साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३० सम्पन्न

  • १ भाद्र २०८१, शनिबार १०:०४ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    तिम्रो मुटु पत्थरको
    पगाल्न कुनै दिन
    अनावश्यक छ जन्तरमन्तरको ।
    २,
    हिॅंडिरहन्छौ सिकारको खोजीमा
    आँखाभरि चारो फिॅंजाएर
    बल्छी बोकेर गोजीमा ।
    ३,
    सम्मान गरेको देखाएर
    माया मैले दिइरहेँ
    अन्तत: फाल्यो चपाएर ।

    • म्यामराज राई, भोजपुर

      १,
      झिल्का आयो मध्यरातमा
      मनको दियालो बालेर
      लेखेँ एकै बातमा ।
      २,
      अँधेरी रातमा तारा
      हटाऔं बुझेर अब
      मनको मैलो सारा ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      कसैलाई गर्दा सम्मान
      लिनेले लिॅंदा मात्रै
      बल्ल आउँछ सान ।
      २,
      दिन सकिन्न मुटु
      सबै सिध्याउँन फेरि
      गर्छन् यहाँ लुटुपुटु।
      ३,
      सम्मान गरेर देखाउन
      नपच्दा कसैलाई यहाँ
      पर्ला फेरि रुन।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।

      १,
      वचन अमृत रसपान
      शुद्ध मनले रमाई
      भजौँ प्रभु गुणगान।
      २,
      काँडामा फूल फुलाउनुहोस्
      असम्भव छैन यहाँ
      मन प्रभुमा हराउनुहोस् ।
      ३,
      सुकर्म कर्मठको सान
      प्रभु नामको जापले
      वैकुण्ठमा पाइने स्थान।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      बस्ने घर फेरियो
      बानी फेर्न नसक्दा
      दु:ख अझै बेरियो ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      औॅंसीको रातमा तारा
      बुझाऔॅं आफ्नो मन
      उज्यालो दिनेछन् सारा ।
      २,
      भुल्न कसैले नखोज
      सिधासाधा भएर हुँदैन
      कसैलाई भुल्न नरोज ।
      ३,
      सबै धर्म बराबर
      बिचमा नखोज निहुँ
      धर्म बढोस् सरासर ।
    • बेदु न्यौपाने

      १,
      शिक्षकको सुत्ने चाला
      विद्यार्थीलाई खुल्यो बाटो
      आजको यो पाठशाला।
      २,
      सबै भए काले
      सधैँ स्वार्थमा लागेका
      मिलेर खाए भाले।
      ३,
      जनताले भोट दिने
      मालिक बनेका नेता
      सुविधा नेताले लिने।
    • नवराज भट्ट, कञ्चनपुर

      १,
      छैन खाने गाँस
      विचरा ! के गर्नु?
      छानो खुला आकाश ।
      २,
      छैन कुनै डर
      देखिन्छ खुसी ऊ
      पर्दछ आफ्नै भर।
      ३,
      भन्छ मजदुरी गर्छु
      आत्मा बेच्ने छैन
      बरु भोकै मर्छु।
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ
      (हाल चनपा – ६, मातातीर्थ)

      १,
      हाम्रा आफ्ना परम्पराहरू
      विरोधका लागि बोल्नेहरूले
      भोग्दछन् दुष्कृति अरू ।
      २,
      सबैले आफ्ना परम्परा
      संस्कार संस्कृतिहरू छन्
      जगेर्ना गर्नुपर्छ कठैबरा ।
      ३,
      धर्मकर्म सबैका समान
      एकार्कामा विभेद गर्दै
      नगरौँ कसैले व्यवधान ।
    • गुणनिधि घिमिरे, अमेरिका

      १,
      नहुने एकोहोरो मायाले
      त्रसित हुन्छ मान्छे
      आफ्नै देखिने छायाँले।
      २,
      अनुशासन सम्पत्ति ठुलो
      नानीहरूलाई दिनु संस्कार
      सिकाइदिनु घरभित्रको चुलो।
      ३,
      रुन थाल्छन् बच्चाहरू
      संस्कार अनुसाशन नपाउँदा
      जवानीमा रुन्छन् अरू ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ

      १,
      अहोरात्र पसिना तरर
      कस्तो व्यवस्था आयो ?
      जनतामा आँसु बरर ।
      २,
      बोकेर पत्थरको छाती
      मानवता बिर्सिएको मान्छे
      अपराधी र विश्वासघाती ।
      ३,
      सद्भावका मुना नासेर
      मुलुक बर्बाद हुँदैछ
      नीति थिति मासेर ।
    • ऋजु दिल्पाली, इटहरी – १, सुनसरी

      १,
      सरकार त फेर्‍यो
      नेता पुरानै छ
      भ्रष्टाचार झन् हेर्‍यो ?
    • एवाइ प्रभात, सहिदभूमि धनकुटा

      १,
      किन यस्तो भयो ?
      आफ्नो संस्कार संस्कृति
      लोप हुँदै गयो ।
      २,
      भन के पायौ ?
      छाडा गीत गाएर
      आफ्नो इज्जत गुमायौ ।
      ३,
      आफ्नो संस्कार समाउनु
      हामी नेपाली भनेर
      गर्वका साथ रमाउनु ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      तनाव बढ्यो धेरै
      निद्रा पनि लागेन
      उठियो बिहान सबेरै ।
      २,
      लागेन मन खान
      बिर्सायो भोक तनावले
      सकिन कहीँ जान ।
      ३,
      हुन सकिएन भाग्यमानी
      जताततै समस्यको जालो
      भयो जिन्दगी पानी ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची

      १,
      निष्ठुरी तिम्रो मन
      पगाल्न खर्च गरौँला
      अब धेरै धन।
      २,
      हिँडिरहन्छौ मायालु खोजी
      भौँतारिएर केवल तिमी
      बनायौ रित्तो गोजी।
      ३,
      संस्कृति बचाई रमाउनु
      कुसंस्कारको अन्त्य गरी
      राम्रो नाम कमाउनु ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर

      १,
      यो मोबाइलको जातले
      गर्नसम्म गर्‍यो अचेल
      सुख पाएन हातले |
      २,
      दुःख गर्छौ मरीमरी
      बिचौलियाले बिचैमा खान्छ
      बजार भाउ मनपरी |
    • सरिता सेढाई, धादिङ

      १,
      विष पिलाएर जान्छौ
      कसको विश्र्वास गर्नु ?
      अमृत छदाएर लान्छौ ।
      २,
      सोचेकै जस्तो भएन
      आकाश छुन गएको
      अब संसारमा रहेन ।
      ३,
      परिश्रम गरेर देखाऊ
      नजानु खाडी मुलुक
      रोजगार छिट्टै भेटाऊ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      चाहिन्छ गाँस, बास
      मानव अधिकार हो
      हुनुपर्छ भूमिका खास ।
      २,
      बाटोघाटो र पधेरो
      सबै नागरिक अधिकार
      हुन्छ राज्यको सेरोफेरो।
      ३,
      विरोधका लागि विरोध
      आधा देश टुक्राउने
      किन हुँदैछ बोध ?
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      दोसाँधमा भयो जीवन
      युद्ध लड्दै आफूसँगै
      थाक्दै उठेको मन।
      २,
      हिॅंडेकी देखाउॅंदै हाँसो
      पीडालाई दबाउॅंदै हेर
      छैन अब गुनासो ।
    • सङ्गीता खरेल, काठमाडौँ

      १,
      कस्तो यो बाध्यता
      गर्छन् सिको उल्टो
      धरापमा छ सभ्यता ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      मौलिक तिज आयो
      नारिको महान पर्व
      रमाइलो चारैतिर छायो।
      २,
      सकिन्न हेर्न सुन्न,
      तिजको गीत अरे,
      यस्तो छाडापनले हुन्न ।
      ३,
      जोगाउनु छ रितिरिवाज
      रमाउनु सबै जना,
      सुधारेर हाम्रो समाज ।
    • भुपेन्द्र राना मगर, धादिङ

      १,
      कुरीतिको पर्खाल तोड्नुपर्छ
      दिदीबहिनी हामीले पनि
      आआफ्नो पहिचान जोड्नुपर्छ ।
      २,
      समुद्र बनाउन धन
      विभिन्न माध्यमबाट साथी
      व्यापारीले गर्छन् विज्ञापन ।
      ३,
      एउटा कुरा सुन
      तिमीले खन्या खाल्डोमा
      पर्नेछौ आफैँ पुनः ।
    • पृथक प्रकृति, झापा

      १,
      आफैमा सरकार मस्त
      भरौटेहरू झनै भ्रष्ट !
      लुट्न खान व्यस्त ।
      २,
      जनता दङ्ग हेर्दै
      नेता सरकार फेर्दै
      महॅंगी जनता सेर्दै ।
      ३,
      हाँस्नु कसरी यहाँ
      अशान्ति छ देशमा
      छोडी जानु कहाँ !
    • इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३

      १,
      गरेर काम असल
      धरतीमा उही व्यक्ति
      आखिर हुन्छ सफल !
    • आर्त अकुलीन

      १,
      नयनहरू नसालु छन्
      जति सम्हालिन खोज्छु
      नसा बढ्छ झन्।
      २,
      खोइ ! के भनौँ ?
      म बेसुध बन्छु
      यति प्यारी छौ।
      ३,
      गर्छ मुक्का हानाहान
      कस्तो मोह कुर्सीको
      आपसमा खुट्टा तानातान ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग,दार्जीलिङ ।

      १,
      झिल्का लेखन राम्रो
      जतिसुकै लेख्न पनि
      लत बस्यो हाम्रो ।
      २,
      किन तनाव धेरै ?
      चिन्ताले पुर्‍याउॅंछ चिता
      योग गर्नु सबेरै ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      मान्छे अब गइसके
      मान्छेको अनुहार मात्र
      पशुभन्दा नीच भइसके ।
      २,
      मनभित्र चोट बोकेर
      सपनाको पोको बोकी
      हिॅंड्यो देश छोडेर ।
      ३,
      आकाशमा बादल छाइसक्यो
      कति बस्छौ ए !
      नेताले देश खाइसक्यो ।
    • दीप गोले तामाङ, रौतहट

      १,
      बानी नै पर्‍यो
      तिम्रो बाटो हेर्ने
      नआउॅंदा आँसु झर्‍यो।
      २,
      बदल्ने कोशिस चलिरहेछ
      हरेक पलको यादले
      जिन्दगी आगोमा डढिरहेछ ।
      ३,
      हरेक बस्तीमा बस्ने
      समान हुँदैन आदत
      नागझैँ जहिले डस्ने ।
    • ईश्वर साउद (भिक्षु ), रामारोसन गाउॅंपालिका ६ सुदुरपशचिम अछाम

      १,
      सुकर्मको सन्देश बोल
      जनहितमा कार्य गरेर
      सहमतिको बाटो खोल ।
      २,
      पाउँदैनौ तिमीले साथ
      तिम्रो निर्णय सुनेर
      दिउँसै लाग्छ रात ।
      ३,
      किरायाको टट्टु जस्तो
      अरूलाई नीच देख्ने
      तिम्रो मानसिकता कस्तो ?
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा, भारत।

      १,
      असीम प्यारको नाता
      थामिन्छन् प्रेमिल हात
      सङ्कटको बलियो छाता।
      २,
      दुईजिब्रे छ बोली
      पर्छन् शङ्काको घेरामा
      बोलिन्न दिल खोली।
    • तोया नाथ चापागाईं, दमक,झापा

      १,
      सुगन्धित गाउँको माटो
      सहरमा पाइन्न एकरत्ती
      रहेनन् गरिने पाटो ।
      २,
      खेतबारी बाँझो राखेर
      हुन्न कहिल्यै आत्मनिर्भर
      अर्काको मुहार ताकेर ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      नजानेरै कोर्दछु टुक्का
      सुनेर हाँस्नुहुन्छ मास्टर
      नमिले खाइहाल्छु मुक्का।
    • सुनगाभा पोखरेल, हाल: नेपालगन्ज

      १,
      हेर्नै नसक्ने नाच्छ,
      गाउँछ गीत उस्तै
      संस्कृति कसरी बाँच्छ?
      २,
      सचेतनाको कुरा छैन
      भाइरल बन्ने रहरमा
      शरीर ढाक्ने हैन।
      ३,
      छाडा भए कलाकार
      अश्लील नाच गीतले
      समाजलाई पर्दैछ मार।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत

      १,
      जतासुकै ठिक आलु
      यसो भन्दै गर्दा
      निस्किए झपार्न ठालु ।
      २,
      काममा कारण चाहियो
      नियमको घनचक्कर लगाउँदा
      सास्ती मात्रै पाइयो ।
      ३,
      अल्छी नोकर भातमारा
      खान पेटभर नदिने
      हाँडीघोप्टे साहु आँतमारा ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर

      १,
      विकृतिका नराोपौँ बीज
      सभ्यताको पहिचान दिई
      गर्वले मनाऔॅं तीज ।
      २,
      आत्मीयता बढाएर जाऔॅं
      हैसियत राखेर मात्र
      तिजको दर खाऔॅं ।
      ३,
      पर्वले सम्बन्ध जोडोस्
      कायम राखेर संस्कृति
      सही दिशा मोडोस् ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा

      १,
      दम छैन बातमा
      नेताहरू लिप्त भए
      कुर्सी मोहको मातमा ।
      २,
      चिर्नलाई भ्रमको जालो
      देश विकास गर
      अब तिम्रो पालो ।
      ३,
      आँखाबाट आँसु झर्‍यो
      हृदयमा किन किन
      बज्रपात पो पर्‍यो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा

      १,
      मौका पाएँ भन्दैमा
      केही हुन्न महोदय
      मनको लड्डु गन्दैमा ।
      २,
      सारा संसार डुलेर
      कहाँ जान्छौँ राजै
      सुन्दर जन्मभूमि भुलेर ।
      ३,
      चाहन्छन् राम्रो चालामाला
      आफ्नो जस्तोसुकै ठिक
      बस्छन् लगाएर ताला ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      पलायन हुँदा हसिना
      संयोग भनूँ कि !
      भीमेश्वरमा आएथ्यो पसिना !
    • सुरेश कार्की

      १,
      कहिले रौनक छाउँछ
      जीवन यस्तै हो
      निराशा पनि ल्याउँछ ।
      २,
      बुढापाका भन्छन् यस्तो
      आत्तिनु हुँदैन कहिल्यै
      दुःख आओस् जस्तो ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      बाँझो बारी खन्नुपर्छ
      विदेश नजाऊ छोरो
      बाबुले छोरोलाई भन्नुपर्छ ।
      २,
      कुमार दाइको आली
      बाँझै छ रे
      दुबो कसले हाली ।
      ३,
      विदेशमा पसिना नबेच
      वृद्धहरूलाई घरमा छोडेर
      विदेशको सपना नदेख।
    • मनुहाङ किराँती, सोलु

      १,
      गरिबी हाम्रो अभिशाप
      लुट्न सक्नेलाई यहाँ
      यत्रतत्र सर्वत्र फलिफाप ।
      २,
      चिनिन्छौँ नेपाली भनी
      छौँ सम्पतिका गरिब
      इमानले हामी धनी ।
      ३,
      हुनु हुँदैन बेइमानी
      अप्ठ्यारोमा परेकालाई गरौँ
      सहयोग आफ्नै ठानी ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

      १,
      सहरमा तिज पर्व
      रमाउने गाउने गर्दा,
      चारैतिर खुसीको गर्व ।
      २,
      मौलिक तिज आयो
      नारीको मनभित्र हुटहुटी
      खुसीको गदगदीले छायो ।
      ३,
      जिन्दगी बिते हर्षमा
      तिज पर्व मनाउने ,
      कुरा एकासी वर्षमा ।
    • श्रीकृष्ण धामी, बझाङ

      १,
      राज्यसत्ता दलाली भयो
      अस्तव्यस्त हालत जनताको
      जीवन रुँदै गयो ।
      २,
      पार्टी फेरे यिनीहरू
      देश फेर्न सकेनन्
      दलाल, भष्ट्राचार तिनीहरू !
      ३,
      बन्न सकेन गाउँ
      छ झन खस्किएको
      आँखाले देखिन्छ ठाउँ !
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी

      १,
      बहला कता खोला ?
      किनार ओगटे मानवले ,
      भर्‍यो कस्ले झोला ?
      २,
      प्रकृतिको सम्मान गरौँ
      दोष दिन छोडेर,
      जीवन खुसीले भरौँ ।
      ३,
      देखाएर माछाको आस
      लुटे पानीको मुहान ,
      बन्छन् उनै खास।
    • सुस्मिता अधिकारी ,काठमाडौँ

      १,
      जवानी यसरी फेरियो
      कान्छी श्रीमती आउँदा
      उसैलाई पो हेरियो।
      २,
      नेताको नाम लाले
      देशको पैसा कता
      खान्छ खाली भाले।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ

      १,
      सन्चो बिसन्चो कस्तो ?
      याद आउँदैन कि !
      माया मारे जस्तो ।
      २,
      दुनियाँ स्वार्थी रहेछ
      सम्झी रुनु बेकार
      बल्ल पछुताउनु परेछ ।
      ३,
      बहाना बनायो राम्रो
      सजिलै बिर्सन सक्ने
      फुर्सद छैन हाम्रो ।
    • धनमाया चौधरी, कैलाली

      १,
      नहुदाँ पनि पार
      हिम्मत जुटाउँछु सधैँ
      नहोस् भनेर हार ।
      २,
      उर्लेको देखेर छाल
      डरायो माझी पनि
      सम्झेर आफ्नो काल ।
      ३,
      होस् बरु सानो
      केही हुँदैन घर ,
      नचुहिने होस् छानो ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर

      १,
      गाउॅंमा अज्ञानताको खाडल,
      बढाउॅंछन् आयतन थपेर
      मस्तिष्कमा लगाइदिन्छन् बादल।
    • लोकबहादुर क्षेत्री लामिछाने

      १,
      भ्वाँङ परेर पनि
      दु:खीको झुप्रोमा अझै
      अँध्यारै छ नि !
      २,
      लेखेन कहिल्यै सुखसयल
      छानो च्यातिॅंदा पनि
      भयो सूर्य गयल l
      ३,
      अधुरै रहे सपना
      हात फैलाओस् भने
      सरकार छ थपना l
    • बाबुराम गौतम, गुल्मी

      १,
      मरेको छैन आस
      हुनेछ एकदिन पक्कै
      हाम्रो देश विकास।
      २,
      धर्तीको सुन्दर नेपाल
      बिगार्नको लागि अहिले
      नेताले गर्दैछन् जाल।
    • पुरुषोत्तम फुयाल, खोटाङ

      १ ,
      स्वर ठूलो गरेर
      जित्न नखोज सधैँ
      आँखामा धुलो छ्यापेर।
      २ ,
      जनता जागा हुँदैछ
      कानेखुसि अब चल्दैन
      समयले नेटो छुँदैछ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार

      १,
      शिव, शिव ! भन्दैछन्
      बोकेर हातमा थाली
      देवी देउता गन्दैछन् ।
      २,
      मायालु जोडी हेर
      जल चढाउॅंदै हिॅंडेका
      शिवमा विश्वास धेर ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा

      १,
      तिमी मेरो माया
      महसुस हुन्छ तिम्रो
      रहनेछौ मुटुको दायाँबायाँ।
      २,
      उस्तै छ चाहना
      उस्तै रहेछ परिवेश
      मिल्यो भेट्ने कामना ।
      ३,
      कस्तो रैछ मुटु
      तिम्रै यादमा खान्छ
      भित्रैदेखि खायो कुटुकुटु।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ

      १,
      पहिरोमा बेपत्ता भएका
      उद्धारकर्मी चाहिँ यहाँ
      खै कता गएका ?
      २,
      ठूला कुरा गर्छन्
      सदनमा बसेर यिनैले
      अर्थतन्त्रको भकारी भर्छन् ।
      ३,
      छैन आफ्नो घर
      भाडामा बसेर सधैं
      नहुने रहेछ भर।
    • कला ढकाल, झापा

      १,
      पुग्यो नेतृत्वको इच्छा
      पदवी भ्रष्टाचारी व्यक्तित्वको
      गणतन्त्र, लोकतन्त्रको मार्गमा ।
      २,
      द्वन्द गरिबीको घाउमा
      नुनचुक दलेर उकुच
      विदेशीको चलखेल दाउमा ।

      संस्कृति गरेर बिक्री
      डलर भारूको भाउमा
      लगाए गलामा सिक्री ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      वर्षा याम आयो
      जताततै मेघ गर्जन
      कालो बादल छायो ।
      २,
      परिश्र गर्ने मेला
      मानो रोपेर सबैले
      मुरी फलाउने बेला।
      ३,
      अब चाडपर्व लाग्यो
      परिवार जम्मा हुदा
      दु:ख सबै भाग्यो।
    • दुर्गा आचार्य, मोरङ

      १,
      खुसीमा छाउने मन्द
      आउने निरका बाढीहरू
      भइरहने निकट सम्बध ।
      २,
      नखोलौँ दिलका राज
      मिठो बोलेर उल्टै,
      लगाउँछन् बदनामीको ताज।
      ३,
      पूरा नहुँदा चहाना
      फक्रिनुपर्ने फूल जसरी ,
      गरेर अनेकौं बहाना ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

      १,
      गरौं राम्रो काम
      समय सदुपयोग गरे
      राम्रै आउँछ माम
      २,
      लक्ष्य पूरा गर
      हाँसेर जिउनु जिन्दगी
      नपर्नु कसैको भर।
      ३,
      म सानो भए
      थिए अरू तल
      म माथि गए।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला

      १,
      कसरी परिवर्तन आयो
      शान्तिले रमाउने तिमी,
      विदेशको मोह छायो ।
      २,
      नजानु परिवार छोडेर
      कमाएर आउॅंछौ आमा,
      जानेछन् सन्तान मोडेर ।
      ३,
      सुरक्षित आफै रहन्नौ
      सम्पति हुन्छ हातमा,
      आफ्नो टाढिएको सहन्नौ ।
    • पुष्पा राई, खोटाङ

      १,
      बुढो विदेश गयो
      बुढी बजार झरी
      छोरा बबुरो भयो ।
      २,
      खाताबाट रकमले मस्ती
      नखाएर आयो पैसा
      दु:ख बिर्सी अस्ति ।
      ३,
      बुढो घरमा आउॅंदा
      बुढी पैसा गायब
      घरको खबर पाउॅंदा ।
    • हिरालाल न्यौपाने

      १,
      तिजको गीत आएको
      चेलीबेटीको व्यथा छैन
      कस्तो गीत गाएको ।
      २,
      गाएको भन्छन् गीत
      सुन्न हेर्न अफ्ठ्यारो
      आज घर परिवारसित।
      ३,
      भाइरल बन्न भनी
      छाडा शव्दको प्रयोग
      मौलिकता हरायो अनि ।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १,
      आकाशमा उड्यो कालो
      घनघोर बर्सात होला
      बादलले ढाक्यो उज्यालो ।
      २,
      श्रावण जान लाग्यो
      शीतल हावा चलेको
      रिमझिम वर्षा भाग्यो ।
      ३,
      चाडबाड सुन्दर हुने
      संस्कार विकृतिबिनाको मनाऔॅं
      पर्व मनै छुने ।
    • भगवती दवाडी, झापा

      १,
      फरक छ भाउमा
      फूलले बलि चढ्नुपर्छ
      मन्दिरको पत्थरको पाउमा ।
      २,
      बलेकै आगो ताप्छन्
      फेरि चाहियो भनेदेखि
      कसले हात थाप्छन् ?
      ३,
      जाने बेलामा सम्झनू
      मेरो अनन्त प्रेम
      ईश्वरलाई मात्र कहनू ।
    • श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

      १,
      कति खेल्छौ खेल ?
      जनताको आँखा छली
      गर्छौ अति झेल ।
      २,
      विकासको छैन गति
      स्वार्थन्धता अति भयो
      सुध्रिएन तिम्रो मति ।
      ३,
      स्वच्छन्दता त्याग्ने गर
      दुष्कर्ममा लाग्यौ भने
      जनतादेखि होऊला पर ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक २, बालकोट, भक्तपुर)

      १,
      संस्कृति तोडमोड गरेर
      उत्ताउलो संस्कार बन्यो
      मौलिकतामा विकृतिले टेकेर ।
      २,
      फेसन कति भड्किलो
      उत्पादनमाभन्दा त धेरै,
      केही छैन गहकिलो ।
      ३,
      घमण्डले मान्दैन अर्ती
      परिष्कृत हुँदै गयो ,
      भासिनेछ हाम्रो धर्ती ।
    • मनोहरी पौडेल, गैडाकोट २

      १,
      समाजले एक्लो बनाउँदा
      मन बुझाउनु कसरी ?
      आफ्नैको तिरस्कार पाउँदा ।
      २,
      गर्छ कयौँ सङ्घर्ष
      खोली जस्तो जीवन
      आँधी भेलको स्पर्श।
    • नन्दा धामी, नौगाड दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    One thought on “साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३० सम्पन्न

    Leave a Reply