साप्ताहिक पञ्चाङ्ग अभ्यास शृङ्खला- ११५

  • १९ आश्विन २०८१, शनिबार ०६:४४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पन्ध्रौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११५ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०६/१४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    मानिसको उठिबास लगायो प्रकृतिले।
    खाने अन्न वस्तु सबै बगायो प्रकृतिले।
    दैवको लिला अपरम्पार देखियो सबै,
    बस्तीबाट धेरै टाढा भगायो प्रकृतिले।
    दैवको विरोधीलाई जगायो प्रकृतिले।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    क्षितिज परिधि घुम्दै थिएँ म
    सुस्तरी त्यो हावा चुम्दै थिएँ म
    मुटु दुखेर निकानन्द खोज्दा
    अम्मल लागे झैं झुम्दै थिएँ म
    सुनसान एक्लै गुम्दै थिएँ म ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    प्रकृतिले क्षति गर्नुसम्म गरेको छ जताततै।
    विश्वभरिनै मानिसहरु मरेको छ जताततै।
    असाध्य नै विध्वंस मच्चाएर छाड्यो दुनियाँ भरि।
    सयौँ घर बाढी पहिरोमा परेको छ जतततै।
    बाँच्नेको भोकमरिले ज्यान हरेको छ जताततै।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४
    मायाको सम्बन्धमा डर हुदैन
    जात भात र कुनै थर हुदैन।
    समाजले कहिल्यै कुरा बुझेन
    त्यसैले दोष दिने भर हुदैन ,
    समर्पण नहुदा घर हुदैन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    यहाँ रामलाई छाेडेन ।
    धन दामलाई छाेडेन ।
    हान्याे प्रकृतिले जाेडले,
    भिड जामलाई छाेडेन ।
    कुनै ठामलाई छाेडेन ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    यहाँ अचाहिँदो धेरै भयो
    दुनियाँ सम्झेनौ मेरै भयो
    दुःखी गरिबको जिउधन
    खाइदिइस् सबै तेरै भयो
    भ्रष्टाचारीहरूको जेरै भयो ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०७
    विकाशको नारा लगाउँछन् यहाँ।
    अधोगति धारा बगाउँछन् यहाँ।
    कुरा मात्र ठूला गर्ने केही हैन,
    आफूले नै सारा जगाउँछन् यहाँ।
    आफ्नो लागि तारा मगाउँछन् यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग;०८
    देशैभरि बाढीपैह्रो चलेको यो बेला
    थलथली धराधाम गलेको यो बेला
    के लेखौॅ र माया प्रीति उनिएका कुरा,
    यो देशको शीर तल ढलेको यो बेला
    दैवले नि हामीलाई छलेको यो बेला।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०९
    लग्यो सारा पानीले खेत बारी ओहो ,
    बग्यो भेल सँगै वारि न पारि ओहो ।
    बेमौसमी पानीले गरायो लथालिङ्ग
    हिलोमा डुबायो तरकारी घारीओहो
    बगायो ल्याउन सकिएन वारि ओहो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१०
    हेर्दाहेर्दै मानव बस्ती लग्यो पानीले
    प्रकृतिले गर्दा नै सबै ठग्यो पानीले
    राज्यसत्ताको अझै हेल्चेक्र्याइँ हुँदैछ
    आफ्नो केही भन्न पाएन बग्यो पानीले
    सबै प्राणी जनहरू नै तग्यो पानीले
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:११
    हरियो वन नेपालको धन हरायो किन ?
    त्यसैले बाढी पहिरो अहिले करायो किन ?
    प्रभु कहर झैँ प्रलय जस्तै हुनेछ हानी
    प्रकृतिसँग खेला मानवले गरायो किन ?
    प्रकृतिले जलमग्न भर्पाई भरायो किन ?
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग-१२
    प्रकृतिकै एक अंश त हो मानवको चोला पनि
    शिर निहुर्याउथ्यो प्रकृतिको पाउमा भोला पनि
    अचेल त मान्छे आफैं नै जान्ने भयो प्रकृति भन्दा
    शहर बनाउनको लागि मासिदिन्छ खोला पनि
    अझ उल्टै बोकाउन खोज्छ सिद्धान्तको झोला पनि।
    -पशपती राई खोटाङ ।

    2 thoughts on “साप्ताहिक पञ्चाङ्ग अभ्यास शृङ्खला- ११५

    Leave a Reply