विशेष झिल्का लेखन अभियानको २९ औँ शृङ्खला (तिज पर्व विषयक) सम्पन्न

  • २१ भाद्र २०८१, शुक्रबार १९:५९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २९ औँ शृङ्खला (तिज पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>—————
    जाँडको दर खाएर
    नमासौँ है संस्कृति
    छाडा गीत गाएर !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    महिलाहरूकाे पावन पर्व
    हरितालिका तीजमा खुसी
    हुन्छन् नेपालीजन सर्व ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।
    —————<•>—————
    नारीले संस्कृति मान्छन्
    तीजमा दर भनेर
    जाँड रक्सी खान्छन् ।
    ✍️
    ललिता गिरी, सिन्धुली
    —————<•>—————
    रक्सीको बोतल बोकेर
    दर खाएर नाच्छन्
    रक्सी मात्रै धोकेर ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    —————<•>—————
    तीजको रहर आयो
    दर खाने दिनमा
    घरमा खुसी छायो ।
    ✍️
    सञ्जना शर्मा दाङ लमही
    —————<•>—————
    लगाएर राताे सारी
    रक्सी वियर पिउँदै
    मनाउँछन् तीज नारी ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    नगरौँ धेरै खर्च
    सामान्य तिज मनाऔँ
    नत्र पछुताउनु पर्छ ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    तिजमा माइत गएर
    गरिन्छ खुब रमाइलो
    दिदीबहिनी जम्मा भएर ।
    ✍️
    सरिता सेढाई, धादिङ
    —————<•>—————
    मौलिकता कतै छैन
    बोल्दै छाडा भद्दा
    लिन्छन आनन्द चैन !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    —————<•>—————
    पुगोस् मनको चाहना
    संस्कारी बनौँ सबै
    हरितालिका तिजको शुभकामना !
    ✍️
    कार्की डिबी माकुम
    —————<•>—————
    तीज संस्कार हाम्रो
    विकृति नआओस् दरमा
    खुसीले रमाएकै राम्रो ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ
    —————<•>—————
    नेपालीको पर्व तिज
    विशेष भेट दिदीबहिनीको
    जुटाउँछिन् आमाले चिजबिज ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    तिज उल्लासमय बनोस्
    नभनुन् छि: छि:
    सबले आहा भनोस् !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    तीजको खुसी नारीमा
    रितीरिवाज हो हाम्रो
    नाचौँ रातो सारीमा ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    नारीको चाडपर्व तिज
    आफ्नो संस्कृतिलाई बिर्सिएर
    देखाउँदै विकृतिका बीज ।
    ✍️
    शंकर कार्की,मकवानपुर ।
    —————<•>—————
    महान् चाड तिज
    छायो सर्वत्र खुसियाली
    रोपौँ संस्कृतिको बीज ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    —————<•>—————
    कसले भनाइ टेर्‍यो
    पर्वहरू भड्किला बन्दा
    संस्कारले रूप फेर्‍यो ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>—————
    छैन हामीलाई जलन
    तीजकाे अघिल्लो दिनमा
    खासमा दरको चलन ।
    ✍️
    भवानी पाेखरेल ( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    —————<•>—————
    रातो सारी लर्काएर
    आउनु बहिनी तीजमा
    नाचौँला कम्मर मर्काएर ।
    ✍️
    कला ढकाल, झापा
    —————<•>—————
    आफ्नै देशमा कमाउने
    तिजको अनुपम रहर
    नाच्ने हाँस्ने रमाउने !
    ✍️
    आर्त अकुलीन
    —————<•>—————
    विकृतिको बाटो तोडेर
    बर्बाद पार्छ देखासिकीले
    संस्कृति जोगाउँ छोडेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    खाएर मदिरा बियर
    बिगारे संस्कृति हाम्रो
    पश्चिमा चलन लिएर ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    बन्न सकोस् तीज
    सबै नेपाली जनमानसमा
    असल संस्कृतिको बीज ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    —————<•>—————
    लगाई रातो चोला
    पहिरिएर रातै सारी
    पुज्नु मनले भोला !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    रौनकता छायो देशमा
    चेलीहरू तीजमा रमाउँदै
    रातो हरियो भेषमा ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    संस्कृति जोगाउँदै मानौँ
    हाम्रा विभिन्न पर्व
    तीजको महत्व जानौँ ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>—————
    तिज मनाएर रमाउँला
    चेलीलाई ल्याई माइतमा
    संस्कार आफ्नो थमाउँला ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    महत्वपूर्ण पर्व आयो
    सबै नेपाली चेलीबेटीमा
    निकै खुसीयाली छायो ।
    ✍️
    चेतन खनाल (दाह्रीवाला)
    बङ्गलाचुली १ दाङ
    —————<•>—————
    नारीप्रधान चाड तीजमा
    जाँदैन मन कसैको
    सुलभ अर्गानिक चिजमा ।
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    घाम लागे घमाइलो
    सबैलाई सौहार्द थप्दै
    तीज होस् रमाइलो ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    —————<•>—————
    तीजमा माइत जाने
    आमाले पकाएको आहा
    मिठो दर खाने ।
    ✍️
    मन थापा
    पोखरा २१ बक्रेक
    —————<•>—————
    मिठो दर खाएर
    जोगाऔँ सभ्यता संस्कृति
    सभ्य गीत गाएर ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ
    —————<•>—————
    तिज खुसीको दिन
    व्रत बस्छन् दिदीबहिनी
    गाउन नाच्न तल्लीन ।
    ✍️
    पृथक प्रकृति, झापा
    —————<•>—————
    हाम्रो नेपाल देश
    तिजमा विकृति देखेर
    साह्रै दुख्यो केश ।
    ✍️
    सानू सपना पौडेल
    —————<•>—————
    अन्नजल केही नखाई
    तिज मनाउँछन् नारीहरूले
    पूजा गरी शिवलाई ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    रातो सारी लगाएर
    तीज मनाऔँ दिदीबहिनी
    मिठो दर खाएर ।
    ✍️
    सविता भट्टराई, जनकपुरधाम
    —————<•>—————
    छाडा अश्लील नगाऔँ
    नाचौँ गाउँघरकै आँगनीमा
    पार्टी प्यालेस नधाऔँ !
    ✍️
    देव कृष्ण काफ्ले
    पाेखरा१, कास्की
    —————<•>—————
    भनौँ कहिलेलाई तिज
    छैन ठेगान मितिको
    गाउँदै खान्छन् चिज ।
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर पर्वत
    —————<•>—————
    दर खानू चेली
    टन्न मन रमाएर
    यो तिजमा हाँसीखेली !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    —————<•>—————
    तीज साँस्कृतिक चाड
    सभ्य तरिकाले मनाऔँ
    नगरौँ कसैले खेलबाड ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    तीजको मर्म बुझेर
    आफ्नो संस्कृति मनाऔँ
    विकृति विसङ्गतिसँग जुझेर ।
    ✍️
    विवश पारदर्शी
    झापा,
    —————<•>—————
    बारुले कम्मर भाचौँ
    तिज आयो घुमीफिरी
    दिदीबहिनी मिलेर नाचौँ ।
    ✍️
    जनक बिसी
    दक्षिणभारत कोचिनबाट
    —————<•>—————
    कस्तो पर्व आयो
    तीजको नाउँमा हेर
    अनेक विकृति छायो ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर
    —————<•>—————
    बल्ल जुरेको साइत
    यसपालि दर खान
    जाने हो माइत ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    रीत दर खाने
    छाडा गीत गाएर
    संस्कार कता लाने ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    —————<•>—————
    खुसी भएर रमाऔँ
    विकृती विसङ्गति हटाउँदै
    सबैले तीज मनाऔँ ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    हेरेर खानू तीजमा
    बाहुनकी छोरी भन्छ्यौ
    नडुब्नु सेतो फिँजमा ।
    ✍️
    देवी पन्थी
    —————<•>—————
    नारीको पर्व तिज
    मनाऔँ हामी मिलेर
    हाम्रो संस्कृति बिच ।
    ✍️
    धनुष न्यौपाने
    —————<•>—————
    नारीको पर्व आयो
    दरको नाममा रक्सी
    समाजमा विकृति छायो ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    —————<•>—————
    चेलीले नाचेर मनाए
    मिलेर दर खाँदै
    खुसीमा सबै रमाए !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    —————<•>—————
    रातो साडी लगाएर
    साथीसँग नाच्छौँ गाउँछौँ
    मिठो दर खाएर !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    महिलाको राखौँ मान
    संस्कृति बचाउन सकेमा
    बढ्नेछ आफ्नै सान ।
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।
    —————<•>—————
    दारुको खाने दर
    कस्तो जमाना आयो
    संस्कृति हराउने डर ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    —————<•>—————
    मनाउँ सभ्य तिज
    प्रतिनिधि बनोस् पर्वको
    सभ्यताको रोपेर बीज ।
    ✍️
    पुष्पा राई, खाेटाङ
    —————<•>—————
    तिज संस्कृति हाम्राे
    धेरै भड्किलाेपन बढेर
    लाग्न थाल्याे नराम्राे ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    —————<•>—————
    नारीको तिजको रीत
    माइतीमा जाने आस
    गाउँछन् मिलेर गीत ।
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    गएर माइतीघर आमासँग
    पकाएको दर खाइन्छ
    परम्परागत तिउन तामासँग ।
    ✍️
    सुनगाभा पोखरेल
    —————<•>—————
    तीजमा सारी लगाऔँ
    शाकाहारी भाेजन गरेर
    आफ्नाे सभ्यता बचाऔँ ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    रूप पार्वतीकाे धरेर
    गर्छिन् भक्ति नारीले
    नाथकाे ध्यान गरेर !
    ✍️
    टिकाराम जोशी
    —————<•>—————
    एक महिनाको दर
    नखाऔँ कसैले पनि
    संस्कृतिमा पराैँ भर ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    सकिनँ माइत आउन
    दाइको इज्जत जाला
    छैन गहना लाउन ।
    ✍️
    सृष्टि एरी
    तनहुँ
    —————<•>—————
    जाओस् तिज तताएर
    जोगाउँदै धर्म संस्कृति
    सन्देश असल बताएर ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    तिजलाई भव्य मनाउँ
    शुभकामना आदानप्रदान गरौँ
    सेतो फिँजमा नरमाउँ ।
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    —————<•>—————
    साह्रै मन रुन्छ
    दिदीबहिनी नहुँदा घरमा
    तिज खल्लो हुन्छ ।
    ✍️
    अमृत कोइराला
    पोखरा
    —————<•>—————
    यसपालिको रमाइलो तीजमा
    जोगाऔँ सबैले संस्कृति
    नफसौँ महङ्गो चिजबिजमा ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    तीजको लर्को छायो
    हाम्रा दिदीबहिनी माझमा
    उमङ्ग भरेर ल्यायो !
    ✍️
    रिता खराल,रुपन्देही
    —————<•>—————
    आयो विदेशी घेरेर
    संस्कृति सबै गुुमिसक्यो
    बस्छन् सबै हेरेर ।
    ✍️
    दीप गोले तामाङ, रौतहट
    —————<•>—————
    तन्कियो अचेल तिज
    खोयाबिर्के सितन नानाथरी
    खान्छन् अनेक चिज ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    बसौँ सम्मान पाएर
    आफ्नो इज्जत नफालौँ
    भट्टीमा रक्सी खाएर ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    चाडपर्वको नाउँमा विकृति
    भित्रिदैछ अचेल हेर
    जोगाउन चलाऔँ जागृति ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ -स्याङ्जा
    —————<•>—————
    भन्छन् तिज आयो
    वर्ष दिनको चाड
    दर जाँड खायो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    तिज भड्किलो भयो
    खल्बलिदैँ पारिवारिक सद्भाव
    मौलिकता हराउँदै गयो ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट ,१
    —————<•>—————
    नारीको तिज महान्
    सफल पारौँ मिली
    खुसी हुन्छन् भगवान् !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    संस्कारले नपरोस् रुन
    तिज मौलिक पर्व
    विकृतिलाई हुँदैन छुन ।
    ✍️
    ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    खर्चिलो तिज मनाएर
    सम्पत्ति उडाउनु हुन्न
    घर कङ्गाल बनाएर ।
    ✍️
    कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    रमाइलोसँग तीजमा नाचौँ
    मौलिकतालाई नभुली कत्ति
    आफ्नो संस्कृतिलाई बचाऔँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    पकाऊ आमा दर
    मान्यजनसँग विदा लिई
    आउँछु म माइतीघर !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    सुखदु:ख मिसाई गीतमा
    कला संस्कृति जोगाउँदै
    नाचौँला सँगसँगै तीजमा ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृत”
    पनौती न.पा-३,काभ्रे
    —————<•>—————
    पूजा आराधना नाचगान
    रमाउँदै तिजकाे अन्त्य
    घरकाे बढ्छ सान ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला,सल्यान।
    —————<•>—————
    तीजको लहर आयो
    गाउँ सहर जताततै
    हर्ष उल्लास छायो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    माैलिक संस्कृतिमा रमाउँ
    सुनमा सुगन्ध घाेली
    तिजमा मन बहलाउँ ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँ प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    —————<•>—————
    माइतीघर गएर अब
    मिलेर चेली माइती
    रमाउँदै नाचौँला सब ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    तीजको गित गाउने
    माइतीघर गएपछि त
    कति धेरै रमाउने ।
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    नारी चाड तिज
    व्रत किन बस्ने
    खाएर मिठाे चिज ?
    ✍️
    मनुहाङ किराँती साेलु
    —————<•>—————
    पर्वलाई धुमधामले मान्ने
    तीजसँग पिरती लगाउँदै
    सनातनी धर्म ठान्ने ।
    ✍️
    लक्ष्मी रिजाल
    रूपनगर, सप्तरी
    —————<•>—————
    स्वतन्त्रताकाे नामा वितण्डता
    संस्कारमा भित्र्याउने विकृति
    समाजमा छायाे उद्दण्डता ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    लिन आउथे साइतमा
    उहिले हाम्रो तीजमा
    मीठो मसिनो माइतमा ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    हर्षले तिज मनाऔँ
    दिदिबहिनी भेला भई
    आफ्नो संस्कार जनाऔँ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    आनन्द लिँदै तिजको
    चट्ट बनाई खाऔँ
    दर मौलिक चिजको !
    ✍️
    सन्तु खत्री
    —————<•>—————
    रमाइलो तिजकाे पर्व
    खुसीले मनाउन पाउँदा
    चेलीबेटीलाई लाग्छ गर्व ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    —————<•>—————
    विशुद्ध राख्नुपर्छ भावना
    आशिर्वाद दिनुहुन्छ शिवले
    पूरा हुनेछन् चाहना !
    ✍️
    नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    मौलिकता अङ्गालेर रमाऔँ
    परम्परागत तरिकाले मिलेर
    एकैपटक दर खाऔँ ।
    ✍️
    सङ्गीता खरेल
    काठमाडौँ
    —————<•>—————
    घरमा चेली नहुँदा
    खल्लो हुन्छ तीज
    दाजुभाइ सँगै रुँदा !
    ✍️
    मोहन आचार्य
    हिलिहाङ ४ सिबुवा पाँचथर
    —————<•>—————
    कलुषित नराख बीजमा
    आफन्तमा सम्बन्ध बढाेस्
    सद्भावलाई बढाओैँ तिजमा ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    —————<•>—————
    रमाइलो बाड्दै आयो
    साराको मन जित्दा
    विकृति मुट्ठीभरि पायो ।
    ✍️
    नन्दलाल आचार्य अक्षान्त
    सिद्धार्थटोल, उदयपुर
    —————<•>—————
    आओ दिदीबहिनी यतातिर
    तीजमा नाचौँ, गाऔँ
    भुलेर सारा दु:खपिर ।
    ✍️
    रचना शर्मा प्रतीक्षा, ललितपुर
    —————<•>—————
    तीजमा कम्मर भाँच्नुपर्छ
    रमाइलो गर्दै दिदीबहिनी
    एकसाथ रमाएर नाच्नुपर्छ ।
    ✍️
    काजल न्यौपाने
    भोजपुर, बोखिम
    —————<•>—————
    रमझम तिज छायो
    दिदीबहिनी रमाइलो गर्ने
    मौका लिएर आयो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    तीजको रहर लाग्यो
    दीदीबहिनी लिन जाने
    रहर भित्रैबाट जाग्यो ।
    ✍️
    साहित्य प्रेमी
    —————<•>————
    खानुपर्छ सात्विक दर
    जोगाऔँ मौलिक संस्कृति
    नपरौँ विदेशीको भर !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    संस्कृतिको सुन्दर बीज
    हिन्दु समुदाय चारैतिर
    फैलियो बनेर तिज ।
    ✍️
    म्यामराज राई, भोजपुर
    —————<•>—————
    तिज नारीको पर्व
    मनाऔँ सबै मिलेर
    मौलिकतामा गरेर गर्व ।
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ
    —————<•>—————
    तीजको लहर मनमा
    दरको मिठासले रङ्गीन
    शान्ति छाउने जनमा !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    —————<•>—————
    सबै नाचाैँ चेली
    तिजकाे याे बेलामा
    साथीसङ्गी मिलेर खेली ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    —————<•>—————
    दारुको दर खाएर
    विकृत बन्दैछ संस्कृति
    रत्यौली गीत गाएर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    तीज पर्व नारीको
    नाच्ने गाउने रमाउने
    चर्चा रातो सारीको !
    ✍️
    भगवती दवाडी ,झापा
    —————<•>—————

    Leave a Reply