साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ सम्पन्न

  • ४ मंसिर २०८१, मंगलवार ०७:०३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    जीवनजगत् छ फराकिलो
    तिमीले आकारमा सोचेकोभन्दा
    कदापि नहोला दुखजिलो ।
    २,
    देखिएका कतिपय दु:खहरू
    पर्दामा सुन्दरतामा सजिन्छन्
    सायदै होलान् अरू ।
    ३,
    नहिॅंडेको डोबको यात्राले
    बेग्लै आनन्द दिन्छ
    बिसाउॅंछ चिनीको मात्राले ।

    • म्यामराज राई, भोजपुर

      १,
      बालेनको गर्छु सम्मान
      देशको भलाईको लागि ,
      लाउँछन् सधैँभरि दिलोज्यान ।
      २,
      बालेन शासक हाम्रो
      हराभरा बनाए देशलाई ,
      हेर्दा कति राम्रो ।
      ३,
      बालेन जनताको सहारा
      स्वाभिमानी जनता बनाउन,
      देशको उठाए अभिभारा ।
    • सीमा कार्की समर्पण
      मेलचोक पर्सा

      १,
      उठाउ खुकुरी अब
      बचाउ पहिचान देशको
      लुटिँदैछ अस्तित्व सब।
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ

      १,
      ढिला नगरी जागौँ
      हाम्रो अस्तित्व बचाउन ,
      एकजुट भई लागौँ ।
      २,
      सगरमाथा नेपालको सान
      यस्तै प्रकृतिको खानीले,
      सधैँ पाइन्छ सम्मान।
      ३,
      न्यायको ढोका उघारेर
      देश बनाउन उठौँ
      राजनीतिक संस्कार सुधारेर।
    • भोज विवश मगर
      गैंडाकोट -३ नवलपरासी पूर्व

      १,
      स्वार्थ मनमा बोकेर
      कति मरिहत्ते गर्नु
      झुटो मायालाई ढोकेर।
      २,
      स्वार्थीपनको लगाव हुँदैछ
      झुटको लहरमा परेर
      आँसुको थोपाले छुँदैछ।
      ३,
      फूल जस्तै लाग्छ
      जवानीको मात चढेपछि
      पीडा सबै भाग्छ।
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ

      १,
      गल्ती आफैले गरियो
      चिन्तै चिन्ता मनभरी
      बाँच्नलाई दोधारमा परियो ।
      २,
      तरकारी बाँसको तामाको
      हर्‍याउॅंले टोकेको भागबाट
      विष निकालियोस् आमाको ।
      ३,
      एउटा नुनको ढिक्का
      तिमिबिना मेरो जिन्दगी
      लाग्छ आमा फिक्का ।
    • हिरामाया श्रेष्ठ
      गजुरी १ धादिङ

      १,
      आफ्नैले खुट्टा तान्छन्
      कसरी हुन्छ प्रगति?
      पीठमा छुरा हान्छन्।
      २,
      दुःख पनि कस्तो!
      बारबार मसॅंगै आउँछ
      आफ्नै पाहुना जस्तो।
      ३,
      सुख पाउन गाह्रो
      नियति पनि कठोर
      फलामभन्दा समेत साह्रो ।
    • शशीश्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं

      १,
      सुन्दर लाग्छन् मलाई
      तिम्रो साथको रात ,
      भयौ एक्कासी सलाई ।
      २,
      सपनीमा सधैँ भेटिॅंदैछ।
      सारङ्गीले या यादले ,
      मन मेरो रेटिॅंदैछ।
      ३,
      चक्र हो संसार
      यताउता गरी हिॅंड्दैछु
      पाएर मैले आकार ।
    • दीपा समभाव
      दुबेकोल खोटाङ्ग

      १,
      सहेर बस हेरेर
      देशको अस्तित्व मेटिएला
      सीमा मायाले बेरेर।
      २,
      कर्ममा अघि बढ्न
      हात बाँधेर नबस्नु
      उन्नतिको शिखर चढ्न ।
      ३,
      आफ्नो स्वार्थ त्यागेर
      देशको विकासमा जुट्नुपर्छ
      अब जनहितमा लागेर ।
    • भगवती दवाडी
      झापा

      १,
      हिँड्दैछु नदीको किनारामा
      रामराज्यको खोजी गर्दै
      साथ पाइएन आमा ।
      २,
      भौँतारिँदै शान्तिको चाहनामा
      दुनियाँ अल्मलिएको छ
      सम्भावना छैन आमा ।
      ३,
      सम्भावनाको पक्षमा सदैव
      लागीरहनु हाम्रा पक्षधरहरू
      विजयको आशा छँदैछ।
    • गुणनिधि घिमिरे अमेरिका

      १,
      आलसीले हात मल्दछ
      फलबिना आफ्ना कर्मको
      आशामै बेला ढल्दछ ।
      २,
      अन्तिम समयमा हामी
      पुगिन्छ पक्कै घाट
      राजा वा ज्यामी ।
      ३,
      सजग समयले छल्दछ
      लक्ष्य पूर्ण गर्नलाई
      कर्मठ आफै चल्दछ ।
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी

      १,
      भ्रममा म परिनॅं
      खोक्रो झूटो आडम्बरको
      प्रशंसा कहिल्यै गरिनॅं !
      २,
      फूलभरि विष काँडाको
      नम्र हाँस्यो सहनशीलता
      सौन्दर्य बनेर डाँडाको ।
      ३,
      सास एक मुट्ठी
      सपना कर्तव्य कर्म
      कहिले हो छुट्टी ।
    • शारदा स्टेफी

      १,
      वीरहरूको पहिचान खुकुरी
      गोरखालीसँग बल छ
      कसैले नदेखाऊ चुरिफुरी।
      २,
      दुष्टहरूको नाश गर्‍यो
      जब मैदानमा नेपाली
      खुकुरी लिएर झर्‍यो ।
    • सुरेशकुमार पाण्डे
      दाङ घोराही १८

      १,
      हेर ! सोझिॅंदैनन् कहिल्यै
      हाम्रा कुकुरका पुच्छरहरू
      हामी चेत्नुपर्थ्यो पहिल्यै ।
    • शम्भु गजुरेल
      सिन्धुली

      १,
      दिनभरि हात गोजीमा
      बराली बस बरालसिङ
      साँझ खानु खोजीमा ।
    • बिबा तामाङ
      दार्जिलिङ

      १,
      वीरताको हाम्रो पहिचान
      गोर्खालीको यो खुकुरी
      भेंडाहरूले गर्दैछन् अपमान ।
    • नागेन्द्रप्रसाद यादव

      १,
      असल गरेर काम
      ठुलो पसिनाको खेती
      राखौँ सबैले नाम !
    • आर्त अकुलीन

      १,
      खिया लाग्यो खुकुरीमा
      हेर्दाहेर्दै हामी नेपालीको
      धुलिया लाग्यो बहादुरीमा।
    • डा. देवी पन्थी

      १,
      चाडपर्व मेला जात्रामा
      खुलेर मनाउन सकिॅंदैन
      अड्कलेको पैसाको मात्रामा।
    • पुष्पा सुवेदी
      नेपालगन्ज, बॅाके।

      १,
      गरेर देखाउनु काम
      पसिना बगाएर खेती
      राख्नु आफ्नो नाम ।
      २,
      सुन्दर लाग्छ मलाई
      तिम्रो मिठो मुस्कान
      तर भयौ सलाई ।
      ३,
      जीवनमा खेपेका दुखहरू
      याद आउने गर्छ
      बिर्सन कसो गरूँ ?
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर

      १,
      मुर्दासरि अब नबाँच
      के हो मान्छे ?
      कसीमा घोटेर जाँच ।
      २,
      मात्र सास फेर्नु
      बाँच्नु होईन कदापि
      एकपटक गहिरिएर हेर्नु ।
      ३,
      उज्यालो हुँदैमा रात
      दिन नसोच कहिले
      विश्वासमा हुन्छ घात ।
    • ध्रुव श्रेष्ठ
      खोटाङ ।

      १,
      पोखरीमा कमल फुल्यो
      पानीभित्र माछाको चाल
      जिन्दगी त्यसरी भुल्यो।
      २,
      बगरसँग माया लाउँछे
      चौतारीमा बस्ने चरी
      दु:खको गीत गाउँछे।
    • होमप्रसाद नेउपाने
      धरान,सुनसरी ।

      १,
      भ्रष्टाचारी जति भुट्न
      हामी सबै जनता
      लागौँ अब जुट्न |
    • सरिता सेढाई
      धादिङ

      १,
      सुनमा घुन लाग्यो
      हृदयमा भ्रम फैलाउँदा
      बाँच्ने रहर भाग्यो !
      २,
      मरेर जाने चोला
      नाचौँ गाउँ रमाऔॅं
      अजम्बरी को होला?
      ३,
      निम्न प्रकारको कुरो
      हेर गर्न नपाइकन
      रहने भयो अधुरो?
    • अच्युत घिमिरे,
      सर्पाङ, भुटान

      १,
      सुन्दर लाग्छ मलाई
      आफैमा हराउँछु म
      मन मुटु जलाई ।
      २,
      अमर रहून् चेली
      ताराझैँ सधैँ चम्किरहून्
      नाम राखून् खेली ।
      ३,
      देशको नाम राख्नेलाई
      खेलाडी सबैलाई सम्मान
      घामपानी सुखदुःख चाख्नेलाई ।
    • धनमाया चौधरी
      कैलाली

      १,
      सृष्टिले दिएको नासो
      नहोस् है कहिल्यै
      देशभक्तलाई गलाको पासो ।
      २,
      सगरमाथा शिरको ताज
      गरेको छ यसले
      विश्वमा नै राज ।
      ३,
      सगरमाथासित गाँसेर पिर्ती
      आर‍ोहण गरेर मानिसले
      राख्न चाहन्छन् कीर्ति ।
    • सतीश पण्डित
      भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )

      १,
      जिन्दगी फूलको माला
      गोजी रित्तो हुनासाथ
      हुन्छ फोहोरको नाला।
      २,
      भोक लागेपछि मिठो
      नत्र कसैले पुछ्दैन
      गुन्द्रुक कोदोको पिठो।
    • चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ

      १,
      नेपाल आउ बाबु
      बचाउ मलाई चाँडै
      नत्र पार्छन् काबु ।
      २,
      नेपाल आमा रुन्छिन्
      शान्ति भएन कहिल्यै
      अत्यन्तै दुखी हुन्छिन् ।
    • सविता भट्टराई
      जनकपुरधाम

      १,
      झिल्का काव्य भरौँ
      मानव सोचाइमा सबैले
      आत्मा सन्तुष्टि गरौँ ।
      २,
      रिसले भलो हुन्न
      सबैको राम्रो गर
      डाहाले मन छुन्न ।
      ३,
      अगाडि बढ्दै लेखाऊ
      झिल्का कविता लेखिएको
      इतिहासमा छाप देखाऊ ।
    • बेदु न्यौपाने

      १,
      असिमित छन् चाहाना
      औकात सानो हुनाले
      गर्नुपर्ने अनेक बहाना।
      २,
      सुखदुःख जीवनको साथी
      सङ्घर्षरत रहे सधैँ
      उत्रेला जीवन माथि !
    • कोपिला अधिकारी
      गोरखा

      १,
      यही चक्रमै घुमिरहन्छु
      खोज्छु जान यताउता
      तैपनि लेखनमा झुमिरहन्छु।
      २,
      देखिन्छन् वरिपरि दु:खहरू
      सबै बिर्सनु पर्दोरहेछ
      सम्झेर हुन्न अरू।
      ३,
      उघारौँ न्यायको ढोका
      भर पर्दा यिनैको
      पाइन्छ अझै धोका।
    • अर्जुन प्रसाद चौलागाई
      अमेरिका, बोस्टन

      १,
      सोचेको छैन यहाँ
      ए! मुर्ख मनुष्य
      बन्छ देश कहाँ ।
      २,
      भोक्दैछु म यहाँ
      सुखको खोजीमा आज
      भागेर जाऊॅं कहाँ ?
      ३,
      भ्रष्ट नेताहरूको हाल
      लुटेर नराख्नु सम्पत्ति
      आउँछ सबैलाई काल।
    • दीप गोले तामाङ
      रौतहट

      १,
      हुन्छ सधैँ अपमान
      गरिब दुखी जनतालाई
      भ्रष्टाचारीकै गाउॅंछन् गुणगान ।
    • रिमा छन्त्याल

      १,
      जीवन अनुभवको खानी
      जिउनु सिकाउँछ यसैले
      कठिनलाई सहज मानी ।
      २,
      यता हिँड्दाहिँड्दै कहिले ?
      काँडा बिझ्न सक्छ
      सचेत रहनु जहिले ।
      ३,
      भरोसाले जीवनलाई थकाउँछ
      झुटो कहिले टिक्दैन
      समयले यथार्थ बकाउँछ ।
    • पुष्पा राई
      बादेल, खोटाङ ।

      १,
      लहलह धान झुल्यो
      चाडबाडको मौसम सकियो
      वनभोजतिर मन डुल्यो ।
      २,
      मान्छेको मन बतासिन्छ
      मोजमस्ती गर्न नपाए
      ओइलाएर त्यसै हतासिन्छ ।
      ३,
      मङ्सिरको महिना आउँदैछ
      वनभोज, लगनको चटारो
      पुनः रमाइलो छाउॅंदैछ ।
    • मोती योन्जन सुब्बा
      दार्जिलिङ

      १,
      देशको अस्तित्व हराउँदै
      बढ्यो विदेशीको बिगबिगी
      जनताहरू छन् कराउँदै ।
    • रबि पौडेल
      दक्षिण भारत पाण्डेचरी

      १,
      घरी घरी दाम
      खोज्छौ स्वार्थका पोकोमा
      गरेनौ केही काम !
    • प्रेम थापा “मन”बागलुङ

      १,
      हुँदैन कसैको भला
      बिमार निको हुनासाथ
      डाक्टरलाई पारेपछि थला l
      २,
      देखाएर आफ्नो औकात
      ज्यान बचाउने ईश्वरलाई
      टक्राउॅंछन् विषको सौगात l
      ३,
      जमाना आयो उल्टो
      अर्तीउपदेश दिन खोज्दा
      उपहार मिल्छ अगुल्टो l
    • बाबुराम गौतम
      गुल्मी

      १,
      दु:ख कहाँ छैन ?
      मृत्युभन्दा ठुलो यहाँ
      जन्मेका सजिलै हैन ।
    • लोक बहादुर छेत्री लामिछाने
      मोदी गा पा २ देउपुर, पर्वत

      १,
      नहुने आडम्बरको सती
      नामको मात्र सम्बन्ध
      हुँदैन विश्वास अलिकति ।
      २,
      हिउँदको बेला आयो
      धेरैको अधरमा खुसी
      वनभोज खान पायो ।
      ३,
      धान काट्न धमाधम
      भन्न थाले किसानले
      फुर्सद छैन एकदम ।
    • पृथक प्रकृति
      झापा

      १,
      अनेकन् वीरताको गाथा
      बगैँचा रङ्गीबिरङ्गी फूलहरूको
      शिरमा छ सगरमाथा !
      २,
      मयुरहरू नाच्छन् छमछम
      मनै लोभ्याउँछ सबैको
      मनमोहक दृश्य अनुपम !
      ३,
      उच्च हिमशिखरको माला
      दिँदैनन आँखा झिम्क्याउन
      कलकल सुन्दर नदीनाला !
    • वसन्त अनुभव
      घोराही, दाङ

      १,
      चाडपर्व सकियो सब
      सुनसान लाग्छ हामीलाई
      वर्षभरिलाई सम्झना अब।
    • सुनगाभा पोखरेल
      कपिलवस्तु १ बैरिया

      १,
      साथ दिन्छन् सुखमा
      आफन्त नै यहाँ
      पराई बन्दारहेछन् दु:खमा ।
      २,
      हुन्छन् मान्छे विभिन्न
      फसाउन सक्छन् तिमीलाई
      बेलैमा पर्छ चिन्न।
      ३,
      तनाव लिन छोड्नुहोस्
      सफलता मिल्छ एकदिन
      गलत सङ्गत मोड्नुहोस्।
    • अनिता भण्डारी
      ताप्लेजुङ

      १,
      रातको अँध्यारोमा बसे
      जीवन जान्न नपाई
      बिहानीमा कता खसे ।
      २,
      बिर्सेर जानेलाई बिदा
      माया पाउँ भनेर
      माग्दैछु हेर सीधा ।
      ३,
      डराएर कराएर हुन्न
      सिधा मुद्दामा आउ
      समस्याले कहिल्यै छुन्न ।
    • अम्बिका अधिकारी
      झापा बिर्तामोड

      १,
      हतियार हैन तागतवर
      हुनुपर्छ मनोबल बलियो
      जितहार त्यसैमा भर ।
      २,
      संहार गर्‍यो जुधाएर
      भक्षक हुन् युद्धपिपासु
      रम्यो नरमांस खाएर ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे

      १,
      मनको बह कस्तो
      कति भनिरहने कहाँ
      हुरी चले जस्तो।
      २,
      माया प्रेममा जलेर
      सराप नलागोस् है
      मन गयो गलेर।
      ३,
      तिमीलाई पीडा भयो
      मनको कुराले कति
      जिन्दगीको मजा गयो।
    • नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ

      १,
      नसुकौँ अब धेरै
      जागा होऊ जनता
      खोजौँ हक सबेरै ।
      २,
      सिमा मिचियो धेरै
      सबै नबोली बसेर
      आँगन चोइटियो मेरै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे , साँगाबजार बनेपा १४ ।

      १,
      नगर्नु कहिल्यै रिसराग
      मेटिएलान् सबै सम्बन्ध
      कोरेर कालो दाग।
      २,
      गरौँ मिलेर कर्म
      पार्दै धरा उज्यालो
      बुझ्दै सबैको मर्म।
      ३,
      मन नहोस् हरोहर
      विचारमा धैर्यता रहोस्
      देखियोस् आत्मीयता मनोहर।
    • तोया नाथ चापागाईं
      दमक, झापा

      १,
      चाडपर्व सकियो अब
      कम्मर कसेर लागौं
      बाली उठाउन सब।
      २,
      नगरी आफ्नो काम
      खानै मात्र खोजे
      कहाँबाट पाइन्छ माम।
      ३,
      मुख हैन साथी
      पाखुरी चलाउनु पर्छ
      अनि उठिन्छ माथि।
    • अरुण कुमार भुजेल
      दार्जिलिङ्ग, भारत।

      १,
      तरकारी हाली नुन
      खाएपछि आउँछ तागत
      नबिर्सने मिठो गुन ।
      २,
      रोजेर असल बाटो
      हिॅंड्नु इमानदार भै
      बन्नेछ अनुसासनको पाटो ।
      ३,
      सुन्तला पाक्यो बोटमा
      देखेर मुख रसायो
      स्वादिलो रस ओठमा ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न. पा. ६ संखुवासभा ।

      १,
      अनौठो जीवनको यात्रा
      दु:खमा हाँस्नै पर्ने
      लुकाएर पीडाको जात्रा ।
      २,
      खुसी कहिले हुनु
      पीडाले साथ नछोडेपछि
      पर्छ एकान्तमा रुनु ।
      ३,
      पीडाको वजन हॅुदैन
      जोख्न कतै नमिल्ने
      सुखले कहिल्यै छॅुदैन ।
    • राजेशराज गड्तौला
      कॅाडाघारी, काठमाण्डौ

      १,
      भ्रष्टलाई फाल्ने गर्नुपर्छ
      देशलाई माथि उठाउन
      हामी अघि सर्नुपर्छ।
    • विष्णु पंगेनी(पाण्डे)
      वालिङ् स्याङ्जा

      १,
      उमेरमै लौरी नटेक्नु
      अल्छी बनेर कमाउने
      दिवा सपनाले नछेक्नु ।
      २,
      सिकौँ कर्ममा रमाउन
      फालेर आलस्यको घुम्टो
      विवेक लगाउ कमाउन ।
      ३,
      मिहेनतले अघि बढ्नु
      लक्ष्य ठुलो लिएर
      अग्लो चुली चढ्नु ।
    • भूपेन्द्र के.सी.

      १,
      कठै ! बेइज्जत आज
      होस हराएका मान्छे
      देख्दा लजाउॅंछ लाज।
      २,
      दिउँसै रात पार्छ
      झुट्टो मुद्दा लगाई
      कति मार्छ टार्छ ?
      ३,
      सबै लाग्छ उस्तै
      यी साधु बिराला
      हेर्दा एकै दुरुस्तै !
    • विवश पारदर्शी
      झापा

      १,
      घामझैँ पूर्वबाट उदाउनु
      बाँडेर न्यानो माया
      आफ्नो मार्ग बनाउनु ।
      २,
      जीवनमा लक्ष्य होस्
      मिल्छ अवश्य सफलता
      परिश्रमी जोस जाओस् ।
      ३,
      गरेर नबस्नु आस
      हट्छ पौरख गरे
      बन्छ जीवन खास ।
    • कृष्ण बजगाई
      भक्तपुर

      १,
      दर्बिला पाखुरा चम्किसक्यो
      राष्ट्रका किराहरू मास्नलाई
      राष्ट्रवादी युवाहरू लम्किसक्यो।
      २,
      जागिसके जनता खुलेर
      अति भइसक्यो अब
      दानवहरू हिॅंड्दैछन् लुकेर।
      ३,
      कसैले छेकेर छेकिॅंदैन
      अन्याय, अत्याचार विरुद्ध
      उठेको आवाज फेँकिॅंदैन ।
    • घनश्याम पन्त
      हरिवन सर्लाही

      १,
      हावा, पनीको मिश्रित
      जिन्दगी यही हो
      सम्झेर बित्छ अतित ।
      २,
      उदाउछ झुल्के घाम
      रमाइलो हुने जीवनमा
      खोजिरहेछ फाइदामा इनाम ।
      ३,
      रमिते दुनियाँ रमाइरहेछ
      देखेर आफन्तीको झगडा
      आँखाले खुसियाली मनाइरहेछ ।
    • ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      पछ्यौरी उनकै ओढेर
      भन्थ्यो जीवन बिताउँछु
      गएछ हिजै छाडेर ।
      २,
      मुस्कानको लोभमा फसेर
      सोचेर भलाई उसैको
      गइछिन् मलाई डसेर ।
      ३,
      फूलको जस्तो जवानी
      देउराली भाकेर भनेको
      नबनोस् हाम्रो कहानी ।
    • रामप्रसाद पुरी
      बादेल, खोटाङ

      १,
      अरूलाई दुख दिएर
      खुसी हुन्छु नसोच
      बस्छौ आँसु पिएर !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ

      १,
      मक्कियोस् पुरानाहरू बरु
      नयाँ विचार जन्मॅंदा
      सकिएछन् अब पर्वहरू ।
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी ।

      १,
      स्वार्थ सबै बिर्सेर
      सधैँभरि कर्म गरौँ
      सेवाभाव मनमा राखेर ।
    • समुन्द्रा शर्मा

      १,
      जङ्गलमा डाँफे मुनाल
      प्वाँख फिँजाएर नाच्दा
      मुसुक्क हाँस्छ हिमाल ।
      २,
      हिमाल पहाड़ तराई
      एउटै आमाका सन्तान
      कोही छैनौँ पराई ।
      ३,
      सेतो हिमाल टलक्क
      पाइला राख्दा परदेशमा
      नेपाल सम्झिन्छु झलक्क ।
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ

      १,
      नेताको बोली सुनेर
      छक्क पर्छु आफै
      पठायौ कस्तो चुनेर ।
      २,
      जनता भए भेडा
      नेताको पछि लाग्ने
      बोली सधैँ टेडा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा

      १,
      लेखेको भावीले सानोमा
      सुखको अनुभूति भएन
      बस्दैछु चुहिने छानोमा।
      २,
      नबुझिने कर्मको खेल
      दुखमा पाइँदैन साथ
      आफन्तले गर्दछन् जालझेल।
      ३,
      पर्दैछ मनमा पीडा
      आफन्तको कर्के नजर
      खेल्दछन् स्वार्थको क्रीडा।
    • सरस्वती श्रेष्ठ
      रुपन्देही बुटवल

      १,
      भन्छन् सतीको सराप
      लोभी पापी मिलेर
      पारे देश धराप ।
      २,
      अरूलाई गाली गर्ने
      चिल आयो भन्दै
      आफ्नै भुँडी भर्ने ।
      ३,
      रहेछन् कस्ता चण्डाल
      झुटको खेती गर्दै
      पारे देशलाई कङ्गाल ।
    • जयनारायण नेपाल
      इलाम, (हाल – सूर्य विनायक – २, बालकोट ,भक्तपुर )

      १,
      सबै चाडपर्वहरू सकिगए
      धेरैको घरमा बुझ्नु
      पर्वले ऋणी भए।
      २,
      महङ्गिले काट्दा सिमा
      उपचारमा लापरवाही भयो
      लगाएर सकारले बिमा ।
    • दुर्गा आचार्य
      मोरङ

      १,
      परिश्रमी हातहरू झुकेनन्
      असहज परिस्थितिमा पनि
      पाइला कहिल्यै रुकेनन् ।
      २,
      एउटा छुट्टै सान
      नेपाली र राष्ट्रियताको
      बेग्लै छ पहिचान ।
      ३,
      भ्रष्टाचार जताततै मौलायो
      जताततै मिसावट मात्रै
      व्यावसायि किन बौलायो।
    • कला ढकाल
      झापा

      १,
      खै के साथमा
      हुँदा मात्रै आफ्ना
      नहुदा टेक्ने माथमा।
      २,
      स्वार्थी सधैँ व्यर्थमा
      कति आफू मात्र
      मरिहत्ते गर्नु अनर्थमा ।
      ३,
      झिल्काले संसार भरौँ
      गरे जे हुन्छ
      परिश्रम गर्ने गरौँ ।
    • दुर्गा भट्टराई
      मोरङ

      १,
      मौसमी जाडो आयो
      चिसो बतास चलेर
      जताततै चिसो छायो ।
      २,
      ध्यान दिन्छौ दुनामा
      दयामाया जगाइदेउ न
      हृदयको एक कुनामा ।
      ३,
      जाग्न लागे जन
      भ्रष्टाचारमुक्त देश हाम्रो
      कहिले हुन्छ भन ।
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६ , दोलखा ।

      १,
      जिउँदो लास जस्तो
      केही छैन मसॅंग
      भयो जीवन सस्तो।
      २,
      जिउनु सकिन रहरले
      धेरै सतायो यहाँ
      यो स्वार्थी शहरले।
    • अन्मोल मुस्कान
      तकदाह छाउनी, दार्जिलिङ

      १,
      मायाको हुन्न आकार
      बाँडेर अझै बढ्छ ,
      ईश्वरीय रूप निराकार।
      २,
      ज्ञानको अमूल्य शक्ति
      पाएर सदैव गुरुको
      गर्छौं मनैदेखि भक्ति।
      ३,
      मरुभूमिले पाएमा पानी
      उम्रनेछन् बोट विरुवा ,
      प्रकृतिको चक्र जानी।
    • सुस्मिता अधिकारी
      काठमाडौँ

      १,
      तिम्रो अभाव थियो
      खालि मलाई सधै
      रुनु नै भैदियो।
      २,
      नपार रुन बारम्बार
      सहन कठिन होला
      मलाई पनि लगातार ।
      ३,
      बोलिमा मिठास भर्नेको
      कहिल्यै भर नपर्नु
      पछि घात गर्नेको।
    • खडक आर सि मिलन
      छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

      १,
      तारा झल्किन्छ,
      रातो गुलाब मुस्कुराउँदै,
      मन भित्र टल्किन्छ ।
      २,
      पानी पर्छ पक्का,
      पातमा बूँद टल्किन्छ,
      हिलोले अड्काउँछ चक्का ।
      ३,
      निलो आकाश राम्रो
      चराहरू उड्दै गएका,
      स्वतन्त्रताको गीत हाम्रो ।
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)

      १,
      हावा चल्यो बेसरी
      बोकी ल्यायो अतीतलाई
      सम्हाल्नु पो कसरी ?
      २,
      महॅंगो खोज्यौ साथ
      किन्न सकिन मैले
      पैसाको रहेछ माथ ।
    • नन्दा धामी
      नौगाड, दार्चुला

      १,
      भविष्यले पढाउॅंछ लेखाउॅंछ
      राम्रोसँग मेहनत गरे
      सफलताको समय आउॅंछ ।
      २,
      आमाको हात शिरमा
      छोराको कुनै पनि,
      छैन चिन्ता पिरमा ।
      ३,
      सम्झनाको पर्‍यो साथी
      कोसिस गर्ने बेला ,
      कष्ट जति ममाथि ।
    • श्रीकृष्ण धामी
      बझाङ

      १,
      पैसामा जीवन चल्छ
      यो मानवजाति हाम्रो
      सबैकोमा आगो बल्छ ।
      २,
      फुल जस्तै राम्री
      घुम्दै छिन् शहर
      प्यारी छोरी हाम्री ।
    • प्रेम शर्मा ” एकान्त प्रेमी “
      कालेबुङ

      १,
      जीवनका हरेक रङ्ग
      आजभन्दा भोलि सबै
      हुँदै गए भङ्ग ।
      २,
      जीवन बन्दैछ नरक
      सोचे जस्तो नभई
      हुँदैछ फरक फरक ।
      ३,
      नगरेको गल्ती सहन
      गाह्रो भएको छ
      मलाई धर्तीमा रहन ।
    • ललिता गिरी
      सिन्धुली

      १,
      हुँदैन कुकर्म गरेर
      सच्चा बन्न सिक
      केही लगिन्न मरेर ।
      २,
      पीडाको भारी बोकेर
      बाँच्नु परेको छ
      मुट्ठी सास रोकेर ।
      ३,
      विष घोलेर पिउन
      पाए घोली पिउँथे
      गाह्रो भयो जिउन ।
    • लक्ष्मण देउवा
      डोटी

      १,
      जोगाऔॅं सस्कृति चलन
      बेथिति विकृति देख्दा
      मनै हुन्छ जलन ।
      २,
      स्वार्थमा रमाउँ तर
      सत्यको अन्त्य हुँदैन
      फर्किनु पर्छ घर ।
    • मन थापा
      पोखरा २१ बक्रेक

      १,
      हिजो आयो खायो
      गम्केर नहिॅंड्नु आज
      नराम्रो भाकाले गायो।
      २,
      लाज शरम नफाल्नु
      हामी नेपालीको समाजमा
      बेइज्जतको पाइला नचाल्नु।
      ३,
      कोपिला जतन गर
      फक्रन नपाइ झर्ला
      पुरानोको भर नपर।
    • राजेश्वरी राजोपाध्याय
      ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::