साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ सम्पन्न

  • ११ भाद्र २०८१, मंगलवार २०:५१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    डम्फु तिमी बजाउॅंछौ
    केही नसोची दायाँबायाँ
    आखिरीमा के पाउॅंछौ ?
    २,
    बोकेर एउटा आनीबानी
    हात्तीको दाँत देखाउॅंछौ
    भन्न नपाइएला पानी ।
    ३,
    अन्नपानीले बाँचेको ज्यान
    अहम् भावना किन ?
    हृदयबाटै गरौँ योगदान ।

    • म्यामराज राई

      १,
      माटोमा जन्मिएर हामी
      नगरौँ हेला कसैलाई
      नभनौँ दमाई, कामी !
      २,
      रगत एउटै हुन्छ
      काटे सबैको रातो
      गालीले मुटु छुन्छ ।
      ३,
      चुहिने छाता हातमा
      छेकिॅंदैन पानि पनि
      कति हिॅंडाउनु साथमा ?
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी

      १,
      सबैको एउटै धरती
      टाढा नजिक छैनौ
      होस् सबैको अग्रगति।
      २,
      माया बसोस् गाढा
      रगत सबैको एउटै
      नभनौँ नजिक टाढा।
      ३,
      फूलको बास्ना मिठो
      सबैलाई दिने उही
      नलागोस् कसैलाई टिठो।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।

      १,
      जातीय विभेद नगरौँ
      मानव हामी एउटै
      मनमा ज्ञान भरौँ ।
      २,
      आफ्नो संस्कार बचाऔँ
      सबैले बुझ्ने गरौँ
      इतिहासको बाटो रचाऔँ ।

      भलाई हुन्न डम्फुले
      काम गरेर देखाऊ
      बजाउँछ डम्फु लम्फुले ।
    • वेदु न्यौपाने

      १,
      तिज पर्व आयो
      दर खाँदै खुसी
      महिना नै बितायो ।
    • ताराप्रसाद चापागाईँ


      एक हातले ताली
      बज्दैन भन्ने बुझ्दैनौ
      भेट्छौ समाजको गाली ।

      हिंसा अहंभावना लोभ
      काम क्रोध ईर्ष्याले
      दुनियाँदारमा बढ्दछ क्षोभ ।

      सक्छौ गर सत्कर्म
      अपराध नगर कहिल्यै
      कम्तिमा थाम्नु स्वधर्म ।
    • गुणनिधि घिमिरे, अमेरिका


      परम्परा त्यागेर किन ?
      विकृति फैलाउँदै यसरी
      सम्झेर लाग्छ घिन।

      तीन दिनको पर्व
      महिना दिनभरि मनाउने
      कसरी गर्नु गर्व।
    • सङ्गीता खरेल, काठमाडौं

      १,
      कतै तिजको लहर
      कतै डम्फुको ताल
      विविधताको काठमाडौं सहर !
      २,
      चल्नु हुँदैन कुसंस्कारमा
      हुनुपर्छ नि बहस
      जातमा होइन विचारमा !
      ३,
      कसले बुझ्छ मोल
      पेलिनुपर्छ निर्धाले मात्रै
      रूप फेर्दैछ कोल !
    • दीपा समभाव, दुबेकोल खोटाङ्ग

      १,
      बसी खाने ठालु
      किसानलाई दु:ख दिए
      फुट्ला तिम्रो तालु।
      २,
      परिश्रमले धन कमाउनु
      सुखमय जिन्दगी बनाई
      हर्ष उल्लासले रमाउनु।
      ३,
      तिजको लहर आयो
      दर खाने निउॅंले
      महिना दिन बितायो ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

      १,
      पत्रकारिता कमाउ धन्दा
      नबनाऊँ सचेत बनौँ
      धनले इमान् मन्दा।
      २,
      फोहोर भयो राजनीति
      अराजक भए लिडर
      सफा हुँदैन सितिमिती।
      ३,
      पहेँलो सेतो पोशाक
      बेइमान लुक्ने टालो
      बनाए सत्य खाक।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      नौमती बाजा बजाएर
      आजै घर भित्र्याउॅंछु
      तिमीलाई डोलीमा सजाएर ।
      २,
      भनेको मान खुरुक्क
      धेरै जिद्दी गरेमा
      बोकेर लैजान्छु जुरुक्क ।
      ३,
      नसुन अर्काको कुरा
      मनमा भएका रहरहरू
      सबै गरिदिन्छु पूरा ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)

      १,
      सेलोमा डम्फु बजाउॅंछु।
      डम्फु तामाङको चिनारी ।
      यसैमा पहिचान पाउॅंछु ।
    • वेल थोकर तामाङ

      १,
      मलाई जालमा पार्यौ
      बस्यौ विदेश गएर
      धुरुधुरु रुवाइ मार्यौ।
      २,
      यति सुन्दर देश
      हाम्रो कारणले त
      बिग्रँदै गयो परिवेश।
      ३,
      छैन हाँसो ओठमा
      नलागे पनि विश्वास
      गर्नुपर्ने कालो कोटमा।
    • सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)

      १,
      खोलेर बात मनको
      कुरा गरौँ मिलेर
      भलो हुन्छ जनको।
      २,
      दिल छोयो मेरो
      राम्रो तिम्रो कुराले
      नाच्यो नयन सेरोफेरो।
      ३,
      फूलको बिरुवा रोपेको
      आहा! बगैंचामा सुन्दरता
      देखियो धर्तीलाई छोपेको ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा

      १,
      गरेर काम खास
      खुसीले हरेक मनमा
      हुन्छ ईशको बास !
    • आर्त अकुलीन

      १,
      देशमा जताततै पहिरो
      गाउँ भयो युवाविहीन
      समाजमा चिन्ता गहिरो।
      २,
      देशमा भ्रष्टाचारको जालो
      देश छाडेर नजाऔॅं
      समाऔॅं फटाहाहरूको कठालो।
      ३,
      घरबारीमा सुन फल्छ
      युवाहरू एकमतले उठ
      भ्रष्टाचारीको सत्ता ढल्छ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ

      १,
      बोकेर डरको भारी
      कतै पनि अब
      सुरक्षित छैन नारी ।
      २,
      कस्तो हुन्छ दृष्टिमा
      सुरक्षित छैन कतै
      छोरी नजन्मिऊन् सृष्टिमा ।
      ३,
      सबै अघि सर्नुपर्छ
      अन्त्य गर्न ज्यादती
      हामी लक्ष्यमा लागिपर्नुपर्छ ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      कहिलेसम्म बस्ने मागी
      यी देशद्रोही कहिल्यै
      सोचेनन् देशको लागि ।
      २,
      देशमा अँध्यारो छायो
      एमसीसी र एसपीपीले
      अमेरिकी सेना आयो ।
      ३,
      सकिन्न कहिले छेकेर
      दलालहरू मोटाएका छन्
      युवा सबै बेचेर ।
    • दीप गोले तामाङ, रौतहट

      १,
      नेपाली माटो भुलेर
      किन त्यतै रमायौ
      उमेर गयो डुलेर!
      २,
      किन दास बन्दैछौ
      पसिना बेचेर रमायौ
      नेपाल हाम्रो भन्दैछौ ।
      ३,
      फर्केर आउलौ नेपाल
      उजाड बनाए देशयो
      बनाउँ सुन्दर विशाल!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा

      १,
      धनको धेरै खोजीमा
      आफैलाई कहिले नबेचौं
      केही नरहोस् गोजीमा।
      २,
      प्यार थियो राधामा
      घृणाको जिन्दगी नबिताऔॅं
      सकियोस् जीवन आधामा।
      ३,
      पसिनाको कमाई रसिलो
      धर्य राखौं मनलाई
      इज्जत बाधौँ कसिलो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।

      १,
      हाँसो बालापनले पायो
      समय बलवान् हुन्छ
      खुसी जिम्मेवारीले खायो ।
      २,
      सबै समयको खेला
      परिस्थिति वक्र भएपछि
      लाग्छ चुनौतीको मेला !
      ३,
      मानसिक अपाङ्ग हुन्छ
      अन्धभक्त कार्यकर्ता हुँदा
      मुलुक एक्लिॅंदै रुन्छ ।
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी

      १,
      तिथि पाइने पात्रो
      जिउँदो रहँदा कहिल्यै
      किन्न नपाइने कात्रो।
      २,
      संस्कारमा जीवन सारौँ
      मनमा प्रभु बन्दना
      जीवनलाई मात्र सुधारौँ ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      श्रीमती सुन सम्झेर
      तिजमा रुन्छिन् बरै !
      आमा नुन सम्झेर।
      २,
      गरिबीको कथा भयो
      नामर्दको श्रीमती बनेछु
      रहरहरू सबै गयो।
      ३,
      धनबिना मधुवन कसरी ?
      निमोठेर रहर कल्पना
      रहरहरू ढल्दैछन् यसरी।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      कति गाह्रो भयो
      कथाको माध्यमबाट बुझ्नु
      जिन्दगी बितेर गयो।
      २,
      आशा गरे मनमा
      फेरि उठेर जानेछु
      नाम कमाउँछु धनमा।
      ३,
      लेख्छु झिल्का यहाँ
      मनको कुराहरू राखेर
      तिमी छौ कहाँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      रमाइलो गर्ने आयो
      चेलीहरूका खुसीको समय
      सबैको हाँसो छायो।
      २,
      तिजको गीत गाउॅंदै
      महिना दिन रमाउछ
      देशमा विकृति फैलाउॅंदै।
      ३,
      सच्चा सपूत देशमा
      खोजीरहेछ सबै जनताले
      गौतम बुद्धको भेषमा।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा

      १,
      गाढा बनोस् माया
      सुखदु:ख भए नि
      जीवनमा नपरोस् छाया ।
      २,
      पिपलको सितल छाया
      छुटनु हुँदैन सानू,
      हाम्रो बसेको माया ।
    • मन थापा, पोखरा २१ बक्रेक

      १,
      स्वास्थ्यलाई हुने हित
      गुर्जोको सेवन गर्दा
      हुन दिॅंदैन सङ्क्रमित ।
      २,
      हिंसाको खबर आयो
      जतिसुकै असुरक्षित नारी
      जनमानसमा कहर ल्यायो ।
      ३,
      आफ्नो समस्या गम्भीर
      अरूको चाहिँ धुलो
      अछामको भए दानवीर ।
    • पृथक प्रकृति ,झापा

      १,
      टाढा हुन्छु भन्छौ
      मेरो माया मारेर
      पाइला अन्तैतिर गन्छौ।
      २,
      सदनमा होडबाजी चलेको
      भ्रष्टाचारी नेताको अभिनयमा
      सोझा जनता ढलेको।
      ३,
      साँच्चै छैन सरम
      सदनमा बस्ने मान्छेको
      छैन गतिलो इलम।
    • कला ढकाल झापा

      १,
      नगर्दा कसैको हानी
      दोष लगाइदिन्छन् यहाँ
      निर्दोषलाई सबै जानाजानी ।
      २,
      परेको बेला बिरामी
      कसलाई बोलाउँदा राम्रो
      डाक्टर या धामी ?
      ३,
      टुट्न सक्छ मन
      अरूको कुराले यहाँ
      गर्नु सदैव जतन ।
    • अमृत कोइराला, पोखरा -१८,चंखपुर

      १,
      सुरक्षित छैनन् नारी
      गरिखान छ गाह्रो
      बोकेर डरको भारी ।
      २,
      कुम्फु कराँते सिकेर
      हतियार आत्मरक्षाको निम्ति
      दैनिक समय झिकेर ।
      ३,
      गोप्य हतियार मानेर
      लाइसेन्स झोली नपर्ने
      सुरक्षित रहौं जानेर ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ

      १,
      जिन्दगी प्रकृतिको जिम्मेवार
      ल्यायौँ न लानु
      निरन्तर चलिरहन्छ, दमदार!
      २,
      बाटो बनएर हिँड्नु
      सङ्घर्ष छँदैछ त्यहाँ
      आफ्नो कमजोरीसँग भिड्नु!
      ३,
      सुखदुःख जीवनको पाटो
      जीवनमा रोज्नु पर्ने
      छुट्टा छुट्टै बाटो!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      विकृत भयो तीज
      ह्विस्की बियर बाहेक
      देखेन खाने चिज ।
      २,
      तीज पर्व मनाऔँ
      भड्किलो नगरी संस्कृति
      भव्य सभ्य बनाऔँ ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      पर्व यो हरितालिका
      मनाउन थाले आजभोलि
      नगर तथा गाउँपालिका ।
      २,
      महिलाकाहरूको महान चाड
      हिजोआज पुरूषसँग नाच्दा
      मस्कियो नारीहरूको ढाड ।
      ३,
      चलन खाने दर
      तिथिमिति छैन कुनै
      कसको पर्ने भर ?
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची

      १,
      जिन्दगी चलाउन सघाऊ
      समस्याको हुरिबाट मित्र
      ती आफन्तहरूलाई बचाऊ ।
      २,
      दु:ख नगर बढार्न
      आफै बढारिन्छ धुलो
      पर्दैन तिमीले झार्न ।
      ३,
      सङ्गतले मति बिग्रियो
      ओरालोमा हिॅंडिरहेको जिन्दगी
      चोर चोरीबाटै पक्रियो ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम

      १,
      रहर तीजमा नाँच्ने
      उफ्रेर बाडुली कम्मर
      मर्काइ मर्काइ भाँच्ने ।
      २,
      विकृति बढेर आयो
      तीजको नचाहिँदो गीत
      दुनियाँ यसरी हसाँयो ।
      ३,
      माइती घर जानुछ
      दिदी बहिनी मिलेर
      दर पकाएर खानुछ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      कुकर्मको काम गरियो
      तिनै कामको परिणामले
      नराम्ररी तल झरियो।
      २,
      उपदेश दिनलाई सजिलो
      देखाउनै गाह्रो कामगरेर
      दुखिरहन्छ फिलाको पिलो।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी

      १,
      कुरा अधिक राम्रो
      चाला निकै तुच्छ
      बिगार्यो छवि हाम्रो ।
      २,
      लेख्छ आफै मेट्छ
      कस्तो दुइजिब्रे चाला
      तब गोदाइ भेट्छ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार

      १,
      मनाउनु पर्छ तिज
      संस्कार संस्कृति र परम्पराको
      मास्नु हुँदैन बीज।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत

      १,
      संसारमा ठुलो माया
      सक्छौ भने तिमी
      दिएर बस्नु छाया ।
      २,
      धनीलाई मात्रै मान्छन्
      भन्छन् नि भन्नलाई
      सन्तोष ठुलो ठान्छन् ?
      ३,
      तिम्रो माया लाग्छ
      भन्नेले भनोस् जेसुकै
      रातभरि आँखा जाग्छ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

      १,
      धन कमाउने बहानामा
      बालबच्चा बिचल्ली पारी
      बिलासिता जीवनको चाहामा ।
      २,
      हिराको महत्त्व नबुझ्ने
      बिदेशमा पसिना पोख्ने
      ठेस लाग्दा सुझ्ने ।
      ३,
      विदेशी भूमि हराभरा
      स्वदेशमा सिन्को नभाँच्ने
      उसैको बारी जरा ।
    • धनमाया चौधरी, कैलाली

      १,
      तीजमा अब रमेर
      मनाऔॅंला चाड यसपालि
      आफन्त सबै जमेर ।
      २,
      दुःख पीडा भुलेर
      बाँडौँला खुसी भेटमा
      एक अर्कामा खुलेर।
    • पुष्पा राई, खाेटाङ

      १,
      सकारात्मक भए पालक
      सुन्दर शब्द सिकाऔॅं
      असल बन्छ बालक ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      रमाउने दिन आए
      तिजको गीत सुनेर
      नाच्नेहरू धेरै रमाए।
      २,
      मिठा सुरिला भाकामा
      गाउॅंछन चेलीले गीत
      नाच्दै भिर पाखामा।
    • सुनगाभा पोखरेल, हाल:नेपालगन्ज

      १,
      सभ्य भाषाका गीत
      गाएर भुलौँ पिर
      पुरातन तिजको रीत ।
      २,
      विडम्बना छाउॅंदै तिजमा
      सुरापान मस्ति नहोस्
      लिएर डान्सबार लिजमा ।
      ३,
      नारीको ठुलो पर्व
      हरिको गरेर पूजा
      मनाउॅंदा हुने गर्व ।
    • हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला,सल्यान

      १,
      दुःखमा आत्तिने बानी
      धैर्यता र साहसले
      जीवन चल्छ सानी ।
      २,
      पितापुर्खाको आशिष् पाएर
      छॅंदैछ मनमा संकल्प
      सधैँ कोसिस गरेर ।
      ३,
      शान्तिको दीप जलाई
      सधैँ उज्यालो पार्नुपर्छ
      आफूभित्रको आफ्नो मनलाई ।
    • कृष्ण बजगाई, भक्तपुर

      १,
      फूलको रस चुसेर
      लोभी भवरा उड्यो
      गयो बोट सुकेर ।
      २,
      बिहान बेलुका रातमा
      सम्झना झल्झली आउँछ
      तस्बिर उनकै हातमा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा

      १,
      कसैको भएन भर
      घमण्ड चुलिएपछि यहाँ
      सिन्दुरबाटै मारिने डर !
      २,
      अनपेक्षित खबर लेखियो
      अनुशासनको पाठ सिकाउन
      छोरालाई आवश्यक देखियो।
      ३,
      आफन्त सारालाई रुवायो
      भरिएपछि रिसको घडा
      आफ्नै जिन्दगी डुबायो ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

      १,
      घन्काउॅंदै सन्देशको मन्दरा
      नविनतम लघुकाव्य झिल्काले
      छिचोलोस् कुना कन्दरा l
      २,
      ओजिला होउन् शब्द
      झिल्काको भाव बुझेपछि
      पाठक बनून् स्तब्ध l
      ३,
      आआफ्नो ठाउँमा बसी
      झिल्का कविता कोरौँ
      पोखेर भावको मसी l
    • बाबुराम गौतम, गुल्मी

      १,
      आयो भन्दै तिज
      गीत गाए कलाकारले
      रोपेर विकृतिको बीज ।
    • चन्द्रकली राना मगर, नौबहिनी -३, प्युठान

      १,
      सपना सुन्दर सबै
      निन्द्रसँगै सबै मेटियो
      विपना बेहाल कठै !
      २,
      उ मौन बस्छ
      शब्दहरूले ऐॅंठन पार्दै
      मेरो गला कस्छ।
      ३,
      कुराहरू सङ्लो छैन
      विश्वास नगर्नु कसरी
      उनी पराई हैन।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ

      १,
      मुटुको घाउ देखिन्न
      याद गर हत्केलाले
      कहिल्यै सूर्यलाई छेकिन्न ।
      २,
      मनभरि पीडाको झोला
      थाहा छैन जिन्दगी
      कहाँ अन्त्य होला ।
      ३,
      मनको मैलो फाल्न
      न सकेँ सिलाउन
      न सकेँ टाल्न।
    • ललिता गिरी सिन्धुली (हाल काठमाडौं नेपाल)

      १,
      काक्रोले गर्मी भगाउँछ
      पानीको मात्रा पुराई,
      ग्यास्टिकलाई रोक लगाउँछ ।
      २,
      स्वास्थ्य स्वस्थ बन्छ
      काक्रो खाँदा जहिल्यै ,
      रक्तचाप ठिक रहन्छ ।
      ३,
      शरीर निरोगी बनाऔॅं
      धेरै फाइदा पाइने,
      काक्रो सधैंभरि खाऔॅं ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १,
      आयो तिजको लहर
      भोक भोकै व्रत बस्दै
      रमाइलो दार्जिलिङ सहर ।
      २,
      आयो तिज पर्व
      माइती जाने लहर
      सबैले गरौं गर्व ।
    • प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ

      १,
      समाजको जन्जिर तोडेर
      एक बनौं हामी
      प्रेमिल हृदय जोडेर ।
      २,
      दुनियाँ संसार भुलेर
      मिठो सुवास छरौँ
      फूलझैँ सुन्दर फुलेर।
      ३,
      बनोस् प्रेम गीत
      चोखो माया गर्नेको
      सदैव हुन्छ जीत ।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १,
      गौरा पर्व आयो
      आम नेपालीको माजमा ,
      सधैँ खुसीले छायो ।
      २,
      गौरामा खुसी हर्ष
      खेल्न बोल्न पाउँदा,
      सकियो अन्तिम निष्कर्ष ।
    • श्रीकृष्ण धामी – बझाङ

      १,
      राष्ट्र पहिचान हाम्रो
      हामी सबै मिलेर
      बनाउँ देश राम्रो ।
      २,
      हुन् संस्कृति कृति
      कदापि भित्रनु हुन्न
      हस्तक्षेपी ती प्रवृति ।
      ३,
      देखासिकी गर्न छोडौँ
      समाज विकास गर्न
      अन्धविश्वासका पर्खाल तोडौँ ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्य विनायक -२, बालकोट ,भक्तपुर)

      १,
      हातमा छ मोबाइल
      भएन झिल्का राम्रो
      नखुल्दा स्मरणको फाइल ।
      २,
      आज झिल्का जुरेन
      समय धेरै बित्यो
      शब्दहरू फुर्दै फुरेन ।
      ३,
      लिखत पक्का हुन्छ
      भावनामा विकार आए
      कानुनले पनि छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      पञ्च बिरुडा भिजाई
      पञ्चदेवलाई साक्षी राखी
      पुजिन्छ गौरा देवीलाई ।
      २,
      दुलही जस्तै बजाउँदा
      मन शान्त हुन्छ
      गोर्या कथा सुनाउँदा ।
      ३,
      गौरालाई शिरमा राखेर
      उपासिका लोरी गाउँदै
      रमाइलो गर्छन् नाचेर ।
    • नन्दा धामी, नौगाड दार्चुला

      १,
      महान् हुन् ईश
      अब कसले पत्याउने
      नसुनाऊ उठ्छ रिस ।
    • सुरेश कार्की

      १,
      तिजको दर पाक्दैन
      अब त घरघरमा
      नाचेर चेली थाक्दैन ।
      २,
      तिज आयो रम्मझम
      लाग्न थाल्यो अचम्म
      सबै चेली छमछम ।
    • इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३

      १,
      धन मात्र सॅंगाल्छ
      लोभले सत्य देख्दैन ,
      असन्तोषी जीवन अँगाल्छ ।
      २,
      दुवैतिर उनी ठिक्क
      फाइदा लिन्छिन् धेरैसँग ,
      सोझा पर्छन् दिक्क।
      ३,
      शरीर बुढो होला
      सम्पत्ति बोझ लागेर ,
      मानवीय भावनाले छोला।
    • सुस्मिता अधिकारी, काठमाडौँ

      १,
      ढुङ्गोमा जीवन देख्नेहरू
      रक्ताम्य छन् आजकल
      दु:खका कथा लेख्नेहरू !
      २,
      अनेकौँ थरी थालमा
      आश्वासनका छन् परिकार
      जनता नेताको जालमा !
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      आमाको हातको ढकनी
      माली गाईको घ्यू
      खानलाई बिदा मगनी ।
      २,
      जीवन अर्कैको हातमा
      दासत्व अन्त्य भएन
      विभेद लिङ्ग साथमा ।
    • ममता पौडेल, बुढीगङ्गा – २, मोरङ

      १,
      हाँसौँ, खेलौँ, रमाऔॅं
      वर्ष दिनको तिजमा
      आफ्नै संस्कृति समाऔॅं ।
      २,
      विसङ्गति, विकृति हटाई
      खानुपर्छ तिजैको दर
      आफ्नै संस्कृति जोगाई ।
    • उर्मिला के.सी, धनकुटा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    One thought on “साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ सम्पन्न

    Leave a Reply