
गजल
थाहा छैन तिमी किन, कहर बनेर आयौ ।
सारा विश्वभरि नै हरे!, जहर बनेर आयौ ।
तिम्रो त मुख पनि हेर्नु, नपरोस हे कोरोना,
किन मनुष्यको अन्तिम, प्रहर बनेर आयौ ।
हाँसीखुशी थियौ सबै, आ-आफ्नोे कर्ममा,
भुकम्पमाझै संहारको, लहर बनेर आयौ ।
कति निष्ठुर निर्मम, रुवाबासी छ जताततै,
अश्रु ताल भो आशुको, नहर बनेर आयौ ।
सायद बाच्छ या मर्छ, थाछैन यो अनुभव,
मेरो बारे तिम्ले खै के, ठहर गरेर आयौ ।
थाहा छैन तिमी किन, कहर बनेर आयौ ।
सारा विश्वभरि नै हरे!, जहर बनेर आयौ ।
घोराही, दाङ

