
झिल्का लेखन अभियानको २६ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>—————
[१]
सुन्नुनपरोस् आर्तहरूको क्रन्दन
नछोओस कदापि गरिबीले
दु:खपिरबाट होस् रक्षाबन्धन !
वसन्त अनुभव
घोराही, दाङ
[२]
चेलीको रक्षा होस्
दानववृति नष्ट भई
माइतीमा जोस जागोस् !
मोती सुब्बा
[३]
सबैकाे हातमा रक्षाबन्धन
छाओस् त्यहाँ खुसीयाली
नहाेस् कही क्रन्दन !
रबि पाैडेल पाण्डेचरी
[४]
मेरो मनको भावना
यो रक्षाबन्धन पर्वको
छ सबैलाई शुभकामना !
दीप गोले
[५]
दिदीको सुरक्षामा भाइ
सम्बन्ध अझै बलियो
मनाऔँ रक्षाबन्धन रमाई !
धनुष न्यौपाने “यात्री”
जुम्ला
[६]
नहोस् दु:खको सगर
कामना सामना गर्नसकौँ
छिचोल्नलाई सबै बगर !
पृथक प्रकृति ,झापा
[७]
रहेसम्म मुटुमा स्पन्दन
जीवन्त राखेर नाता
मनाऔँ सदा रक्षाबन्धन !
बाबुराम गौतम
[८]
सम्बन्ध सुमधुर बनोस्
दाजुभाइ चेलीबिचको पर्वलाई
विश्वले आहा भनोस् !
✍️ शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[९]
झिलिमिली छ आँगन
सुन्दर चाड भाइबहिनीको
मनाइने बाँधेर रक्षाबन्धन !
सुरेशकुमार पाण्डे
[१०]
बुझेर मनको भावना
रक्षाबन्धन अनि जनैपूर्णिमाकाे
सम्पूर्णमा छ शुभकामना !
सहयात्री शाेभा अर्याल
रुपन्देही
[११]
सुखशान्तिको छ चाहना
खुसी भई रमाऔँ
रक्षाबन्धनको यही शुभकामना !
शशीश्री आचार्य
[१२]
नदुखाेस् कसैकाे मन
हे बलि राजा
पीडा नबाेकाेस् तन !
हिरालाल न्याैपाने
बानपा ८ काेटमाैला, सल्यान।
[१३]
खुसी पार्दै मन
दाजुभाइ दिदिबहिनी मिलेर
मनाउँ है रक्षाबन्धन !
अनिता भण्डारी ताप्लेजुङ
[१४]
जनै रक्षाबन्धन लगाउँ
मनको मैलो हटाई
सुन्दर चाड मनाउँ !
कला ढकाल झापा
[१५]
दाजुभाइ दिदीबहिनीको भावना
सधैँ सुमधुर रहोस्
रक्षाबन्धनको हार्दिक शुभकामना !
बेदु न्यौपाने
[१६]
हातमा बलियो बन्धन
रक्षा गर्नु दिदीबहिनीको
नहोस् कुनै क्रन्दन
नागेन्द्रप्रसाद यादव
[१७]
पर्वसँग रमाउँदै मन
हाँसीखेली दिदी भाइ
नटुटोस् स्नेहको बन्धन !
कृष्ण बजगाई, भक्तपुर
[१८]
हातमा राखी टल्केको
कस्तो राम्रो पर्व
हेर नेपालीपन झल्केको !
वेल थोकर
[१९]
दिदीबहिनी छन् साथमा
हातमा पवित्र रक्षाबन्धन
रक्षाकवज रहन्छ माथमा !
अम्बिका अधिकारी
झापा बिर्तामोड
[२०]
सुमधुर सम्बन्ध हाम्रो
सबै जातजातिको धर्मलाई
गर्नुपर्छ सम्मान राम्रो !
सुनगाभा पोख्रेल
[२१]
दुखी नहुनू भाइ
अर्को वर्ष बाँधौँला
राखी साथमा रमाई !
काजल न्यौपाने
भोजपुर।
[२२]
रक्षाबन्धनकाे सबैलाई शुभकामना
कुसंस्कारकाे अन्त्य गर्ने
सबैमा जागाेस् भावना !
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[२३]
रक्षाबन्धन बाँधेर हातमा
जोगाउन देशको सान
अघि बढौँ साथमा !
सुस्मिता अधिकारी ,काठमाडौँ
[२४]
सम्बन्ध बनोस् खास
सधैँ दाजु बहिनीको
शत्रु होस् नाश !
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२५]
ईश्वरको कृपा परिरहोस्
रक्षाबन्धनको धागोले सधैँ
हाम्रो रक्षा गरिरहोस् !
शोभा आचार्य गौतम
काठमाडौँ
[२६]
शुभकामना बाँडेर हेर
सधैँलाई खुसी साटौँला
सम्झना रहोस् धेर !
पुष्पा राई, खाेटाङ
[२७]
ताेडेर लाखाैँ उल्झन
मिलौँ दाजुभाइ दिदीबहिनी
बाधाैँ पवित्र रक्षाबन्धन !
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगा बजार ।
[२८]
अमूल्य सम्बन्धको प्रतीक
रक्षाबन्धन पर्व हो
सक्षम र निर्भीक !
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[२९]
बढाेस् सबैमा सुभावना
जनैपूर्णिमा रक्षाबन्धन पर्वकाे
मंगलमय हार्दिक शुभकामना !
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[३०]
दाजुभाइ दिदीबहिनीको चाहना
रक्षाबन्धनझैँ मायापिर्ती बाँधियोस्
सबैमा जनैपूर्णिमाको शुभकामना !
अर्जुन प्रसाद चौलागाई
रामेछाप, सुनापति-१ । हालः क्यानडा, क्यालगरी
[३१]
हातहातमा रक्षाबन्धन होस्
धनी या गरिब
आपसमा सम्बन्ध बढोस् !
धनमाया चौधरी कैलाली
[३२]
यही राख्दछु चाहना
सबैजना खुसी रहुन्
रक्षाबन्धनको छ शुभकामना !
सतिश पण्डित
[३३]
सुखी सबैको चाहना
दाजुभाइ अनि दिदिबहिनीमा
रक्षाबन्धनको हार्दिक शुभकामना !
दुर्गा भट्टराई
मोरङ