झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न

  • २९ कार्तिक २०८१, बिहीबार २०:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३७ औँ शृङ्खला (ठन्डी मौसम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका ठन्डी मौसम विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    समय नआकौँ कम
    पर्नसक्छ स्वास्थ्य समस्या
    ठन्डीको छ मौसम !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    २)
    बढ्यो ठन्डीको मौसम
    काप्दैछ थरथर शरीर
    आगोले भएन कम !
    -हरिनारायण चौधरी
    —————<•>—————
    ३)
    १)
    लगाइदिनु तेल तताएर
    बालक अनि वृद्धलाई
    नमरुन् ठन्डीले सताएर !
    २)
    गाँस अनि बासमा
    उचित ध्यान पुर्याउनु
    अबको चार मासमा !
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    ४)
    बढ्दैछ ठन्डीकाे याम
    स्वास्थमा पर्छ असर
    ताप्नु बिहानको घाम !
    -भाेलामान बर्देवा (बैरागि माईलाे)
    धरान ८ सुनसरी
    —————<•>—————
    ५)
    १)
    ठन्डी बढेकाे याम
    ख्याल गरेर बस्नु
    ताप्दै रापिलो घाम !
    -जी.वि. चिन्तन
    घाेराही,दाङ
    —————<•>—————
    ६)
    ठन्डी मौसमको बेला
    झोलिलो तातो खानु
    नगर्नु स्वास्थ्यसँग रेला ।
    -अरुण कुमार भुजेल
    दार्जीलिङ्ग,भारत
    —————<•>—————
    ७)
    १)
    तात्तातो सुप खाऊँ
    न्यानो कपडा लगाएर
    आफूलाई चिसोबाट जोगाऊँ !
    २)
    व्यथाले हामीलाई सताउँछ
    बेलैमा बुद्धि नपुराए
    चिसोले शरीर गलाउँछ ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    ८)
    १)
    तराईमा चल्छ शीतलहर
    हिमालमा पर्छ हिउँ
    जीवन जिउन कहर ।
    २)
    गाउँ वा सहर
    आयो ठन्डी मौसम
    गरीबलाई तातोको रहर !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    ९)
    चिसो चिसो रातमा
    तातो तातो हुन
    चाहिन्छ कोही साथमा ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    १०)
    चिसो ठन्डीको याम
    अब हुन्छ प्यारो
    न्यानो तातो घाम ।
    -सरिता सेढाई धादिङ
    —————<•>—————
    ११)
    १)
    मौसम बदलिएर आयो
    सबै बनौँ होसियार
    चिसोले साह्रै सतायो ।
    २)
    अब ठन्डी जाग्छ
    न्यानो लुगा लगाऔँ
    आफैँ चिसो भाग्छ ।
    -बेदु न्यौपाने
    —————<•>—————
    १२)
    १)
    चिसोमा न्यानो लगाऊँ
    यसबाट बँच्नका लागि
    तातो झोझिलो खाऊँ ।
    २)
    ठण्डी मौसमको बेला
    न्यानो कपडा लगाउनुपर्छ
    नगरौँ स्वास्थ्यमा खेला !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    १३)
    १)
    तात्ताताे खाना खाऔँ
    चिसाे माैसमबाट हामीले
    आफ्नो शरीर बचाऔँ ।
    २)
    बचौँ ठन्डीकाे बेला
    हाेइन भने हामीलाई
    राेगकाे हुन्छ झमेला !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    —————<•>—————
    १४)
    १)
    बुढापाकालाई बढ्छ दम
    ख्याल गरौँ सबैले
    आयो चिसो मौसम ।
    २)
    तात्तातो खानेकुरा खाऊँ
    न्यानो लुगा लगाउँदै
    स्वस्थ भएर रमाऊँ !
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    १५)
    ठन्डी मौसम आयो
    स्वयम् ख्याल गरौँ
    कुहिरो चारैतिर छायो ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    १६)
    १)
    जाडो मौसम आयो
    जोगिएर बस्नु सबैले
    चिसोले ज्यान खायो ।
    २)
    तातोपानी खाना खाऊँ
    घाम तापौँ आँगनीमा
    न्यानो लुगाफाटो लगाऊँ !
    -दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    १७)
    पटुकीले कम्मर कस्नु
    मौसम छ ठन्डी
    तातो खाई बस्नु ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    —————<•>—————
    १८)
    जाडो बिस्तारै बढ्दैछ
    ख्याल गर्नु सबैले
    कपडाको मोल चढ्दैछ !
    -धनमाया चौधरी, कैलाली
    —————<•>—————
    १९)
    १)
    ठन्डी यो मौसमभरि
    न्यानो लुगा लगाऔँ
    शरीरको सुरक्षा गरी !
    -लक्ष्मण देउवा डोटी
    —————<•>—————
    २०)
    १)
    शीतल छ सहर
    चिसोले गलेको हुँदा
    तातोको छ रहर !
    २)
    जाडोको फैलियो लहर
    काँप्दै गरीबको जीवनले
    घामको गर्यो रहर !
    -लक्ष्मी रिजाल
    कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी
    —————<•>—————
    २१)
    बिस्तारै बढ्दैछ ठन्डी
    खोज्दैछ शरीरले पनि
    तातो न्यानो मन्डी !
    -शंकर कार्की, मकवानपुर
    —————<•>—————
    २२)
    ठन्डी बढेछ धेरै
    कसो गर्ने होला
    फाट्यो चोली मेरै !
    -सञ्जना शर्मा
    लुम्बिनी प्रदेश नेपाल
    लमही दाङ
    —————<•>—————
    २३)
    चिसो मौसमबाट बचौँ
    सबैमा सौहार्दता बाँडेर
    झिल्का कविता रचौँ !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    २४)
    पुसको महिना फुस्स
    बालक बुढाबुढीलाई चिसो
    जाडोले बनायो झुस्स !
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    २५)
    १)
    चिसो मौसम आयो
    धेरैजसो बाआमा केटाकेटीलाई
    साह्रै नै सतायो !
    २)
    न्यानो कपडा लगाऊँ
    चिसोबाट बँच्न हेर
    झोलिलो तातो खाऊँ ।
    -कला ढकाल, झापा
    —————<•>—————
    २६)
    १)
    टल्किन्छ शीतको थोपा
    प्रतिविम्ब ठन्डी मौसमको
    आहा ! न्यानो कनछोपा ।
    २)
    न्यानो राख्नु जीउलाई
    ठन्डी मौसमले सताउला
    बरफिलो सिरेटो आई !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    २७)
    १)
    ठन्डी मौसम आयो
    गाउँ, सहर जताततै
    आफ्नो आधिपत्य जमायो ।
    २)
    आफ्नो ख्याल गर्नुहोला
    आवालवृद्ध ती सबैजनालाई
    चिसोले पार्ला कोलाकोला !
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    २८)
    १)
    जाडोमा चिया लिनु
    कुरा भन्नेहरूको पनि
    सोचेर तिमी भनिदिनु ।
    २)
    तातो कुरो खाऊँ
    यो जाडोको मौसममा
    छिट्टै घर जाऊँ ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    —————<•>—————
    २९)
    १)
    आकाश खुलेको रात
    बिहानीपख हुँदा सधैँ
    धर्तीभरि हुन्छ तुषारापात !
    २)
    जाडोले शरीर कमाउने
    न्यानो लुगा छैन
    ज्यान कसरी बचाउने ?
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    ३०)
    १)
    तातो कपडा लगायो
    चिसो मौसममा चट्ट
    तात्तातो कुरा खायो ।
    २)
    तातो खाना खाऊँ
    चिसो शुरू भयो
    दिनमा घुम्न जाऊँ ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ
    —————<•>—————
    ३१)
    १)
    आउँदैछ ठन्डी मौसम
    मिलाउनु छ चाँजोपाँजो
    बढ्दछ खोकी, दम ।
    २)
    हुनेले लुगाफाटा लगाउँला
    नहुनेले घाम आगो
    तापेर जाडो भगाउँला !
    -मोती योन्जन सुब्बा दार्जिलिङ।
    —————<•>—————
    ३२)
    १)
    ठन्डी माैसम आयो
    परिवर्तन भयो समय
    शीतलहरको कहर छायो ।
    २)
    न्यानो घाम ताप्नु
    ठन्डी मौसमको बेला
    शरीरको तापक्रम नाप्नु !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    ३३)
    १)
    चिसो हुँदैछ भयानक
    दीर्घ रोगीले विशेष
    ध्यान राखौँ एकपटक !
    २)
    बाक्लो कपडा लगाऔँ
    ताजा खानेकुरा खाई
    सजिलै जाडो भगाऔँ ।
    -खडक आर सि मिलन
    छेडागाड नगरपा२ साल्मा जाजरकोट
    —————<•>—————
    ३४)
    १)
    ठन्डी मौसमको आगमन
    जोगिऔँ हामी सबै
    स्वस्थ राखौँ तन !
    २)
    पानी पर्याप्त पिउनु
    व्यायाम गर्नु दिनहुँ
    न्यानो लुगा सिउनु ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    ३५)
    ठन्डी मौसमको जाडो
    फर्केर आई हेर
    पातलो लुगा घाँडो !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ३६)
    जीवनले दुःख पायो
    सबै सतर्क बनौँ
    जाडोको मौसम आयो ।
    -दीप गोले तामाङ
    🏠️चन्द्रपुर -१, पौराई, रौतहट
    —————<•>—————
    ३७)
    १)
    ठन्डी बढ्न थाल्यो
    राखौँ स्वास्थ्यमा ख्याल
    रोगले कदम चाल्यो ।
    २)
    मौसम अँध्यारो कालो
    धान काटेर खेतैभरि
    झ्यार्‍ पानीको पालो ।
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    ३८)
    १)
    ताताे खानेकुरा खाऊँ
    चिसाे बढ्दै गयाे
    न्यानाे लुगा लगाऊँ ।
    २)
    बाक्ला लुगा लगाऊँ
    शरीर न्यानाे राखी
    चिसाे सबै भगाऊँ ।
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    —————<•>—————
    ३९)
    हिँड्नु पर्छ खोजी
    ठन्डीले जीउ कठ्याङ्ग्रिदा
    बस्नुपर्छ घाम रोजी !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>—————
    ४०)
    १)
    रुघामार्कीले नाक छोयो
    तुषारापात परेको मन
    उनलाई सम्झेर रोयो ।
    २)
    डाँडापारी घाम झर्ला
    मायालु बिर्सियौ भने
    चिसोले कठ्याङ्ग्रिनु पर्ला !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी ।
    —————<•>—————
    ४१)
    १)
    मौसम आयो चिसो
    होसियार रुघाखोकी लाग्छ
    फेरि हुनसक्छ लिसो ।
    २)
    सर्दीमा जोगिएर जिउनु
    जिरा, अदुवा उमालेर
    चिया जस्तो पिउनु ।
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    ४२)
    गर्मीलाई विदा गरी
    चिसो ल्यायो मौसमले
    सेताम्मे हिउँ परी !
    -नन्दा धामी
    नौगाड, दार्चुला
    —————<•>—————
    ४३)
    मौसम आयो ठन्डीको
    पीडा सधैँ गरीबलाई
    अभाव खड्किन्छ मन्डीको !
    -बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    ४४)
    माैसम छ ठन्डा
    नेता छन् मस्त
    जनतालाई देखाउँदै डन्डा ।
    -जयनारायण नेपाल
    बालकोट ,भक्तपुर ।
    —————<•>—————
    ४५)
    १)
    चिसो बढेको बेला
    रुघाखोकीले सताउन सक्छ
    नठानौँ कसैले रेला ।
    २)
    चिसोले धेरै सताउँछ
    शीतलहर चल्दा तराईमा
    सब कोहीलाई अत्याउँछ ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ४६)
    १)
    ठन्डी मौसमको बेला
    तातो घाम प्यारो
    गर्मीमा त्यही हेला !
    २)
    चिसोमा हिउँ पर्छ
    तात्तातो कपडा किन्नु
    ज्यानमा गर्मी भर्छ ।
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————
    ४७)
    १)
    न्यानो लुगा लगाऔँ
    चिसो लाग्न सक्छ
    खोकी, ज्वरो भगाऔँ ।
    २)
    न्यानो लुगाको बजार
    जसरी पनि किन्नुपर्ने
    लाइनमा मान्छे हजार !
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    ४८)
    १)
    मौसम फेरिने मौका
    रुघाखोकीले सताउँछ निकै
    हान्छ यसले चौका ।
    २)
    उठ्नै नसकिने कस्तो ?
    ज्वरो निरन्तर आएर
    यसैले लैजान्छ जस्तो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    ४९)
    १)
    आयाे माैसम ठन्डी
    सुरक्षित रहनुपर्छ सबैले
    ओढ्नु हजुर मन्डी ।
    २)
    बेलाकाे हाेसियारी राम्राे
    माैसमअनुकूल पहिरनले धर्नु
    ज्यान सुरक्षित हाम्राे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    ५०)
    चिसो मौसमको बेला
    न्यानो कपडा लगाउनु
    नगर्नु स्वास्थ्यमा खेला ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    ५१)
    १)
    ताताे चियाकाे प्याला
    फाइदा गर्छ त्यसले
    फुटाउँदै ठन्डीको ताला !
    २)
    ऊनी लुगा लगाऊँ
    ठन्डी मौसम बुझेर
    चिसाे तह लगाऊँ ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    —————<•>—————
    ५२)
    घुमेर आयाे फेरि
    ठन्डीको माैसम हेर
    आकाश जमिन घेरी !
    -काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    ५३)
    १)
    गर्मीको समय गयो
    चिसो बल्झेर अझै
    जाडो जवान भयो ।
    २)
    बाँचौँ बचाउँ नेपालीपन
    प्रकृतिको नियम गतिलो
    सबै हामी सज्जन ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    —————<•>—————
    ५४)
    १)
    चिसो माैसम आयो
    चाहियो तातो लुगा
    कपडाले भाउ पायो ।
    २)
    धनाढ्य अकुत पैसावाला
    जस्तो होइन गरीब
    लाउन नपाउँदै जाला !
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ।
    —————<•>—————
    ५५)
    १)
    कतै छ हिउँ
    कतै पर्छ शीतलहर
    न्यानो कपडा दिउँ ।
    २)
    छ चिसाे लहर
    देशैभरि अहिले पनि
    सबैलाई छ कहर ।
    -रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    ५६)
    १)
    जाडोको जवानी चढ्यो
    गाउँघरदेखि सहरसम्म नै
    धुमधामले अघि बढ्यो ।
    २)
    मनतातो पानी खाऔँ
    बाक्लो लुगा लगाएर
    मात्र बाहिर जाऔँ ।
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    ५७)
    ठन्डी मौसम आयो
    दिन भए घमाइला
    रात्रिमा चिसो छायो ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    —————<•>—————
    ५८)
    १)
    लाग्यो मौसम ठन्डीको
    बजारमा न्यानो लुगाहरू
    बिक्न थाले मन्डीको ।
    २)
    भन्छन् जाँडो माघमा
    गरीबलाई ठन्डीले सताउँछ
    छैन लुगा ताकमा ।
    -दिल ठकुरी, दार्जिलिङ
    —————<•>—————
    ५९)
    १)
    जाडोमा चिसो पिउनु
    गर्मीमा तातो चाहिन्छ
    स्वस्थ भएर जिउनु ।
    २)
    चिसोबाट तात्ने हुन्छ
    सेलाएर जान्छ तातो
    अनि जाडोले छुन्छ ।
    -गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    ६०)
    १)
    मौसम जाडोको आयो
    थेग्न नसक्ने शरीर
    पीडाले झन् छ्ट्पटायो ।
    २)
    नसक्ने जाडो थाम्न
    आएछ समय अचेल
    शरीर थाल्यो काम्न !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    ६१)
    १)
    ठन्डी मौसम आयो
    शरीरले न्यानोपन खोज्न
    तातो कपडा पायो ।
    २)
    चारैतिर शीतको लहर
    सबेरै उठ्न सकिँदैन
    पर्खिनु घामको प्रहर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    —————<•>—————
    ६२)
    ठन्डी गोजीमा हात
    पकाउ आमा तातो
    खाइहाल्छु म भात !
    -बिबा तामाङ
    दार्जिलिङ
    —————<•>—————
    ६३)
    तात्तातो जहाँ पाइन्छ
    ठन्डी मौसमको बेला
    पौष्टिक आहार खाइन्छ ।
    -मोती सुब्बा
    —————<•>—————
    ६४)
    गुणकाे मूल तुलसी
    अक्सिजनकाे राम्राे स्राेत
    प्रयोग गरौँ रोपी !
    -हरिगाेपाल न्हुच्छेँपणरधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    —————<•>—————
    ६५)
    न्यानो लुगा लगाऊँ
    लौ यसपालिको जाडो
    सबै मिली भगाऊँ !
    -दीप गोले तामाङ, रौतहट
    —————<•>—————
    ६६)
    न्यानो भएर बस्नुपर्छ
    बड्दैछ ठन्डी मौसम
    हातखुट्टामा तेल घस्नुपर्छ ।
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    —————<•>—————
    ६७)
    स्विटर लगाएर जिउनु
    चिसो माैसम आएपछि
    तातोपानी सधैँ पिउनु ।
    -श्रीकृष्ण धामी, बझाङ
    —————<•>—————