भानु जयन्ती तथा गुरुपूर्णिमा विशेष पञ्चाङ्ग चित्रपट शृङ्खला सम्पन्न

  • ३१ असार २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    पञ्चाङ्ग चित्रपट भाग:-१
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०२
    मिति: २०७९/०३/२९

    प्रशिक्षक :
    ————
    सुशीला पौडेल

    (भानु जयन्ती र गुरु पुर्णिामा विशेष)

    चित्र संकलक साथै शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल

    समायोजन
    ————-
    दुर्गा रिजाल आचार्य

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार 🙏
             यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने  गुरु पुर्णिामा विशेष एक र भानु  जयन्ती विशेष एक मात्र चित्रपट पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।
           नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा  नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौ।(आज विशेष दिन भएकोले भोलिको चित्रपट आज राखिएको छ)

    पञ्चाङ्ग चित्रपट

    चित्रपट पञ्चाङ्ग   ०१
    भानुभक्त  बिद्वान भएर  बुझेनन् घासिका कुरा लाई
    सोंचि बिचारी गरिकन निभाए काम त्यो अधुरा लाई
    लेखे  कबिता  उल्थागरे  रामायण  देशै भरि पुर्याए
    अाफ्नो काव्य  रचनाको पहुँचले ढालिदिए सुरा लाई
    अाज  गुरु  पुर्णीमाको  शुभकामना  गर्दछु  पूरा लाई

    मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा

    चित्रपट पञ्चाङ्ग  ०२
    दुनियाँका मन भित्र आजसम्म बाँचेका छौ
    रामायण ग्रन्थ कृति घरैपिच्छे टाँसेका छौ
    छन्दबद्ध जनजिभ्रो सबैले नै रुचाउने
    संसारमा आफनो माया युगौंयुग साँचेका छौ
    शुभकामना छ भानु संसारमै हाँसेका छौ ॥

    गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल अमेरिका

    चित्रपट पञ्चाङ्ग   ०३
    राजा पनि गुरुको पाउ पर्न जान्नु पर्छ
    गुरुले भनेको साच्चै  सदैव मान्नु पर्छ
    शिक्षादीक्षा दिने गुरु बाहेक छैन कोहि
    असल गुरुलाई  आफैले नै छान्नु पर्छ
    गुरुलाई   शिष्यको हृदयले तान्नु पर्छ।

    सोमनाथ लुइटेल

    चित्रपट पञ्चाङ्ग   ०४
    गुरुले आशिष दिएर जानु भो
    दुःखेको हृदय सिएर जानु भो
    गुरु पूर्णिमाको शुभकामना छ
    मेरो अज्ञानता लिएर जानु भो
    गुरूवर पानी पिएर जानु भो।
    ०२
    साहित्यमा कलम चलाए भानुभक्तले
    नेपाली भाषालाई बनाए भानुभक्तले
    उहाँको सम्झना शुभकामना व्यक्त
    गर्दै
    रामायण लेखेर कमाए भानुभक्तले
    छन्दलाई परिचय गराए भानुभक्तले।

    सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ०५ (भानुजयन्ती विशेष)
    ज्ञानका कुरा सिकाएर गए भानुभक्तले
    साहित्यलाई चिनाएर गए भानुभक्तले
    भानु जयन्तीको शुभकामना छ सबैलाई
    नेपाली भाषा मिलाएर गए भानुभक्तले
    आफूलाई नै जिताएर गए भानुभक्तले।

    ह्यारिश ह्यारिशन

    चित्रपट पञ्चाङ्ग   ०६

    आखिरीमा माम ठुलो ।
    भानु तिम्रो नाम ठुलो ।
    घाँसी जस्तै सोच राखी,
    गरेपछि काम ठुलो ।
    बुझेपछि राम ठुलो ।

    शब्द कला भर्न सिकौँ ।
    माटो माझ मर्न सिकौँ ।
    कला भाषा संरक्षण,
    भानुले झैँ गर्न सिकौँ ।
    सुवास त्यो छर्न सिकौँ ।

    आर्त अकुलीन, कैलाली

    चित्रपट पञ्चाङ्ग   ०७
    १.
    गनेपाली भाषामा रामकाे कथा चलाए भानुभक्तले
    नेपाली रामायण लेख्ने कुरा बताए भानुभक्तले
    आज भानुभक्त रामायण प्रचलित भएकाे यहाँ
    हिन्दी रामायणकाे प्रचलन हटाए भानुभक्तले
    सबै नेपाली नै भाषामा लेख्न लगाए भानुभक्तले
    २.
    आँखा उघार्ने अक्षर बताउने गुरु न‌ै हुन्
    र मान्छेलाई विद्वान बनाउने गुरु नै हुन्
    गुरु बिना विद्याकाे कल्पना पनि कहाँ हाेला
    विद्या दिंदै अन्धकार हटाउने गुरु नै हुन्
    बच्चाकाे हातले लेख्न लगाउने गुरु नै हुन्

                             नवराज भट्ट
                         महेन्द्रनगर, कञ्चनपुर

    चित्रपट पञ्चाङ्ग    ०८

    पूजा गर्न अघि अघि  सरौँ है गुरुको
    सधैभरि भर हामी परौँ है गुरुको
    गुरुलाई माता पिता समान मानेर
      आशा र भरोसा पनि गरौँ है गुरुको
    सेवामा लाग्दा लाग्दै नै मरौँ है गुरुको ।

    भाषामा सीप चलाए भानुले
    अक्षरको खेती फलाए  भानुले
    साहित्यलाई फैलाएर सजिलै
    उज्यालो ज्योति बलाए भानुले
    अज्ञानता नै ढलाए भानुले।

    सुशीला ढकाल अधिकारी

    चित्रपट पञ्चाङ्ग    ०९
    साहित्यका  धरोहर  राम्रा  पात्र  भानु
    नेपाली भाषाका ज्ञाता हाम्रा पात्र भानु
    विश्वमा नेपाली लिपि चिनु  श्री  गणेश
    सहजकर्ता  जनका  ताम्रा  पात्र  भानु
    डोको बुन्न साथ दिने काम्रा पात्र भानु ।।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग   १०
    संस्कृतिमा शिक्षा दीक्षा लिई ज्ञानी भयाै
    घाँसीबाट राम्रो अर्ती पिई ज्ञानी भयाै
    चुँदी रम्घा तनहुँमा जन्मी आयाै भानु
    रामायण उपहार दिई ज्ञानी भयाै
    आदिकवि भन्ने पद सिई ज्ञानी भयाै

    ताेयानाथ सुवेदी
    काँडाघारी,काठमाडौं

    चित्रपट पञ्चाङ्ग   ११

    गुरुको चरण पर्छु म।
    उहाँकै भर नै गर्छु म।
    गुरु बिना हुँदैन केही,
    गुरुको शिक्षा हर्छु म।
    ज्ञानको समुन्द्र तर्छु म।

    ज्ञानका खानी भानुभक्त।
    आँखाको नानी भानुभक्त।
    साहित्य विकास गर्न
    लाग्ने ज्ञानी भानुभक्त।
    सबैको मानी भानुभक्त।

    अनुप आचार्य

    चित्रपट पञ्चाङ्ग   १२

    भानु तिम्रो जन्म रम्घा गाउँमा
    रामायण चिन्ने उनकै नाउँमा
    घाँसीबाट अर्ती पाई तिमीले
    रामायण उल्था भो यो ठाउँमा
    अर्ती  उनलाई पार्यो पाउँमा।

    गुरु माता हुन
    गुरु ज्ञाता हून
    सबैले मान गरौँ
    गुरु दाता हुन
    गुरु खाता हुन ।

    सुमित्रा पोखरेल काठमाडौं

    Leave a Reply