
झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
१)
नटखट कृष्ण काले
गोपीनीको मन मुटुमा
चट्ट डेरा जमाइहाले ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
२)
श्रीकृष्णको मुरली साधना
आज कृष्ण जन्माष्टमीको
सबैमा मङ्गलमय शुभकामना !
✍️
बेदु न्यौपाने
३)
श्रीकृष्ण जन्माष्टमी मनाएँ
सबैलाई शुभकामना छ
पूजा गरेर जनाएँ !
✍️
अम्बिका अधिकारी
४)
कृष्ण जन्माष्टमीको शुभकामना
शक्तिको अपरम्पार उनी
गरौँ शुध्दताले याचना !
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
५)
श्रीकृष्ण जन्माष्टमी मनाउँदै
एकमाथि छन् अनेक
झिल्का कविता बनाउँदै !
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरी
६)
पिरतीमा देखिन्छन् धोएका
अछुतो देखिन्नन् कोही
भेटिएनन् संसारमा नरोएका ।
✍️
चुडामणी देवकोटा
७)
अष्टमीको मनोरम पर्व
मनाउँदै रमाउँदै हामी
सबैले गरौँ गर्व !
✍️
मोती सुब्बा
८)
अत्याचारको अन्त्य गर्ने
अलौकिक शक्तिका धनी
गर्छन् सबैलाई मनपर्ने !
✍️
कला ढकाल
९)
हिन्दुले मान्ने पर्व
तीजको छेउछाउ पर्ने
सबैलाई लाग्छ गर्व !
✍️
भगवती दवाडी, झापा
१०)
श्रीकृष्ण जन्माष्टमीको दिन
मानेर चाडको रूपमा
मनाउन भए तल्लीन !
✍️
पृथक प्रकृति, झापा
११)
काले कृष्ण गोपाल
जगतभरि तिम्रै चर्चा
हे देवकी नन्दलाल !
✍️
सुनगाभा पोखरेल
नेपालगन्ज
१२)
चुनौतिको गरौँ सामना
सबैमा सफलता मिलिरहोस्
श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
✍️
पुष्पा राई, खाेटाङ
१३)
पुगोस् सबको चाहना
श्रीकृष्ण जन्माष्टमीको सबैलाई
हार्दिक हार्दिक शुभकामना !
✍️
वेल थोकर तामाङ
मकवानपुर, बकैया, कर्माया
१४)
हिंँड्छन् बाँसुरी बजाउँदै
काले कृष्ण नक्कले
सैयौँ गाेपीनी कजाउँदै ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
१५)
बन्दैनन् पोशाक लगाई
बालख कृष्ण बन्छन्
केवल कुसंस्कार भगाई !
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
१६)
कृष्णको शरणमा जाऔँ
मनको शुद्धताको लागि
भजन कीर्तन गाऔँ !
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१७)
मनको गहिराइलाई बुझ्ने
ज्ञान दिए कृष्णले
अन्तर मनसङ्ग जुझ्ने ।
✍️
दीपा समभाव
दुबेकोल खोटाङ्ग
१८)
मन भए पवित्र
बनाउछन् भन्छन् उनैलाई
कृष्णले परम मित्र ।
✍️
सीमा कार्की समर्पण
मेलचोक पर्सा
१९)
कृष्ण जन्माष्टमीको कामना
फैलिरहोस् सुगन्धको सुवास
पुराहोस् सबैको मनोभावना !
✍️
कृष्ण बजगाई
२०)
गर्छु श्रीकृष्णमा बन्दना
आफ्नै आस्थाको संस्कार
श्रीकृष्ण जन्माष्टमीको शुभकनमना !
✍️
ऋजु दिल्पाली
२१)
चोरेर खाने दही
हरे ! कृष्ण मुरारे
मान्ने हामी सही ।
✍️
नागेन्द्रप्रसाद यादव
२२)
कृष्ण जन्माष्टमी आज
सबैलाई सुखी राख्नू
हाम्राे बचाउनू लाज !
✍️
सविता भट्टराई
जनकपुर
२३)
कृष्ण मुरली बजाइदेऊ
तिम्रो गर्दछु आराधना
देशबाट कंसलाई हटाइदेऊ ।
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ
२४)
पहिरन भएपनि साधा
साह्रै सुन्दर देखिएकी
कृष्णकी प्यारी राधा !
✍️
काजल न्यौपाने
भोजपुर,बोखिम।
२५)
विष्णुको रूप लिएर
विभिन्न लिला देखाउथे
चोरीचोरी दही पिएर ।
✍️
ललिता गिरी सिन्धुली
२६)
असत्यको संहार गर्न
आउनू कृष्ण फेरि
विश्वमा मानवता भर्न ।
✍️
सुस्मिता अधिकारी
काठमाडौँ
२७)
श्रीकृष्णको मुरलीको धुन
सुनेर गोपिनीहरू मख्ख
बजाउने भगवान हुन ।
✍️
धनमाया चौधरी
२८)
मनमा श्रीकृष्णको नाम
हुंँदैन कहिल्यै अनिष्ट
फत्ते हुन्छन् काम !
✍️
लोकबहादुर क्षेत्री
२९)
नदेऊ आँसु झर्न
अधर्मी धेरै भए
आइदेऊ उद्दार गर्न ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
३०)
कृष्ण कृष्ण बोलेर
भजन गाऔँ सबैले
हृदय यो खोलेर !
✍️
त्रिलोचन भण्डारी
मेचीनगर,झापा
३१)
कृष्णको भजन गाउँदै
भक्तजन बसेका छन्
श्रीकृष्ण अष्टमी मनाउँदै ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
३२)
कृष्णाष्टमीको हार्दिक शुभकामना
सुखशान्तिसँग बाँच्ने रहरहरू
पूर्ण होउन् मनोभावना !
✍️
Site dışı SEO Google SEO sayesinde online satışlarımız arttı. https://www.royalelektrik.com/esenler-orucreis-elektrikci/
Fourweekmba Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing