
झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१//
—————<•>————–
१)
समावेशी उत्कृष्ट संविधान
सर्वत्र छ खुसी
जन जनमा मुस्कान !
२)
हटोस् अन्याय अत्याचार
शुभकामना संविधान दिवसको
पाउन् सबैले अधिकार !
✍️
वसन्त अनुभव
२//
देशमा संविधान आएको
जनताले संङ्घर्ष गरेर
नेता यताउता छाएको ।
✍️
शोभा आचार्य गौतम
३//
संविधान देशको शान
इज्जत भनेको ठूलो
गर देशको मान ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
४//
१)
नयाँ संविधान आयाे
तर अधिकार आएन
राष्ट्रले के पायाे ?
२)
संविधानमा अधिकार लेखियाे
न्याय नदिने न्यायालयमा
राजनैतिक धाँधली देखियाे ।
✍️
रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
५//
१)
संविधान कालो बनाए
देश खोक्रो पारेर
भ्रष्टचारी नेता गनाए ।
२)
संविधान पालना नगर्नेहरू
सत्तामा रहुन्जेल स्वादिलो
भ्रष्टाचारीहरू बर्बराउँछ अरू ।
✍️
चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
६//
संविधान कस्तो बनायो
देशमा जनता मर्दा
आफ्नो खुसी मनायो ।
✍️
सञ्जना शर्मा, लमही दाङ
७//
१)
संविधान बारे जानुन्
मूल कानुन नेपालको
सबैले राम्रोसँग मानुन् ।
२)
वीर सहिदको योगदान
देशमा आयो गणतन्त्र
लेखियो उत्कृष्ट संविधान ।
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा६ मातातीर्थ
८//
धारा अध्यादेश संविधानमा
देशको सुरक्षा सर्वोपरी
नरहौँ फोस्रो अभिमानमा ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ
९//
मान्नुपर्छ नियम संविधान
अलि सप्रेला समाज
रहला हाम्रो आत्मसम्मान ।
✍️
सुनगाभा पोखरेल
१०//
लाग्छ संविधान यस्तो
बेल पाकेको खुसी
कागलाई नभएको जस्तो ।
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
११//
संविधान दिवस धारा
नेताले बुझेनन् कानुन
अहिले देखाए पारा ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
१२//
मूल कानुन जानुन्
आफ्नै मर्यादामा रहेर
सबैले पालना गरुन् ।
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ स्याङ्जा
१३//
१)
उत्कृष्ट संविधान बनाए
गरेर घृणित काम
सबै नेता गनाए ।
२)
सुधाराैँ सबले मति
गरेर कार्यान्वयन संविधानकाे
बढाऔँ विकासको गति ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
१४//
बनाउँ देश हाम्रो
संविधान नियम ल्याई
स्वर्गझैँ सुन्दर राम्रो ।
✍️
गंगाराम यादव
औरावनी, सुनसरी
१५//
१)
संविधानले नीति खोजेको
सरकारले बनायो अन्धो
जनताले आफैँ रोजेको ।
२)
जनताले बलिदान दिए
सङ्घर्षमा लड्दै गएर
नेताहरूले हुर्मत लिए !
३//
संविधान दिवसको भावना
सबै राष्ट्रिय जनसमुदायमा
संविधानको हार्दिक शुभकामना !
✍️
बेदु न्यौपाने
१६//
१)
भन्छन् उत्कृष्ट संविधान
जनता देखिँदैनन् खुसी
कसरी दिन्छन् सम्मान ?
२)
चाहेझैँ राम्रो बनोस्
समावेशी सर्वत्र भई
अझै उत्कृष्ट रहोस् ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१७//
१)
सबैले पालना गरौँ
संविधानको मूल कानुन
यसको महत्त्व भरौँ।
२)
क्षमायाचना त गरौं
गल्ती भए हजुर
भ्रष्टमा राष्ट्रबाद भरौं ।
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
१८//
संविधान आएको दिन
मौलिक अधिकारक साथ
जानेनन् हात लिन ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
१९//
१)
मान मर्यादा भुलेर
कानुन लुकाउँछन् देशमा
भाषण छाड्दै खुलेर।
२)
जनतालाई राहत दिन
बनेन संविधान मर्यादाको
शान्तिको सास लिन।
✍️
बिकास छेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
२०//
१)
भविष्यको उज्ज्वल तारा
अत्याचार धेरै भयो
संविधान तोड्ने पारा ।
२)
सबैतिर कुर्सी तानातान
किन राखेउ सरकार
कामै नलाग्ने संविधान ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
२१//
दुनियाँको मुहार फेर्ने
यो संविधान खै ?
सबैको भाग्य केर्ने ।
✍️
दीप गोले तामाङ – रौतहट
२२//
१)
विधानका पानामा केरियोस्
अब आउँदो संविधानमा
गन्हाउने नेता फेरियोस् ।
२)
मरिजाने यो चोला
यहाँ कुर्सीकै लागि
बग्छ रगतको खोला ।
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
२३//
कागजमा लेखिएको ज्ञान
आफैँ पालना गर्दैनन्
जसले बनायो संविधान !
✍️
मन्दिरा सेढाई, मलेखु,धादिङ
२४//
१)
ऐतिहासिक यो संविधान
कागजमा कैद भयो
व्यवहारमा मात्र उखान ।
२)
संविधान बनाए जनता
विदेशी चलखेल भयो
बढी भयो स्वतन्त्रता ।
३)
देश बनाए अचानो
जनताको उस्तै हाल
मानो न छानो ।
✍️
सुरेशकुमार पाण्डे, दाङ घोराही १८
२५//
१)
संविधान आहा भनुन्
अध्ययन गरेर अक्षरस:
ठूलो कानुनविद् बनुन् ।
२)
संविधानको संरक्षण गर्नू
हाम्रो कर्तव्य हो
बर्खिलापमा अघि नसर्नू ।
✍️
देव मगर
तिनाउ-१,कचल,पाल्पा
२६//
दीप प्रज्वलन गरेर
संविधान दिवस मनाऔँ
देशभक्ति मनमा भरेर ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
२७//
सबैभन्दा ठूलो ऐन
सानालाई भने नियम
ठूलालाई सधैँ चैन !
✍️
आर्त अकुलीन
२८//
छैन यहाँ नुन
अर्काको भर परेर
के गर्नु कानुन ?
✍️
नागेन्द्रप्रसाद यादव
२९//
संविधान आफैँलाई बनाए
कानुन सबैलाई हुनुपर्नेमा
गणतन्त्रको धज्जि उडाए ।
✍️
शंकर कार्की, मकवानपुर
३०//
१)
संविधान दिवसको शुभकामना
मूल कानुन भनेर
जागाेस् सबैमा भावना !
२)
जसले कानुन मिच्यो
उत्कृष्ट संविधान भन्दै
राष्ट्रकाे सम्पत्ति घिच्यो ।
३)
जसले संविधान बनाए
लिएर हातमा कानुन
आज आफैँ गनाए ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
३१//
संविधान देशको आधार
गर्व गर्छौँ हामी
स्वतन्त्र सबै पूर्वाधार ।
✍️
कार्की डिबी माकुम
३२//
यसमा म आइनँ
आँसु छ आँखाभित्र
लेख्ने शब्दै पाइनँ !
✍️
ऋजु दिल्पाली
३३//
संविधान कानुनकाे मूल
सबै नेपाली जनताले
पालनामा नगरौँ भूल !
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगाबजार
३४//
मूल कानुन संविधान
पूर्णतः पालना गरे
जनताकाे हुन्छ मान ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
३५//
शान्ति बढ्दै जाओस्
संविधान बनाउदै,,
हिंसाकर्म घट्दै आओस् !
✍️
कुसुम कुवँर (बझाङ)
३६//
सही प्रक्रियाको संविधानले
जनतामा प्रगति दिलाउँछ
स्वाभिमान र पहिचानले ।
✍️
प्रेम थापा "मन"बागलुङ
३७//
१)
ल्याएको हो संविधान
जनयुद्ध र जनआन्दोलनले
जनतामा इज्जत मान !
२)
चुन्न सकेनौँ ड्राइभर
गणतन्त्रको रथ हाक्ने
खोक्रो भयो घर !
✍️
लोकबहादुर क्षेत्री
३८//
कानुन सबैले मानुन्
आफ्नो हकअधिकार खोज्दै
सबैले यथार्थता जानुन् !
✍️
तोयानाथ चापागाईं
दमक,झापा
३९//
१)
संविधान दिवसको शुभकामना
सकल नेपालीजनहरूको हेर
नहोस् अन्यायसँग सामना ।
२)
छाओस् खुसी जनमा
उत्कृष्ट संविधान पाएर
सन्तोष होस् मनमा ।
३)
नैतिकता हरेकमा भएमा
उपयोग हुन्छ विवेकको
नेता इमानदार रहेमा ।
✍️
सुस्मिता अधिकारी, काठमाडौँ
४०//
१)
ठूलाबडालाई छ चैन
गरिब असहायलाई भने
लाग्दछ कडा ऐन ।
२)
सदनमा होडबाजी गर्छन्
भ्रष्टाचारी नेताको नाटकमा
सोझा निमुखा पर्छन् ।
३)
संविधान दिवस मनाए
न्याय बराबर छैन
औपचारिकता मात्र जनाए ।
✍️
कला ढकाल झापा
४१//
१)
सारा नेपालीको चाहना
मौलिक हक नखोसियोस्
संविधान दिवसको शुभकामना ।
२)
नेपालीको साझा संविधान
जनताको सुरक्षा गर्ने
मुख्य कानुनको सम्मान ।
३)
नेपाली जनताको ज्ञान
अनुशासनमा बस्नु पर्छ
देशको कानुन जान ।
✍️
कृष्ण बजगाई, भक्तपुर
४३//
संविधानले गरोस् जय
हाम्रो भनुन् सबैले
कसैमा नहोस् भय ।
✍️
कपिलकिशोर घिमिरे
४४//
कानुनले भन्ने गर्छ
संविधान सबैभन्दा माथि
सबैले मान्नु पर्छ ।
✍️
अरुण कुमार भुजेल
दार्जीलिङ्ग, भारत
४५//
संविधान दिवस मनाउँ
कागजमा मात्र होइन
व्यवहारमा पनि जनाउँ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
४६//
१)
नेताले गरे लुट
यो संविधान हेर्दा
जनलाई छैन छुट ।
✍️
दुर्गा भट्टराई
माेरङ
४७//
१)
देश र जनताकाे
शिला नै हाे
सबै देशकाे एकताको ।
२)
संविधान दिवसको शुभकामना
देशविदेशमा हुनेहरू सबैको
पुगोस् इच्छा चाहना !
✍️
ईश्वर साउद (भिक्षु)
रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम
४८//
बनोस् दुखीको पहिचान
अधिकार लिपिबद्व गरेर
रङ्ग भरोस् संविधान !
✍️
राज बहादुर बडुवाल
कनकसुन्दरी-५,जुम्ला
४९//
१)
देश चलाउने ऐन
मान्नु पर्ने नियम
सानालाई छैन चैन ।
२)
अत्याचारबाट उकास्ने संविधान
जता हेर्यो हर्ष
सबैको ओठमा मुस्कान ।
✍️
धनमाया चौधरी, कैलाली
५०//
संविधान दिवस मनाऔँ
हातमा हात राखेर
नेपालमा नै रमाऔँ !
✍️
मोहन आचार्य
पाँचथर
५१//
१)
सोचौँ मनमा एकैछिन
नेपाली नेपालमै अट्ने
कहिले आउला दिन ?
२)
बोल्दा पुर्याउँदैनन् होश
नालायक देश हाँक्ने
संविधानको के दोष ?
३)
जनताले रगत बगाए
कानुन हातमा लिएर
नेताले खुट्टा घुमाए ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
५२//
१)
राष्ट्रको ढुकढुकी सुन्दै
संविधानले आशा जगाएको
बस्छु मनमा गुन्दै ।
२)
संविधान शिरोधार्य बनोस्
सबैको हृदयमा बसेर
वैरीका जरा खनोस् !
✍️
नन्दलाल आचार्य,
सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा ।
५३//
संविधानबाट थियोे आस
केही भएन सोचेजस्तो
जनता छन् निरास ।
✍️
जनक बिसी
स्वर्गद्वारी नगरपालिका ५ सारी प्यूठान
हाल दक्षिणभारत कोचिनबाट
५४//
१)
संविधान बनेर आयो
जनता भोकै घरमा
नेताले छादुन्जेल खायो ।
२)
संविधानको लिएर नाम
मात्रै रहेछन् खाने
खोइ गरेको काम ?
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
५५//
१)
गरेर आपसमा तानातान
कुर्सीका लोभी नेताले
बिगारे राम्रो संविधान ।
२)
संविधान राम्रो बनाए
आफैँले पालना गरेनन्
त्यसमै पानी खन्याए ।
✍️
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
झिल्का लेखन अभियान - ३३
५६//
सार्वभौम देशको पहिचान
तलमाथि हुनुहुन्न दबाबमा
शक्तिमान् रक्षक संविधान ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
५७//
१)
संविधान संसोधनीय हुनुपर्छ
नाफामुखी होइन जनमुखी
हरेक व्यवधान फुनुपर्छ ।
२)
स्रोत हेरेर कानुन
कार्यान्वयन गरेपछि देखिन्छ
त्यसको गुण अवगुण !
✍️
मनोहरी पौडेल
गैडाकोट १
५८//
जनतालाई खै संविधान
रगतको बगाएर खोला
अधिकार छैन समान ।
✍️
सङ्गीता खरेल
काठमाडौं
५९//
कस्तो संविधान आयो
यहाँ हत्याराले जेलबाट
वर्षेनी मुक्ति पायो ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
६०//
१)
जसले बनाए संविधान
तोड्ने गर्छन् तिनैले
जिउँदो लासको चिहान ।
२)
संविधान सबैभन्दा ठूलो
केवल नामको बनाए
सत्ताधारीको निमित्त खुकुलो ।
✍️
पृथक प्रकृति, झापा
६१//
१)
नच्यात्नु संविधानका मर्म
गरिबहरूकाे उत्थान अभियान
ल्याउनु असल कर्म ।
२)
आफ्ना हुल्ने दाउहरू
हुत्याएर टाढै फाल
सम्झ चहराएका घाउहरू ।
✍️
हिरालाल न्याैपाने
बानपा ८,काेटमाैला सल्यान
६२//
१)
कसका लागि संविधान
नेताहरूलाई सधैँ मोज
जनता हुने अपमान ।
✍️
ललिता गिरी, सिन्धुली
६३//
१)
कहिल्यै हुँदैन प्रगति
हाम्रो देशका भ्रष्टाचारीहरूको
अब नसुध्रिए मति ।
२)
देशका यूबा खाडीमा
संविधान दिवस मनाउन
नेता चिल्ला गाडीमा ।
✍️
लक्ष्मण देउवा डोटी
६४//
समावेशी जातीय पहिचान
अझै बनोस् जनतामैत्री
सुशासन सहितको संविधान !
✍️
वेल थोकर
६५//
१)
संविधानलाई पत्रु बनाए
जनतालाई मूर्ख ठानी
आफूलाई राजा भनाए ।
२)
नेताको देखाउँने दाँत
जनतालाई भोकै पारी
पुरियो यिनको आँत ।
३)
फेरिएन पुरानो बानी
शासकको रूप उस्तै
जनतालाई छैन पानी !
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर ।
६६//
संविधान एउटा अधिकार
सरकार र जनताबीचको
परिभाषित सम्बन्धको आधार !
✍️
अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹
६७//
संविधान हाम्रो शान
नेपाल आमालाई हँसाउन
राखौ यसको मान।
✍️
सविता भट्टराई, जनकपुर
६८//
संविधान पुस्तकमा सिमित
जनता अभावमा सदासर्वदा
विकृति रहेकाे अव्यवस्थित ।
✍️
प्रद्युम्न चालिसे
६९//
१)
संस्कृति संस्कार संविधान
समय सचेतना सबल
सबैको सहभागिता सम्मान ।
२)
विचरण विशुद्ध विद्वान
विराजमान विभु विघत
विकल विधि विद्यमान ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
७०//
संविधान देशमा हुनुपर्छ
भ्रष्टाचारी सबै खोरमा
फटहाहरू हात धुनुपर्छ ।
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
७१//
राम्रो संविधान बन्यो
जनता जस्ताको त्यस्तै
पर्ख अझै भन्यो ।
✍️
पुष्पा राई, खाेटाङ

