
काठमाडौँ– बिगत केहिदिन देखि अघोषित लोडसेडिङ शुरु भएको भन्दै चौतर्फी मिडियामा आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणले एक प्रेस बिग्यप्ती निकाल्दै लोडसेडिङ नभएको जनाएको छ।
विद्युत प्राधिकरणले विज्ञप्ति निकाल्दै ३ बर्षदेखि लोडसेडिङ हटेको र यो क्रम निरन्तर रहने जानकारी गराएको छ । साथै विद्युतको मागलाई थेग्ने गरी आपूर्ति भइरहेकाले लोडसेडिङको अवस्था नरहेको र भविष्यमा पनि नहुने जनाएको हो ।
कहिलेकाँही राष्ट्रिय विद्युत प्रणालीको भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समयलाई प्रसारण र आपूर्ति प्रणालीमा अवरोध उत्पन्न भएपनि त्यो लोडसेडिङ नभएको प्राधिकरणले जानकारी गराएको छ ।

नेपालको विद्युत प्रणालीमा आन्तरिक उत्पादनमा कमि भएको र खपत बढी भएको अबस्थामा कहिलेकाही भारतबाट आयात समेत गरी मागअनुसारको आपूर्ति भइरहेको जनाएको छ ।
विभिन्न कारणले विद्युतका पोलहरु सार्ने, ट्रान्सफर्मर फेरबदल गर्ने, पूराना संरचना मर्मतसम्भार गर्ने लगायतका आकास्मिक कार्यहरू गर्दा सम्बन्धित स्थानको विद्युत आपूर्ति केही समय काट्नुपर्ने हुँदा केहि समय विद्युत आपूर्ति मा अबरोध आउने आप्राधिकरणले जनाएको छ ।
यसै पौष १३,१४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समस्या आएको र यसको निराकण पनि गरिसकिएको जानकारी गराएको छ ।

