झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न

  • १४ मंसिर २०८१, शुक्रबार २१:५१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    सपना मनको चाह
    कल्पनाको एक पराकाष्ठा
    जीवन जिउने राह !
    २.
    सपना   तारा  चुम्ने
    यथार्थता जिन्दगीको अलग
    गरीबी चक्रमा घुम्ने !
    -वसन्त अनुभव
    घोराही उमनपा- १४, दाङ
    २)
    —————<•>—————
    १.
    सपना सारा चुम्ने
    काेसिस गरेपछि सपना
    हाम्रो वरिपरि घुम्ने !
    २.
    इतिहासमा नाम  लेख्ने
    रातदिन परिश्रम गरेपछि
    असल सपना देख्ने !
    -श्रीकृष्ण धामी – बझाङ
    ३)
    —————<•>—————
    १.
    सपना धेरै हुन्छ
    पुरा गर्न नसक्दा
    मनमा पीडाले छुन्छ ।
    २.
    सुनौलो भविष्यको रहर
    गर्दछन् सबै युवाहरू
    बनाउने सपनाको सहर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    ४)
    —————<•>—————
    सपना निद्रामा आउँदछ
    आहा आन्नद कति
    विपनामा सबै हराउँदछ ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ५)
    —————<•>—————
    १.
    सपना देखेर बाँचिन्छ
    पुरा भयो भने
    मज्जा सङ्गले नाँचिन्छ ।
    २.
    पालैपालो गरि आउँछौ
    सपनामा अनि कल्पनामा
    रहर बनी छाउँछौ ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ६)
    —————<•>—————
    १.
    हजारौँ सपना देख्ने
    रहरहरू पुरा गर्दै
    इतिहासमा नाम लेख्ने !
    २.
    असल सपना देखौँ
    राम्रो काम गर्दै
    विश्वमा नाम लेखौँ !
    -बेदु न्यौपाने
    ७)
    —————<•>—————
    सपना सबैले देख्नुपर्छ
    बिर्सन सकिन्छ बिउँझदा
    त्यसैले तुरुन्त लेख्नुपर्छ ।
    -देवी पन्थी
    ८)
    —————<•>—————
    १.
    सपमा देखेँ मैले
    थाले रहरहरू पलाउन
    तिमीसँग भेटुँ कहिले ?
    २.
    मनका यी रहरहरू
    खुसीका ती पल
    मुर्झाए कसाे गरूँ ?
    -सुशिलाा शिखा
    कगेश्वोरी काठमाडौँ
    ९)
    —————<•>—————
    १.
    लास कुर्छ कुरीले
    सपना ती साँच्दासाँच्दै
    उडायो आज हुरीले !
    २.
    मायाले ज्यानै लियो
    यो जीवनभरि तिमीसँगै
    बाँच्ने सपना थियोे ।
    -दीप गोले तामाङ रौतहट
    १०)
    —————<•>—————
    १.
    सपना देखिने अति
    ती पूरा हुँदैनन्
    बाँकी रहन्छन् कति !
    २.
    सपना देखिन्छ निदाएर
    सबै मनको कल्पना
    शून्य केही नपाएर !
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका,बोस्टन।
    ११)
    —————<•>—————
    १.
    सुकुम्बासी सपनाको घर
    खोलामा पर्यो  कठैबरी
    अन्तरकुन्तर लाग्छ डर !
    २.
    नेताहरू पुगे माथि
    जनता छन् खोलातिर
    सपना लाग्दैन साथी !
    -विवश पारदर्शी
    झापा
    १२)
    —————<•>—————
    १.
    सपना धेरै थियो
    झोला बोकेर हिँडे
    समयले धोका दियो ।
    २.
    सपना अनगिन्ती थियो
    घर  छोडेर भागेँ
    जवानीले सातो लियो ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    १३)
    —————<•>—————
    १.
    नहोस् सपना अधुरो
    कसैको देख्न नपरोस्
    भविष्य अब मधुरो !
    २.
    धेरैले सपना साँचेका
    साकार बनुन् जहिले
    आशा लिएर बाँचेका !
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    १४)
    —————<•>—————
    १.
    बोकेर मनभरी डर
    कसरी बाँच्नु यहाँ
    छैन कसैको भर !
    २.
    देशको हौँ शान
    यसैले त यहाँ
    राखौँ सबले मान !
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    १५)
    —————<•>—————
    १.
    जिन्दगीमा सपना देखेर
    यत्तिँकै मरिने भाे
    साहित्य सृजना लेखेर !
    २.
    हुँदैनन् सपनाहरू पूरा
    चाहनाहरू छन् धेरै
    रहरहरू रहे अधुरा !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    १६)
    —————<•>—————
    भविष्यको हुँदैन आकार
    गरेर परिश्रम कडा
    पार्नुपर्छ सपना साकार !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    १७)
    —————<•>—————
    १.
    मरेपछि नाम पाउन
    सत्कर्म आज गरौँ
    तारा बनेर उदाउन !
    २.
    जीवन लाग्छ अधुरा
    जहिल्यै पाइने हन्डर
    सपना नहुने पूरा !
    ३.
    सोचेको पुरा नहुँदा
    समालिन गाह्रो पर्छ
    मन भकानिएर रुँदा !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    १८)
    —————<•>—————
    १.
    जीवन बगर नहोस्
    सपना हराभरा बनाउने
    शान्ति सौम्य बनोस् ।
    २.
    बहिष्कारको सूचीमा दबाब
    हिंसाको सिकार नहुने
    निर्मुल होस् भेदभाव !
    -पृथक प्रकृति ,झापा
    १९)
    —————<•>—————
    सपना ननिदाई देख
    लक्ष्य राख उचालिने
    मीठाे लाग्ने लेख !
    -दीपक दाहाल
    २०)
    —————<•>—————
    सपना अधुरो भयो
    पूरा गर्न नपाएर
    जिन्दगी त्यसै गयो ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    २१)
    —————<•>—————
    १.
    सपनाको महल राम्रो
    ब्युझेर सम्झदा त्यहाँ
    हुन्छ कस्तो चाम्राे !
    २.
    जीवनसँगै सपना साँचेर
    पर्खिरहन्छन् सधैँ मानिसहरू
    सुनेको आधारमा बाँचेर !
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
    २२)
    —————<•>—————
    भविष्यको सपना देख्नू
    सबैले सम्झने छन्
    ऎतिहासिक नाम  लेख्नू ।
    -प्रेम थापा “मन”, बागलुङ
    २३)
    —————<•>—————
    सपनाकाेे अनेकाैँ आकार
    अन्तिम प्रहरमा देखेका
    हुन्छ भनिन्छ साकार !
    -काेपिला अधिकारी
    गाेरखा
    २४)
    —————<•>—————
    १.
    सपना थियो घेरो
    उडी चन्द्र छुने
    हावाले उडायो मेरो !
    २.
    विकासका योजना बग्यो
    भ्रष्टाचार छलकपटले नेपालीका
    सपनाहरू सबै लग्यो ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    २५)
    —————<•>—————
    १.
    सपना पूरा गर्नू
    सोचेर सम्झेर हेर
    अरूको भर नपर्नू !
    २.
    डराएर पूरा हुँदैन
    मनमा भए भरोसा
    असफलताले नै छुँदैन ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    २६)
    —————<•>—————
    १.
    सपना पूरा गर्न
    हुँदैन गरेर अल्छी
    सक्नुपर्छ अघि सर्न !
    २.
    सपनाको अनेक आकार
    सङ्घर्ष गर्दछ जसले
    उसकै उदेश्य साकार !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    २७)
    —————<•>—————
    १.
    जीवन एउटा सपना
    सपना देख्ने जिन्दगी
    अधुरै रहन्छन् कल्पना !
    २.
    मानिस सपना बुनेर
    दौडिन्छ उफ्रिन्छ सधैँ
    आशाको बाजा सुनेर !
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २८)
    —————<•>—————
    १.
    नेताका सपना पूरा
    जनताले सहने मात्र
    पोख्दै दुःखका कुरा !
    २.
    एकजुट हामी भएर
    नेपाललाई शिखरमा पुर्याऔँ
    न्यायको बाटोमा गएर !
    -सुस्मिता अधिकारी ,काठमाण्डौं
    २९)
    —————<•>—————
    १.
    भ्रष्टाचार निर्मुल देश
    हेर्ने रहर मेरो
    चारैतिर विकासे परिवेश !
    २.
    काँधमा काँध मिलाई
    पुरा गर्नुछ  चाहना
    पौरखी नङ्ग्रा खियाई ।
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    ३०)
    —————<•>—————
    १.
    सपना सुन्दर सजाउनू
    त्यसलाई साकार पार्न
    आफूलाई नित्य कजाउनू ।
    २.
    फोस्रो सपनाले हुन्न
    कर्म गरिएन भने
    सफलताले कहिले छुन्न ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३१)
    —————<•>—————
    १.
    पुग्दैन सपना देखेको
    जिन्दगीमा त्यही हुन्छ
    निधारमा भावीले लेखेको !
    २.
    गरौँ सबैले कामना
    अवश्य पुग्नेछ एकदिन
    हामीले देखेका सपना !
    -अनिता भण्डारी, ताप्लेजुङ
    ३२)
    —————<•>—————
    भुलायो सपना देखाई
    जनताको  दुःख बुझेन
    झुक्यायो कसम खाई !
    -समुन्द्रा शर्मा
    ३३)
    —————<•>—————
    १.
    खुराफाती नेताको अब
    चकनाचुर भयो सपना
    जनता जागिसके सब !
    २.
    ढोङ्गीहरूले खोक्रो बनाएर
    हाम्रो सपनाहरू सबै
    उडाए डाँडा कटाएर !
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३४)
    —————<•>—————
    मीठो सपना देखाई
    केही गरेनन् पूरा
    जनताको सामु आई !
    -भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    ३५)
    —————<•>—————
    १.
    आशाको बेलो चुनेर
    दौडिन्छ मानिस सधैँ
    सुन्दर सपना बुनेर !
    २.
    सपना साकार पार्न
    सक्नु पर्दछ सबैले
    लाछी तनलाई बटार्न !
    -बाबुराम गौतम, गुल्मी
    ३६)
    —————<•>—————
    बुझ्नेलाई हुन्छ शिक्षा
    सपनाले केही दिन्छ
    अनाहक हुन्न दीक्षा !
    -जी.वि. कश्यप
    घाेराही, दाङ
    ३७)
    —————<•>—————
    १.
    सपनाहरू आफैँले रेटियो
    भित्रभित्रै गुम्सिएको चाहना
    आफ्नै हातले मेटियो ।
    २.
    काधमा बोकेर जिम्मेवारी
    अल्झियो जीवनको यात्रामा
    सपना भयो भारी ।
    -रुना कर्माचार्य दाहाल
    चितवन
    ३८)
    —————<•>—————
    १.
    कल्पनाभित्रकाे मीठो रहर
    प्रतिविम्बित हुन्छ सपनामा
    गर्नुपर्नेछ जपनाकाे कदर !
    २.
    सपना कल्पनाको सागर
    बिउँझेपछि हुन्छ फुस्सा
    अल्छीकाे हुन्न जाँगर !
    -प्रद्युम्न चालिसे
    ३९)
    —————<•>—————
    १.
    सपना रह्यो अधुरो
    आश अझै मेटिएन
    घाम पनि मधुरो !
    २.
    आश मर्ने भए
    के बुन्नु  सपना
    पात झर्दै  गए ।
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ४०)
    —————<•>—————
    सपना जीवनको कोर्नू
    सोचेर भविष्य बनाउने
    पसिनाले हिरा फोर्नू !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ४१)
    —————<•>—————
    १.
    सपना बेच्ने सहरमा
    आएको हजुर कमाउन
    सुनौलो भविष्यको रहरमा !
    २.
    कस्तो नमिठो देखेछु
    दिउँसै मृत्युको सपना
    यसर्थ झिल्का लेखेछु ।
    शब्दको खेलाडी ( विशु हाङ राई)
    विराटनगर मोरङ नेपाल
    ४२)
    —————<•>—————
    १.
    लाग्दैन बेर छुट्न
    सम्बन्ध कच्चा भए
    अनायास सपना टुट्न !
    २.
    सानो खुसीमा फुल्छ
    जीवन अस्थिर रहे
    रनवन मन डुल्छ ।
    -पुष्पा राई, बादेल, खाेटाङ
    ४३)
    —————<•>—————
    सपनाको संसारमा रमाएर
    हुँदैन कहिले पूरा
    अरूको हात समाएर !
    -ललिता गिरी, सिन्धुली
    ४४)
    —————<•>—————
    १.
    सपना सजाएर राखेको
    खल्ती मोटो देखेर
    अरूकै मोह चाखेको !
    २.
    सपना उच्च लिए
    विपनाले आकाश छुन्छ
    यति सुझाव दिएँ।
    -विनोद खाती, मिरिक
    ४५)
    —————<•>—————
    नपरौँ सपनाको भर
    बजाऔँ पाखुरी आफैँले
    परौँ कर्ममा भर !
    -बिबा तामाङ
    लापपञ्चर सिटोङ खरसाङ
    ४६)
    —————<•>—————
    भगवानको याद गर्नुहोस्
    सपनाहरू साकार पार्न
    पाखुरीमा हिम्मत भर्नुहोस् ।
    ✍️ संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    ४७)
    —————<•>—————
    १.
    ब्युँझिए सपना देखेर
    राम्रो भएन कहिल्यै
    भावीले नराम्रो लेखेर !
    २.
    सपना ठूलो देख्नू
    यथार्थ नलुकोस् कहिल्यै
    त्यसैको कथा लेख्नू !
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ४८)
    —————<•>—————
    १.
    मनमा सोचेका कुरा
    देखेका सपना हुन्छन्
    एकदिन हुनेछ पूरा !
    २.
    नेताको देखाउँछन् आस
    विकास सपना सबै
    पूरा हुँदैनन् पास !
    -कृष्ण बजगाई, भक्तपुर
    ४९)
    —————<•>—————
    रातको सपना विकार
    सत्यता हुन्छ दिनको
    भविष्य सुधार्ने आधार !
    -दिल ठकुरी, दार्जिलिङ
    ५०)
    —————<•>—————
    १.
    गरेर मनमा जपना
    पूरा नहोलान् तथापि
    देख्नू ठूलै सपना !
    २.
    सुनेनन् मेरा कुरा
    वैरी भैदिँदा आफ्नै
    सपना रहे अधुरा !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————