झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न

  • २९ भाद्र २०८१, शनिबार १४:०० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    —————<•>—————
    १)
    अमूल्य छ जीवन
    नसोची दायाँबायाँ आवेगमा
    नकाटौँ जिन्दगीको रिबन !
    २)
    खोजौँ समस्याको निकास
    समाधान होइन आत्महत्या
    खाली निम्त्याउँछ विनाश !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    //२//
    —————<•>—————
    जानिएन हत्या गर्न
    मारी स्वयम् आफैँलाई
    छैन यमलोक तर्न ।
    ✍️
    महेन्द्र मान बलामी
    दक्षिणकाली नगरपालिका -९ फर्पिङ,काठमाडौँ

    //३//
    —————<•>—————
    अमूल्य जिन्दगी हाम्रो
    आत्महत्या गर्नुभन्दा हजुर
    गर्नुस् काम राम्रो !
    ✍️
    अनिता कार्की
    पाँचथर

    //४//
    —————<•>—————
    उनले आत्महत्या गरेछन्
    दोष सरकारकै हुनुपर्छ
    हजारौँ मलामी गएछन् ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    //५//
    —————<•>—————
    १)
    मनमा परेको चोट
    आत्महत्या अन्तिम उपाय
    विकल्प नखोज्दाको खोट ।
    २)
    असह्य पीडा भित्रको
    हुन थालेका छन्
    घटना विचित्र विचित्रको ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    //६//
    —————<•>—————
    १)
    आत्महत्या जघन्य अपराध
    थाहा पाउॅंदा पनि
    किन गर्छन् अगाध ?
    २)
    हैन समस्याको निकास
    आत्महत्या गरेर पछि
    रहला केही आस ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।

    //७//
    —————<•>—————
    १)
    आत्महत्या कसैले नगरौँ
    जन्मेर बाँचौँ धेरै
    दुनियाँमा सत्ज्ञान छरौँ !
    २)
    कुनै मरेर बाँचेको
    संसार हेर्नलाई अझै
    मूर्ख हेर नाचेको ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    //८//
    —————<•>—————
    इच्छा चाहना मरिसके
    दाँयाबाँया केही नसोची
    बाँच्ने रहर झरिसके ।
    ✍️
    कला ढकाल

    //९//
    —————<•>—————
    १)
    जीवन नबनाउँ सस्तो
    हेर्दाहेर्दै जीवनत्याग गर्दै
    रुवाउँछन् यहाँ कस्तो !
    २)
    आत्महत्यालाइ निरुत्साहित गरौँ
    चेतनाको विकास गरी
    ज्ञानज्योति सर्वत्र छरौँ !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी

    //१०//
    —————<•>—————
    हुँदैन आत्महत्या रोज्न
    लड्नुपर्छ सङ्घर्ष गर्दै
    यहाँ आत्मसम्मान खोज्न ।
    ✍️
    सुनगाभा पोखरेल
    नेपालगन्ज

    //११//
    —————<•>—————
    आत्महत्या हो महापाप
    आत्मा सधैँ भौतारिने
    इज्जत सारा सखाप ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    //१२//
    —————<•>—————
    १)
    मनाेबल दर्बिलाे बनाऊ
    आत्माहत्या गर्नुहुन्न कदापि
    दु:खलाई बिर्सेर रमाऊ ।
    २)
    परिस्थितिसँग लड्न सिक
    आत्महत्या समाधान हाेइन
    खराब साेच झिक ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    //१३//
    —————<•>—————
    हातमा हात गाँसेर
    अमूल्य छ जिन्दगी
    बिताउँ सँगै हाँसेर ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।

    //१४//
    —————<•>—————
    १)
    आत्महत्या निकास हैन
    जीवन फेरि पाइन्न
    जटिलता कसलाई छैन ।
    २)
    कठिनाइ टरेर जान्छ
    धैर्यता राख्नु सधैँ
    सफलताले शिखरमा लान्छ ।
    ✍️
    पुष्पा राई, खाेटाङ

    //१५//
    —————<•>—————
    आत्महत्या कायर काम
    आत्मा सधैँ भड्किरहन्छ
    परलाेकमा मिल्दैन धाम ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    //१६//
    —————<•>—————
    १)
    हिम्मत कसैले नहार्नू
    समाधान आत्महत्या हैन
    परिवारलाई पिर नपार्नू ।
    २)
    आत्मबलको चेतना जगाइ
    घरघरमा सचेत बनौँ
    आत्महत्याको सोच भगाइ ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    //१७//
    —————<•>—————
    अत्महत्या विकल्प हैन
    अनुपम उपहार जिन्दगी
    मूल्यवान अरू छैन ।
    ✍️
    सङ्गीता खरेल
    काठमाडौँ

    //१८//
    —————<•>—————
    १)
    दिनानुदिन आत्महत्या बढेकाे
    बिर्सदैछ जीवनकाे मूल्य
    आजभाेलीकाे मान्छे पढेकाे ।
    २)
    आत्महत्याकाे जगाऔँ चेतना
    यसबाट शान्त हुन्छ
    केही मानसिक वेदना ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची

    //१९//
    —————<•>—————
    प्याजझैँ सम्झन्छन् जीवन
    आत्मसात गर्छ आत्महत्या
    लगाएर कालो रिबन !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग

    //२०//
    —————<•>—————
    आत्महत्या कायरले गर्छ
    अनुपम उपहार जिन्दगीमा
    आशावादीले रङ भर्छ ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला

    //२१//
    —————<•>—————
    आत्महत्या कहिल्यै नगर्नू
    समस्या समाधान हुन्छ
    काल नआउदासम्म नमर्नू ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर

    //२२//
    —————<•>—————
    आत्महत्या नगर तिमी
    जीवन खेर फाल्दा
    सराप्ने छ जिमी !
    ✍️
    जनक बिसी
    दक्षिणभारत कोचिनबाट

    //२३//
    —————<•>—————
    १)
    आत्महत्या नगर्नु कायर
    बास हुँदैन स्वर्गमा
    कालको जिम्मा लाएर !
    २)
    अमूल्य जिन्दगी हाम्रो
    आत्महत्या निष्कर्ष होइन
    गरौँ काम राम्रो ।
    ✍️
    धनमाया चौधरी, कैलाली

    //२४//
    —————<•>—————
    जिन्दगी फुलाएर देखाउनू
    आत्महत्या गरेर होइन
    सङ्घर्ष लुकाएर सजाउनू ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी

    //२५//
    —————<•>—————
    १)
    जीवन अमूल्य हाम्रो
    सानो कुरामा नलागेर
    हाँस्दै बाँच्नु राम्रो ।
    ✍️
    दुर्गा भट्टराई

    //२६//
    —————<•>—————
    १)
    नगर यस्तो काम
    दुनियाँमा हुन्छ कुरा
    बाँचेर राख शान ।
    २)
    बाँचेर यहाँ बस
    जस्तै परिस्थितिमा बाँच्नु
    मन आफैँमा कस ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    //२७//
    —————<•>—————
    १)
    शिरमा लगाउने रिबन
    जोगाई राख्नु होला
    अमूल्य छ जीवन ।
    २)
    अमूल्य जीवन हाम्रो
    आत्महत्या नगर्नु नै
    कुरा सबैभन्दा राम्रो ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ

    //२८//
    —————<•>—————
    १)
    बेथितिले डुबाएको देश
    निकम्मा शासकको कर्तुतले
    बढे आत्महत्याको केस !
    २)
    नहुँदा केही जिउपालो
    बाध्यताले गर्छन् आत्महत्या
    ऋणले खिच्दा कठालो !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    //२९//
    —————<•>—————
    १)
    आत्महत्याको छैन निकास
    परेर जान्छ अगति
    आत्महत्याले हुँदैन विकास ।
    २)
    जीवन अमूल्य पाएको
    नकारात्मक सोचाइमा नपरौँ
    सूर्य जस्तै उदाएको ।
    ✍️
    बेदु न्यौपाने

    //३०//
    —————<•>—————
    १)
    सायद जिजीविषा हुँदैन
    सकिन्छ मोह जिन्दगीको
    कुनै चीजबीजले छुँदैन ।
    २)
    चारैतिर अँध्यारो मात्र
    कोही बन्न सक्दैनन्
    घाँडाे जिन्दगीको पात्र ।
    ✍️
    पृथक प्रकृति ,झापा

    //३१//
    —————<•>—————
    १:
    तिमी सृष्टिको फूल
    अनुपम योगदान तिम्रा
    ईश्वर हेर्दछन् नभूल !
    २)
    आफैँ मृत्यु अपनाएर
    भन्दैनन् कसैले पौरखी
    मानव जीवन सकाएर ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    //३२//
    —————<•>—————
    १)
    कसैको नपर्नू भरमा
    किचकिच नगर्नू कसैलाई
    आत्महत्या गर्छन् घरमा ।
    २)
    गरिबीले मान्छेलाई सताउँछ
    आत्महत्याको बाटो रोज्छन्
    एउटा सर्वेक्षणले बताउँछ ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ

    //३३//
    —————<•>—————
    हुनुपर्छ सबैलाई भान
    विकल्प होइन आत्महत्या
    पीडा पर्दाको समाधान ।
    ✍️
    अमृत कोइराला
    पोखरा

    //३४//
    —————<•>—————
    १)
    फाटेको मन सिउनुपर्छ
    बाधा अड्चनसँग लड्दै
    परिवारको लागि जिउनुपर्छ ।
    २)
    निभेको दियो बाल
    प्रेममा धोका पाउँदैमा
    अकालमा ज्यान नफाल !
    ✍️
    हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ

    //३५//
    —————<•>—————
    १)
    जीवन नपालौँ खेर
    आउँछ, जान्छ समस्या
    हिम्मत गर्नुपर्छ हेर ।
    २)
    किन आत्महत्या गर्ने
    काल आएपछि सबै
    यो संसारमा मर्ने ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    //३६//
    —————<•>—————
    १)
    बाँचौँ बचाऔँ धर्म
    घृणित सोच फालेर
    सपारौँ आफ्नो कर्म ।
    २)
    समाधानको बाटो खोजौँ
    आत्महत्या कायरता भनी
    सफलताको पाटो रोजौँ ।
    ✍️
    मोती योन्जन सुब्बा, दार्जिलिङ।

    //३७//
    —————<•>—————
    जीवनको महत्व जानौँ
    समस्याको भेटिन्छ समाधान
    सङ्घर्षलाई यात्रा मानौँ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ

    //३८//
    —————<•>—————
    कुरा नसुनौँ पहिले
    आत्माहत्या गर्नुभन्दा त
    विकल्प सोचौँ अहिले
    ✍️
    कुसुम कुवँर
    बझाङ

    //३९//
    —————<•>—————
    १)
    आत्महत्या कानुनी अपराध
    अमूल्य मानव जीवन
    बचाऔँ भई निरपराध ।
    २)
    नलिई मनमा पीर
    मृत्युलाई जित्न सिकाैँ
    राखी उच्च शिर ।
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २
    बालकोट ,भक्तपुर ।

    //४०//
    —————<•>—————
    १)
    नाफालौँ जीवन खेर
    आत्महत्या नै समस्याको
    समाधान होइन हेर ।
    २)
    बाँचौँ खुसी बनी
    जन्मेपछि आखिर एकदिन
    सबै मर्नैपर्छ नि !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    //४१//
    —————<•>—————
    १)
    परहत्या ठूलाे घृणित
    आत्महत्या पाप हो
    गर्दैन कसैको हित ।
    २)
    धैर्यवान् बनौँ मानव
    नगराैँ कसैले आत्महत्या
    फिजाउँ सर्वत्र वैभव ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार

    //४२//
    —————<•>—————
    आत्महत्या निकृष्ट शब्द
    सुन्नु नपरोस् कदापि
    दिन्छ मनमा दग्ध !
    ✍️
    लोक बहादुर क्षेत्री

    //४३//
    —————<•>—————
    जीवन सुन्दर फूल
    आत्महत्या गर्ने कसैले
    गर्नु हुँदैन भूल !
    ✍️
    सर्मिला बोहरा, बैतडी

    //४४//
    —————<•>—————
    नकारात्मक सोच हटाऔँ
    सबैलाई माया गर्दै
    आत्महत्या घटना घटाऔँ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    //४५//
    —————<•>—————
    १)
    अनेकौँ समस्याको प्रभावले
    रोज्छ मान्छे आत्महत्या
    अभाव र तनावले ।
    २)
    अकाल मृत्युबाट बचौँ
    गरेर प्रयोग सन्चारको
    मृत्युको रोकथाम गरौँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ

    //४६//
    —————<•>—————
    काम गर्न जाऔँ
    आत्महत्यालाई नराेजौँ कहिल्यै
    आफ्नो जीवन बचाऔँ ।
    ✍️
    कल्पना भण्डारी
    काठमाडौँ

    //४७//
    —————<•>—————
    नसाेचाैँ आत्महत्या समाधान
    विवेक पुर्‍याऔँ कर्ममा
    कहाँ छैनन् व्यावधान ?
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    //४८//
    —————<•>—————
    नफालौँ अकालमा ज्यान
    उर्लदा दुःखको बाढी
    क्षणिक भनेर जान ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    //४९//
    —————<•>—————
    अकालमा हुँदैन मर्न
    किन रहर गर्छन्
    मान्छे आत्महत्या गर्न ?
    ✍️
    सरिता सेढाईं, धादिङ

    //५०//
    —————<•>—————
    १)
    जीवन आउँदैन फर्केर
    फूल सजाउ दिलमा
    नरक नपर तर्केर ।
    २)
    महत्वाकाङ्क्षा याेजना नराम्रो
    धरातल आफ्नै नबुझ्दा
    ज्यानै जान्छ हाम्राे ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला सल्यान

    //५१//
    —————<•>—————
    धेरैलाई बाध्य पारियो
    आत्महत्या गर्‍यो भन्दै
    झुन्ड्याएर कयौँ मारियो ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

    //५२//
    —————<•>—————
    बन्द भएमा ढोका
    गर्छन् मान्छे आत्महत्या
    जिन्दगीलाई दिँदै धोका ।
    ✍️
    विष्णु पंगेनी
    वालिङ -स्याङ्जा

    //५३//
    —————<•>—————
    मृत्युको गर्दै माग
    जिउन नजान्ने कायरले
    आफैँ गर्छ देहत्याग !
    ✍️
    इन्दिरा देवकोटा

    //५४//
    —————<•>————-
    अमूल्य मानव जोवन
    गरेर हत्या आत्माको
    नगरौँ जीवनको दोहन ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    //५५//
    —————<•>————-
    आत्महत्या गर्छ कायर
    सबल सुलभ बन्न
    बन्नुपर्छ गाडीको टायर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    //५६//
    —————<•>————-
    १)
    बढिरहेछ दिनहुँ किन
    आत्महत्या गर्नेको सङ्ख्या
    सोचौँ केही छिन ।
    २)
    आत्महत्या हैन समाधान
    बहुमुल्य यो जीवनको
    राखौँ आफैँले मान ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    //५७//
    —————<•>————-
    १)
    मरेर समस्या टर्छ ?
    जीवनसँग हार खाएपछि
    नबुझी आत्महत्या गर्छ ।
    २)
    जीवनको अर्थ हेर
    आत्महत्या गरेर हट्दैन
    नफालौँ जीवन खेर ।
    ✍️
    दीप गोले तामाङ, रौतहट

    //५८//
    —————<•>————-
    १)
    समस्यालाई उपायले टालौँ
    कठिनाइ आफैँ भाग्छ
    जिन्दगानी खेर नफालौँ ।
    २)
    एकबारको जीवन रमाउनू
    आपदविपद पर्‍यो भन्दैमा
    बाँच्नलाई खुट्टा नकमाउनू ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    //५९//
    —————<•>————-
    १)
    आत्माहत्याद्वारा हुन्न निकास
    बाँच्नुपर्छ हेर हामीले
    तबमात्र हुन्छ विकास ।
    २)
    बनाऔँ सोँच अरू
    बाडेर लिउँ पीडा
    हुन्छ सन्चो बरु ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा

    //६०//
    —————<•>————-
    १)
    जिउने आस मर्छ
    कोही नभए साथमा
    कायरले आत्महत्या गर्छ ।
    २)
    आफैँले भाग्य लेखाउनुपर्छ
    कायरले गर्छ आत्महत्या
    बाँचेर सबैलाई देखाउनुपर्छ ।
    ✍️
    सृष्टि एरी, तनहुँ

    //६१//
    —————<•>————-
    केही बोल्न नपाउँदा
    आत्महत्याको उठ्छ सोच
    व्यथा मनमा लुकाउँदा ।
    ✍️
    मुक्तिनाथ काफ्ले।
    जिल्ला चिराङ, असम ,भारत

    //६२//
    —————<•>————-
    १)
    नगरौँ पाप कर्म
    हत्या अपराध हो
    बुझेर गरौँ धर्म ।
    २)
    आत्महत्या उपाय हैन
    अनेक हुन्छन् समस्याहरू
    जीवनको विकल्प छैन ।
    ✍️
    कृष्ण बजगाई भक्तपुर

    //६३//
    —————<•>————-
    १)
    जीवन नफालौँ खेर
    आउँछ जान्छ समस्या
    हिम्मतिलो हुनुपर्छ हेर‌ ।
    २.
    आइलागेका समस्या टालौँ
    जीवनको मूल्य बुझाउन
    जनचेतना जगाउन थालौँ ।
    ✍️
    शान्ता भट्टराई

    //६४//
    —————<•>————-
    सुन्दर छ जीवन
    आत्महत्याको कुरै नगरौँ
    दह्रो बनाउँ मन ।
    ✍️
    अरुण कुमार भुजेल
    कालेबुङ, भारत।

    //६५//
    —————<•>————-
    १)
    सबैसँग दुःख बाँट्नू
    जिन्दगीमा आत्मघात गर्न
    कहिले पनि नआँट्नू ।
    २)
    जीवन ईश्वरको वरदान
    महाशय आत्महत्या होइन
    कुनै समस्याको समाधान ।

    अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।

    //६६//
    —————<•>————-
    अमुल्य जीवन चाेला
    ईश्वरले दिएकाे उपहार
    जतनले सजाउनु हाेला ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    //६७//
    —————<•>————-
    १)
    बाँच जीवनसँग नहारेर
    फाइदा छैन केही
    आफूलाई आफैँले मारेर ।
    २)
    समाधान होइन मर्नु
    आइपरेकोमा होसियार भएर
    सकेसम्म सङ्घर्ष गर्नू ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका

    //६८//
    —————<•>————-
    १)
    सकिन्छ बाध्यता टार्न
    मनोबल पार्नुपर्छ दह्रो
    हुँदैन जीवनदेखि हार्न ।
    २)
    आत्माहत्या अपराध मानिन्छ
    जस्तै पिडाहरू आओस्
    जिन्दगीमा जिउन जानिन्छ ।
    ✍️
    दिल ठकुरी, दार्जिलिङ

    //६९//
    —————<•>————-
    १)
    आफैँ सकाउने किन
    जीवन भनेकाे पहिले
    राम्राेसँग आफैँले चिन ।
    २)
    जीवन अमूल्य हुन्छ
    जीवनभन्दा राम्राे यहाँ
    अरू कुन छ ?
    ✍️
    मनुहाङ किराँती साेलु

    //७०//
    —————<•>————-
    कसलाई पर्दैन पिर ?
    आत्महत्या नरोज्नु फेरि
    डटेर उठाऔँ शिर !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    //७१//
    —————<•>————-
    फक्रिने आस मर्यो
    कसैले घात गरेर
    उसको श्वास मर्यो ।
    ✍️
    मधुसूदन पराजुली
    मन्डन देउपुर १२ ज्याम्दी काभ्रे

    //७२//
    —————<•>————-
    १)
    आत्महत्या गर्ने कति
    बाँच्नका निम्ति मान्छेलाई
    ओखती खानुपर्ने अति ।
    २)
    आत्महत्या गर्नेले गरे
    घरमा बस्न नसकी
    परिवार अन्तै सरे ।
    ✍️
    भगवती दवाडी, झापा

    //७३//
    —————<•>————-
    १)
    आत्महत्या हो महापाप
    सुखदुःख हाम्रो साथी
    होइन जीवन अभिसाप ।
    २)
    जिउनु जीवन पाएको
    आत्महत्या गरेपछि कहाँ
    पाइन्छ लाएको खाएको ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    //७४//
    —————<•>————-
    आत्महत्या गर्नु पाप
    मनलाई बाँधेर राखौ
    घटाऔं दुःखको चाप ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ

    //७५//
    —————<•>————-
    अनुपम सुन्दर जीवन
    जानाजान खेर नफालौँ
    गरौँ तनाव व्यवस्थापन ।
    ✍️
    तेजप्रसाद खनाल, लमही दाङ

    //७६//
    —————<•>————-
    १)
    नखानु जीवनमा हार
    आफूले आफैँलाई गर्नु
    सदैव अतुल प्यार l
    २)
    नराख्नु मनमा जल्प
    निदान हुन्छ पीडाको
    मृत्यु होइन विकल्प l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    //७७//
    —————<•>————-
    मनोबल हुँदैन घटाउन
    आफूलाई बलियो बनाउँ
    गलत विचार हटाउन ।
    ✍️
    सञ्जना शर्मा
    लमही दाङ

    //७८//
    —————<•>————-
    १)
    जीवनयात्रा ईश्वरको इच्छामा
    रहर गर्नुहुँदैन मर्नलाई
    आत्मा तड्पिरहन्छ बित्थामा ।
    २)
    शाश्वत सत्य जन्ममरणको
    नियति सम्झनु परमेश्वरमा
    उनैमा निहित शरणको ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही

    //७९//
    —————<•>————-
    समस्याकाे समाधान खाेज्नु
    अमूल्य छ जीवन
    आत्महत्या कदापि नरोज्नु ।
    ✍️
    कोपिला अधिकारी

    //८०//
    —————<•>————-
    १)
    जीवनमा घृणा पाएर
    कतिले आत्महत्या गर्छन्
    लागु औषधी खाएर ।
    २)
    एकबार पाएको जीवन
    अब केही नसोची
    कठोर पारौँ मन ।
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौँ नेपाल

    //८१//
    —————<•>————-
    १)
    कोरिएका जीवनका रेखा
    आफैँलाई थाहा छैन
    सबैले भन्छन् देखा ।
    २)
    कसैले आत्महत्या नगरौँ
    जस्तो परिस्थिति आओस्
    मनमा खुसी भरौँ ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत चेन्नई

    //८२//
    —————<•>————-
    १)
    नराम्रो सोच हटाउनू
    फुर्सदको समयमा साथी
    सिर्जनामा मन लगाउनू ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ

    //८३//
    —————<•>————-
    १)
    आत्महत्या जधन्य अपराध
    जीवनको अन्त्य नसोची
    थापौँ परिश्रमको काँध ।
    २)
    व्यर्थमा जीवन फाली
    महत्वकाङ्क्षा नपालौँ ठूलो
    रोपेकै फल्छ बाली ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ

    //८४//
    —————<•>————-
    आत्महत्या गर्नु नराम्रो
    किन बुझ्दैनौ कुरा
    अमूल्य जिवन हाम्रो ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    //८५//
    —————<•>————-
    १)
    मनुष्य चोला कर्मको
    देहको त्याग नगरौँ
    हिँडौँ बाटो धर्मको !
    २)
    आत्महत्या कायरको काम
    छोटो बुद्धिले फाल्नेलाई
    मिल्दैन फेरि परमधाम !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹

    //८६//
    —————<•>————-
    १)
    नफालौँ जीवन खेर
    हर परिस्थितिसँग लड्दै
    बाँच्नु पर्छ हेर ।
    २)
    आवेगमा आत्महत्या गर्छन्
    भड्किन्छ उसको आत्मा
    नर्कको भुमारिमा पर्छन् ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर, बकैया_८ बस्तिपुर

    //८७//
    —————<•>————-
    कमजोर मन अचेत
    विकल्प होइन आत्महत्या
    बनौँ सबै सचेत ।
    ✍️
    रक्षा काली रे

    //८८//
    —————<•>————-
    १)
    नफाल्नू अकालमै ज्यान
    एकैनास हुँदैन समय
    यसमा दिनू ध्यान ।
    ✍️
    नन्दा धामी
    नौगड दार्चुला
    —————<•>—————

    4 thoughts on “झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न

    1. certainly like your website but you need to take a look at the spelling on quite a few of your posts Many of them are rife with spelling problems and I find it very troublesome to inform the reality nevertheless I will definitely come back again

    2. Thanks I have recently been looking for info about this subject for a while and yours is the greatest I have discovered so far However what in regards to the bottom line Are you certain in regards to the supply

    3. Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

    Leave a Reply