालै नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार निगमको न्यारो-बडी ए ३२० विमानको (एन–एकेडब्लु) काठमाडौं–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इञ्जिनमा समस्या देखिएको थियो।

    ‘उक्त जहाज नेपाल ल्याउन ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाका लागि भाडाको इञ्जिन  जडान गरेर नेपाल ल्याइएको हो,’ उनले भने। निगमले नेदरल्यान्ड्सको एमटियु मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत इञ्जिन भाडामा लिएको हो।

    Posted in अन्तर्राष्ट्रिय, समाजLeave a Comment on कस्तो छ नेपाल एयरलाइन्सको साउदी उडान तयारी?

    साउदी अरबमा कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्ड खुकुलो सम्बन्धमा नेपाली दूतावास साउदी अरबको जानकारी ।

  • २४ फाल्गुन २०७८, मंगलवार ०१:४७ मा प्रकाशित
  • ७ मार्च २०२२, साउदी अरब ! नेपाली दूतावास रियादले आफ्नो फेसबुक पेजद्वारा साउदी सरकारले कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्डहरुमा खुकुलो पारेको सम्बन्धी सबैमाझ जानकारी गराएको छ ।

    साउदी सरकारले गत ०५ मार्च २०२२ देखि कोभिड १९ सम्बन्धी नियम तथा मापदण्डहरुमा खुकुलो पार्ने निर्णय गरेसँगै नेपाली दूतावास रियादले उक्त नियम बारे सबैमाझ जानकारी गराएको छ ।

    जसअनुरूप अब उप्रान्त सभा , सम्मेलन , भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा , एक अर्कालाई भेट्दा वा सेवा लिनको लागि लाइनमा रहँदा भौतिक दूरी कायम गर्नु नपर्ने जनाएको छ । त्यसैगरी खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउनु नपर्ने तर अस्पताल , सरकारी कार्यालय , डिपार्टमेन्टल स्टोर , सपिङ मल , अन्य पसल , जिमखाना जस्ता बन्द स्थल ( closed places ) मा जाँदा भने अनिवार्य रूपमा फेस मास्कको प्रयोग गर्नुपर्ने जनाएको छ ।
    अस्पताल , सरकारी कार्यालय , सपिङ मल तथा पसल जस्ता सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेकले Tawakkalna App को अनिवार्य प्रयोग गर्नुपर्ने छ । साउदी अरब प्रवेश गर्नको लागि PCR रिपोर्ट आवश्यक पर्ने छैन । साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वारेन्टिमा बस्नु पर्ने छैन । भिजिट भिसामा आउनेहरूले कोरोना संक्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य वीमा गरेको हुनु पर्ने पनि उक्त सूचनामा जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरबमा कोभिड- १९ सम्बन्धी नियम तथा मापदण्ड खुकुलो सम्बन्धमा नेपाली दूतावास साउदी अरबको जानकारी ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P