साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ सम्पन्न

  • ७ मंसिर २०८१, शुक्रबार १६:५३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    हल्लाले बजार खान्छ
    सत्यको बाटो तिम्रो,
    गलतले गलतलाई छान्छ ।
    २,
    सही नेतृत्व आए
    चाहिॅंदैन आइतबार विकासको,
    जनताले दिमाग लगाए ।
    ३,
    धेरै ढिलो भइसक्यो
    देश समृद्ध हुन
    जनशक्ति खेर गइसक्यो ।
    ✍️म्यामराज राई

    १,
    हल्लाले कति चल्छ ,
    ज्ञानको दियो त
    बिस्तारै बिस्तारै जल्छ।
    २,
    सबैको सोच यस्तो
    कसैले गर्छ भन्ने
    हाम्रो सोच कस्तो ?
    ३,
    नपछुताउनु के भयो !
    आजको लागि सोचौँ
    हिजो त गयो ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग

    १,
    हल्ला धेरै भयो
    जनशक्ति अति भए
    काम कता गयो ?
    २,
    खेतबारी खन्नु पर्ने
    आफ्नै बारीमा खन्न
    अर्काले आँखा तर्ने !
    ३,
    सत्यको विजय हुन्छ
    असत्य धेरै टिक्तैन
    सत्यले जून छुन्छ।
    ✍️बेदु न्यौपाने

    १,
    रहेमा पवित्र माया
    सुखी आफ्नै संसार
    सबल बन्छ काया।
    ✍️ताराप्रसाद चापागाईँ

    १,
    सदियौँदेखि गलत रहेको
    देशलाई चुस्ने उडुसहरूलाई
    निमुखा जनताले सहेको ।
    २,
    देश विकासको कुरा
    रहेसम्म तिनैको हातमा
    हुन्न सोचेर पूरा ।
    ३,
    निस्किँदैछन् कर्तुत अहिले
    कसरी निले देशलाई ?
    जनता भ्रममा जहिले ।
    ✍️पुष्पा राई, बादेल, खाेटाङ ।

    १,
    राजनेता चाहिन्छ विकासको
    खाका कोर्न जहाँ
    खोजौँ बाटो निकासको ।
    २,
    अहिले बितिसके धेरै
    शताब्दी हाम्रो नेपालको
    काममा सधैँ बेरै ।
    ३,
    विकासको मूल फुटाउन
    हुन्न धुप हालेर
    पर्छ जनसहभागिता जुटाउन ।
    ✍️देव मगर
    तिनाउ-१,कचल, पाल्पा

    १,
    हल्लैहल्ला मात्रको सहर
    शान्त भावले सुन
    उनैको बोलीमा जहर ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ

    १,
    छैन गर्नु काम
    हल्ला मात्र ठुलो
    कर्तुत खोतल्दै जाम।
    २,
    निष्कलङ्कित छैनन् कोही
    खोक्रो बनाइसके देश
    यिनै हुन् देशद्रोही।
    ३,
    आफ्नै देशमा बस्ने
    छैन वातावरण पनि
    जनशक्ति विदेश पस्ने।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)

    १,
    नयाँ सम्बन्ध जोडौँ
    नाम मात्रको फेसबुक
    एक एक गोडौँ ।
    २,
    मूल्य पनि बढ्यो
    ऋतु परिवर्तन भएसँगै
    चिसो बिस्तारै चढ्यो ।
    ३,
    नसोध मेरो हाल
    परेपछि मात्र तिमीले
    थाहा पाउॅंछौ चाल ।
    ✍️त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    १,
    हल्लैहल्लाको हाम्रो देश
    अरूको पछि लाग्दा
    बन्दैन् आफ्नो परिवेश।
    २,
    हल्लाको पछि नलागौँ
    सही नेतृत्व छान्न
    बरु सबै जागौँ ।
    ३,
    सुन्दर देश हाम्रो
    सबै मिलेर सम्हाल्दा
    विश्वमै हुन्छ राम्रो।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।

    १,
    देशको हुनेछ उन्नति
    भ्रष्ट नेता लिएर
    जब बग्नेछिन् बाग्मती।
    २,
    कानै चिरेका जोगी
    नेपालका नेता सबै
    भ्रष्टाचारी सत्ता भोगी।
    ३,
    श्रम सीप जाँगर
    लगाऊ देशमै युवा
    फर्केर आऊ घर ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली

    १,
    वास्तविक सुख सन्तोष
    परिश्रमले भरौँ यहाँ
    जीवन पुण्य कोष ।
    २,
    प्रार्थना शनिदेवको मनले
    शेषमा शून्य साथ
    नदिने भौतिक धनले ।
    ३,
    अन्त्यमा बेकार अफसोस
    असर रहन्छ दुष्कर्मको
    अनायासै भाग्यलाई दोष ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १,
    चिनिने राम्रो कामले
    मिलेर देश बनाऔँ
    इज्जत राखौँ नामले !
    ✍️आर्त अकुलीन

    १,
    नहोऊन् कोही बञ्चित
    समृद्धि ल्याउँछन् युवाले
    राखौं केही सञ्चित ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ

    १,
    छैन भकारीमा धान
    हेर्दै नहेरी भन्छौ
    राख्छु देशको सान ।
    २,
    अति भो अब
    भाग्नलाई तयार हुनु
    जनताले लखेट्छन् जब।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ सङ्खुवासभा

    १,
    तराईतिर मङ्सिरमा कुइरो
    जाडो अत्यधिक सङ्केत
    न्यानो लुगाको धुइरो।
    २,
    उमालेर पिउने तातोपानी
    आगो ताप्दा होसियार
    हेलचेक्र्याई नगरौँ जानीजानी।
    ३,
    आगोसॅंग ख्यालख्याल नगरौँ
    कोठामा गुम्म पारेर
    मृतकको समाचारमा नपरौँ ।
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप काठमाडौँ

    १,
    हल्लाले देश चल्दैन
    महॅंगीले आकाश छुँदा
    चुलोमा आगो बल्दैन।
    २,
    गरेर राम्रो काम
    आफ्नो देश बनाए
    इतिहासमा रहन्छ नाम।
    ३,
    न्याउरी मारी पछुतो
    देश कङ्गाल बनाउने
    नेता छैन अछुतो ।
    ✍️राज कुमार राजभण्डारी ‘खोटाङे’
    मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे भक्तपुर

    १,
    सधैँ सत्तामा जाने
    उनीहरुको मुख्य लक्ष्य
    देश बेचेर खाने ।
    २,
    सत्तामा जानेहरू मौलाउने
    भ्रष्टाचारले देश रित्याएर
    जनता बनाउँछन् बौलाउने ।
    ३,
    अबदेखि युवा जागौँ
    कुरीतिको जरा उखेलेर
    असल कर्ममा लागौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व

    १,
    हामीले असल भनेका
    नेता चोर रहेछन्
    साधु बिराला बनेका !
    २,
    टाउकोमा जुम्रा परेछ
    देश नेपाल आमाको
    चायाँले केश झरेछ !
    ३,
    डढेलोले खायो वन
    देश जनता लुटेर
    नेताले खाए धन ।
    ✍️विवश पारदर्शी
    झापा,

    १,
    आयो चियो मौसम
    सबै बचौँ यसबाट
    बाहिर हिॅंड्यौ कम।
    २,
    तात्तातो खानेकुरा खाऔॅं
    न्यानो लुगा लाउॅंदै
    स्वस्थ भएर रमाऔॅं ।
    ३,
    हामी कम्मर कसौँ
    खाँदै तातोतातो खानेकुरा
    सबै घरमै बसौँ ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ

    १,
    कुसंस्कार छताछुल्ल भयो
    मानव यसैको चौघेरामा
    थिचोमिचोमै जीवन गयो।
    २,
    पातले बारेका घर
    कमजोर हुँदैन साथी
    भए आपसमा भर।
    ३,
    जीवन रूपी नाउ
    कति बेला डुब्छ ?
    नखोजौँ धेरै भाउ।
    ✍️सुरेशकुमार पाण्डे

    १,
    हाँस्ने र रुने
    जन्मदेखि मृत्युसम्मको यात्रामा
    सबैलाई यस्तै हुने !
    २,
    कहिल्यै नझुकाउनु शिर
    कठिन चुनौती आइपर्दा
    कहिल्यै नमान्नु पिर !
    ३,
    दिन बनिने उमङ्गले
    तलमाथि आफ्नै माथमा
    सक्किने त विढङ्गले !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान

    १,
    निर्मल मेरो नाम
    बिमा बेच्ने कर्मचारी
    यही मेरो काम ।
    २,
    पाँच पुस्ता बानेश्वरमा
    भीमसेनगोलाको स्थानीय हुँ
    कार्यालय मेरो ज्ञानेश्वरमा ।

    • निर्मल लामिछाने

      १,
      हन कस्तो माया
      कसैले बुझ्न सकेन
      घामको यो छाँया।
      ✍️नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ

      १,
      नेताहरू घुसखोर भए
      जनताले देख्दा देख्दै
      जिउँदै नर्क गए।
      २,
      सहनु गल्ती हाम्रो
      मौकाको फाइदा उठाउँदै
      भ्रष्टहरू भए चाम्रो।
      ✍️अरुण कुमार भुजेल
      गोरूबथान, कालेबुङ, भारत

      १,
      ढुकुटी हुनेछ चुली
      छिमेकी त्यो राष्ट्रलाई
      देशले बेच्यो बिजुली ।
      २,
      गुराँस फुल्छ पाखामा
      जतासुकै गए पनि
      देश घुम्छ आँखामा ।
      ३,
      देश विकासमा लागौँ
      भ्रष्टहरूलाई फाल्नैपर्छ अब
      गाउँघर सहरबाट जागौँ ।
      ✍️डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६ , दोलखा ।

      १,
      कति खान्छौ मागी ?
      भ्रष्ट भ्रष्टाचारी दलाल
      सोचेनौ देशको लागि ।
      २,
      महॅंगीले आकाश छुँदैछ
      युवाहरूको लाम लस्करले
      देश रित्तो हुँदैछ ?
      ३,
      सचेत युवा उठ
      हामी मिलेर बनाउने
      हो अब जुट।
      ✍️दीप गोले तामाङ
      रौतहट

      १,
      बोकेर मनमा अहङ्कार
      परिणाम हुन्छ अन्तमा
      लज्जास्पद आफ्नै संहार।
      २,
      ढाका टोपी शीरमा
      सम्पूर्ण एक हौँ
      नपरोस् पाइलो भीरमा।
      ✍️रमेश दियाली

      १,
      स्वागत गर्दछौ हाँसेर
      भालेको शीर ढल्केछ
      मधेशी पोथी बासेर ।
      २,
      मिलेर बसेको राम्रो
      भन्छौ सजिलै तिमीले
      पाहाड डुब्दैछ हाम्रो।
      ३,
      सुक्दैछ शरिरको पानी
      मरन्च्यासे बन्दैछौ दिनहुँ
      औषधी लिन आनाकानी ।
      ✍️मोती योन्जन सुब्बा
      दार्जिलिङ।

      १,
      रहरले नेपाल विकासको
      रगत पसिना बगे
      खोइ, लक्षण निकासको ?
      २,
      भाषण सबैले गर्छन्
      नारा पारा आआफ्नै
      झुठा आश्वासन छर्छन् ।
      ३,
      भो अब चाहिएन
      भोट माग्न नआउनू,
      जीवनभरी चैन पाइएन ।
      ✍️कमला पौडेल

      १,
      चिसोबाट हामी बचौँ
      न्यानो तातो भएर
      झिल्का कविता रचौँ ।
      २,
      चाडपर्व सबै गयो
      कामतिर अब लागौँ
      गोजी खाली भयो।
      ✍️सविता भट्टराई
      जनकपुरधाम

      १,
      देशले पाएन निकास
      नेताको चिप्ला भाषणले
      कहिले हुन्छ निकास ?
      २,
      आर्थिक मन्दीको भयो
      जनतालाई सधैँ सास्ती
      आत्मनिर्भरता कता गयो ?
      ३,
      पलायन भयो जनशक्ति
      देशमा रोजगार छैन
      मासियो राष्ट्र भक्ति।
      ✍️कृष्ण बजगाई भक्तपुर

      १,
      कहिलेसम्म पुल बन्ने
      निकम्मालाई राज सुम्पेर
      गरियो भुल भन्ने ?
      २,
      असल नेतृत्वको खोजी
      सम्भव हुँदैन मतदाताज्यू,
      चुनाउमा भरेर गोजी !
      ३,
      आखिर मिल्छ निराशा
      हामीले काँडा रोपेर
      नगरौँ फूलको आशा !
      ✍️वसन्त अनुभव
      घोराही, दाङ

      १,
      भएको छैन विकास
      जति दु:ख गरे
      निस्केन केही निकास ।
      २,
      हल्लैमा चलेको देशमा
      इमानदार जनता सडकमा
      नेता नक्कली भेषमा।
      ✍️दुर्गा भट्टराई
      मोरङ

      १,
      सपनाको देश बनाउनुपर्छ
      मुख नताकी कसैको
      आफै कामले जनाउनुपर्छ
      ✍️विष्णु पंगेनी(पाण्डे )
      वालिङ, स्याङ्जा

      १,
      देश लुटिॅंदैछ यहाँ
      मिलेर नेताहरू ठुला
      झुटा आस जहाँ ।
      २,
      अन्याय र अत्यचार
      भइरहेछ जहिल्यै यहाँ
      पाराले हुन्छ मारामार ।
      ३,
      जाग्न सिक्नुपर्छ अब
      आफ्नो अधिकारको लागि
      नत्र पाइॅंदैन तब ।
      ✍️ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      सत्यता कता हरायो
      विषैविषको वमन देखिन्छ
      देशभरि हाप्सिलो करायो।
      २,
      विधिको शासन छैन
      दुःखी दु:खमा डुब्दैछ
      सामन्तीलाई अपार चैन।
      ३,
      बुद्धले तरवार लिएका
      अधर्मले चुली टेक्दैछ
      सबैको मती बिग्रिएका।
      ✍️घनश्याम पन्त
      हरिवन, सर्लाही

      १,
      परर पानी आयो
      बिस्कुन यहाँ सबै
      लुछुप्पै हेर भिजायो ।
      २,
      भ्रममा पारेको हेर
      मेहनतको लोकतन्त्र कसरी ?
      सजिलै फाले खेर ।
      ३,
      छ लुट, छलछाम
      चुप नबसौँ जनता
      गरौँ देशै चक्काजाम ।
      ✍️रबि पौडेल
      दक्षिण भारत पाण्डेचरी ।

      १,
      भ्रष्टकै जमाना रहेछ
      देश यिनकै हातमा
      समृद्धि बिरानो भएछ।
      २,
      जताततै सन्नाटा देख्छु
      दीपको खडेरी परेछ
      त्यसैले कविता लेख्छु ।
      ३,
      जहाँ जता गए
      आफ्नै देश प्यारो
      जति टाढा भए ।
      ✍️शशी श्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं

      १,
      भ्रमको जालो नबनोस्
      अलमल्ल भएको बाटो
      छिटोभन्दा छिटो सकोस् ।
      २,
      जनताको आस, विश्वास
      बालुवामा पानी भयो
      नेताकै मात्रै विकास ।
      ३,
      जतासुकै मुख नखोल्नु
      वास्तविकता थाहा हुँदैन
      त्यसैले प्याच्च नबोल्नु ।
      ✍️पृथक प्रकृति
      झापा

      १,
      सफलताको सिढी चढौँ
      खुट्टा तान्ने प्रवृत्ति
      छोडेर अघि बढौँ।
      ✍️मन्दिरा सेढाई
      मलेखु, धादिङ

      १,
      गलत देख्छु सरासर
      छोरीलाई हेला गर्नु
      मान्नुपर्छ सबै बराबर ।
      २,
      सबैमा देखिन्छ अहङ्कार
      पाइॅंदैन कसैमा पनि
      सही व्यवहार, सिष्टाचार।
      ३,
      अर्कोलाई लडाउने खेल
      नमानी लाज सरम
      खेल्छन् सबै अचेल।
      ✍️खडक आर सि मिलन
      छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

      १,
      आमाको छातीमा टेक्नेले
      ठुला कुरा गर्छन्
      नाममा दाम फेक्नेले ।
      २,
      मुटुमा छ घाउ
      घायल भएको ज्यान
      अलि वर आउ ।
      ३,
      निर्दोषीलाई लाग्छ हटकडी
      कानुन भएको देशमा
      ठुलाले गर्छन् मनपडी ।
      ✍️धनमाया चौधरी
      कैलाली

      १,
      हावासरि कुरा नगर
      ढाँटेर सन्सार चल्दैन
      सेती खोला बगर ।
      २,
      हाँसेर बोलन कान्छा
      दुईदिनको हो जीवन
      पाकेन अझै भान्छा ।
      ✍️अम्बिका अधिकारी
      झापा बिर्तामोड

      १,
      अचानक कसम खाएछु
      फसाउँछे भन्ने बुझिएन
      बिर्सेर माया लाएछु ।
      २,
      तिमीले मलाई छानेको
      ठ्याक्कै लाग्यो मायामा
      आँखाको तीरले हानेको ।
      ३,
      खुकुलो कम्मर कसौँला
      प्रेमिल बातचित गरेर
      थकाइ मेट्न बसौँला ।
      ✍️रामप्रसाद पुरी
      बादेल, खोटाङ

      १,
      चिसो मौसम आउँदैछ
      तातो न्यानो लगाऊ
      गगनमा बादल छाउँदैछ।
      २,
      भ्रमले अन्धो बनाउँछ
      गर्छौँ हामी भन्छन्
      आश्वासन मात्र जनाउँछ।
      ३,
      समस्या जहाँको तही
      आलटाल पाराले हुँदैन
      यस्तो बन्दैन कहीँ ।
      ✍️शोभा आचार्य गौतम
      काठमाडौँ

      १,
      सॅंगसॅंगै जाउॅंला गोठालो
      मेला पात जङ्गल
      टिपौंला जौ बालो ।
      ✍️दीपक दाहाल

      १,
      जसरी गणतन्त्रलाई चिन्यो
      आँखामा विकास देख्थ्यौँ
      भोटले भावना छिन्यो ।
      ✍️लोकबहादुर क्षेत्री लामिछाने

      १,
      चिसोले लाग्ला सर्दी
      ख्याल गरौँ शरिरको
      लगाउनु न्यानो बर्दी ।
      २,
      धेरै जसो नेताहरू
      गफैले बाँचेका हुन्छन्
      फुर्ति लाउॅंछन् बरु ।
      ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाइ ४ झापा

      १,
      गर्छन् असुरको कर्म
      मैमत्ता साँढे बनेर
      समाप्त पारे धर्म ।
      २,
      सकिएन धैर्यता थाम्न
      अत्याचार बढेर गयो
      थालियो आक्रोशले काम्न ।
      ३,
      पापीलाई सद्बुद्धि आउॅंदैन
      समय बलवान् हुन्छ
      सुखले मर्न पाउॅंदैन ।
      ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी १ सुनसरी ।

      १,
      भएन कानुनी राज
      छोटे राजा बनी
      पहिरन्छन् आफैलाई ताज ।
      २,
      कानुन सबैले मानून्
      जनता निर्धो बनाउने
      निर्माता आफै जानून् ।
      ३,
      देखिन्छ माकुरे जाल
      जनतालाई छारो हाली
      ढिकुटीमा थाप्छन् खाल ।
      ✍️जयनारायण नेपाल
      इलाम , हाल सूर्य विनायक २ बालकोट ,भक्तपुर

      १,
      पुग्यो आफूले कमाए
      जनता जाऊन् भड्खालामा
      भन्दै खाल जमाए ।
      २,
      नेता परे देशका
      कमाउने मात्रै ध्याउन्न
      अपराधी लुटपाट केशका ।
      ३,
      नेताको ध्यान कमाउनमा
      जनता मरे मरून्
      तम्सिने सम्पत्ति जमाउनमा ।
      ✍️राजेशराज गड्तौला
      काँडाघारी, काठमाण्डौ

      १,
      हाड घोट्छ सदैव
      तब पनि दु:खीको
      अवस्था छ तथैव l
      २,
      उदाङ्गो अभावको घपना
      छोप्ने ध्येयले विदेशिन्छ
      बोकेर अनेकन् सपना l
      ३,
      मिल्दैन देशमा रोजगार
      अभावले मर्छन् जनता
      गर्दैन सरकारले खोजवार l
      ✍️बाबुराम गौतम
      गुल्मी

      १,
      अब व्रत सुरु
      मरेपछि स्वर्ग गइन्छ ,
      भन्नुहुन्छ यता गुरु ।
      २,
      मनमा श्रद्धा भरे
      अवश्य राम्रो हुन्छ ,
      ईश्वरको भक्ति गरे ।
      ३,
      ईश्वरको ध्यान गरौँ
      जपौँ मृत्युञ्जय मन्त्र ,
      अकालमा कोही नमरौँ ।
      ✍️सीमा कार्की समर्पण,
      मेल चोक पर्सा ।

      १,
      सधैँ सत्तामै जाने
      साझा लक्ष्य निकम्माहरूको
      देश लुटेर खाने ।
      २,
      विकासका काम सुस्तै
      पात्र फेरिए तथापि
      प्रवृत्ति सबैका उस्तै ।
      ३,
      गणतन्त्रको मुख कालो
      समावेशिताको नाममा अटाए
      भाइ भतिज सालो ।
      ✍️शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ

      १,
      सम्झनामा दिनहरू बिताउँछु
      एकोहरो तस्बिर हेरेर
      तिम्रो रातमा निदाउँछु।
      २,
      हरपल सम्झनाले सतायो
      पिएको छैन तापनि
      मदिराले झैँ मतायो।
      ३,
      प्रेममा भए घायल
      एक्लै बरबराई बस्छु
      बनायौ तिमीले पागल ।
      ✍️रुना कर्माचार्य दाहाल
      चितवन

      १,
      झुटा सपना नदेखिऊन्,
      लक्ष्य गरेर पूरा,
      इतिहासमा कुकर्म नलेखिऊन्।
      २,
      झारा टारेर क्रम
      आफ्नै बरबादी हुन्छ,
      फलदायी हुँदैन श्रम ।
      ३,
      मिठा सपना साँचेर
      कसैलाई मर्म नपारी,
      मतलब बल्ल हाँसेर।
      ✍️मनोहरी पौडेल
      गैडाकोट १

      १,
      साकार पार्न सपना
      कल्याणकारी कार्य गर्नुपर्नेछ
      लगनशीलताकासाथ हुनुपर्छ जपना ।
      २,
      जनतालाई ओढाउने बर्को
      सिद्धान्त गीताझैँ महावाक्य
      व्यवहार देखियो अर्को ।
      ३,
      बुद्धको देशमा मित्र
      नित्य हुन्छ झगडा
      शक्ति सङ्घर्षको खेलभित्र ।
      ✍️प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।

      १,
      देश कहिले हाोला
      सहिद कति भए
      उनको मन रोला।
      २,
      यस्तै हाल हाम्रो
      भ्रष्टाचार नै भए
      देश बन्दैन राम्रो।
      ✍️सानु जोशी
      सुदुर पश्चिम दार्चुला,

      १,
      शासन नजाने कहिल्यै
      एक्लैले खाने तयारी
      खाली भूँडी जहिल्यै ।
      २,
      देशका युवा बेरोजगार
      विदेशिन बाध्य भए
      बोकेर ऋणको भार।
      ✍️दुर्गा आचार्य
      मोरङ

      १,
      प्रितको थुङ्गा च्यापेर
      मनको चरी भुरुरु
      तनको नाता गुनेर।
      २,
      सम्हाले साथ देऊ
      आखिर विवेक तिम्रै
      सताउने सोच नलेऊ ।
      ✍️हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे, साँगा बजार बनेपा- १४

      १,
      देशको हालतले पिरोल्छ
      झुटको दुनियामा आज
      कसले साँचो बोल्छ ।
      २,
      बोल्न सम्म डराएर
      कसैले सुनेन यहाँ
      के हुन्छ कराएर ?
      ✍️जानुका बास्कोटा
      काठमाण्डौं

      १,
      रुन्छन् पुरुष जति
      एकदिन भात पकाउॅंदा
      बिग्रन्छ तुरुन्तै मति ।
      २,
      घरका सान नारी
      फुइ नझार पुरुष
      जीवन तार्छन् पारी।
      ३,
      नारी सस्तो लाग्ने
      ठुलो रुख तलतिर
      कुनै झार नजाग्ने ।
      ✍️हिरालाल न्यौपाने
      बानपा ८ कोटमौला सल्यान

      १,
      समय कुरेर बस्दैमा
      फेरिन्न देशको अवस्था ,
      गाउॅवाट शहर पस्दैमा ।
      २,
      नेपालको माया हुनुपर्छ
      बन्न साँच्चैको नेपाली ,
      माटोलाई कर्मले धुनुपर्छ।
      ३,
      अब नब्युँझी हुन्न
      जाल झेल गरेर
      जनताको मन छुन्न।
      ✍️सुस्मिता अधिकारी
      काठमाडौँ

      १,
      मङ्सिर महिना चल्यो
      जताततै विवाहको चर्चा
      कानमा पन्चेबाजाले छल्यो ।
      ✍️सुनगाभा पोखरेल
      कपिलवस्तु -१, बैरिया

      १,
      देखिन्छन् देशमा जब
      दलाल र भ्रष्टाचारी
      लुटिन्छन् जनता तब।
      २,
      जब हुन्छ अति
      अन्याय अत्याचार धेरै
      बेहोर्छ राष्ट्रले क्षति ।
      ✍️होमप्रसाद नेउपाने
      धरान, सुनसरी ।

      १,
      देशको सुन्दर परिवेश
      गद्दार गरेर बिगारे
      सखाप पारे देश ।
      ✍️भोलामान बर्देवा ‘बैरागिमाईलो’
      धरान – ८ सुनसरी

      १,
      राखेर मायाको आशा
      अँगाले पिरतीको फूल
      भयो जिन्दगी निराशा ।
      ✍️सन्दीप विश्वकर्मा (कपिलवस्तु )

      १,
      गलत सङ्गत गरेर
      कहिल्यै नहिँड्नु हेर
      बस्नु सुबास छरेर ।
      २,
      सम्मान गर्न सिक
      सबैको राम्रो बन्नु
      त्यसैमा हुन्छ ठीक ।
      ३,
      सबैको प्यारो बन्नु
      गलत कदम नउठाए
      पर्दैन केही भन्नु ।
      ✍️ललिता गिरी
      सिन्धुली

      १,
      सङ्गत गुणाको फल
      अवश्य पाइन्छ यहाँ
      कसैले नगरौँ छल।
      २,
      पिंजडाको चरी बनाएर
      मलाई बन्धक बनायौ
      आफूलाई महान् जनाएर ।
      ३,
      महान् बनेर देखाउन
      अब लक्ष्य राख
      इतिहासमा नाम लेखाउन ।
      ✍️लक्ष्मण देउवा
      डोटी

    ::::::::जय झिल्का साहित्य ! ::::::::::