
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४८ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । यस शृङ्खलामा रचना सङ्कलन टुक्काकार पुस्पा राईले गनुभएको थियोे भने तस्बिर सङ्कलन टुक्काकार शोभा आचार्य गौतमले गर्नुभएको थियो ।~<•>~
प्रतिनिधि टुक्का- १४८
हिजोको फुल मूला, आजको चल्ला
म जस्तो मान्छे सामु, गर्दछ हल्ला ।
✍️ वसन्त अनुभव~<•>~

सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
[१]
बोल्न पनि जान्दैन त्यो मूर्ख आलाकाँचा
ज्ञान सीप केही छैन, देखाउँछ ढाँचा ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[२]
मजाकको कुरो कहिले बन्छ गैह्रो
मिठो कुरोले अब जान्छ हाेला पैह्रो।
✍️ हन्नाह छेत्री
दार्जिलिङ
[३]
फुल आज चल्ला भएर माथि चढ्न खाेजे
माउहरू ओथाराे बस्न कुर्सी मात्र राेजे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
हिजोको हिड्न नसक्ने कुखुराको चल्ला
भुइंँ खोस्रिन सक्दैन बढी गर्छ हल्ला।
✍️ चुडामणी देबकोटा
पुरानो नैकाप काठमाण्डौ
[५]
नजान्ने मानिसले लगाउॅंदा त फूर्ती
चट्ट सुहाउछ ढुङ्गो बनाउँदा मूर्ति ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी
[६]
काम नगरिकन हिँड्छौ भएर झल्ला
गरेर देखाएको भए हुन्नथ्यो हल्ला ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा
[७]
केको घमण्ड हाेला यो बुझी नसक्नु
अरू बोल्या छैन कति सकेको बक्नु ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ,भारत
[८]
सधैँ आफूमाथि माथि अरू देखुँ तल
आफू बस्ने सिंहासन अरु सधैं ढल ।
✍️ देव मगर
तिनाउ,पाल्पा
[९]
बेकार छ अहंकार नश्वर तनको
मात लाग्दछ मानिसलाई नै धनको ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[१०]
कहाँको कालू,कहाँको भालु
मेरा छेउमा नबन ठालु ।
✍️ होमप्रसाद नेउपाने
धरान,सुनसरी
[११]
लाग्नथाल्यो माउभन्दा चल्लै पो बास्ने
यी नै ले पो गर्लान् कि बुढो मुरो छास्ने ।
✍️ पुष्पा राई
खाेटाङ
[१२]
नत भाले न पाेथी निस्कियाे लौन कस्तो चल्ला
देशमा सुशासन लाउने गर्छन् मात्रै हल्ला ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलानी राधे राधे भक्तपुर
[१३]
मुखमा राम राम बगलीमा छुरा,
माउको भन्दा यी चल्लाको ठूलो कुरा।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ
[१४]
अरूलाई होच्याएर किन पो बोल्छौ साथी
एक दिन अवश्य सबैले जानु छ माथि ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[१५]
फुल चल्ला आजभोलि परिवर्तन खोज्छन्
ठुला माउ ओथारो बस्ने कुर्सीमात्र रोज्छन् ।
✍️ बेदु न्यौपाने
[१६]
बाह्र सत्ताइस नगर तिमी कुरा
खै!बाटो छोड ,मेरो सामु तिमी भुरा।
✍️ रुना कर्माचार्य दाहाल
चितवन
[१७]
पुर्खाको नामले नै केवल विश्वलाई मिचियो
अब बोल्न सकिदैन आफ्नैबाट घाँटी थिचियो ।
✍️ अन्मोल मुस्कान
तकदाह छाउनी,दार्जिलिङ
[१८]
पाेथीबाट जन्मको होला सायद चल्ला
गाउँभरि नगरे हुन्थे अति ठूलो हल्ला ।
✍️ श्रीकृष्ण धामी
बझाङ
[१९]
भुइँमा नै उम्रेकोथ्यो आकाश छुन्छु भन्थ्यो
औकातमा नझरेसम्म कस्लाई पो गन्थ्यो ?
✍️ चिरञ्जीवी श्रेष्ठ
धनकुटा, हाल काठमाडौ
[२०]
कुरा बुझी आजबाट मनैदेखि जाग
गाउँघर ब्युँझाएर विकासमा लाग ।
✍️ आर्त अकुलीन
[२१]
माउभन्दा त चल्ला बाठा आजकल हुनै पर्याे
अघिसम्म यतै थियाे अहिले फेरि कता मर्याे ।
भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर
कपिलवस्तु
[२२]
हिजोका चल्ला गर्छौ ठुला कुरा
हाम्रा छेउमा तिमी सबै भुरा ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२३]
घमण्ड गरेर के हुन्छ र न आउँदा ल्यायौ न जाँदा लान्छौ
यो त सबै नाटक न हो थाहा पाएपछि बेकार मान्छौ
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[२४]
तिमी खाउ तिमी लुट तिम्रै रहेछ दिन
तिम्राे चाला देखी मलाई लाग्न थाल्यो घिन।
✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ,भारत
[२५]
जसको गोठमा छैनन् गाईवस्तु उसैलाई चाहिने दिनहुँ खिर
आफु सही भए दुनियाँले जेसुकै भनुन् व्यर्थै किन लिने हो पिर ।
✍️ सुनगाभा पोखरेल
हाल: नेपालगन्ज
[२६]
एक हातले ताली बज्दैन बुझेर भित्र पस्नु
नालीबेली उखेल्दै पर्ला जमिनमा घुँडा धस्नु ।
✍️ जमुना आचार्य
[२७]
हिजोको नै थियो अण्डा आजको चल्ला
उमेरभरि गफ आयो बुद्धि बल्ला ।
✍️ बिबा तामाङ
लाटपञ्चर खरसाङ सिटोङ थ्री
[२८]
माउ चल्ला या त होस् भुरा
सुन्नुपर्छ सबैका कुरा ।
✍️ दीपा समभाव
खोटाङ
[२९]
राम्राे म अक्षरारम्भमा नै जानेकाे
हिजोको फुच्चे मलाई कम ठानेकाे ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कठुञ्जे
[३०]
ठूल्ठूला कुरा नगर हिजो अस्तिका चल्लाले
केही बिगार्न सक्दैन तिमीहरूको हल्लाले ।
✍️ अनिता भण्डारी
ताप्लेजुङ
[३१]
पहिले हामीसँग, गर्थ्याैं नि भेट
अहिले अरूसँग, बनायाै सेट ।
✍️ डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
[३२]
यो पाराले जिन्दगी कसरी चल्ला
गर्नुहुन्न भन्छौ आफैँ गर्छौ हल्ला ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत
[३३]
सूर्य सामु बत्तीलाई पो दाज्न थाले
म त भ्रष्टाचार रोक्ने पुरानै पाले ।
✍️ सुस्मिता अधिकारी, काठमाडौँ
[३४]
भो ठूला गफ नगर थियौ चल्ला
कसले बनायो ठूलो गर्छौ हल्ला ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[३५]
कतातिर संस्कृति हाम्रो जादैछ
पश्चिमी संस्कारले आज खादैछ।
✍️ कला ढकाल झापा
[३६]
अति गर्याै तिमीले सबैतिर बेकामे बखान
नखनाैँ है जिउँदाे छँदै आफ्नै गहिराे चिहान ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगाबजार
[३७]
नेताको नाम काले
देशको पैसा हाले ।
✍️ नीमा छिरिङ भोटिया
जलढका, कालेबुङ
[३८]
आफू जुन पृष्ठभूमिबाट आएको हो नि अरूलाई पनि त्यस्तै ठान्छ
यस्ता नाथे जो कोही नै होस् सभ्य र सुसंस्कृत नागरिकले किन मान्छ ?
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौं
[३९]
भनिन्छ सिक्का भुइँमा खस्दाखेरी, आउँछ ठूलै आवाज
तर हाम्रा ठुला पार्टीहरू हुँदारहेछन् झन् चालबाज ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १, मोरङ
[४०]
जो छ स्वार्थपनको भोगी
उही हो मस्तिष्कको रोगी ।
✍️ प्रेम थापा “मन”बागलुङ
[४१]
वचनका काँडाहरू भित्रभित्रै लुक्छ
तन घाउ हुन्छ निकाे मन भने सुक्छ ।
जी.वि.कश्यप घाेराही,दाङ
[४२]
हल्लैहल्लामा चल्ने देशमा किन दोष चल्लालाई
हल्ला गर्न नसिक्या चल्ला मर्छ दाना पानी नपाई ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[४३]
हाे नाच्न नजान्ने आँगन छ टेडाे
धेरै कराउछ, किन हुन्छ भेडाे ?
✍️ रबि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[४४]
जुन गोरुको सिङ छैन उसको नाम हेर तिखे
काम गर्नु छैन केही अर्काको खेदो खन्छ्स् ए लिखे !
✍️ भगवती दवाडी
दमक, झापा
[४५]
हिजोआज चल्लाहरू कुरा ठूला गर्छन्
अनावश्यक बखेडाले मस्तिष्क भर्छन् ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[४६]
आफ्नै खुट्टामा बन्चरो हान्ने
ठान्छन् आफैँलाई धेरै जान्ने ।
✍️ बिके मुखिया
दार्जीलिङ, भारत
[४७]
माउभन्दा चल्ला जान्ने हँसिया भन्दा कर्द लाग्ने
नेतृत्वमा खिँया लाग्यो सत्ता भन्दा बुढा नै जाग्ने ।
✍️ देव मगर
तिनाउ,पाल्पा
[४८]
मान्छे मान्छे बीचमा हुन्छ किन भेदभाव
जिउँदा देवता पन्छाई ढुङ्गामा छ ख्वाव ।
✍️ ईश्वर साउद (भिक्षु )
रामारोशन गाउँपालिका ६ अछाम
[४९]
कानमा खुसुक्क भन्छु भनेको मान्नू
को हुँ म नसोध्नू केही आफैँले जान्नू ।
✍️ रचना शर्मा प्रतीक्षा
इमाडोल ललितपुर
[५०]
आलु खाई पेडाको धाक लगाउँछ पाजी
माखो मार्न सक्ने होइन, बन्नुपर्ने काजी ।
✍️ सन्तु खत्री
पोखरा, हाल भक्तपुर
[५१]
हेप्छ यसै सबैलाई ठूलो मान्छे ठानेर
आफ्नै घमण्डमा डुब्छ उहिल्यैको जानेर ।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान
[५२]
सीप न ज्ञान, बिनारूप तिम्रो, गला न कला, केलाई हो मान्ने ?
कसैले तपाईँ भनाेस् या नभनाेस् तिमी आफैँ हुनखाेज्ने जान्ने ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ
[५३]
नबोले पनि के गर्नु ? देश तन्नम पार्दछौ
उकालोतिरको यात्रा, ओरालोतिर झार्दछौ ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[५४]
टुक्का कविता
चल्लाहरूले खोजिरहेछन् गिराउने दाउ
तर तिनले सोचे जत्तिँकै सोझा छैनन् माउ l
✍️ बाबुराम गौतम, गौतम
[५५]
जसले लिन्छ, अहङ्कार
तिम्रै कति ठुलो झङ्कार ।
✍️ कृष्ण बजगाई भक्तपुर
[५६]
छुट छ जसले पायो नि उसले मपाई हो भन्ने
काम गर्न नसके नि हल्लाले नै भाइरल बन्ने ।
✍️ सुशील शिखा
काठमाडौं कागेश्वरी
startup talky This was beautiful Admin. Thank you for your reflections.
Just wish to say your article is as surprising The clearness in your post is just cool and i could assume youre an expert on this subject Fine with your permission allow me to grab your RSS feed to keep updated with forthcoming post Thanks a million and please keep up the enjoyable work
Real Estate I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav