भारतबाट घर फर्कदै गरेका कञ्चनपुरका १८ वर्षीय किशोरलाई भारतीय भूमिमा गोली हानियो

  • २० पुष २०७७, सोमबार २२:१८ मा प्रकाशित
  • भारतमा रोजगारीका लागि गएका एक नेपाली युवामाथि नेपाल फर्कदै गर्दा गोली चलाइएको छ।

    नेपाल-भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा सुनारमाथि भारतीय सुरक्षा बल एसएसबीले गोली चलाएको प्रहरीले जनाएको छ।
    कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं. १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ एसएसीबीको गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले सेतोपाटीलाई जानकारी दिए।
    घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको एसपी मरासनीले बताए। ‘उहाँ अहिले नेपाल आइसक्नुभएको छ र हामीले उहाँलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा पठाउन लागेका छौं,’ एसपी मरासनीले भने।
    प्रहरीका अनुसार रोजगारीका लागि गएका सुनार भारतबाट स्वदेश फर्किरहेका थिए ।

    ‘इण्डियाबाट आउँदै गर्दा इण्डियाकै भूमिका त्यहाँनेर एउटा सालको रूख काटेको थियो रे,’ एसपी मरासनीले घाइतेलाई उद्धृत गर्दे भने, ‘त्यहीँ सालको रूख काटेको छेउमा आइपुग्दा ड्याम्म आवाज आयो रे, अनि उहाँको दाहिने खुट्टामा छर्रा लागेको रहेछ।’
    घटनाबारे सत्य तथ्य बुझ्न आफूले दोधारा चाँदनीका प्रहरी निरीक्षकलाई बुझ्न पठाएको एसपी मरासनीले बताए।
    ‘नेपालको सीमाना कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा सुनारलाई गोली हानिएको रहेछ,’ मरासनीले भने, ‘सुनारलाई कसले र किन गोली हान्यो भन्ने यकिन भइसकेको छैन ।

    समाचार साभार सेतोपाटी बाट

    Leave a Reply