
१.
ज्ञान
उज्यालो प्रकाश
अन्तरात्माको ज्योति पुञ्ज!
२.
ज्ञान
उज्यालो दियालो
जीवन पथप्रदर्शक ज्योति !
३.
ज्ञान
शिक्षाको पाठशाला
धार्मिक सांस्कृतिक समाजिक !
४.
ज्ञान
अदृश्य सञ्चित
सदा सुरक्षित चिरकाल !
५.
ज्ञान
गुणवानको धन
कहल्यै नसकिने बाँडेर !
- उर्मिला पन्त पाण्डेय*
ज्ञानेश्वर, काठमाण्डौँ

