
साप्ताहिक झिल्का लेखन अभ्यासको ३४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
संस्कृतिको सुन्दर बीज
हिन्दु समुदायमा चारैतिर
फैलियो बनेर तिज ।
२,
दर तिजको नाममा
खाए, बोलाएर खुवाए
सम्बन्ध दाँजिए दाममा ।
३,
सॅंगिनी नाच हराए
छैनन् विरह गीत
युवापुस्ताले बेताल समाए ।
- म्यामराज राई
…
१,
मेला पर्व रिवाज
समाज जोड्ने गरे
सबैको सिरको ताज।
२,
झल्कियो तीजमा कताकति
मौलिकता नेपाली समाजको
आयातितमा मेरो विमति ।
३,
देखियो रमझम तीज
जागेर्ना गरौँ मिलिजुली
मौलिक संस्कृति बीज। - सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
…
१,
तीज पनि गयो
रमझम गराएर फेरि
यसपालिलाई बिदाइ भयो ।
२,
कतिलाई दियो चोट
नहुनेलाई दुखाएर गयो
जीवनमा राखेर खोट । - पुष्पा राई, खोटाङ
…
१,
राम्रो हुँदैछ तीज
फरक ठाउँको अनुभूति
विभिन्न खाइयो चिजबिज।
२,
तीजले ल्याओस् समानता
संस्कारलाई बचाई राखोस्
बस्दा पनि जतातता।
३,
संस्कार असल बनोस्
युगानुकूल सुहाउने भई
देख्नेले आहा भनोस् । - अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-क्यानडा, क्यालगरी)
…
१,
आँखामा आँखा जुधायौ
गल्ती थिएन मेरो
सर्वोच्च अदालतमा कुदायौ।
२,
कठोर बन्यो न्याय
बोलचाल नहुँदा मलाई
दियौ काराबासको सजाय ।
३,
आफ्नो परिवार सिँगार
मलाई झ्यालखानमा हाल्यौ
बनिसक्यो घरबार नबिगार । - चुडामणी देबकोटा, पुरानोनैकाप, काठमाडौँ
…
१,
आहा ! सारी लगाएर
यो तीजमा नाचिन्छ
शिरमा सिन्दूर सजाएर।
२,
दरलाई दारु बनाए
छाडा गीतमा नाचेर
नराम्रो सन्देश जनाए।
३,
पुराना गीत हराए
नयाँ पुस्ताका युवाले
बौलाहा गीतमा कराए। - कला ढकाल, झापा
…
१,
तिजले खुल्यो बजार
जताततै महिलाको भीड
श्रीमान्का दु:ख हजार।
२,
महँगा चुरा साडी
देखासिखी आपसमा
चढ्छन् त्यस्तै गाडी।
३,
खान्छन् तिजमा मासु
विकृति ल्याए तिजमा
बग्छन् बाख्राका आँसु। - नवराज भट्ट, कञ्चनपुर
…
१,
खुसी हुन जानियो
सामान्य तरिकाले पनि
तीज पर्व मानियो | - सरिता सेढाई, धादिङ
…
१,
उसको विवेक हरायो
बिनामतलब जसले हजुर
सामाजिक सञ्जालमा करायो।
२,
के पिउँछौ मात्तिनलाई ?
उसको एक मुस्कान
काफी छ बेहोसिनलाई।
३,
हामी बोल्दै बोलेनौ
सायद त्यसैले होला
एकार्कालाई बुझ्दै बुझेनौ। - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ
…
१,
सङ्गिनी नाच हराए
बियर रक्सी खाएर
छाडा गीतमा कराए।
२,
मुटुमा लाग्यो चोट
खर्चिलो तीज मनाउँदा
सकियो धेरै नोट।
३,
यसपालिको तीज गयो
चेलीलाई घर पठाउँदा
मन निराश भयो । - राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
तीज महिलाको पर्व
जोगाउॅंदै संस्कार संस्कृति
गरौँ सबैले गर्व ।
२,
खुसी भएर रमाऔॅं
विकृति विसङ्गति हटाउॅंदै
सबै पर्व मनाऔॅं ।
३,
सम्झेर आँसु झर्ने
संस्कृती या विकृति
फेसन सो गर्ने । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
सम्झना दिदीको आयो
भेटघाट पनि भएन
यादले साह्रै सतायो ।
२,
जनताका समस्या लेख्दैनौ
भएछौ अति स्वार्थी
गुन गरेको देख्दैनौ । - प्रेम थापा”मन”, बागलुङ
…
१,
लाग्दैन पर्वको रहर
मनाउनुपर्ने भयो आजकल
गरेर धेरै कहर ।
२,
गहनामा मात्र ध्यान
गरिबलाई खानु छैन
कहिले आउँछ ज्ञान ?
३,
सधैँ आफ्नो गान
गरिबको पेट भर्न
गर बरु दान । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
दुनियाले कुरा काट्दा
चित्त दुख्छ मेरो
अन्तै मुटु साट्दा ।
२,
भतभती मुटु पोल्दा
आनन्द महसुस हुन्छ
मनको गाँठो खोल्दा ।
३,
उनकै याद आउँछ
खाली पिरै पिरले
यो मुटु जलाउॅंछ । - हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ
…
१,
सदाचार भयो तीज
सम्झिने पानी छम्किने
खाएर बीउ बीज ।
२,
दिदीबहिनी माइत गए
नाच्न गाउन सबै
गाउँभरिका भेला भए ।
३,
मिलेर अनेक बनाए
मिठा मिठा परिकार
सम्मान सत्कार जनाए । - अम्बिका अधिकारी, बिर्तामोड, झापा
…
१,
दर खाने तीजमा
खाएपछि गीत गाउने
माइती अलमल्ल बिचमा।
२,
तीजमा चेलीबेटी रमाए
संस्कृति पालनको नाममा
विकृत संस्कार बसाए।
३,
खर्चिलो तीजले परिवारमा
ढाड मस्कियो पतिको
रातो साडीहरू बजारमा। - दिल ठकुरी, दार्जिलिङ
…
१,
भड्काउँदै यसपालिको तिज
वाईनमा डुबेर गयो
धार्मिक संस्कारहरू फ्रिज।
२,
हाँसेरै मनाए हरितालिका
महिनौँसम्म चल्यो धुमधामले
हृदयमा बालेर मालिका।
३,
गीतसङ्गीत फेशनमा छाडा
पर्वले तादात्म्यता दिएको
अर्धनग्नका उत्ताउला भाँडा। - घनश्याम पन्त, हरिवन, सर्लाही
…
१,
काममा लाग्दैन डर
परस्पर ढुङ्गालाई माटोको
आखिरीमा लाग्छ भर ! - आर्त अकुलीन
…
१,
दिन भयो घमाइलो
तिजको पर्व मनाउँदै
नारीहरूले गरे रमाइलो।
२,
हाम्रो संस्कृति जोगाऔॅं
आधुनिक अश्लिलता अङ्गालेर
चेली विकृति नल्याऔॅं । - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
तीज आयो भनेर
श्रीमती बिदा बस्नुभयो
महिना दिन गनेर ।
२,
आयो उमङ्ग लिएर
गयो रिन बोकाई
पत्नी फर्किन् पिएर ।
३,
वर्ष दिनको भारी
साहेबनीको चटपटे बानीले
एकै छाक पारी । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
…
१,
तिज चाड आयो
गरायो भेटघाट अनि
आफन्तमा हर्ष मनायो ।
२,
महॅंगी उकालो लाग्दै
उत्पादनमा सधैँ गिर्दो
दैनिक बिचौलिया जाग्दै ।
३,
आत्मीयता हरायो कता
एकअर्कामा शङ्का छायो
दमन पाइन्छ जता । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
मज्जाले सबै रमाए
आजको दिनभरी यहाँ
तीजको पर्व जमाए ।
२,
चेलीहरू माइत गए
समयले दिएको कोशेली
सबै खुसी भए । - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
भुलेछन् तिजको मर्म
अचेल सुनिन्छ देखिन्छ
रमाइलो पर्वको धर्म ।
२,
महसुस दिलाउन सफल
संस्कार संस्कृति स्मृतिमा
कस्तो होला फसल ?
३,
कायम रहोस् रितिरिवाज
चाडको बहानामा विकृति
कहिल्यै नहोस् समाज । - पृथक प्रकृति, झापा
…
१,
भयो तीज बिदाबारी
रमाइलो माहोल च्यात्दै
बोकाएर ऋणको भारी !
२,
हाम्रा सांस्कृतिक पर्व
गाँजिए नराम्ररी विकृतिले
भएनन् गर्नलायक गर्व !
३,
रहेन कतै मौलिकपन
नृत्य छाडा गीतमा
देखाउँछ्न् नाङ्गो तन ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
कहिले मिलाउने केश
सोच त एकछिन
दलदलमा फस्यो देश । - दीप गोले तामाङ, रौतहट
…
१,
अधिक कर्जा लिएर
तिज राम्रै मनाइयो
होटलभित्र सबै जमेर।
२,
मेरो पनि धक्कु
सुनले शरीर सजियो
चुस्की लिॅंदै भक्कु । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार
…
१,
चेलीले माइतीघर छोडेर
चेली घरतिर फर्कने
रुँदै हात जोडेर ।
२,
सम्हाल्नु घरका जेथा
विदेशिएका पति सम्झी
दिलमै बल्झिन्छ बेथा ।
३,
कौडी छैनन हातमा
एक्लै जाने मेलापात
कोही छैनन् साथमा । - हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान
…
१,
तीज आयो गयो
बोकी विकृति तर
संस्कृति संरक्षण भयो। - ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
…
१,
ओम् गणेशाय लम्बोदर
श्रद्धा भक्ति चढाउँदै
साथ दिइरहून् जीवनभर ।
२,
आउँदैछ पर्व विश्वकर्मको
श्रद्धाभाव चढाउँदै रमाऊ
जगेरा हुन्छ धर्मको ।
३,
चाडपर्वको मौसम आउँदैछ
हुनेलाई खुसी होला
नहुनेमा विशाल छाउँदैछ । - मोती योन्जन सुब्बा, दार्जिलिङ
…
१,
भन्छन् श्रीमान् श्रीमती
रथका दुई पाङ्ग्रा
लिन्छ जीवनले गति।
२,
आजकल गर्दिर्नौ विश्वास
न आफ्नै ठान्छ्यौ
भएँ जिउदो लास।
३,
निको चाल मान्दिनँ
यही पारा रहिरहे
जेसुकै होस् जान्दिनँ । - सतीश पण्डित, भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
जसोतसो पुगियो माइतीघर
माइतमा मायाममताले खुवायो
चोखीनीति तुल्याइएको दर ।
२,
तीज सकियो घामपानीमा
परस्परमा भेटघाट भइरहन्छ
नमरेर बाँचे जिन्दगानीमा । - कृष्णकुमार वैद्य, बनेपा -९, काभ्रे
…
१,
आयौ मौलिकता छोपेर
भन्यौ दरलाई भोज
गयौ विकृति रोपेर ।
२,
मौलायो दलगतको किरो
नागरिक कोही रहेनन्
हुदैछ राष्ट्रियता जिरो ! - ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), इटहरी- १, सुनसरी
…
१,
तीज गयो जानेर
तन मन खोली
थैली खाली ठानेर ।
२,
अर्को साल आउँछु
चेलीहरू पर्खी बसे
तिजको महिमा गाउँछु।
३,
गाउँ, सहर धाउन
लहर आउँछ तीजको
प्रत्येक साल मनाउन। - कृष्ण बजगाई, भक्तपुर
…
१,
तीजको रमझम सकियो
अर्को सालको आशा
मनभित्र यही कहियो !
२,
आकाशमा जूनतारा हेर
थोरै समय निकाली
शान्त पाइन्छ धेर !
३,
जिउन सिक्नु पर्छ
ठुलो आँट गरी
नत्र सपना मर्छ ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
तिज आयो गयो
संस्कार संस्कृति बिथोल्दै
ऋणको थुप्रो भयो ।
२,
नारी उत्साह राप
विश्वमा नै खैलाबैला
इतिहासमा राखेर छाप ।
३,
रक्सीको दर खाएर
देखाए नारी उत्साह
रातो साडी लाएर । - बेदु न्यौपाने
…
१,
वर्ष र दिनमा
आउने चाड यो
तिज गयो छिनमा।
२,
दिदीबहिनी छमछम नाचियो
यसपालिको तिजमा बरिलै
सबैले कम्मर भाँचियो।
३,
रमाउने फेरि आउने
वर्षमा सबै मिलेर
तीजको गीत गाउने। - दुर्गा आचार्य, मोरङ
…
१,
आस्थामा अडेको धर्म
बचाउन सक्नु सधैँ
बुझेर भित्री मर्म !
२,
तीज आउँछ जान्छ
संस्कार विकृत बने
सधैँ टाउको खान्छ !
३,
सत्य जान जन
हाड निल्नु अरे
सधैँ घाँटी हेरिकन ! - विवश पारदर्शी, झापा
…
१,
लायो रौनक तिजको
दिदीबहिनी चेलीबेटी माझ
लुछातानी सम्बन्ध बिचको ।
२,
हात्ती सदा आयो
भयो आखिर भनेजस्तै
तिजमा विकृति छायो ।
३,
के छोपेर बसूँ
विकृतिको अघि म
तिजमा कसलाई भनूँ । - ईश्वर साउद(भिक्षु ), रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम
…
१,
शिक्षण संस्था बढेसॅंगै
असत्य चिनिनु थियो
शिव छोडेर पढेसॅंगै। - लोकबहादुर क्षेत्री लामिछाने
…
१,
अन्तिमाङ्क सङ्ख्यामा लेखिन्छ
शब्दालङ्कार राम्रो मिलेमा
झिल्का राम्रो देखिन्छ ।
२,
राग मासिक रोग
आफ्नो कर्म अनुरूप
सबैले भोग्ने भोग ।
३,
भएमा विवेक बुद्धिनष्ट
हरेक मनुष्यको हजुर
जीवनमा आइपुग्छ कष्ट । - प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर
…
१,
मेरो स्वाधिनताको स्वदेश
फिरङ्गीले उचाल्दै पछार्दा
बन्नेभो तिनकै उपनिवेश ! - सुरेश कार्की
…
१,
मौसम पनि खुलेको
कति राम्रो आहा !
धानको बाला झुलेको ।
२,
देखेर फूल फुलेको
पक्कै रस चुस्न
होला मौरी डुलेको ।
३,
मेहनती आहा कति
त्यो माहुरी हेर
भए सुस्त गति । - अमृत कोइराला, पोखरा
…
१,
परम्परा अनुसारको तीज
मनाउन छोडे चेलीहरूले
रोज्छन् महङ्गा चिजबिज। - अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
…
१,
आउँछ अनेक पर्व
हरितालिका तीजले पनि
बढायो मनमा गर्व।
२,
वर्ष दिनको तीज
बिदा भई गयो
खुवाई हरेक चीज। - कोपिला अधिकारी, सिरानचोक, गोरखा
…
१,
नारीहरू तिजमा रमायो
सदाका लागि यहाँ ,
इज्जत पनि जगायो ।
२,
तिजमा रमाउने नारी
दुई चार दिन ,
लगायो रातो सारी ।
३,
मनमा बोकेर हर्ष
हरेक तिजमा रमाउॅंदाखेरि
सकियो तिजको वर्ष । - श्रीकृष्ण धामी, बझाङ
…
१,
उच्च विचार बाँचुञ्जेल
कर्ममा रहने प्रधानता
ध्यानमा सफलता नपाउँञ्जेल ।
२,
फल प्रभुले प्रदान
सफलता पाइने पक्कै
लक्ष्य राखौँ प्रधान।
३,
प्ररोपकारी जीवन रहुँञ्जेल
प्रभु दया पाइने
चिन्तन मनले गरुँञ्जेल । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
विभिन्न नामका बियर
खान्छन् अनि रमाउँछन्
भन्दै मेरो डियर ।
२,
बियर खाएर दर
मनोमानी तीज मान्ने
नमानी कसैको डर ।
३,
महँगीले आकाश छोयो
तीजको विकृति देखेर
सम्झिॅंदा मन रोयो । - ललिता गिरी, सिन्धुली
…
१,
खुसी मनमा जगाई
मान्छु हाँसेरै तिज
दुःख सबै भुलाई ।
२,
तीजमा दर खान
जान्छु खाली हातै
कोसेली छैन लान ।
३,
यही मेरो चाहना
सुखका लाली छाओस्
तिजको सबैलाई शुभकामना ! - सीमा कार्की समर्पण, मेलचोक, पर्सा
…
१,
तिज सकियो हेर
घर लागे दिदिबहिनी
खर्च भयो धेर ।
२,
गर्छन् सधैँ तानातान
राजनीतिमा कुर्सी नेताले
विचार नमिले हानाहान । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा
…
१,
कठिन छ जीउन
सियो र धागो
चाहिन्छ लुगा सिउन।
२,
रुखमा पाकेको फल
माथि हेरेर बसेँ
झर्ने आसमा तल ।
३,
बारुली कम्मर भाँचेर
आपसमा हात मिलाई
गरे रमाइलो नाचेर । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. – ६, सङ्खुवासभा
…
१,
सडक आकाश खतीमा
सङ्कट खप्दै जनता
विकास सुस्त गतिमा । - समुन्द्रा शर्मा, सुनसरी
…
१,
आफूले आफैँलाई चिन्नू
सफल हुन जीवनमा
निष्ठाको मार्गमा हिन्नू ।
२,
मनमा सुविचार राखे
माटो गोबर चलाउँदा
भइँदैन हजुर पाखे ।
३,
तान्यो झिलिमिली सहरले
बाध्यता होलान् कसैका
कोही उडे रहरले । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
तीज गयो आज
दसैं तिहार आउँदै
हामी सबै माझ। - सङ्गीता खरेल, काठमाडौँ
…
१,
सकियो तिज पर्व
मनायौँ खुसीले नाचेर
संस्कृतिमा गर्दै गर्व।
२,
धर्म जोगाउने भन्छन्
छिर्छन् कमाउने ठाउँ
भित्र नगद गन्छन्।
३,
मन पराउन छोडे
आफ्ना धर्म संस्कृति
पाइला कता मोडे ? - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
बजार छ खुलमखुल्ला
फुर्सदै फुर्सद नेपालीको
फजुल खर्चले भुल्ला !
२,
लगानीको नपाएर ठाउँ
विदेशी बजार मोटाएको,
शून्य पुँजीको भाउ ।
३,
भन्छन् मान्छेहरू सुख
बसेरै खान पाए,
गर्नै छोडेका दुख । - मनोहरी पौडेल, गैडाकोट – १
…
१,
पुरानो संस्कार संस्कृति
मौलिकता कायम राख्दै
फैलाऔँ सर्वत्र जागृति ।
२,
चाडपर्व बिग्रिए अति
आउँदैन कोही बचाइराख्न
बढ्दैछ विपत्ति जति ।
३,
धार्मिक सहिष्णुता हाम्रो
जातिय सद्भाव राख्दै
बनाऔॅं समाज राम्रो । - जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २,
बालकोट ,भक्तपुर )
…
१,
चाडबाडको सदुपयोग गरौँ
खुसी हुँदै सधैँभरि
मनमा उत्साह भरौँ ।
२,
चाड पालैपालो आउॅंछ
गरिबलाई सधैँ पीडा
धनीलाई खुसी छाउँछ।
३,
जस्तो भएपनि रमाउन
घरकै खुसीका लागि
परदेसिए धन कमाउन। - लक्ष्मण देउवा, डोटी
…
१,
झिकेर अन्तर्निहित गमर
लड्नु पर्दछ एक्लाएक्लै
जिन्दगीको कठिन समर l
२,
प्राय: दु:खकष्ट झेल्नेहरूलाई
अभाव खड्किन्न सितिमिति
पसिनासँग सिँगौरी खेल्नेहरूलाई l
३,
दुष्ट रहेछ सरकार
राखेन कहिल्यै पनि
आम जनताको दरकार l - बाबुराम गौतम, गुल्मी
::::::::जय झिल्का साहित्य ! ::::::::::
maltepe elektrikçi SEO hizmetleri, Google’da üst sıralarda yer almamıza yardımcı oldu. https://www.royalelektrik.com/
Simply Sseven There is definately a lot to find out about this subject. I like all the points you made
I have read some excellent stuff here Definitely value bookmarking for revisiting I wonder how much effort you put to make the sort of excellent informative website