साताका उत्कृष्ट झिल्काहरू- ३०

  • २६ आश्विन २०८१, शनिबार ०९:१८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ~<•>~
    [१]
    १)
    भाषण मिठा राम्रा
    लाग्छ छेपारा हुन्
    देशका नेता हाम्रा !
    २)
    बसाले कस्तो थिति
    स्वार्थबाहेक केही नसोच्ने
    घिनलाग्दो भो राजनीति !
    ३)
    पिट्छ्न् केही बोले
    अगाडि पछाडि हुन्छन्
    चम्चा र झोले !
    ✍️
    वसन्त अनुभव
    ~<•>~
    [२]
    १)
    नराम्रो कसैले नभनोस्
    फजुल खर्चले दसैँ
    कसैको दशा नबनोस् !
    २)
    ऋणले सेकिन्छ ढाड
    दु:ख पाउँछ घाँटीले
    नहेरी निल्दा हाड ।‌
    ३)
    बसेपछि जुवाको खालमा
    उजाडिन्छ सुन्दर घर
    डुबिन्छ ऋणको आहालमा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [३]
    १)
    फूलजस्ताे मुस्कान छरी
    नजिक आउन खाेजिन्
    उनी मेराे वरिपरि ।
    २)
    दुबाेले भुइँ छाेपेछ
    हरियाली वसन्त भन्दै
    मन भने उजाडिएछ ।
    ३)
    दैलाेमा दसैँ आयाे
    बाेकेर आशीर्वाद पुर्खाकाे
    खुसीले मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा
    ~<•>~

    2 thoughts on “साताका उत्कृष्ट झिल्काहरू- ३०

    1. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

    Leave a Reply