‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५० सम्पन्न

  • १९ भाद्र २०८१, बुधबार ००:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५०
    हिजोआज खै किन मलाई पर्छ साह्रो ?
    तीज हो कि रत्यौली छुट्याउनै भो गाह्रो ।
    ~<•>~

    व्याङ्ग्यात्मक टुक्का लेखन शृङ्खला: १५० मा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    १.
    टु पिसको मच्छरदानी हुने गर्छ तनमा
    न पर्वको लाज ढाक्छ्न् न इज्जत छ मनमा ?
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    २.
    गीत कस्ता बनाएका सुन्नै गाह्रो हुने
    नृत्य उस्तै शव्द छैनन् हाम्रो मन छुने ।
    भगवती दवाडी ,झापा
    ३.
    हिड्नै पर्यो तीज मनाउन सारी लगाउँछु फेरी
    पोइ भनाउँदा ती के भएका हुन् आँखा तर्छन् हेरी ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    ४.
    भित्रियो तिजमा देखासिखी बढ्यो हरेक कुरामा
    कति नाचियो आमा दिदीसंँग बाल्यावस्था भुरामा।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    ५.
    तीज मनाउन रेष्टुरेन्टमा गएको श्रीमती मेरी
    दर खाएर घर आइपुग्दा चिनेन मलाई फेरि ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५संगमकाेलाेनी राधे राधे भक्तपुर ।
    ६.
    तीज मनाउन मान्छेहरू होटल, रेष्टुरा चले
    वियरसँग चोचे सितन, खाँदाखाँदै त्यही ढले ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ७.
    साहित्यमा छन् अनेकथरी रस
    चुप लाग तमासा हेरेर बस ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ८.
    लाग्दैन कसैको चिन्ता पिर छैन केही डर
    रक्सी अनि मासु सङ्गै खाइन्छ तिजको दर ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ९.
    कार्तिकमै बिहे हुन्छ, मान्छे वा कुकुर के भन्नु
    तीजको दर कति दिन खाने, कसरी पो गन्नु ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    १०.
    जति हेर्छु उति राम्रो,मन यसै जाग्ने
    तिज हो कि गाईजात्रा उस्तैउस्तै लाग्ने।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ११.
    संस्कृति जोगाउने गर्नुछ काम
    जोगाएर सबैले राख्नु छ नाम !
    ✍️
    आर्त अकुलीन
    १२.
    रेष्टुरेन्टमा रक्सी खाएर छर्छन् दरको भ्रम
    परम्परा संस्कृतिको देखिन्छ यहाँ टुटदो क्रम ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    १३.
    तीजको गीत सुनेर म छक्क परेको
    होइन रत्यौली खेलेको जस्तै गरेको ।
    ✍️
    कला ढकाल, झापा
    १४.
    तीजको दरसँग चट्ट टिप्स लाएपछि
    गाह्रो त भैहाल्छ नि नानाभाँती खाएपछि ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १५.
    हाम्रो संस्कृति रमाइलो पर्व हो तिज
    सबैले जोगाउ नखाउ अभक्ष्य चिज।
    ✍️
    वि के मुखिया
    दार्जिलिङ,भारत।
    १६.
    जिन्दगी जिउन छ यहाँ कति गाह्रो
    सम्झी बसे सबै काम हुन्छ नि साह्रो।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    १७.
    निर्लज्ज तीजको गीतले संस्कृति माथि प्रहार
    लोप हुने भयो सनातन परम्परा संस्कार ।
    ✍️
    कृष्ण बजगाई। भक्तपुर
    १८.
    आज तिम्रो बिस्ताराले पोल्यो
    बिस्तारै आफ्नै पोल त खोल्यो ।
    ✍️
    नागेन्द्रप्रसाद यादव ।
    १९.
    तीज हाम्रो संस्कृतिको रमाइलो हो पाटो
    भावी पिँढीलाई संस्कार दिने यो हो बाटो ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    २०.
    आजभोलि तीज गीत कस्ता हुन थाले
    हेर्दा पनि कताकता लाज लाग्ने खाले ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    २१.
    तिजको दर खाको हो कि पाटी भोज
    छुट्याउन सकिँदैन गर्छन् है मोज ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २२.
    तिजमा पर्व मनाउँछन् रातो सारी लगाउँदै
    रत्यौली खेल्छन् छिमेकी बिहे भोजमा सघाउँदै।
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ।
    २३.
    खै कुन्नि कस्तो खाले संस्कृति हो यो तीज?
    जताततै देख्छु म त वियरको फिँज ।
    ✍️
    बि.कुलुङ रंगबुले
    दार्जिलिङ रंगबुल
    २४.
    गाह्रो पर्ला भनेर नै लाएको हो जालो जस्तो टालो
    तीज पर्व मान्ने आयो नयाँ परिवर्तनको पालो ।
    ✍️
    विवश पारदर्शी
    झापा
    २५.
    लगातार नेपाली संस्कृति हराउन थाल्यो
    शब्द र नृत्य नराम्रा,यही विकृतिले गाल्यो ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    २६.
    तिजको मौलिकता लाग्छ हराउँदै गयो
    जसरी हुन्छ रमाइलो गर्ने पर्व भयो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    २७.
    मैले पनि छुट्याउनै सकिन भन्छन् तीजका गीत
    सुन्न हेर्न लाज भयो नि बसेर परिवारसित |
    ✍️
    सरिता सेढाई धादिङ
    २८.
    कुन जमाना आयो यस्तो खै सुन्न हेर्न लाउने गाह्रो
    यही पाराले हो भने संस्कृति जोगाउन झनै साह्रो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा. ६ संखुवासभा ।
    २९.
    वेदनाले त पाेल्दैन यहाँ आज बिस्ताराले पाेल्छ
    लाज थाम्छन् कसरी ? शरिरमा एकपिसकाे खाेल्छ।
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
    ३०.
    अश्लीलतामा रमाउनु नै संस्कृतिकाे उपहास
    याैवनकाे आहालमा डुब्दै जाँदा इज्जतकाे नास ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला सल्यान।
    ३१.
    कतै रमाइलो कतै भने छ रुवाबासी,
    अस्तित्व नै मेटाएर कसरी बस्नु हाँसी ।
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ३२.
    भन्छन् देख्दा पनि लाज लाग्ने छाडा भयो तीज
    राम्रोका लागि राम्रो नै चाहिन्छ होलान् नि बीज ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३३.
    देखेका छैनन् दुःख पार्टी गर्दै दिनहुँ नाँच्छन्
    तीजको नाममा महिनौ नै दर खाँदै हाँस्छन् ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ३४.
    हेर्नै हुन्न नाङ्गो नाँच नसुन्नु अश्लिल गीत
    पुरानै संस्कृतिसँग लगाउनु पर्छ मीत ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३५.
    कता हराए माैलिक भाखा तिजकाे गीतमा
    झुम्न थालेछ सबैजना आयातित रीतमा ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    ३६.
    विकृति र विसङ्गतिले गाउँघरमा छायो
    ठाडो घाँटी लगाएर दर खाने दिन आयो ।
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ३७.
    नारी तिज तिमी नारी चिन्न सके टर्छ
    किन तिज ? के हाे तिज ? साेच्न सक्नुपर्छ ।
    ✍️
    जी.वि.कश्यप
    घाेराही,दाङ
    ३८.
    हुँदाहुँदै संस्कारमा नि आयो विकृति
    के भनी राख्लान् खै पुस्ताले नि अब स्मृति ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ३९.
    तीजको रमझमलाई पचाउॅंनै भयो गाह्रो
    छाडा प्रवृति बढ्दै जाँदा कति हुन लाग्यो साह्रो।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    ४०.
    तीजका गीत भन्दा बढी छाडा गीत आउन थाले
    कपडा त झन् कस्ता लाउछन् यीनले इज्जत फाले।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    कपिलवस्तु
    ४१.
    तिजकाे माैलिकता पाउनै भयाे गाह्रो
    दर खान्छन् कि दारु खुट्याउनै पाे साह्राे ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा ।
    ४२.
    चाडको नाममा पनि ढोङ्गको परिवेश रचिन थाल्यो तीजमा,
    समाजलाई नकारात्मक विचार छरेर नाङ्गो नाच्छन् गीतमा।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी,दार्जिलिङ।
    ४३.
    छाडापन भित्र्याएर मौलिक साँस्कृतिक पर्व तीजमा
    इङ्गित गर्दै नाँच्न थाले अति संवेदनशील चिजमा l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ४४.
    संस्कार संस्कृतिमा हिजोआज विकृति छायाे
    शिक्षाले भूषित नारी परम्परा भुल्दै आयाे।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४५.
    जता छाडा उतै गाढा, बन्न चाहन्छ मानव
    रत्यौली तिजको पर्व, मिसमास भयो हव ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ४६.
    परिवार बसेर हेर्न र सुन्न नमिल्ने गीत आयो
    यस्ता शब्दलाई पनि हेर कसले स्वीकृति जनायो ।
    ✍️
    सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ४७.
    जति खान्छौ खाऊ तिम्रो पेट कहिल्यै अघाएन
    त्यत्ति माया लगाऊ भन्थे मेराे मन रमाएन ।
    ✍️
    शालिकराम दाहाल
    चा न पा ३ झाैखेल
    ४८.
    बुद्धको शान्ति सन्देस बिर्सेकाे नि कति भयो
    परेवाका जोडी हरे ! भाग्नु पर्ने गति भयो ।
    ✍️
    तुलसी शर्मा
    दार्मा १,सल्यान
    ४९.
    समाजमा संस्कार कता गयो संस्कृतिको कुरै छोडे
    इज्जत छैन बाउ माइतीको परम्परा अन्तै मोडे ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ५०.
    नजिकिँदै गर्दा यो तीजको पर्व
    विकृतिले गर्दा छोड्यो लाग्न गर्व ।
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    ५१.
    फेसन फेरियाे संस्कृति फेरियाे
    तीज पर्वमा झन् विकृति हेरियाे ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    Leave a Reply