
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५४ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ६३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~<•>~
प्रतिनिधि टुक्का- १५४
आफूले आफैँलाई वरिष्ठ कवि हुँ भन्नेहरू
जुर्मुराइरहेछन् कविताको खेदो खन्नेहरू ।~<•>~
टुक्कामाथि टुक्काको १५४ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१]
आफूले आफैँलाई वरिष्ठ कवि हुँ भन्नेहरू
जुर्मुराइरहेछन् कविताको खेदो खन्नेहरू ।
✍️ वसन्त अनुभव, घोराही, दाङ
[२]
मै हुँ भन्ने वरिष्ठहरू फाल्दैछन् समय खेर
बेकम्मा भएर बस्दैछन् अरूकाे खेदाे खनेर ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
साहित्यको नाममा भएको छ है चलखेल
कला देखाउने ठाँउमा किन हुँदैन मेल ।
✍️ सङ्गीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
[४]
साहित्यमा पनि किन गर्दछन् रिस
तिर्न पर्दैन उनीहरूलाई फिस ।
✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
[५]
आफूले आफैँलाई ठान्दिनँ कवि तर लेख्ने गर्छु टुक्का कविताहरू
अरूले जेसुकै ठानुन् मतलब छैन, मनको बह पोख्ने गर्छु अरू ।
✍️ कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
[६]
कवितामा जिवन्त देख्नेहरू
किन बुझ्दैनन् भाव लेख्नेहरू ?
✍️ कृष्ण बजगाई, भक्तपुर
[७]
जुर्मुराएर कविताको खेदो खन्दा के हुन्छ फाइदा?
लहलहैमा नलागी अघि बढौँ यसमै छ काइदा ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
[८]
टुक्का लेखनमा सधैँ अब्बल नै बनौँ
शब्दको निखारले अब साहित्य खनौँ ।
✍️ विकास क्षेत्री अञ्जान
कैँजले, बिजनबारी, दार्जिलिङ।
[९]
ठूला हुँ भन्ने वरिष्ठहरू आर्काको खेदो खन्छ्न्
आफ्नो आङको भैँसी नदेख्ने अर्काको जुम्रो गन्छन् ।
✍️ बेदु न्यौपाने
[१०]
अहंवादले मान्छेकाे हैसियत मेटिन्छ
आफू मात्र जान्नेहरू साहित्यमा भेटिन्छ ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
[११]
कसैले कसो पो गरे यो सुसेल्दा
कला उम्किएला गुनासो उकेल्दा !
✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
[१२]
कोही नहुने रहेछन् संसारमा सर्वज्ञ
बहुमतको विचार मानौँ पवित्र यज्ञ ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[१३]
चानचुन हैन ख्याल गर्नुस् म हुँ आँसु कवि
देशभरि नै वाहवाही छ देखि मेरो छवि ।
✍ नवशिला
नवदेव मार्ग लालभित्ती,मोरङ।
[१४]
गुट उपगुट धेरै देखिन्छ
खुट्टा तान्नेहरू मात्र भेटिन्छ ।
✍️ कला ढकाल, झापा
[१५]
मपाईँत्व बढेपछि यस्तै गर्छन् कविहरू
नाङ्गिएर जान्छन् आफैँ हराउँछन् छविहरू ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१६]
साहित्यलाई समूह बनाई आफैँ वरिष्ठ बन्छन्
सहमती नगर्ने सबैलाई कामै नलाग्ने भन्छन् ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[१७]
साहित्यमा जाे राम्रो छैन वरिष्ठ कवि हुँ भनी ठान्छन्
अहम्ताले प्रतिष्ठामा दाग लागि नराम्रो धाेका खान्छन् ।
✍️ राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[१८]
लेखौँ न कविता मनमा आएकाे
कसले देख्छ घरभित्र खाएकाे ।
✍️ नवराज भट्ट
कञ्चनपुर
[१९]
जहाँ पनि हुन्छन् हेर ! विपक्ष अनि पक्ष
खेदो खन्ने बिलाउॅछ अगाडि बढ्छ दक्ष ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके।
[२०]
अज्ञानको पर्दा हटेका छैनन्
मपाई बन्नेहरू ज्ञानी हैनन् ।
✍️ बिके मुखिया
दार्जिलिङ,भारत।
[२१]
कविता र कवि कहाँ रहन्छन् र परिभाषा भित्र
समसामयिक, सारपूर्ण हुन्छन् नि भावना चित्र।
✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
[२२]
जानेको मिल्ने वर्णमालाको शब्द चयन गरौँ
अर्थ बुझ्नेले लेख्छन् औडाहाले भुतुक्क नमरौँ ।
✍️ चुडामणी देवकोटा
पुरानो नैकाप, काठमाण्डौ
[२३]
खै के हो यस्तो तँछाडमछाड देखेर छक्कै पर्छु
आफू त जानी नजानी भए पनि खाली ठाँउ भर्छु।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा ।
[२४]
अध्ययन, गहनता के चाहियो आफैँ बुझ छवि
भाव के हो अनि मर्म के हो भन्दै हिँड्छौ मै हुँ कवि ।
✍️ प्रेम थापा “मन”बागलुङ
[२५]
अग्रजले अनुजलाई दोहोर्याए छर्लङ्ग हुन्छ साहित्यको दर्पण
फलको आशा नगरी विरूवा रोपे भावी पिँढीलाई हुन्छ अर्पण ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ।
[२६]
सिर्जनाको खेतीमा झार पलायो
थाहा नै नदिएर विष फलायो !
✍️ आर्त अकुलीन
[२७]
सकियो होला मानवता पनि अगाडि सर्दछन्
आफूलाई विज्ञ ठानेर यहाँ घमण्ड गर्दछन् ।
✍️ नबिन बिष्ट
नवदुर्गा ४ डडेल्धुरा
[२८]
एक अर्कामा रिस घमण्ड बोकिछ्न् चलेको
देखेनन् स्वाभिमानको पर्खाल आफैँ ढलेको ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२९]
अरूले तपाईँ नभनी मपाइँ हुने कवि
सहित्यमा साह्रै लामो टिक्दैन उसको छवि ।
✍️ अमित लोहोरूङ राई
सोनदह, दार्जीलिंग
[३०]
एउटा कविता लेखेपछि वरिष्ठ कवि भन्नेले
समाजलाई के सिकाउँछ ऊ आफैँ ठूलो बन्नेले ।
✍️ एवाइ प्रभात
सहिदभुमि धनकुटा
[३१]
कति गुनिलो छ नि यहाँ रवि
अलिकति लेख्दा नभन कवि ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
[३२]
आफैँ वरिष्ठ कवि हुँ भन्नेहरू
चढ्दैनन् माथि ती झर्छन् उँधो बरु ।
✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि
[३३]
कागले कान लग्यो भनेर पछि दगुर्नु हुन्न
हुनसक्छ अघि सरेका फसाउँने जाल बुन्न।
✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ
[३४]
घमण्डी हुनुहुन्न कवि मुस्कान होस् मन्द
लेख्दै जानू टुक्का दिन्छ मनमा नै आनन्द ।
✍️ दीप गोले तामाङ, रौतहट
[३५]
बाढी र पहिरोले बेहाल गाउँबस्ती बनाउँदैछ
कथित शीर्षस्थ ती टाउकाहरू कता हराउँदैछ ।
✍️ घनश्याम पन्त, हरिवन सर्लाही
[३६]
वरिष्ठ भन्नेले हरेक क्षेत्रमा फुट ल्याउन थाले
किन यति उम्लिन्छन् कुन्नि सिउर ढलेको बुढो भाले।
✍️ अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ,भारत।
[३७]
कला थरीथरीका देखियो देखिन्छ हतार नगर
हिँड्दै जाउ सुस्तरी पाउहरू अघि सार्दै परपर ।
✍️ ईश्वर साउद (भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
[३८]
पहेँलो कविता सुनको थुप्रो
हरियो कविको घर छ झुप्रो।
✍️ होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
[३९]
सकिँदैन गल्ती स्विकार्न घमण्ड भर्छन् महान् कवि बनी
लाजमर्दो कुरा राजनीति घुसाउँछन् साहित्यमा पनि ।
✍️ भुपेन्द्र राना मगर
धादिङ
[४०]
नयाँ विधा जन्माएर भन्छन् नेपाली साहित्य जगेर्ना गरौँ
सोचौँ बुझौँ सिकारुले सकरात्मक सोचले साहित्य भरौँ ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
[४१]
मेरै गोरुको बाह्रै टक्काले कविताको उन्नयन हुँदैन
म भित्रको अहमताले कदापि दिग्गजतालाई छुँदैन
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरी-५,जुम्ला
[४२]
लेख्न खोज्दा कापीमा शब्द कुनै भेट्दैन
देखेको नै सत्य हुन्छ लेखेको मेट्दैन ।
✍️ सुनगाभा पोखरेल
हाल : नेपालगन्ज
[४३]
मनोमानी गर्दै आफ्नै दुनो सोझ्याउन दाउ छोप्नेहरू
असली किसान कहलिन्छन् गमलामा धान रोप्नेहरू ।
✍️ शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[४४]
दुई चार विधा लेखेरै आएँ कसले के गर्छ
कवि हुँ आफैँ गर्छु खुसीले जेसुकै मनपर्छ ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[४५]
जसले काव्यको भाव बुझ्दैनन् उनैले गर्दछन् ठुला कुरा
साहित्यमा छ उनैको बोलबाला दक्ष कवि भए बखुरा l
✍️ बाबुराम गौतम, गुल्मी
[४६]
कविले आफूलाई कवि भन्दा के फरक पर्छ
कविताको मर्मले बरू आफैँ तलमाथि सर्छ ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[४७]
वरिष्ठले नाक ठड्याउँदा बजाऊ न ताली
नाम काम बढाउँदा त नगर्नुहोस् है गाली ।
✍️ लक्ष्मी रिजाल
कञ्चनरुप- १२ सप्तरी
[४८]
म वरिष्ठ कवि भन्दै साहित्यमा खोइरो खन्ने
कसैले तपाईँ नभन्दा नि आफैँ मपाइँ बन्ने।
✍️ बिबा तामाङ
लाटपञ्चर सिटोङ थ्री खरसाङ।
[४९]
राम्रो नराम्रो को वरिष्ठ छुट्टाउने हो अरूले
असल कर्म गर्दै रहनू मै हुँ भन्नेहरूले ।
✍️ सबिता खड्का, कैलाली
[५०]
भाव भावना पाेख्नेशैली आफ्नै स्वच्छन्द रुपमा कला जाेखाओैँ
मन शान्ति गर्ने चित्तवृत्ति वितरणमा मधुरस पाेखाओैँ ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[५१]
एकताले मात्रै जित्न सकिन्छ हरेक युद्ध
सकिन्छ सहयोग गरौँ राखौँ नियत शुद्ध ।
✍️ पुष्पा राई
बादेल, खाेटाङ ।
[५२]
नकारात्मक चिन्तनहरू बढिरहेछन् आजभोलि
कर्म गर्ने हातहरूकै टन्न भरिँदैछन् सुर्के झाेली ।
✍️ हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला, सल्यान
[५३]
बन्नुभन्दा पक्ष र विपक्ष
छुट्टै पहिचानी बनौंँ दक्ष ।
✍️ दुर्गा भट्टराई
मोरङ
[५४]
बुझ्नेले कुरा नबुझेपछि नजानि खेदो गर्नेले गर्छन्
मनमा लेख्न नआएपछि घाँस खानेहरू कुरा भर्छन् ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[५५]
सिर्जना नौलो जीवन्त बनायो
अथाह काव्य विनाश गरायो ।
✍️ भगवती दवाडी
[५६]
टुक्का कविता लेख्नै पो नजानेर
काव्य लेखेछन् ठूलो कवि ठानेर ।
✍️ विवश पारदर्शी
झापा,
[५७]
कसैले राम्रो नभने पनि जान्ने हुन्छन् आएर
टुप्पाबाट पलाउने पछि बस्छन् पछुताएर ।
✍️ अनिता भण्डारी, ताप्लेजुङ
[५८]
नजान्नेलाई सिकाउनुको सट्टा खिल्ली गरेर
हुन्छन् सबैभन्दा आफैँ जान्ने ती ग्रुपमा झरेर ।
✍️ दुर्गा आचार्य
मोरङ
[५९]
कोही कोही आफूले आफैँलाई नै ठूलो ठान्छन्
कसैको नसुन्ने झन् अरूको कुरा कहाँ मान्छन् ।
✍️ शोभा आचार्य गौतम
काठमाडौ
[६०]
सबैलाई सानो हो भन्छन् यहाँ जान्ने
गल्तीमा पनि झुक्दैनन् वरिष्ठ ठान्ने ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
[६१]
हिँड्नै नजान्नेले अरूलाई देख्छ लँगडाे
आफूलाई जान्ने विद्वान ठान्ने गर्छ बडो ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगा बजा
[६२]
असोजमा बाढी पहिरो आयो यसवर्ष
आउन थाले चाडबाड छैन खुसी हर्ष ।
✍️ तिला लेकाली
[६३]
सृजना न हो जसले जे लेखुन् जथाभावी मफतमा किन यहाँ भन्नु
मुर्खको काम अरूलाई होच्याएर आफूलाई वरिष्ठ कोटीमा गन्नु ।
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौँ
Fran Candelera I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will