‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५१ सम्पन्न

  • २३ भाद्र २०८१, आईतवार ०८:२७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५१
    ऋण धन गरी मनाइयो तिज पर्व
    समस्याहरू ज्युँका त्युँ छैन केही गर्व ।

    ✍️ वसन्त अनुभव
    ~<•>~

    टुक्कामाथि टुक्काको १५१ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    भोलिदेखि  साहु  छल्दै  हजुर  हिँड्नुपर्ने  हुन्छ
    गरिब, दु:खी आर्तहरूको आवाज कसले सुन्छ ?
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    हुनथाल्यो नि चाडपर्वमा देखाउने होड
    गर्दैछन् नारीहरू तडकभडकमा जोड ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    [३]
    तिजसँगै महङ्गी  पनि पछि लागेर पो आयो
    यो गरिबको मनमा  हेर कालो बादल छायो ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौं
    [४]
    दुःख गरी कमाएका थिए परदेशको बास गरी
    एकछिनको रमाइलोले तातो घाम जीवनभरि ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [५]
    दीन दु:खीले मनाउन बाध्य छन् हरेक पर्व कनेर
    नाङ्गो आङ र भोकोपेट लिई माग्नु कोसँग के भनेर ?
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    [६]
    जे जति छन्, त्यसैमा पर्व मनाउनू है साथी
    ज्यादै तडकभडक गर्दा ऋण काँधमाथि ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।
    [७]
    तीज पर्व सधैँ आउँछ प्रत्येक आर्थिक वर्ष
    फजुल खर्च गर्दा हामीलाई धेरै लाग्छ हर्ष ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [८]
    धनीकै रै’छ सबै चाडपर्व गरिबको लागि के नै भयो
    उपाय केही नभएपछि  तिजको रहर मेटिँदै गयो ।
    ✍️
    सुनगाभा पोखरेल
    [९]
    साथी ऋण काढेर नयाँ सारी, गहना किनियाे
    घरमा जेसुकै हाेस् बाहिर देखाउन हिँडियाे ।।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    [१०]
    मान्नैपर्यो, पैसा छैन भनी मिल्दैन पन्छिन
    तिज, पञ्चमी यस्तै चाड आउँछ दिनदिन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।
    [११]
    सकियो यसपालिको तिज पर्स खाली बनाएर
    अर्को साल आउनू नयाँ जोश जाँगर जनाएर ।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    [१२]
    चाडपर्व पनि उसैको, जसको छ भरिलो गोजी
    नहुनेलाई त आइपर्ने दुःख पीडा खोजी खोजी ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान
    [१३]
    तिजको सबैले  जसोतसो खायो दर र भोज
    आमाबाउको टाउकोमा ऋण अरूलाई मोज ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर सिटोङ
    [१४]
    तीज पर्वले सिकायो बढी खर्च गर्न नारीलाई
    साहुलाई तिर्न पैसा छैन कसरी  बस्नु रमाई ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    [१५]
    भड्किलाे र खर्चिलाे भाे तिज पर्व हेर
    पीडामाथि पीडा थप्याे ऋण लगाएर ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [१६]
    यसपालि ऋण गरेर मनायौं, हरितालिका तीज मज्जाले
    मनोरञ्जन पनि गर्यौं तर हुस्की बियरको सहायताले।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१७]
    सङ्गिनी मात्रै  थियो पिडा पोख्ने माध्यम पहिले पहिले
    भड्किलो तिज मनाउनेले बुझ्छन् र परम्परा अहिले !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    [१८]
    ऋण काढी मनायौँ तीज
    नआओस् अब भो यो चीज ।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    [१९]
    जेनतेन  दु:ख  सुख तीज मनाइयाे
    आफैँले आफैँलाई नै  ऋणी बनाइयाे।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर कपिलवस्तु
    [२०]
    सादा जीवन उच्च विचार नै हरायो
    तडकभडक तिजले ऋणी गरायो ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२१]
    सन्सारमा ऋण दुश्मन कसैलाई नलागोस्
    काम गरेर दुख हटाउने साहस जागोस् ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ।
    [२२]
    दुई दिनको जिन्दगीमा  रमाउँदै आजै माेज गर
    ऋण धनमै चल्दै गर्छ जीवन भाेलिकाे छैन भर ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२३]
    दरकाे नाममा रातभरि मासु खान्छन्
    बिहान व्रत भन्दै फेरि मन्दिर जान्छन्।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    [२४]
    घाँटी हेरी हाड निल्नुपर्छ भन्ने भुलेर
    चेलीले अति गरे पार्टी प्यालेस डुलेर ।
    ✍️
    कला ढकाल झापा
    [२५]
    ऋण धन भए पनि लगातार चाड आयो खुब खर्चिलो भएर
    ऎया नभनी नभनी मान्नै पर्‍यो परिवारको त्यो चित्तमा गएर ।
        ✍️
    बेदु न्यौपाने
    [२६]
    खुसीका साथ आयो नि तिज पर्व
    तिज आउँदा नारीलाई  झन् गर्व ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    [२७]
    ऋण काढेर नै भए पनि खानैपर्यो दर
    नत्र त समाजमा अटाइदैन भन्ने डर ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    [२८]
    संस्कृति बचाउने नाममा नराम्रो विकृति भित्रियाे  तीज पर्वमा हेर
    दर खादा चाडकाे बदनाम गरी रक्सी वियर खाने नारी भयो धेर।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी  ५ संगमकाेलानी राधे राधे भक्तपुर ।
    [२९]
    तीजले नदिनु दियो ऋणको भारी
    कसरी लैजाने यो जीवन लतारी !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [३०]
    सही तरिकाले फस्टाएर जाओस् तिज
    नरोपौँ है कुसंस्कारको कहिल्यै बीज ।
    ✍️
    बि.कुलुङ रंगबुले
    दार्जिलिङ
    [३१]
    घमण्ड देखाएर के गर्नु आज
    समाजमा भोलि हुनेछ नि लाज ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    शान्ति सेवामा गरेर कर्म
    आखिर सत्य हुनेछ धर्म !
    ✍️
    आर्त अकुलीन
    [३३]
    देखासिकी गर्दै मान्यौँ तीज फुर्ती देखाएर धेर
    ऋण सम्झी सम्झी पछुताई रुन पर्यो यतिखेर।
    ✍️
    विवश पारदर्शी
    झापा,
    [३४]
    मैले चाहेर के भो तिमीले चाहेनौ
    सधैँ हिँड्ने बाटो आज किन आएनौ ?
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३५]
    मन दुख्ने किन तीज मनाएको
    मुटु खाने कुरो किन जनाएको ?
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [३६]
    जसरी हुन्छ मनाइयो तिज पर्व
    संस्कृतिमा रमाउँदा लाग्दछ गर्व।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [३७]
    मान्नुथियाे मानिहाल्याै अब के लिन्छाै पीर
    दायाँबायाँ पैसा खाेजी साहुको ऋण तिर ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [३८]
    समस्यामा पारेर आफैँलाई पर्व मान्नु हुँदैन
    आफैँलाई सताउने हो अरू कसैलाई छुँदैन ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    [३९]
    दिनभर नाचियो हरे
    उस्तै र उही बह भरे ।
    ✍️
    नागेन्द्रप्रसाद यादव ।
    [४०]
    कति मज्जाले गरियो तीज पर्व
    खै त कसैमा छैन हजुर गर्व ‌।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [४१]
    हर्ष उल्लास साथ तिज पर्व मानाइयो
    खुसी भए सबै सहज भन्ने जनाइयो  ।
    ✍️
    सबिता खड्का कैलाली
    [४२]
    हिजो नै अर्काको देखासिकीमा उडायौ सम्पत्ति
    आज घर बाउ बिरामी परे पैसा छैन रत्ति ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    [४३]
    ऋण  गरी  चाडबाड  मनाउनु छैन
    लुछ्ने चुस्ने खानेकुरा दर पनि हैन।
    ✍️
    महेन्द्र मान बलामी
    [४४]
    वर्ष दिन दुख काट्ने तिजकाे एकदिन खुसी
    खरकाे  छाना फेर्न सकिएन चुल्होभित्र ढुसी ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान
    [४५]
    खान लाउन र नाच्न त मजै आयो
    तीजको खर्च हेर्दा त विरक्तै छायो ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४६]
    बाटोभरि पैह्रो गयो माइत जान डराएँ
    चाडका मौलिकता आज भोलि कता हराएँ ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    घुमीफिरी आयो हाम्रो यो तीज पर्व
    मितब्ययिता अपनाउँ  हाम्रो गर्व ।
    ✍️
    कमला देवकोटा,  पाल्पा
    [४८]
    सकियो तिज शान्त भो बल्ल सहरबजार
    रक्सी र मासु खर्च भो टन्नै नौ दश हजार ।
    ✍️
    ध्रुव खोटाङ
    [४९]
    पोहोर झैँ ऋण काढेर मनाइयो तीज यो वर्ष
    आर्थिक बोझ झनै थपिदा खोसियो मनको हर्ष l
    ✍️ 
    बाबुराम गौतम, गुल्मी
    [५०]
    परिवारमा शोकका बीच मनाइयो तीज पर्व
    भिनाजुको स्वर्ग हुँदा मलाई केही भएन गर्व।
    ✍️
    भगवती दवाडी ,झापा
    [५१]
    मनाउनु पर्छ पर्व वर्ष दिनमा आउने
    किनेर ल्या’को रातो साडी फेरी फेरी लाउने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [५२]
    घाँटी हेरि हाड निल्नु भन्ने उखान थियाे
    भुल गरेर किन त ! हजुर ऋण लियो ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    [५३]
    ऋणको भारी बोकेर मजाले तुजुक देखायौ
    तीज पर्व मनाउॅदा जड्याहॅामा नाम लेखायौ ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५४]
    विदेशबाट  बुढाले  पठाइदिए   मीठो  मसिनो खाएँ ।
    कसैको बाउको खा’को छैन मैले खाफ्नै लोग्नेको उडाएँ ।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा
    [५५]
    भुसको  रोटी बुहारीले वर्षैभरि खान्थे अरे
    मिठो दर दुःख पीडा पोख्न माइत जान्थे भरे ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा – २ , मोरङ
    [५६]
    मनाइयो तिज रिन काढेर भए पनि
    अर्को साल बाँचिन्छ, मरिन्छ के थाहा अनि ?
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५७]
    लगाए देखाउनकै लागि सबै चिज
    भड्किलो बन्दै गयो अचेल हाम्रो तिज ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [५८]
    महिना दिन चल्यो तिजको दर खाएनन् खिर
    खै कति पो रित्तियो रुपियाँ पैसा मान्दैछन् पीर ।
    ✍️
    शुक्रराज कुँवर
    [५९]
    कति खानु दर नि पुरै महिनाभर
    वर्षभरि कमाएकाे छिनमै नछर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    [६०]
    पूरा हुने कामना मनभरि आशा लिएर
    बाँचिरहेछु तिम्रो प्रतिक्षामा आँसु पिएर ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    [६१]
    जता पनि छताछुल्लै मदिरा भन्छन् तिजी पर्व,
    यस्तो देख्दादेख्दै पनि कसरी  गरौँ हामी गर्व।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [६२]
    संस्कार संस्कृति हो तिज मनाउन पर्यो
    सेखासेखले तिजको अनुशासन झर्यो ।
    ✍️
    हन्नाह छेत्री
    [६३]
    सकियो रमझम तीजको
    तिर्नुछ दाम चिजबिजको।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ,भारत।
    [६४]
    दर खान पार्टी धाउँदा नारी भए कायल
    महङ्गीले तिजको बेला मर्द बने घायल।
    ✍️
    -रामशरण न्यौपाने, भक्तपुर

    3 thoughts on “‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५१ सम्पन्न

    Leave a Reply