
झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका तिहार विशेष उत्कृष्ट झिल्का कविताहरू-
//१//
खेलेर देउसी भैलो
मनाऔँ तिहार पर्व
फालेर मनको मैलो !
-वसन्त अनुभव, दाङ
—————<•>—————
//२//
सप्तरङ्गी टिका निधारमा
गलामा माला मखमली
रमाइलो चाड तिहारमा ।
-सुस्मिता अधिकारी ,काठमाडौँ
—————<•>—————
//३//
तिहारको रमझम आयो
सयपत्री मखमली फुलेर
मनमा हर्ष छायो ।
-पुष्पा राई, बादेल, खोटाङ ।
—————<•>—————
//४//
सयपत्री फूलको माला
निधारमा टीका सप्तरङ्गी
उज्यालो तिहारकाे पाला ।
-श्रीकृष्ण धामी – बझाङ
—————<•>—————
//५//
हटाउन मनको मैलो
सबैसॅंग मिलिकन यसपालि
खेल्नुपर्छ देउसी भैलो !
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
—————<•>—————
//६//
जागोस् सबैमा सद्भावना
हँसिलो रमाइलो पलसँगै
तिहारको मङ्गलमय शुभकामना !
-प्रेम थापा “मन”बागलुङ
—————<•>—————
//७//
निधारमा होस् टीका
मनाऔँ तिहार सबैले
नहोस् कसैको फिका !
-अनिता भण्डारी ताप्लेजुङ
—————<•>—————
//८//
सप्तरङ्गी टीका लगाई
दीर्घायुको कामना गर्दैछु
दैलोमा ओखर फुटाई ।
-समुन्द्रा शर्मा
सुनसरी
—————<•>—————
//९//
तिहार बनोस् रसिलो
देउसी भैलोको आशिषले
पर्व रहाेस् कसिलाे !
-त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
—————<•>—————
//१०//
उज्यालो चाड तिहार
हटुन् पिर चिन्ता
मनसङ्गै हाँसोस् निधार !
-कपिलकिशोर घिमिरे
—————<•>—————
//११//
सयपत्री मखमलीको माला
परदेशमा बिदा मिलेन
भाइलाई नपर्खिनू यसपाला ।
-चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
—————<•>—————
//१२//
सबैको घर दैलोमा
तिहारको रौनक छायो
रमाऔँ देउसी भैलोमा !
-ललिता देउवा सहयात्री
—————<•>—————
//१३//
सयपत्रीको माला उनेर
माइतीको प्रतीक्षामा रहँदै
देउसी भैलो सुनेर !
-मोती योन्जन सुब्बा, दार्जिलिङ
—————<•>—————
//१४//
उल्लासपूर्ण रहोस् तिहार
दाजुभाइ र दिदीबहिनीको
प्रगाढ बनोस् पियार !
-बाबुराम गौतम, गुल्मी
—————<•>—————
//१५//
झिलिमिली बत्तीको पर्व
खेलेर द्यौसी भैली
खुसीले गरिरहेका गर्व !
-आर्त अकुलीन
—————<•>—————
//१६//
हिन्दुहरूकाे महान चाडपर्व
सबै खुसीले रमाउँछन्
मनमा लाग्दछ गर्व ।
-केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
—————<•>—————
//१७//
जमेर मनाऔँ तिहार
भाइबन्धु इष्टमित्र सबै
खाली नहोस् निधार !
-नागेन्द्रप्रसाद यादव ।
—————<•>—————
//१८//
पुछेर मनकाे धूलाे
मनाउँ चाड तिहार
मौलिक पर्व ठूलो !
-हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगा बजार बनेपा १४ ।
—————<•>—————
//१९//
तिहारको रौनक छायो
देउसी भैलो खेल्दै
मनाएको याद आयो ।
-शोभा आचार्य गौतम
काठमाडौँ
—————<•>—————
//२०//
गलामा मखमली लगाई
निधारमा सप्तरङ्गी टीका
भाइको कष्टहरू भगाई !
-एवाइ प्रभात
खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
—————<•>—————
//२१//
हाैसला जागेर आओस्
तिहारकाे हार्दिक शुभकामना
सर्वत्र खुसीयाली छाओस् !
-रबि पाैडेल
जैमिनि -न. पा. – ७ जैदि बागलुङ ।
—————<•>—————
//२२//
मिलिजुली मनाउँ तिहार
खुसी मिठास मनमा
पवित्र राखौँ विचार !
-सुरेशकुमार पाण्डे
दाङ घोराही १८
—————<•>—————
//२३//
तिहारको रौनक चल्दैछ
महान् चाड हिन्दुहरूको
बजारमा महङ्गी बल्दैछ ।
-अम्बिका अधिकारी
झापा बिर्तामोड
—————<•>—————
//२४//
तिहार रमाइलो बत्तीले
नखेलौँ जुवा तास
डुबाउँछ तासको पत्तीले !
-धनमाया चौधरी कैलाली
—————<•>—————
//२५//
मखमलीको माला गाँसेर
राख्नू चेली थालीमा
माइतीलाई पर्खनू हाँसेर ।
-अरुण कुमार भुजेल
दार्जीलिङ्ग, भारत
—————<•>—————
//२६//
हेर्दाहेर्दै तिहार आयो
सबैका घरआँगनमा हेर
रङ्गोली बत्तीले छायो !
-अम्बिका गिरी, विराटनगर
—————<•>—————
//२७//
झिलिमिली बत्तीको तिहार
लक्ष्मीको होस् पूजा
शुभ होस् विचार !
-नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३
—————<•>—————
//२८//
दीपावलीको बहार आयो
गाउँ सहर आँगनीमा
उफ्रँदै देउसिरे गायो ।
-ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी
—————<•>—————
//२९//
बत्तीको झिलिमिली पर्व
सप्तरङ्गी टीका लगाई
मनमा खुसी गर्व ।
-कला ढकाल, झापा
—————<•>—————
//३०//
तिहार देशभरि छायो
आपसमा सुखदुःख बाँडेर
सबैको मन रमायो ।
-भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
—————<•>—————
//३१//
बत्तीले झलमल्ल दैलोमा
सयपत्री मखमलीको तिहार
साथीसङ्गी मिलेर भैलोमा !
-भगवती दवाडी ,झापा
—————<•>—————
//३२//
आँगनमा तिहार आयो
मखमली फूल फुल्दा
नयाँ उमङ्ग छायो ।
-सञ्जना शर्मा
लमही दाङ
—————<•>—————
//३३//
झिलिमिली तिहार आयो
कमेरोले घर लिपी
गाउँघरमा खुसी छायो ।
-शशी श्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
—————<•>—————
//३४//
तिहारमा लक्ष्मीको पाइलो
देउसी भैलो खेलेर
गरौँ है रमाइलो !
-सतीश पण्डित
भानु ६ चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ
—————<•>—————
//३५//
दाजुभाइको घुमेर फेरो
रहुन् अष्टचिरञ्जीवी दाहिना
आसिक लागोस् मेरो ।
-सुनगाभा पोखरेल
कपिलवस्तु १बैरिया
—————<•>—————
//३६//
आँगनमा आइन् भैलो
बलिकाे आशिष् थाप्न
खुल्यो आमाकाे थैलो ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
—————<•>—————
//३७//
रङ्गोली बत्ती दैलोमा
सप्तरङ्गी टीका लगाई
नाच्दै देउसी भैलोमा ।
-मन थापा
पोखरा २१ बक्रेक
—————<•>—————
//३८//
कसैका माइती पर
माइती तिहारमा आउलान्
झलमल पार्दैछन् घर ।
-होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
—————<•>—————
//३९//
सबैको घरमा झिलिमिली
देउसी भैलो खेल्दै
भई तन्दुरुस्त जाँगरिली !
-नन्दा धामी
नौगाड दार्चुला
—————<•>—————
//४०//
तिहारमा हाँसेर रमाउने
मिलेर सप्तरङ्गी टीका
सयपत्री माला लगाउने ।
-साहित्य प्रेमी सुशील
धनगढी
—————<•>—————
//४१//
तिहारकाे सुनाैलाे पल
देउसी भैलाे खेल्ने
इच्छा बढ्दैछ प्रबल ।
-काेपिला अधिकारी
गाेरखा
—————<•>—————
//४२//
सयपत्री ढकमक्क फुलेको
दाजुभाइ विदेशमा हुँदा
चेलीबेटीको मन डुलेको !
-दुर्गा आचार्य
मोरङ
—————<•>—————
//४३//
खेलौँ देउसी भैलो
खुसी बाँडौँ आपसमा
पखालेर मनको मैलो ।
-शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
—————<•>—————
//४४//
पशुपन्छी मानव पूजन
तिहारमा सप्तरङ्गी टिका
लगाई मखमली सुमन ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
—————<•>—————
//४५//
खुसी भए माली
फूल राम्रो बिक्यो
नाफा कमाए यसपालि ।
-देव कृष्ण काफ्ले
पोखरा १ कास्की
—————<•>—————
//४६//
भन्दैथिएँ केकाे खैलाेबैलाे ?
राष्ट्रिय चाड मनाउन
आएछन् देउसी भैलाे ।
-शम्भु गजुरेल
—————<•>—————
//४७//
घरघरमा दिपावली मनाऔँ
अविरल अविराम नदीझैँ
दिदीभाइको माया बनाऔँ ।
-विष्णु पंगेनी(पाण्डे )
वालिङ् स्याङ्जा
—————<•>—————
//४८//
मखमली फूल फुल्याे
रमाइलो तिहारकाे आगमनले
सारा दु:ख भुल्याे ।
-राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
—————<•>—————
//४९//
तिहार मौलिक हाम्रो
देउसी भैलो खेलौँ
सयपत्री मखमली राम्रो ।
-मनोहरी पौडेल
गैडाकोट १
—————<•>—————
//५०//
रङ्गीचङ्गी पर्व तिहार
देउसी भैलो खेल्दै
मखमली माला सिँगार ।
-सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
—————<•>—————
//५१//
फूलैफूलको चाड तिहार
सम्बन्ध जोड्ने पर्व
झिलिमिली बत्ती सिँगार !
-देव मगर
तिनाउ-१,कचल,पाल्पा
—————<•>—————
//५२//
दसैँपछि तिहार आउँछ
सबै नेपालीका घरघरमा
झिलिमिली दीपक छाउँछ ।
-पद्मा काश्यप पाण्डे, मोरङ
—————<•>—————
//५३//
हुँदैन खाली निधार
मनाए चेलीको हातबाट
सप्तरङ्गी भाइटीका तिहार !
-कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
—————<•>—————
//५४//
गरौँ तिहारको सामना
देउसी भैलो खेलेर
दीपावली भाइटीकाको शुभकामना !
-बेदु न्यौपाने
—————<•>—————
//५५//
आउँछ तिहार वर्षदिनमा
संस्कृति मनाउँदा हाम्रो
डुबाउँछ कतिलाई ऋणमा ।
-दिल ठकुरी, दार्जिलिङ
—————<•>—————
//५६//
आयो तिहार दैलोमा
दीपले स्वागत गरौँ
लक्ष्मी आइन् भैलोमा !
-पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके
—————<•>—————
//५७//
पानी भर घैलामा
घरबेटी आमा हेर
भैलेनी आयो दैलामा ।
-बिबा तामाङ
दार्जिलिङ
—————<•>—————
//५८//
आमाले सेलरोटी पकाउँछिन्
ढोकामा ओखर फोरेर
दिदीले वैरीलाई भगाउँछिन् ।
-हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
—————<•>—————
//५९//
आयो तिहार पर्व
रमाइलो गरौँ सबैले
संस्कृति हाम्रो गर्व !
-दीपा समभाव
दुबेकोल खोटाङ
—————<•>—————
//६०//
सप्तरङ्गी टीकाको चाहना
चेली माइतीको चाडपर्व
तिहारको हार्दिक शुभकामना !
-कृष्ण बजगाई, भक्तपुर
—————<•>—————
//६१//
मनाऔँ तिहार रमेर
पुज्दै माता लक्ष्मी
खेलौँ भैलो जमेर !
-तोया नाथ चापागाईं
दमक,झापा
—————<•>—————
//६२//
नहोस् खाली निधार
दिदीको आशीर्वादले भाइ
जित्नू सिङ्गो संसार !
-काजल न्यौपाने
भोजपुर
—————<•>—————
//६३//
वरपर झिलिमिली बनाओैँ
जम्मा भएर छरछिमेक
हाँसीखुसी तिहार मनाओैँ ।
-रामप्रसाद पुरी, बादेल, खाेटाङ
—————<•>—————
//६४//
उमङ्ग बोकेर आयो
चेली माइतीको पर्व
हर्षोल्लासले मनमा छायो ।
-सङ्गीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
—————<•>—————
//६५//
रमाइलो तिहार आयो
सयपत्री फूल फुलेर
सबैमा खुसी छायो ।
-प्रेम शर्मा ” एकान्त प्रेमी
कालेबुङ
—————<•>—————
//६६//
धनलक्ष्मीको मन बढोस्
हृदय खोलेर मनाऔँ
लक्ष्मीको नजर परोस् !
-घनश्याम पन्त, हरिवन सर्लाही
—————<•>—————
//६७//
आँगनी चम्किलाे माझमा
शुभकामना दिन्छु तिहारकाे
दिपावली गराैँ साँझमा !
-हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान
—————<•>—————
//६८//
दीपावली राम्रै रहोस्
छाओस् घरमा खुसीयाली
दु:खको दर्शन नहोस् !
-जनक बिसी, दक्षिण भारत कोचिन
—————<•>—————
//६९//
दुःखलाई मनमा गालेर
मनाउँछन् तिहार सबैले
झिलिमिली बत्ती बालेर !
-सीमा कार्की समर्पण
मेलचोक पर्सा
—————<•>—————
//७०//
फूलैफूलले चारैतिर सजाएको
तिहार मौलिक पर्व
पीरमर्का समेत कजाएको ।
-नन्दलाल आचार्य
बेलका २, सिद्धार्थटोल, उदयपुर ।
—————<•>—————
//७१//
भरेर पानी घैलोमा
पूजा गरौँ माताको
भैलेनी आए दैलोमा ।
-मोती सुब्बा
—————<•>—————
//७२//
झिलिमिली तिहारै आयो
जताततै रङ्गीचङ्गी देख्दा
मनमा उमङ्ग छायो ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
—————<•>—————
//७३//
मनले आँटेकाे पुगाेस्
याे तिहारमा कसैकाे
मन कत्ति नदुखाेस् !
-सानु जाेशी
सुदुर पश्चिम दार्चुला,
—————<•>—————
//७४//
कुर्दै होलिन् आँगनीमा
भाइटीकाको साइत हेरी
दिदी सपनी विपनीमा !
-भुपेन्द्र राना मगर
धादिङ
—————<•>—————
//७५//
जनतालाई तिहारको खुसी
खोइ कसरी रमाउनु ?
आयो मालामा ढुसी ।
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
—————<•>—————
//७६//
फूलको दुइदिने चोला
माला गाँस्दै दिदी
दाजुभाइ रुँदै होला ।
-पशपती राई, खोटाङ
—————<•>—————
//७७//
हरघडी टिलपिल टल्कन्छ
महान् तिहारको बत्ती
झिलिमिली भई झल्कन्छ !
-अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
—————<•>—————
//७८//
मखमली माला गाँसेर
तिहार आयो आँगनमा
स्वागत गरौँ हाँसेर !
-विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
—————<•>—————
//७९//
परदेशी भन्छन् अहिले
खुसीसँगै दुखी हुनुपर्ने
चाडपर्व आएपछि जहिले ।
-पृथक प्रकृति ,झापा
—————<•>—————
//८०//
सप्तरङ्गी टिका निधारमा
गलामा माला पहिरिएर
छमछमी नाचौँ तिहारमा !
-शब्द को खेलाडी ( बिशु हाङ राई)
विराटनगर नेपाल
—————<•>—————
//८१//
तिहार आयो हाँसेर
खेलौँ मिलेर देउसी
मखमली माला गाँसेर !
-सविता भट्टराई, जनकपुरधाम
—————<•>—————
//८२//
तिहारको रमाइलो आयो
सयपत्री ढकमक्क फुलेर
हर्ष उमँग छायो ।
-दुर्गा भट्टराई
मोरङ
—————<•>—————
//८३//
धनधान्यको नहोस् अभाव
गराैँ लक्ष्मीको आराधना
हुनेछ सुखद् प्रभाव !
-जयनारायण नेपाल
भक्तपुर
—————<•>—————
//८४//
नओइलाओस् सयपत्रीको फूल
तिहारमा भेटघाट चेलीमाइतीको
लोकसंस्कृतिमा नभइरहोस् भूल !
-गुणनिधि घिमिरे, अमेरिका
—————<•>—————
//८५//
तिहार फूलैफूलको पर्व
मौलिक चाड हाम्रो
गरौँ सबैले गर्व ।
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा
—————<•>—————
//८६//
वेदनाको खाट भाँचियोस्
रमाइलो गर्दै हरपल
खुसीले सबै नाचियोस् ।
-अन्मोल मुस्कान
तकदाह छाउनी दार्जिलिङ
—————<•>—————
//८७//
फालेर मनको मैलो
रमाएर खेलौँ सबैले
तिहारमा देउसी भैलो ।
-उमा दाहाल
सुन्दर हरैचा १० मोरङ
—————<•>—————
//८८//
आहा ! तिहार आयो
पियो, खायो मजाले
ह्वात्तै ऋण बढायो ।
-देवी पन्थी
—————<•>—————
//८९//
खाेलेर मनकाे दैलाे
खेलाै साथीभाइ मिलेर
देउसी र भैलो ।
-प्रद्युम्न चालिसे
—————<•>—————
//९०//
हुन्छ झिलिमिली कति
सेलराेटी मसला हातमा
तिहार रमाइलाे अति !
-भुपेन्द्र के.सी.
—————<•>—————
//९१//
तेलमा बाती बल्दछ
प्रभु कृपाले हाम्रा
सबै बाधा टल्दछ ।
-कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
—————<•>—————
//९२//
अरूलाई आनन्द मिलाेस्
हाम्रा हरेक कामबाट
आफ्नाे देश उज्यालियाेस् !
-दीपक दाहाल
—————<•>—————
//९३//
बालेर खुसीको दियो
नेपालीको घर आँगनमा
तिहार पर्व भित्रियो ।
-बाबुराम पाण्डे
अर्घाखाँची
—————<•>—————
//९४//
टीका लगाइदिने आसमा
हिँडे माइत दिदीबहिनी
दाजुभाइ काैडा तासमा !
-जी.वि. घाेराही ।
—————<•>—————
//९५//
भुलेर पीडा तिहारमा
हासाैँ दाजुभाइ दिदीबहिनी
लगाऔँ टीका निधारमा !
-सन्दीप विश्वकर्मा
कपिलवस्तु
—————<•>—————
//९६//
रातोमाटो सुहाएको दैलोमा
लिपपोतपछि क्या आनन्द
रमाउन् केटाकेटी भैलोमा !
-राजेश्वरी राजोपाध्याय
—————<•>—————
//९७//
खेल्दै देउसी भैलो
आएँ हजुर म
झिल्का कविताको दैलो !
-सरिता सेढाई
—————<•>—————
//९८//
कसिलो हुँदै जाओस्
सम्बन्ध दाजुभाइ दिदीबहिनीको
मनमुटाव कहिल्यै नआओस् !
-ईश्वर साउद (भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
—————<•>—————
//९९//
शरदले फूल फुलायो
सयपत्री, मखमली रङ्गीचङ्गी
मनलाई पुलकित बनायो ।
-म्यामराज राई
—————<•>—————
//१००//
सप्तरङ्गी टीकाको चाहना
चेली माइतीको चाडपर्व
तिहारको हार्दिक शुभकामना !
-कृष्ण बजगाई, भक्तपुर
—————<•>—————
//१०१//
झिलिमिली बत्ती बालेर
लक्ष्मीको पूजा गरेको
मनको मैलो फालेर !
-विवश पारदर्शी
झापा
—————<•>—————
//१०२//
मनको कति मैलो
भन्नु परेन तिमीलाई
कसरी खोल्नु दैलो ?
-नीमा छिरिङ भोटिया
—————<•>—————