झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न

  • १२ मंसिर २०८१, बुधबार २१:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    नघटोस् जीवनको नुर
    स्वास्थ्यको ख्याल राखौँ
    भगाऔँ चिन्तालाई दूर !
    २.
    बाइबल, कुरान, गीतामा
    मानवधर्ममा लगाऔँ मन
    चिन्ताले लान्छ, चितामा !
    -वसन्त अनुभव, दाङ
    २)
    —————<•>—————
    चिन्ताले दुब्लाउँदै गएँ
    रोगले कि शोकले
    दोधार आफैँ भएँ ।
    -सङ्गीता खरेल
    काठमाडौँ
    ३)
    —————<•>—————
    नघटोस् कसैको आयु 
    स्वस्थ रहौँ सबै
    स्वच्छ राखेर वायु !
    -कविता गुरुङ
    रोल्पा
    ४)
    —————<•>—————
    १.
    तड्पियो मन मुटु
    छोरो परदेश गयो
    ज्यान खायो कुटुकुटु !
    २.
    आनन्द कहाँ खोज्नु
    चिन्ताले सताको बेला
    खुसी कसरी रोज्नु ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ५)
    —————<•>—————
    मीठाे बाेल्ने धेरै
    छन् विश्वासघाती वरपर
    जरो काट्छ्न् मेरै !
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    ६)
    —————<•>—————
    १.
    चिन्ता गरेर रोग
    निम्त्याउनु हुन्छ मुर्खता
    पर्छ अकस्मात् शोक !
    २.
    निस्की चिन्ताबाट झट्ट
    हलुका हुनु राम्रो
    नत्र परिन्छ चौपट्ट !
    -मनोहरी पौडेल
    गैडाकोट १
    ७)
    —————<•>—————
    १.
    जिन्दगीमा चिन्ता नलेऊ
    आत्मा सन्तुष्ट गर
    आत्मा कसैलाई नदेऊ !
    २.
    चलन अनुसार चल्नुपर्छ
    नबुझी कहिल्यै नबोल
    उज्यालो हुँदै बल्नुपर्छ ।
    -बेदु न्यौपाने
    ८)
    —————<•>—————
    १.
    चिन्ता हो शत्रु
    रातोदिन पालेर राख्दा
    जीवन हुन्छ पत्रु ।
    २.
    चिन्ताको छैन उपचार
    मर्ने जीवन सम्झदा
    गर्नु हामीले बेकार !
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    ९)
    —————<•>—————
    नगर्नू चिन्ता भोलिको
    कटेर जान्छ समय
    सीमा राख्नु बोलीको ।
    -पुष्पा राई, बादेल, खोटाङ
    १०)
    —————<•>—————
    चिन्ताले पिरोलिएर नबसौँ
    हुने कुरा मेटिँदैन
    खाल्डोमा आफैँ नपसौँ !
    -रमेश दियाली
    शेल्पू सिटोंग, दार्जिलिङ
    ११)
    —————<•>—————
    सन्तोष हुन्न धनबाट
    नगरौँ कहिले चिन्ता
    खुसी हटाएर मनबाट !
    -दीप गोले तामाङ – रौतहट
    १२)
    —————<•>—————
    १.
    आउँछ यसरी भोलि
    याद गर मनमा
    नगर नमीठो बोली !
    २.
    कति सफा वायु
    मनको पीरलाई लाने
    भयो छोटो आयु ।
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    १३)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउँछ चितामा
    मनन् गर्नुपर्छ सबैले
    लेखिएको छ गीतामा !
    २.
    हुने हुनामी टर्दैन
    व्यर्थमा चिन्ता नगर्नू
    टाउको दुखाउनु पर्दैन ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत
    १४)
    —————<•>—————
    १.
    मनमा खुसी पालेर
    जोगाउँदै थिएँ याद
    हावामा दीप बालेर !
    २)
    समयको रोकिँदैन गति
    किन दिइरहन्छ दु:ख
    फसाएर चिन्तामा अति !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १५)
    —————<•>—————
    चिन्ता लिनु हुँदैन
    भन्छन् मान्छे सबै
    रोगले शरीर छुँदैन !
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    १६)
    —————<•>—————
    जीवनको गरौँ सदुपयोग
    नकारात्मक सोच्छ जसले
    उसैलाई चिन्ताको रोग !
    -प्रेम थापा “मन”बागलुङ
    १७)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउने चिता
    हुनेहुनामी हुन्छ नै
    खानु मज्जाले सीता !
    २.
    राम्राे  कर्ममा जुट्नू
    आएको समस्यालाई भुलेर
    जीवनको आनन्द लुट्नू !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    १८)
    —————<•>—————
    मनमा कुटुकुटु खान्छ
    खबरदारी गरे मनको
    कता भागेर जान्छ ।
    -दुर्गा आचार्य
    मोरङ
    १९)
    —————<•>—————
    १.
    चिन्ताले धेरै सतायो
    बाटोमा साथी भेटेँ
    बल्ल खुसी छायो ।
    २.
    चिन्ता गर्नु हुँदैन
    भगवान्मा विश्वास गर्नू
    छायाले कहिल्यै छुँदैन ।
    -बिधुत गुरुङ, गोरुबथान
    २०)
    —————<•>—————
    आउँछ दिन गनी
    मेरो मनमा चिन्ता
    लिन्न भन्दा पनि !
    -हिरामाया श्रेष्ठ
    २१)
    —————<•>—————
    कस्को मन रुँदैन
    सबैलाई हुन्छ पीडा
    चिन्ता लिनु हुँदैन ।
    -सरिता सेढाई, धादिङ
    २२)
    —————<•>—————-
    १.
    नचाहिने विचार घटाऔँ
    सकारात्मक राखी सोच
    मनको चिन्ता हटाऔँ !
    २.
    आफैँ बुझाउँ मन
    अरूले त जानाजानी
    दुखाइ दिन्छन् कोट्याइकन !
    -पशपती राई, खोटाङ
    २३)
    —————<•>—————
    चिन्ताले स्वास्थ्य बिगार्ने
    प्रभुको चिन्तन गरौँ
    गर्छ यसैले सपार्ने !
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    २४)
    —————<•>—————
    १.
    लाग्छ चिन्ता मलाई
    कतै शङ्काको हुरीले
    कोर्न सक्छ सलाइ !
    २.
    तिम्रो मायाले गलायो
    प्रियतम नजाऊ छोडी
    हृदय मेरो जलायो !
    -विवश पारदर्शी
    झापा
    २५)
    —————<•>—————
    चिन्ताले शरीर गलाउँछ
    मन स्वच्छ राखौँ
    आशाको दियो पलाउँछ ।
    -भुपेन्द्र राना मगर
    धादिङ
    २६)
    —————<•>—————
    १.
    चिन्ताले छोएको पल
    आखाँमा आँसु छल्किने
    जीवन लाग्ने खलखल ।
    २.
    चिन्ताले ज्यान सुकाउने
    वसन्त ऋतुको बेलामा
    मनमा उदासी छाउने ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    २७)
    —————<•>—————     
    जुकाझैँ पो ! टाँसिन्छ
    चिन्ताले जीवन मान्छेको
    रोग  शोकमा भाँसिन्छ ।
    -रुना कर्माचार्य दाहाल
      चितवन
    २८)
    —————<•>—————
    नलिउँ चिन्ता कसैले
    बिताउँ जीवन हाँसेर
    हाँसी, खुसी सबैले !
    -नागेन्द्रप्रसाद यादव
    २९)
    —————<•>—————
    १.
    चिन्ता  नलिनू  मनमा
    मानसिक विश्राम  लिनू
    स्फूर्ती  जगाई  तनमा स्फूर्ति !
    २.
    चिन्ताको  औषधी  हुँदैन
    छट्पटी  बढ्छ  मनमा
    खुसीले  ठ्याक्कै  छुँदैन ।
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    ३०)
    —————<•>—————
    देशको गति सम्झेर
    चिन्ता लाग्छ मलाई
    अनि बस्छु गम्केर !
    -कमल थापा
    ३१)
    —————<•>—————
    १.
    चिन्ता हो अभिशाप
    चितामा पुर्याउन सक्छ
    गरौँ मनदेखि सखाप !
    २.
    हुँदैन चिन्ताको नाप
    गलाउँदै लान्छ शरीर
    मानेर हुन्न पश्चाताप !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५, जुम्ला
    ३२)
    —————<•>—————
    सकिन्छ खुसी हुन
    त्याग्न सकेमा चिन्ता
    स्वस्थ भइन्छ सुन !
    -सुस्मिता अधिकारी ,काठमाणडौँ
    ३३)
    —————<•>—————
    कमजोर बनाउँछ चिन्ताले
    भन्छन् पुर्‍याउँछ चितामा
    समयमै मनबाट नफाले !
    -अनिता भण्डारी, ताप्लेजुङ
    ३४)
    —————<•>—————
    भयो हरे छिन्नभिन्न
    देशको हालत गिर्यो
    चिन्ताले शान्ति दिन्न ।
    -सन्तु खत्री
    ३५)
    —————<•>—————
    १.
    छोरीलाई अनमाउँदा पीर
    लागेको रुन्चे भतेरमा
    पकाएर खुवाइयो खीर !
    २.
    जन्तीको थिएन ताँती
    एकदमै कम आएर
    हामीलाई भयो जाती !
    -भगवती दवाडी
    ३६)
    —————<•>—————
    चिन्ताले खान्छ ज्यान
    चिन्तामुक्त बनेर बसौँ
    बचाउँ जीवनको शान !
    -देवकृष्ण काफ्ले
    ३७)
    —————<•>—————
    १.
    हाँसेर जीवन बिताऔँ
    दुई दिनकाे जिन्दगीमा
    सबैकाे भलाे चिताऔँ
    २.
    हटाइदिनु मनकाे मैलाे
    अन्धकार भैदिन्छ आखिर
    लक्ष्मीकाे आँगन दैलाे ।
    – नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ३८)
    —————<•>—————
    नलिनू चिन्ता कहिले
    दुःखकष्ट विपद परेमा
    खुसी रहनु जहिले !
    -समुन्द्रा शर्मा
    ३९)
    —————<•>—————
    १.
    चिन्ताले मदिरा पिएँ
    तिम्रो यादहरुमा
    दिल खोली जिएँ ।
    २.
    चिन्ता शत्रु हाम्रो
    नलिनु सधैँ मनमा
    खुसी हुनु राम्रो !
    -प्रेम शर्मा ” एकान्त प्रेमी ” कालेबुङ
    ४०)
    —————<•>—————
    १)
    चिन्ता लिनु हुन्न
    यसले पुर्‍याउँछ चितामा
    धामीले पनि छुन्न ।
    २.
    हुने घटना हुन्छ
    चिन्ता लिने नगर्नु
    विधातालाई कस्ले छुन्छ ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ४१)
    —————<•>—————
    लिन्न भन्दा आइलाग्ने
    रोग रहेछ चिन्ता
    तन सुकाउन जाइलाग्ने !
    ✍️ विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    ४२)
    —————<•>—————
    १)
    समस्या सबैमा आउँछ
    समाधान हुन्छ बिस्तारै हुन्छ
    खुसी आनन्द छाउँछ !
    २.
    दु:ख आउँछ जान्छ
    पिर लिन हुँदैन
    चिन्ताले जिउ खान्छ !
    -उर्मिला के.शी., धनकुटा
    ४३)
    —————<•>—————
    आफूलाई निर्धो ठानी
    चिन्ता नगरौँ हरदम
    चिन्ताले गर्छ हानी !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    ४४)
    —————<•>—————
    १.
    पिर चिन्ताले छोड्दैन
    दुःखी गरीब भएपछि
    आफन्तले  सम्बन्ध जोड्दैन ।
    २.
    बलेको आगो ताप्छन्
    गाउँघर  जताततै सबैले
    धन सम्पत्ति नाँप्छन् ।
    -कला ढकाल, झापा
    ४५)
    —————<•>—————
    १.
    नलिए चिन्ता मनमा
    कसरी बनिन्छ सफल
    नगाडे र्याल धनमा ?
    २.
    चिन्ताले चिन्तनशील बनाउला
    अनावश्यक चिन्ताले मान्छेलाई
    फेरि चितामा पुर्याउला !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
    ४६)
    —————<•>—————
    १.
    चिन्ताको  रोग लागेर
    पुग्दछ मान्छे चितामा
    सक्दैन उम्किन भागेर !
    २.
    मनमा शान्ति पाउन
    गरेमा  सेवा दुखीको
    पर्दैन मन्दिर धाउन !
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ४७)
    —————<•>—————
    १.
    नगर्नू चिन्ता बेकार
    घट्छ जीउ चिन्ताले
    मान्छ मनले हार !
    २.
    नलिनू धेरै चिन्ता
    सफलता कहाँ मिल्छ
    मिहिनेत नगरी हिँड्दा !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ४८)
    —————<•>—————
    चिन्ता राम्रो हुँदैन
    चितामा पुर्याउला यसले
    बसेमा टाढा छुँदैन ।
    -सरस्वती श्रेष्ठ
    (४९)
    —————<•>—————
    १.
    चिन्ता भयानक रोग
    आफैँमा उब्जिन्छ यो
    हटाउनु उत्तम योग ।
    २.
    चिन्ताले आगो बल्छ
    समालिन नसके मान्छे
    मुटुदेखि सारा जल्छ ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ५०)
    —————<•>—————
    चिन्ता हो सलाइ
    जीउँदै मार्न सक्छ
    यसले भित्रभित्रै जलाई !
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ५१)
    —————<•>—————
    १.
    गुम्स्याएर राखेको कुरो
    चिन्ता बन्न पुग्छ
    राख्न हुँदैन अधुरो !
    २.
    त्याग  चिन्ता  पीर
    सकिन्छ आँट गर्दा
    मन   हुन्छ   स्थिर !
    -अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ५२)
    —————<•>—————
    १.
    व्याख्या गरौँ यसको
    नेतृत्वमा बस्नेहरूले नै
    चिन्ता गर्दैनन् देशको ।
    २.
    खुसीको रङ्ग छरौँ
    सहजै जिउन जिन्दगी
    चिन्ता कम गरौँ !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ५३)
    —————<•>—————
    चिन्ताले चितामा पुर्याउँछ
    नसोच्नू अरू केही
    झन् जीवन तुर्याउँछ ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    ५४)
    —————<•>—————
    १.
    चिन्ताले  जिन्दगी बन्दैन
    समस्या बुझे पनि
    कसैले बिचरा भन्दैन !

    जब चिन्तामा पर्छ
    मानसिक सन्तुलन गुमाई
    देहत्याग नै गर्छ ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ५५)
    —————<•>—————
    १.
    चिन्ता गरेरै मर्यो
    नगर भन्दा मानेन
    बिचरा ठहरै पर्यो ।
    २.
    भन्छन् चिन्ता रोग
    कतिलाई बुझाउनु यहाँ
    बरू भगवान् ढोग !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ५६)
    —————<•>—————
    १.
    चिन्ताले जीवन जान्छ
    नलिनू तनाव व्यर्थै
    अकालै कालले लान्छ ।
    २.
    चिन्ताले मन जलाउँछ
    सुन्दर जीवन पनि
    जलाएर खरानी बनाउँछ ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५७)
    —————<•>—————
    १.
    आएको समस्या झेल्नुपर्छ
    हिम्मत जुटाऔँ सबैले
    जीवनको गाडी ठेल्नुपर्छ ।
    २.
    बगर बनाएर दामी
    दु:खद परिस्थिति छिचोल्दै
    अघिअघि जाऔँ हामी !
    -पृथक प्रकृति ,झापा
    ५८)
    —————<•>—————
    १.
    देशको चिन्ता छैन
    भ्रष्ट हुनाले नेता
    खोसियो जनताको चैन !
    २.
    राज्यकोष बाँडेर खाए
    जनताको मौलिक हकमा
    पुरै अङ्कुस लगाए ।
    -बाबुराम गौतम, गुल्मी
    ५९)
    —————<•>—————
    १.
    चिन्ता राेगकाे बीउ
    आफैँ उब्जिएर मनमा
    सारै गलाउँछ जीउ ।
    २.
    भाेक निद्रा भगाउन
    खप्पिस हुन्छ चिन्ता
    शरीरमा राेग लगाउन !
    -काेपिला अधिकारी
    गाेरखा ,सिरानचाेक
    ६०)
    —————<•>—————
    १.
    हुनेहार दैव नतार
    भन्ने उखान सुन्छु
    नलिउँ चिन्ता धुवाधार !
    २.
    नियति सकाराैँ सबै
    भागेर कहाँ जानु
    नलिउँ चिन्ता कबै !
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    ६१)
    —————<•>—————
    १.
    अराजकताको बीउ जाग्याे
    चिन्ता देशको भविष्यको
    सुनिन्छ नेताहरू भाग्याे ।
    २.
    सम्झिन्छु जनयुद्धको तर्क
    गतिविधिले लाग्छ चिन्ता
    पुरानै   बाटोमा   फर्क ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    ६२)
    —————<•>—————
    १.
    गल्तीले शिर झुकाउँछ
    सोचेर बोलौँ सधैँ
    चिन्ताले शरीर सुकाउँछ ।
    २.
    रोग चिन्ताले भेटायो
    खुसी आएन मेरो
    ईश्वरले लेख्दै मेटायो ।
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ६३)
    —————<•>—————
    बगिरहोस् जीवनको धारा
    सकारात्मक सोच ल्याऊँ
    सकिनेछ दु:ख सारा !
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    ६४)
    —————<•>—————
    चिन्ता गरौँ बाआमाको
    भगवान् हुन् हाम्रा
    नगर तीर्थ धामाको !
    -सविता, भट्टराई, जनकपुरधाम
    ६५)
    —————<•>—————
    चिन्ताले ग्रसित भयो
    उपचारमै उठ्यो बास
    सारा खेतबारी गयो ।
    -बिरेन्द्र कुमार चौधरी
    इटहरी, सुनसरी
    ६६)
    —————<•>—————
    पागल हुन्छ मन
    चिन्तालाई स्थान दिए
    गल्दै जान्छ तन !
    -नन्दा धामी
    नौगाड दार्चुला
    ६७)
    —————<•>—————
    खाइरहन्छ भित्र कुटुकुटु
    जतिबेला हुन्छौ टाढा
    चल्दैन तिमिबिना मुटु !
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ६८)
    —————<•>—————
    १.
    चिन्ताले चिता ल्याउँछ
    पीरमर्का दिएर सधैँ
    ज्यान गलाएर सताउँछ ।
    २.
    सधैँ सताउने गर्छौ
    अमिट्य चोट दिई
    फेरि आफैँ डर्छौ ।
    -सञ्जीवराज जोशी विवस, कञ्चनपुर
    ६९)
    —————<•>—————
    चिन्ता लिई नथाक्नू
    हुने भएरै छोड़छ
    मनको चोट ढाक्नू !
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    ७०)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउँछ चितामा
    मुक्ति पाउन समस्याबाट
    समर्पित हुनू गीतामा !
    २.
    चिन्तनले अध्यात्मतर्फ डोहोर्याउँछ
    व्यर्थको चिन्ताले व्यक्तिलाई
    सिधैँ चितामा सुताउँछ ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ७१)
    —————<•>—————
    १.
    महिला हिंसा बढेछ
    नजर यता लगाऔँ
    समाज कता ढलेछ ?
    २.
    रूप छन् धेरै
    समाजमा महिला हिंसाका
    बसेका छन सहेरै !
    -देव मगर
    तिनाउ-१,,कचल,पाल्ला
    ७२)
    —————<•>—————
    १.
    विचारबाट मनमा पसेर
    दुःख दिन्छ चिन्ताले
    हरेक पलपलमा डसेर !
    २.
    बेलैमा नगरे निदान
    भित्रभित्रै खोक्रो बनाई
    लिन्छ चिन्ताले ज्यान !
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ७३)
    —————<•>—————
    १.
    चिन्ता भएमा मनमा
    पिरोल्छ भित्रभित्रै हरदम
    लाग्दैन घाम तनमा !
    २.
    समस्या  समाधान   हुँदैन
    बोकेर चिन्ताको भारी
    बाहिरी वातावरणले छुँदैन ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    ७४)
    —————<•>—————
    १.
    चिन्ताले पिरोलेको मन
    सुखले बस्दैन कहिले
    दुख्दछ भित्रसम्म तन !
    २.
    चिन्ता विषकाे भाँडो
    कतिले जानेर पिउँछन्
    लगाई घाँटी ठाडो !
    -विनोद खाती, मिरिक
    ७५)
    —————<•>—————
    १.
    मनमा भयो पिर
    छैन लहर खुसीको
    फुट्न खोज्छ शिर !
    २.
    चिन्ताले बाधा टर्दैन
    दुःख लाग्छ खाली
    आफैँलाई मन पर्दैन !
    -श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————