‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५२ सम्पन्न

  • ३० भाद्र २०८१, आईतवार २२:२६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५२
    बालबालिका सडक, भट्टी अनि कारखानामा
    सुनिश्चित छ बालअधिकार, भाषण नारामा ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    खान र लाउन दिए पुग्छ, दिनोस् भन्दै काम
    बालबालिका आउँदा दिएको हुँ रामोराम ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    कानुन बनाउनेले नै गरे बालश्रम शाेषण
    उल्टै भन्छन् टेबुल ठाेक्दै गर्नेछाैँ भरणपाेषण ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    [३]
    बालबालिकाको शिक्षादीक्षा हरण गर्दै लगाए धनीले नै काम
    खान लाउन दिए पुग्छ भन्दै बालशोषण गरे सत्ते रामोराम ।
    ✍️
    बेदु न्यौपाने
    [४]
    बालश्रम शोषण हो भन्दै बनाए कानुन
    व्यवहारमा किन उतार्दैनन् तिनै जानुन।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    [५]
    बालश्रम मुक्तिको नारा भयो अति सस्तो
    अधिकारीबाट बच्चा शोषित हुने कस्तो!
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर
    [६]
    कानुनमा कागजी बाल अधिकारका कुरा
    स्कूल पढ्न बञ्चित नै छन् नाबालक टुहुरा ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    [७]
    भाषण त दिन्छन् नेता नियंत्रण भएनन् सानासाना नानी
    घरेलु कामदार ,ग्यारेज होस् , हटेन शोषण गर्ने बानी।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    [८]
    दिऊॅ राम्रो शिक्षा गरौं राम्रो भरणपोषण
    नगरौं बालबालिकाको अधिकार शोषण।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [९]
    बनाइन्छन् प्रत्येक वर्ष बालअधिकारका नारा
    तर बनेन बालमैत्री मैले पिउने पानी धारा ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [१०]
    बालअधिकारको कुरा गर्दा त जोस नचलेको हैन
    यता फकाउँ कि उता फकाउँ काम गर्ने फुर्सदै छैन ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ
    [११]
    जसले गरिरहेछन् एकआपसमा मिलेर बालश्रम शोषण
    उनैले गर्दछन् बालअधिकार सुनिस्चितताको फोस्रो उद्घोषण l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [१२]
    नारामा मात्रै सिमित बाल शाेषणकाे अन्त्य भएन
    घरेलु हिंसा परेकालाई उद्धार गर्न काेही गएन ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    [१३]
    नारामा मात्र सीमित भयो,बालअधिकारको कुरा,
    देशमा जताततै शोषण,नेताको भाषणमा पुरा।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [१४]
    कैले आउँछ बालबालिका सुरक्षित हुने बेला,
    कसरी मेटिएला कलिला हातहरुबाट ठेला।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    [१५]
    मसिनो छ बोली झन् छ चिम्सा आँखा
    बाल हिंसा रोकी राखौं अब काखा ।
    ✍️
    दीप गोलेे तामाङ – रौतहट
    [१६]
    बालअधिकार पाउनुपर्छ भनी भाषण मात्र गर्ने
    आएको अनुदान आधा देखाइ बाँकी आफ्नै पेट भर्ने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    [१७]
    कराएर मात्र हुँदैन बाल अधिकारको नारा
    ठुलै टाउके भुंडेहरुको ठीक छैन है नि पारा
    ✍️
    सरिता सेढाई धादिङ
    [१८]
    मुखले बोलेर मात्र हुँदैन कामले अघि सरौँ
    बालश्रम अन्त्य गर्नलाई हामी सबै लागि परौँ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    [१९]
    रातदिन सधैँ गरेका छन् काम,
    बालबालिकालाई हेर न राम ।
    ✍️
    आर्त अकुलीन
    [२०]
    रहेछ आजै बाल दिवस आएको
    खै अनाथ टुहुराले पढ्न पाएकाे ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [२१]
    बेसहारा छन् अधिकांश बालबालिका
    सौम्य लगानी गर्‍यो र खै कुन पालिका ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [२२]
    सानासाना कलिला हातमा उठ्ने गरेर ठेला ,
    काम गराएर बालकलाई नगरौँ है हेला ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [२३]
    हेर्नू बाल अधिकार कानुनमा मात्रै भयाे
    पुग्दैन खान घरमा बालक काममा गयाे ।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
    [२४]
    आजका हाम्रा बालबालिका भोलिका कर्णधार
    पाएका छन् छैनन् खई तिनले बालअधिकार ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ।

    [२५]
    ऐन कानुन कागजमा व्यबहारमा छैन
    बाल श्रम अन्त्य गर्दै दिउँ सबैलाई चैन ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    [२६]
    जहिले पनि भाषण गर्छन् ~भनेर मानव अधिकार
    छोड्दैनन् दुध खाने बच्चीलाई समेत गर्छन् बलात्कार।
    ✍️
    भवानी पोखरेल (बाबु बिराज)
    बाणगंगा १ चार नम्बर
    कपिलवस्तु
    [२७]
    भाषणमा किन मख्ख माग अधिकार?
    बालबालिका व्युझेर खाेज हक सार ।
    ✍️
    जी.वि.घाेराही,दाङ
    [२८]
    बालअधिकार नारामा हुन्छ सिमित
    भएन कहिले बालबालिकाको जीत ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२९]
    बालअधिकार बग्छन् भाषण अनि नारामा
    प्रताडितहरु बस्न पाएकाछैनन् थारामा ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    [३०]
    न बन्छ बालग्राम न हुन्छ बालपाेषण
    घरमा भाँडा मझाई गर्छन् बाल शोषण ।
    ✍️
    शालिकराम दाहाल
    [३१]
    नारामै सिमित रह्यो बालबालिकाको अधिकार
    कहिले गर्न सक्लान् कठै, व्यभिचारको प्रतिकार ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [३२]
    साना हात सानो दिमाग सहनुपर्ने ठूलो चोट
    बाल शोषण अन्त्य गरेर नदेखाऔ कुनै खोट ।
    ✍️
    सबिता खड्का कैलाली
    [३३]
    बालबालिकाकाे माैलिक हक संविधानकाे पानामा
    शाेषित पीडित बालबालिका कारखानाकाे छानामा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [३४]
    उच्च ओहदामा हेर बस्नेको बोली सस्तो
    अधिकार बाट वञ्चित गराउने कस्तो ।
    ✍️
    कला ढकाल झापा
    [३५]
    बालबालिका हाम्रा सृजनाका हुन् है खानी
    बालश्रम अपराध रोकौं सबले जानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    [३६]
    कानुनमा मात्रै रहेछ बालअधिकार
    बालककै पसिना बेची गर्दैछ व्यापार।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार
    [३७]
    ससाना नानीको नरम कोमल हुन्छ मन
    सबैसँग नहुने किन नि ! बराबरी धन ।
    ✍️
    सुनगाभा पोखरेल
    [३८]
    बालआश्रमको सुधारमा सबै मिलेर गरौ
    अन्यायको जरा उखेल्न नेताको भर नपरौ ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३९]
    वडा बालमैत्री लेखेर विदेशीका छारो राख्न सजाए
    बाल हकका आउने बाहिरी कमिसन भित्रै पचाए ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    [४०]
    अन्याय र अत्याचार कहिल्यै कम भएन
    रोकथाम र कार्यान्वयनमा ध्यान गएन।
    ✍️
    अरुण कुमार भुजेल
    गोरुबथान,कालेबुङ,भारत
    [४१]
    नेताले भाषणमा बालअधिकार हनन् भयो भनी सुनाउँछन्
    ठुलाठालुको उद्योगमा बालबालिकालाई गलैँचा बुनाउँछन्।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    [४२]
    सडकमा छन् बालबालिका बालअधिकार हरायो
    भित्रभित्रै शोषण, नीति त कागजमा मात्र गरायो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [४३]
    बालबालिकाको हक देऊ
    शिक्षाको बाटोमा सबै लेऊ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [४४]
    कलिला बालबालिकामा लगानी
    भविष्यमा हुन्छ देशकाे आम्दानी।
    ✍️
    प्रद्युम्न चालिसे
    [४५]
    नेता भाषण मात्र ठुला गर्छन् काम केही हुन्न
    सडकमा जति रोउन् उनलाई त्यसले छुन्न ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [४६]
    गरिब अलपत्र नहुँदामा छाना खाना नाना
    कुरैको मात्र बालअधिकार छैन तानाबाना ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४७]
    बालबालिकाहरू के के सुघी हिँडेका छन् बाटामा
    अभिभावक खै कतातिर अधिकार छ घाटामा ।
    ✍️
    भगवती दवाडी
    [४८]
    आफ्ना परिवार र दलका बाहेक बच्चाबच्ची समेत हेर्दैनन्
    नेता बने पछि त जागिर नि खान नपर्ने कसैलाई टेर्दैनन् ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    [४९]
    सडकमा माग्दै धूलोमा पडी बसेको छ कति बालबालिका
    कुपोषणले हैरान उनीहरूले नै पाउन सकोस् तालिका ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर सिटोङ थ्री खरसाङ
    [५०]
    भविष्यका कर्णधार हुन् साना बालबालिका
    शोषण रोक्न कदम उठाऊ न्यायपालिका ।
    ✍️
    मन्दिरा सेढाई मलेखु, धादिङ
    [५१]
    होटल ग्यारेजका कामदार बालक नारामा अधिकार
    सबै कुराबाट बञ्चित उनीहरू कसैले गर्दैन प्यार ।
    ✍️
    घनश्याम पन्त हरिवन सर्लाही
    [५२]
    बालश्रम हटाएर बाल शिक्षा जगाऔँ
    शिक्षाको ज्योति जगाई अन्धकार भगाऔँ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [५३]
    बालबालिकाको अधिकारको कुरा सिमित हुन्छ नारामा
    कानुन फितलो भएपछि सबै नाच्छन् आफ्नो आफ्नो पारामा।
    ✍️
    मोती योन्जन सुब्बा दार्जिलिङ
    [५४]
    व्यवस्था धेरै धेरै परिवर्तन भयो
    तर पनि बालअधिकार कता गयो ?
    ✍️
    डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा
    [५५]
    नि:शुल्क शिक्षा भए बालबालिका सक्षम बन्छन्
    घरको चुल्हो बाल्न सके बल्ल बालहित गन्छन् ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    One thought on “‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५२ सम्पन्न

    Leave a Reply