साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ सम्पन्न

  • १९ मंसिर २०८१, बुधबार ०७:५५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    झिॅंगा या माहुरी !
    तिम्रो छनौटमा पर्ने,
    भाग्यभन्दा चलाऊ पाखुरी ।
    २,
    नदुख्नू, साथीको धोकामा
    छोड्दछन् साथ सबैले
    अॅंध्यारो बनेर छायाँमा ।
    ३,
    ऊ मरुभूमि धाउॅंछ
    भाग्य खोज्न सपरिवारको
    अन्तत: बाकसमा आउॅंछ ।
    ✍️म्यामराज राई

    १,
    माटो छुने गरौँ
    साँच्चै सफल भइन्छ
    श्रममा भर परौँ ।
    २,
    जसको पाखुरा चल्छ
    उसको भागमा छिट्टै
    सफलताको फल फल्छ।
    ३,
    नेतृत्वको सुध्रिए चाल
    सुन्दर अनि समृद्धि
    पक्कै बन्छ नेपाल ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व

    १,
    दिमागमा सोच भरौँ
    नेपालीले श्रम गरेर
    नेपालको विकास गरौँ ।
    २,
    हाम्रो देश राम्रो
    जमाना अनुसार यहाँ
    कोही नबनौँ चाम्रो ।
    ३,
    घाम लाग्छ दिनमा
    अस्ताउने रात हो !
    गरौँ काम छिनमा ।
    ✍️ बेदु न्यौपाने

    १,
    बदल्यौँ हामीले व्यवस्था
    कति सरकार फेरिए
    फेरिएन जनताको अवस्था।
    २,
    छोड्न सक्छु गाँस
    छोड्दिन साथ साथीको
    गर्छु उसलाई विश्वास।
    ३,
    नधाउनु मरुभूमि किन
    छैन आम्दानीको बाटो
    हेप्नेहरूले हेप्छन् दैनन्दिन।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)

    १,
    भावनामा बहकिएर आज
    दह्रो टेक्न सकिन्न
    पीडाले गर्छ राज ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ

    १,
    मानिस मायाको जालमा
    प्रभु स्मरण गरौँ
    नभुलौँ अनास्थाको तालमा ।
    २,
    पुजन गर्नु राम्रो
    शनिदेवको आज मनले
    बन्नेछन् काज हाम्रो ।
    ३,
    अनास्थाको दुष्टता चालमा
    नभुलौँ हामी अवश्य
    ग्रास हुने कालमा ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    भाग्य खोज्ने नाउॅंमा
    सन्तान परदेश जान्छन्
    बाकसमा फर्कन्छन् गाउॅंमा।
    २,
    चलाउँदा आफ्नो पाखुरी
    सफलताको बिन्दुमा पुग्दै
    बनिन्छ सदा बहादुरी।
    ३,
    खाऔँ कर्म गरेर
    चोला सफल भई
    आउँछ भाग्य बढेर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)

    १,
    चोरेर नै लग्यौ मन
    यो जिन्दगीको चौतारीमा
    आफै जलाएर तन !
    ✍️आर्त अकुलीन

    १,
    बन्न मनलाग्छ देशभक्ति
    गाह्रो भएपछि यहाँ
    लाउनै पर्‍यो जुक्ति ।
    ✍️दिलबहादुर कुश्मी

    १,
    आँशुको वर्षा भइरहन्छ
    तिमीलाई पाउने आशामा
    यो मन झरिरहन्छ।
    २,
    काला बजारीले सताएको
    गाउँ, शहर सबैतिर ,
    बाँच्न नसकिने बताएको ।
    ३,
    भ्रष्टाचारी देशभर सलबलाएका
    कामभन्दा बढी बोलेर
    दिमाग सबै खलबलाएका।
    ✍️कला ढकाल
    झापा

    १,
    सारा बल गयो
    जवानी सकियो अब
    शरीर वृद्ध भयो।
    २,
    पिउॅंदा अड्किन्छ पानी
    साह्रो चिज पच्दैन
    विरक्तिन्छ मन जानाजानी ।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप, काठमाडौँ

    १,
    काँप्छन् हात लेख्दा
    वृद्ध जन्मदाता छोडी
    परदेशिनेको लस्कर देख्दा ।
    २,
    नौलो आयो विधान
    नौलो भएन केही
    मात्र आयो उखान ।
    ३,
    मिलिजुली पालैपालो खाए
    विकासको नाम गरेर
    सेतो टावर ठड्याए।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली

    १,
    सुरम्य पाखा टाकुरा
    फुलेर धेरै रमाइलो
    पैयूँ भन्छौ साकुरा ।
    २,
    मौरीको मह गुलियो
    झिॅंगाको पछि लागेर
    पौरखी हातहरू भुलियो ।
    ३,
    हेरेर बसौंला आकाशमा
    दीर्घायुको कामना गर्दछु
    यात्रा नबनोस् बाकसमा ।
    ✍️मोती योन्जन सुब्बा
    दार्जिलिङ

    १,
    वर्षा आँशुको भयो
    सम्झिएर आज बारबार
    उहिले दिन गयो ।
    २,
    हुँदैन कहिले शान्ति
    मनमा हतारको निर्णयले
    हुन्छ सदा क्रान्ति ।
    ३,
    एक्लै हुन्छु जब
    मनमा आउॅंछन् नराम्रो
    विचार अलमल तब ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

    १,
    छैन कसैको वशमा
    चञ्चल हुन्छ समय
    रोक्ने हिम्मत कसमा ?
    २,
    समय नै पहलवान
    थाहा हुन्न कतिबेला
    कसमाथि हुन्छ मेहरबान !
    ३,
    मेट्न निकम्माको धर्को
    चल्नु पर्छ समयसँगै
    ओढेर यसैको बर्को !
    ✍️वसन्त अनुभव
    घोराही उमनपा १४, दाङ

    १,
    खासैमा उस्तै थियौ
    उमेरको सिॅंढी चढेर
    मनको मदिरा पियौ ।
    २,
    पाप्रा उप्केपछि घाउको
    खाटा मसारी रहन्छौ
    दुखाउॅंछौ नदुखेको टाउको ।
    ३,
    सताउन नआउँदा रिसायौ
    सपनाको डोली बोकेर
    मुटुभित्र सम्झनाले बिझायौ ।
    ✍️दिल ठकुरी
    दार्जिलिङ, भारत

    १,
    बदर सदर भयो
    जमाना आयो कस्तो
    सदरको कदर गयो।
    २,
    फाटेको या काटेको
    फैशनको नाम गरी
    आफुलाई नै ढाँटेको।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत

    १,
    प्रशंसा गर्छन् अगाडि
    मुखले ठिक्क पार्छन्
    काट्दछन् कुरा पछाडि।
    २,
    मानिसका व्यवहार थरीथरी
    छेपारोले रङ्ग फेरेझैँ
    देखाउँछन् घरी घरी ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल

    १,
    आफ्नो इच्छा मारी
    जिम्मेवारी पूरा गरे ,
    बनेर तिम्रो छहारी ।
    २,
    पसिनाको सिंचाई गरी
    हुर्काए तिमीलाई मैले ,
    सपनाको बीज छरी ।
    ३,
    जीवन रहेछ सघर्ष
    सधैँभरि किन होला ?
    नआउने खुसीका वर्ष।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा।

    १,
    समयमा सबै पाउँछ
    किन दुःखी हुने
    सुखको दिन आउँछ।
    २,
    धन होइन मन
    भन्दैन कसैले यहाँ
    सबै माग्छन् धन।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत

    १,
    चिसो मौसम आयो
    रातमा बसेर जमिनमा
    तुसारोले माया लायो ।
    २,
    धान फलेको पहिले
    पुर्खाले भनेको सुनेको
    जाडो बढेको अहिले ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ

    १,
    मलाई माया नगर्नु
    भन्ने मान्छे छन्
    खाली मुटु नभर्नु ।
    २,
    देशको विकास छैन
    भोट मागेर जित्यौ
    अब आउने हैन ।
    ३,
    यहाँ विश्वास गर्नु
    तर कसैको भर
    पटक्कै पर्दै नपर्नु ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं

    १,
    आफ्नै पाखुरी चलाऔॅं
    अरूको प्रगति देखेर
    कसैले नेत्र नजलाऔॅं l
    २,
    कसैको भर नपरौँ
    स्वावलम्बी बन्ने भए
    कर्ममा विश्वास गरौँ l
    ३,
    युवाहरू विदेश नजाऊ
    कृषिक्रान्ति गरेर देशमा
    आर्थिक समृद्धिमा रमाऊ l
    ✍️बाबुराम गौतम
    गुल्मी

    १,
    खेल जितेर आयौ
    प्रशंसासहित यहाँ साथमा
    मेडल पनि पायौ ।
    २,
    राम्रो थियो खेल
    अनुशासन पनि उस्तै
    साथिहरूको राम्रो मेल ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी ।

    १,
    भिरमा पुग्दछ आशा,
    उकाली ओराली झर्दै
    बढ्दछन् किन निराशा।
    २,
    बोकेर भारी काँधमा
    टुक्रिन्छ किन जिम्मेवारी
    धारिलो खुकुरीको साँधमा।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १,
    खुसीको मिल्छ पल
    कोसिस गर्नु पर्छ,
    समस्या समाधानको हल ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ

    १,
    आधार खोजेर गरौँ
    विनाअर्थको छैन खास
    अरूको भर नपरौँ ।
    २,
    परिश्रमले आनन्द ल्याउँछ
    संसार शून्य छ
    तर असम्भव खेदाउँछ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड

    १,
    खाली खुकुलो भाषण
    गर्छन् अचेल राजनेता
    कतै नहेरी दनादन ।
    २,
    परदेश जाने रहर
    कस्लाई हुन्छ यहाँ
    व्यवस्था नभए गदर।
    ३,
    राजनीतिमा भयो व्यापार
    सबैलाई शिखर छुने
    छैन कसैलाई इन्तिजार ।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    १,
    झलमल तारा आकशमा
    परदेशमा गएका सन्तानले
    रुवायो फर्केर बाकसमा।
    २,
    समस्या सामाधान भएन
    गाउँमै बसेर कहिल्यै
    स्वदेशमा भ्रष्टाचारी गएन।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।

    १,
    सामुन्नेमा ठिक्क पर्छ
    जब हुन्छ दायाँबायाँ
    स्वार्थीले विरोध गर्छ।
    २,
    खुसीको दिन आउँछ।
    हुनु पर्दैन दु:खी
    साथ दिन धाउँछ ।
    ३,
    विदेश किन जाने
    स्वदेशमै कर्म गरेर
    मिठो मसिनो खाने ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

    १,
    मान्छे बन्नु पहिले
    पशुझैँ नदेखाऊ व्यवहार
    दानव बन्छौ जहिले ।
    २,
    के हुन्छ छोएर ?
    मन छुन सक्नुपर्छ
    सफा हुन्छ धोएर ।
    ✍️सन्दीप विश्वकर्मा
    कपिलवस्तु

    १,
    नहिॅंड हुकुम चलाई
    खोसेर जनताको अधिकार
    दुनियाँ सारा जलाई ।
    २,
    कंस बनेर आज
    नबिगार आफैले आफ्नो
    सभ्य मानव समाज !
    ३,
    जनताले भनेको मान
    सधैँभरि आफ्नै खल्तीका
    भेडा बाख्रा नठान !
    ✍️विवश पारदर्शी
    झापा

    १,
    महॅंगी बढेर गयो
    किसान सधैँ मर्कामा
    फाइदा अर्कोलाई भयो ।
    ✍️समुन्द्रा शर्मा

    १,
    कति मनमा तिर्सन ?
    विगतका ती पलहरू
    सकेन मैले बिर्सन ।
    २,
    नमेटिने यी घाउहरू
    यहाँ हुँदो रहेछ
    मान्छेका अनेक दाउहरू ।
    ✍️दीप गोले तामाङ
    रौतहट

    १,
    निस्वार्थ माया चहार्छु
    छोडौ अस्मिता लुटेपछि
    भन्थ्यो तारा झार्छु ।
    २,
    गोरु बेचेको साइन‍ोलाई
    विश्वास गरियो बढी
    भित्रभित्रै मुटु खानेलाई !
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    विश्वासमै जीवन अडियो
    जानेर किन्तु नजानेरै
    जसोतसो अघि बढियो ।
    ✍️विष्णु पंगेनी(पाण्डे)
    वालिङ -८, स्याङ्जा

    १,
    झिल्काका नियम थुप्रा
    खेलून् युवा मात्रै
    फर्क बुढा कुप्रा ।
    ✍️शम्भु गजुरेल

    १,
    ऋण लागोस् दिन,
    नलागोस् भन्छ जनबोली,
    कृपा मिल्दैन किन?
    २,
    परिस्थिति बन्दै गए,
    झेल्दै जाने कठपुतली ,
    सारा मानव भए।
    ३,
    प्रदुषण फैलाए सर्वत्र,
    प्राकृतिक वस्तु नपाइने,
    जीवन पर्दैछ अलपत्र ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    मरुभूमि बाध्यता हाम्रो
    बुझी नबुझी जानैपर्ने
    फर्किॅदा नबाँधियोस् काम्रो ।
    २,
    धरातल सबैले भुले
    आफ्नो वास्तविकता बिर्सेर
    काल्पनिक संसारमा झुले ।
    ३,
    यथार्थ सबैले भुल्छन्
    आफ्नो सत्यता लुकाएर
    कल्पनाको संसारमा झुल्छन् ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    १,
    अनमोल जीवन हाम्रो
    सङ्घर्ष गरे फाइदा
    बन्छ भविष्य राम्रो ।
    ✍️दुर्गा आचार्य
    मोरङ

    १,
    विश्वास गर्नु गल्ती
    गयो सपना देखाएर
    भरेर आफ्नो खल्ती ।
    २,
    हातमा जमाएर दही
    म बस्ने छैन
    अन्याय अत्याचार सही ।
    ३,
    रोज्यो स्वार्थ खुसीले
    भन्छ पछुतो भयो
    जिस्काउॅंछ मात्रै मरुभूमिले ।
    ✍️पृथक प्रकृति
    झापा

    १,
    आयो चिसो याम
    अब प्यारो लाग्छ
    सबैलाई न्यानो घाम।
    २,
    सुक्छ सबै वनको
    लाग्यो भने आगो
    क्षति हुन्छ जनधनको।
    ३,
    के हुँदैछ आज ?
    भित्रियो विकृति विसङ्गति
    किन बोल्दैन समाज ?
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ

    १,
    असल कार्य गर्नु
    एकदिन जानै पर्छ
    बाटोमा अभर नपर्नु ।
    २,
    देखासिकी कहिले नगर्नु
    आफूसँग भएको योग्यतामा
    सधैँभरि भर पर्नु ।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत

    १,
    मनको भावना पोखेर
    रमाउन सिकौँ दुनियाँमा
    नबसौँ आफैलाई जोखेर।
    ✍️मन्दिरा सेढाई
    मलेखु, धादिङ

    १,
    धिक्कार्छन् परदेश जानेले
    गर्छन् ठूलो भाषण
    राष्ट्रको ढुकुटी खानेले ।
    २,
    रमाउॅंछु मोबाइल बेचेर
    लाखौं कमाउॅंछु म
    कीर्तिपुर डाँडा घुमेर ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ

    १,
    ठुलो गाँस खोज्दा
    आयो भेल दु:खद
    समुद्रको देश रोज्दा ।
    २,
    आशाको दीपक हराए
    आमाको छाती चिरेर
    बौलाहा भई कराए।
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर

    १,
    चिसो याम आयो
    घाम अति मधुरो
    मुटु सबैको लुगलुगायो ।
    २,
    लुगा न्यानो लगाऔॅं
    तातो पानी पिऔॅं
    जाडो जसै भगाऔॅं ।
    ३,
    नभिर्नु छातीमा बिल्ला
    घाँटी बहुतै जोगाऔॅं
    बसाउँ न्यानो किल्ला।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४

    १,
    जाडोको चिसो याम
    सबैको लागि प्यारो
    न्यानो झुल्किॅंदो घाम ।
    २,
    बुढाखाडा चाहिॅं माघलाई
    अनुभवसिद्ध कथन राम्रो
    बलिया बाङ्गा बाघलाई ।
    ३,
    आगो ताप्नु मुढाको
    पाका मान्छे भन्नेगर्छन्
    कुरा सुन्नु बुढाको !
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर

    १,
    नाता सजिलै जोड्छ
    चिप्लाको सङ्गत नगरौँ
    कटारी धसेर छोड्छ ।
    २,
    छहारी दिन्छु भनेर
    उल्टै अलपत्र बनायो
    सिउँदोमा सिन्दुर भरेर।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा

    १,
    चोट लाग्दालाग्दै पनि
    जीवनसँग लड्नु छ
    दौडानमा बहादुर बनी !
    २,
    गन्तव्य कहाँ हो
    खोज्नु परेको छ
    नहराइ पनि त्यो !
    ३,
    यो जुनी काट्न
    जरुरी छ दिलको
    सँगै भई साट्न !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान

    १,
    एक अर्काको गरेर
    विरोध देश बन्ला
    नेताको भर परेर ।
    २,
    नेताको फुस्रो भाषण
    फेद न टुप्पाको
    बचाउ गर्छन् शासन ।
    ✍️कृष्ण बजगाई
    भक्तपुर

    १,
    हुनेलाई खाँचो लुगाको
    बटुवारेको न घरजग्गा
    जाडो तातो खानाको ।
    ✍️बिबा तामाङ
    लापपञ्चर सिटोङ खरसाङ

    १,
    कस्तो दैवको खेल,
    मैमाथि अचेल सधैँ
    गर्छ किन जालझेल !
    २,
    तक्दिरले लाँदैछ कहाँ,
    हिड्नै नसक्ने अफ्ठ्यारोमा
    हिॅंडाउन खोज्दैछ यहाँ ?
    ३,
    बुझ्नै सकेको छैन
    पग्लिॅंदैछु किन बिस्तारै
    बनेर आगोको मैन ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ

    १,
    आयो महॅंगी बढेर
    सरकारी कर्मचारी हिँड्छन्
    चिल्लो गाडी चढेर ।
    २,
    सबैले जानेको सिकाऊ
    परम्परा र रीतिरिवाज
    संस्कार संस्कृति टिकाऊ ।
    ✍️ललिता गिरी
    सिन्धुली

    १,
    बलेन आशाको दियो
    अब गणतन्त्र रहेन
    अत्याचारले उग्ररूप लियो ।
    २,
    दाँञी मियोबिनाको हुँदैछ
    बेथितिले सीमा नाग्यो
    अन्यायले मुलुक रुँदैछ ।
    ३,
    राजनीतिको कोटा भर्तिले
    निरङ्कुशताको पराकाष्ठा भो
    बीउ पचायो धर्तीले ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे )
    इटहरी -१, हलगडा सुनसरी

    १,
    देखेको थिएँ बोलिनॅं
    उनको रबाफ देखेपछि
    मनका कुरा खोलिनॅं ।
    २,
    मान्छे हेर्दा राम्री
    बाहिरी रूपले हुँदैन
    मनको धेरै चाम्री।
    ३,
    मान्छेलाई चिन्न गाह्रो
    बुझेपछि थाहा भयो
    रहेछ मुटु साह्रो।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही

    १,
    दिलमा तिमी पसेको
    तिम्रै लागि मैले
    सोह्र शृङ्गार घसेको।
    २,
    तिम्रो रङ्गमा ढलेको
    पराइसँग तिमी बोल्दा
    मेरो छाती जलेको।
    ३,
    तिमीसँग सातैजुनी बाँच्न
    सक्छु समाजको सबै
    पर्खालहरु मैले भाँच्न ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन

    १,
    फूलको आफ्नै कथा
    लाउॅंछन् आँखा सबैले
    जिन्दगीतो उसको व्यथा ।
    २,
    जिन्दगीको के भर ?
    आज कि भोलि
    दुश्मनी कसैमा नगर ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा

    १,
    निधारमा टीका टल्कियो
    मन ढल्कियो मायामा
    दिलमा आगो सल्कियो ।
    २,
    छड्के नजरको तीरले
    घाइते बनायौ मलाई
    शिथिल भएँ पीरले ।
    ३,
    वाचा कसम खाएर
    आखिरी छाडेर गयौ
    कुत्सित गीत गाएर ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    १,
    जनताको निर्णय कस्तो?
    समग्र देशलाई बुझ्नेहरूले
    बन्दैनन् अब सस्तो ।
    ✍️लोक वहादुर छेत्री लामिछा‌ने
    मोदी गा पा २ देउपुर, पर्वत

    १,
    महॅंगीले ढाड सेक्छ
    किसान भोकले मर्छ
    दैलोमा कस्ले टेक्छ ।
    २,
    गरिबको छानो खर
    वर्षात्ले चुहिन्छ सदा
    कस्को पर्नु भर ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला

    १,
    हिँडौँ सत्यको बाटो
    लाग्छ मातृभूमिको श्राप
    बिर्सिए देशको माटो ।
    २,
    सेतो हिमाल टल्किन्छ
    पाइला राख्दा परदेशमा
    आँखामा आँशु छचल्किन्छ ।
    ३,
    जङ्गलमा डाँफे डुल्छ
    नेपाली भन्न पाउँदा
    गर्वले छाती फुल्छ ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    १,
    मनमा अनेकौँ चोट
    तर हिम्मत नहार्नु
    भाग्य हुँदैन खोट।
    ✍️सानु जोशी
    सदुर पश्चिम दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::