साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७० सम्पन्न

  • ८ भाद्र २०८१, शनिबार २०:०० मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    पुरुष
    पिठ्युँमा भारी
    काँधमा परिवारको जोम्मेवारी !

    • वसन्त अनुभव
      [२]
      कुप्रो
      गरिबिको भुप्रो
      पिठ्युँमा भारिको थुप्रो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३]
      कठैबरी
      पेट नभरीने
      मेहनत परिश्रम नगरी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [४]
      जिम्मेवारी
      पुरूष नारी
      सबैलाई हो बराबरी !
    • घनश्याम पौडेल, पोखरा
      [५]
      दुःख
      सुखको खोजी
      छैन कहिले सुख !
    • दीप गोले तामाङ, रौतहट
      [६]
      खुसी
      बाध्यताले छुट्यो
      सपना जिम्मेवारीले फुट्यो !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [७]
      पुरुष
      हिँड्छ्न सधैँ
      बोकेर परिवारको जिम्मेवारी !
    • अनिता भण्डारी
      [८]
      निधारमा
      तप्प पसिना
      पेटभरी खाना नहुने !
    • रमा पन्त, पाल्पा
      [९]
      उदक शृङ्खला :१७०
      १)
      पुरुष
      कामकाे भार
      बनाउनुछ परिवार वारपार !
    • रबि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [१०]
      कर्तव्य
      बोकेर भारी !
      परिवारको गहन जिम्मेवारी !
    • बेदु न्यौपाने
      [११]
      सङ्घर्ष
      परेर थला
      कठिन जिउने कला !
    • सन्तु खत्री
      [१२]
      जिन्दगी
      सुख दुख
      नहुने कहिल्यै ढुक्क !
    • अबोध निर्मल
      लम्कीचुहा-३, कैलाली
      [१३]
      भारी
      परिवारको जिम्मेवारी
      हेर विचरा कठैबरी !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न. पा.-६, संखुवासभा
      [१४]
      पुरुष
      पारिवारिक भार
      पाल्नुपर्ने पूर्ण परिवार !
    • सङ्गीता खरेल, काठमाडौं
      [१५]
      विवशता
      छोरो विदेशमा
      निम्छरो बुवा स्वदेशमा !
    • अगस्टीन राई, भारत
      [१६]
      जिम्मेवारी
      घर सजाउने
      प्रेमको बोट लगाउने !
    • आर्त अकुलीन
      [१७]
      खुसी
      बाेकेर भारी
      जहान सुखकाे छहारी !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [१९]
      राजनीति
      काममा वाधक
      विराेधीकाे स्वभाव अराजक !
    • नवराज भट्ट, कञ्चनपुर
      [२०]
      कुप्रो
      गरिबिको भुप्रो
      पिठ्युँमा भारीको थुप्रो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२१]
      मिलेर
      बोकौँ जिम्मेवारी
      आउँछ परिवारमा खुसीयाली !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [२२]
      श्रमिक
      परिवारको जिम्मेवारी
      टर्छन् बोकेर भारी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [२३]
      अभिभावक
      दिन्छन् छहारी
      परिवारकाे बाेकेर जिम्मेवारी !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिम-५, राधे राधे, भक्तपुर
      [२४]
      जिम्मेवारी
      काँधमा भारी
      सङ्घर्ष छ जारी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२५]
      अभिभावक
      दुवैतिर भारी
      परिवारको पाल्ने जिम्मेवारी !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा-३, काभ्रे
      [२६]
      विशाल
      घरको खम्बा
      सम्पूर्ण जिम्मेवारी पुरुषमा !
    • डुकछिरिङ लेपचा
      डुपटिन, भारत
      [२७]
      अभिभावक
      पारिवारिक जिम्मेवारी
      पिठ्युँमा असह्य भारी !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२८]
      कर्तव्य
      गरेर पिता
      जस दिँदैनन् मिता !
    • नागेन्द्रप्रसाद यादव
      [२९]
      सङ्घर्ष
      आफ्नै काँधमा
      परिवारको सबथोक खम्बा !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [३०]
      पुरानै
      चलन चलेको
      पीडाले जिन्दगी जलेको !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [३१]
      जिम्मेवारी
      जीवनको सुरा
      आफैमा गर्वको कुरा !
    • पृथक प्रकृति, झापा
      [३२]
      जिम्मेवारी
      बोकेर भारी
      कर्तव्य सधैँ जारी !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, दीपनगर, कैलाली
      [३३]
      जिम्मेवारी
      काँधमा भारी
      बोकेर दुखीको सवारी !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३४]
      भारी
      सन्तानको माया
      बोक्नु छ जिम्मेवारी !
    • धनमाया चौधरी, कैलाली
      [३५]
      मिलेर
      पुरुष नारी
      कर्तव्य सधैं बराबरी !
    • कला ढकाल, झापा
      [३६]
      मानव
      पिठ्युँमा बाेझ
      खुसी जिन्दगीमा खाेज !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल भारत
      [३७]
      गणतन्त्र
      देशलाई भार
      जनता पेलेर मार !
    • पशपती राई, खोटाङ
      [३८]
      पसिना
      काँधमा भारी
      सन्तानको थप जिम्मेवारी !
    • रघु थापा, सु न पा १.
      [३९]
      अभावमा
      जिम्मेवार लिन
      बाध्यता लिनुपर्ने रिन !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [४०]
      जिम्वेवारी
      जीवन दाउमा
      परिवारको खुसीको लागि !
    • सुरेश न्यौपाने
      [४१]
      जिम्मेवारी
      घरको भारी
      मिलेर टर्छ नरनारी !
    • राम न्यौपाने, कैलाली
      [४२]
      बाेकेर
      भारी लादेर
      जान्छन् संसार छाडेर !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४३]
      बाध्यता
      नबोकी भारी
      चल्दैन परिवारीक गाडी !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४४]
      पुरुष
      हरपलको परिश्रमी
      जिम्मेवारीको गोरेटोमा सधैँ !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४५]
      जिम्मेवारी
      गरुङ्गो भारी
      गर्दैछन् वृद्ध वारिपारि !
    • वासुदेव ज्ञवाली
      पाल्पा, तानपा-१, धु्वघाट
      [४६]
      जिम्मेवारी
      पिठ्युँमा भारी
      खोज्दै गन्तव्यको सवारी !
    • सरस्वती वली
      [४७]
      बाबाको
      काँधमा भारीको
      जिम्मेवारी अथाह सङ्घर्षको !
    • कमला देवकोटा, पाल्पा
      [४८]
      सपत्नीक
      घरकाे पाङ्ग्रा
      जिम्मेवारी बराबरी राम्राे !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४९]
      मानिस
      आखिर बटुवा
      बोक्दै जिन्दगीको भारी !
    • कविता आचार्य, कैलाली
      [५०]
      बाबा
      बोक्छन् घरबारी
      सन्तानको पूरै जिम्मेवारी !
    • भगवती दवाडी
      [५१]
      बढ्दो
      उमेर गह्रौँ
      भारी परिश्रम जारी !
    • चक्र शाही, लम्की, कैलाली
      [५२]
      मेहनत
      सामुमा संसार
      झुकेर बात गर्ने !
    • नन्दलाल आचार्य अक्षान्त, उदयपुर
      [५३]
      जिम्मेवारी
      बुझ्नेलाई सहज
      नबुझे त्यही भारी !

    – दुर्गा आचार्य, मोरङ

    3 thoughts on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७० सम्पन्न

    Leave a Reply