
गत १ अगस्ट २०२५ शुक्रबारका दिन साउदी अरबको रियादमा ऐतिहासिक “रोम लामा एकल सांगीतिक कार्यक्रम २०२५” भव्यताका साथ सम्पन्न भएको छ।
आफ्नो १० वर्षे सांगीतिक यात्रा पूरा भएको र यसको निरन्तरताका लागि आयोजना गरिएको उक्त कार्यक्रममा आफ्नो एकल सांगीतिक जादुमय स्वरले नेपाली श्रोताहरुलाई मनोरञ्जन दिएका थिए

भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा साउदी अरबका लागि महामहिम राजदुत डा• नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यमा , साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, सफल व्यवसायीहरु, बिभिन्न कम्पनीमा कार्यरत वुद्धीजिवीहरु एवं प्रत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। स्थानिय स्तरका चर्चित गायकद्वय बिज्ञान राई,रबिन गिरी, गायक डिबी लामा, गायक राम प्रशाद बस्याल, गायक तेम्बा वाईबा तामाङ, गायक बिबेक केसी, चर्चित नृत्यकार रोहन परियार, नृत्याङ्गाना पुजा लामा, नृत्याङ्गाना मुश्कान शर्मा, नृत्याङ्गाना कामना थापा मगर, नृत्याङ्गाना स्वस्तिका थापा मगर एवं चर्चित बाँसुरी वादक राज यात्रीहरुको उत्कृष्ट प्रस्तुती रहेको थियो।

नगेश तामाङ द्वारा सञ्चालित उक्त कार्यक्रममा रोम लामाका अनगिन्ती सांगीतिक कोसेलीहरू पस्किएका थिए। विविध विधाका गीतहरूद्वारा उपस्थित दर्शक अतिथि हरू लाई मनोरञ्जन दिएको थियो


