
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४५
जिउँदोमा मात्र किन मर्दा पनि त गर्नुपर्यो विभेद
संस्कार प्रचलन जोगाउँदा नि जनाउनु पर्छ खेद ?
वसन्त अनुभव~<•>~

सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~
जनताहरू अबुझ छन् केही बुझ्दैनन् कुरा
अग्रगामी कदमको नि ! गर्छन् विरोध पूरा ।
✍️
वसन्त अनुभव
घोराही, दाङ~<•>~
अग्रगामी सरकार हाम्राे भइरहन्छ विभेद
धनीलाई छ मान सम्मान गरिबलाई निखेद ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी~<•>~
दैवको पनि अनौठाको लीला
मुटुमा रोप्यो फलामको किला ।
✍️ सतीश पण्डित
भानु ६ चुदी तनहूँ हाल चनपा ६ मातातीर्थ~<•>~
जब कानुनमा नै छ त जन थिचोमिचो
प्रचलित संस्कार किन नहोस् उँचो निचो ।
✍️ इन्दु श्रेष्ठ, चितवन~<•>~
दैवले बजारेको लाठी सहनु जनताले कति ?
त्यत्रा मानिसको ज्यान जाँदा मन पोल्यो भतभती ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।~<•>~
नेपालीमै कति हुन्छन् जहाज क्रस, कति पल्टिन्छन् बस
मृतक परिवारको चित्कारले, मुटु पोल्छ चस चस ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ~<•>~
यस्तै छ जताततै भन्छन् सबै चलिआएको रित
राम्रो गरेपनी नबुझेपछि हुन्न रहेछ हित ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा . ६ संखुवासभा ।~<•>~
केही भन्न खोज्छु बोल्न हिम्मत आँट जुट्दैन
आँसु झर्छ मलाई केही बोल्न बोली फुट्दैन ।
✍️ चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ~<•>~
धेरै मानिसको अकालमा ज्यान जान्छ खेर
हाम्रो देशमा लासमाथि विभेद हुन्छ हेर ।
✍️ अनिता भण्डारी ताप्लेजुङ~<•>~
जताततै देखिन्छ अचेल सांसारिक भेद
आखिर सबै पढ्दा रहेछन् देखावटी वेद ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ~<•>~
व्यवहार अलग छ, गुलिया छन् भाषण
आफ्नो बिरानो छुट्याउँदै हान्ने गर्छन् वाण ।
✍️ प्रेम थापा “मन”बागलुङ~<•>~
नेपालीको जिब्रोमै झुन्डिएको छ विरोध गर्ने चलन
सत्य तथ्य के हाे नुबुझी रिसले सधैँ नै हुन्छ जलन।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।~<•>~
मेरो मृत्युको खबरको , तमाम छ न्यूज
त्यही खबर सुनेर, लाखौं आउँछ भ्यूज ।
✍️ नागेन्द्रप्रसाद यादव~<•>~
यहाँ मानिस मानिसमा पनि भेदभाव भयाे
एयरपाेर्ट अनि त्रिशूली दुवैमा ज्यान गयाे ।।
✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी~<•>~
विभेदमै जकडियो हाम्रो देश
खै कल्ले पो बदल्ने हो परिवेश ?
✍️ कमला देवकोटा ,पाल्पा~<•>~
सरकारले हामीलाई जनता मान्दैन
न कानुन न सरकार हाम्रो कोही छैन ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।~<•>~
काेही हराए आकाशबाटै काेही त्रिशूलीमा खसे
त्यत्राे घटना घट्दा नेता कानमा तेल हाली बसे।
✍️ भवानी पाेखरेल ( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु~<•>~
जिउँदोलाई मात्र हैन मुर्दालाई पनि गर्छन् अपमान
समृद्ध देशका अशिक्षित जनता यति कुरा तिमी जान ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा~<•>~
आफ्नै छ सुर ताल
यी मानिसको जाल !
✍️ आर्त अकुलीन~<•>~
केरा पाएर पुग्नअघि सत्तामा मुख मिठ्याउँदै मुस्कायाै
अरुकाे झैँ ठानेर काम गर्ने बेलामा आफ्नै धाेती खुस्कायाै ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।~<•>~
जिन्दगी आखिर दैवकाे रहेछ भगवान् लिला
मुटुमा राेप्छ उसले हेर्नेहाेस् त फलामे किला ।
✍️ श्रीकृष्ण धामी – बझाङ~<•>~
कति गर्छौ आनाकानी भ्रष्टाचारले देश मासिँदैछ
बाटोघाटोको बिकासमा कन्जुस्याइँ माटो भासिँदैछ ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड~<•>~
कहिल्यै पनि फेरिएन जनताप्रतिको तिम्रो नियत
मृत्युमा पनि विभेद गरी देखायौ आफ्नो असलियत l
✍️ बाबुराम गौतम, गुल्मी~<•>~
यहाँ मानिसको आँखाले गर्छ भेदभाव
नपत्याउने कुरा गर्छ देखाउछ ख्वाव ।
✍️ दीप गोले तामाङ
चन्द्रपुर-१, रौतहट~<•>~
उड्दा भुइँमा खस्ने गुड्दा नदीभित्र पस्ने
जागौँ कहिलेसम्म रमिता हेरेर बस्ने ?
✍️ बिके मुखिया
दार्जीलिङ भारत।~<•>~
आमाकाे माया भगवान छन् दायाँ धेरै राम्रा दिन
कुनै पनि बेला नगर्नु है हेला आमा सधै चिन ।
✍️ डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर,अर्घाखाँची~<•>~
सवार नगरी नहुने दैवकाे लेखाले सास अन्त्य हुने
सिजन नै यसै उडे पनि गुडे पनि पार्दछ हेर रुने ।
✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि~<•>~
दिन बिग्रेपछि कसैले सहयोग नगर्ने
सरकार त के त्यहाँ दैव नै छेउ नपर्ने ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹~<•>~
यात्रा आखिर यात्रा नै हाे उड या गुड
दशा बिग्रे केही लाग्दैन हात्तीको सुँड ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगा बजार।~<•>~
न्यायमूर्तिले आँखा छोपे जताततै हुने विभेद
भतेरो पाउने बेला आयो भने थन्क्याउँछ वेद ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे~<•>~
उडेर होस् या गुडेर एकै हो त्यो मरण
झन्डा झुक्ने उड्न्यालाई कस्तो चिरहरण ।
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरि- ५,जुम्ला~<•>~
मान्छे मान्छे एउटै हो , भन्छन् विभेद गर्नु हुँदैन
दलितको मरेको लासलाई कोही किन छुदैन ?
✍️ वेल थोकर तामाङ
बकैया_८ // बस्तिपुर // मकवानपुर~<•>~
रोपेको बोटले फल दियो भनेर मान्नुपर्छ
दिएको भोटले गरेको करामत ठान्नुपर्छ ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ~<•>~
यहाँ हरेक काण्डमा विभेद झल्किन्छ
चलेको यो संस्कार जोगाउन पल्किन्छ ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ~<•>~
किन गर्नु पर्यो विभेदरहित व्यवहार ?
आफ्नो नौका पुगेपछि सुरक्षित नदी पार ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान कालेबुङ,भारत।~<•>~
महान यदि बन्नु छ भने सुकर्मकै बाटाे राेजाै ।
पीडा बाेक्ने जनहरुकाे उद्दारकै उपाय खाेजाै ।
✍️ हिरालाल न्याैपाने,बानपा ८,काेटमाैला, सल्यान~<•>~
हिँड्दा पनि काल सँगसँगै छ अघिपछि हेर्दै तर्केर
समय कति निष्ठुरी यात्रामा आउँदै छ काल पर्खेर ।
✍️ घनश्याम पन्त
हरिवन सर्लाही~<•>~
जन्म अनि मृत्युमा समेत गर्छ राज्यले भेदभाव
छुट्याउन सक्दैन कुन हो असल कुन हो खराव ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची~<•>~
कतिखेर समाप्त हुन्छ जीवन कसले छ देखेकाे ?
आफैँ मेटाएर मेटिन्न निधारमा भावीले लेखेकाे ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम । हाल भारतबाट~<•>~
लेखिन्छ कहाँ भाग्यकाे रेखा काेर्ने हाे आफैले
नासिन्छ दिमाग जहिले नि खाेजेमा नाफैले ।
✍️ जी.वि.कश्यप घाेराही,दाङ ।~<•>~
पुरानो नै यो छ चलन
मान्छेले गर्दछ जलन ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ~<•>~
जनताले नेतालाई ठुल्ठालु आदरणीय मान्छ
उसले मरेको लासमाथि पनि कमिशन खान्छ।
✍️ रमेश दियाली
शेल्पू सिटोंग दार्जिलिङ।~<•>~
मर्दा विभेद स्वीकार छ भन्दछु दाइलाई
बाँच्दा विभेद गर्न नसिकाऊ है भाइलाई ।
✍️ नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।~<•>~
धनी अनि गरिब बीच खाडल खनिरहन्छन्,
देखादेखि विभेद गरि तगाराे बनिरहन्छन् ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा~<•>~
बाँच्ने रहर हुँदाहुँदै आइपुग्यो काल लिन
लासमा पनि भेदभाव हुने कस्तो आयो दिन ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत~<•>~
विभेदैकाे खानीमै डुबेर समय गयो
रमाउदै भन्दा जिन्दगी रुदै जाने भयाे ।
ईश्वर अछाम~<•>~
कहिल्यै कसैलाई नगरौँ विभेद नेपालमा
आआफ्नो गरेर खान्छन् सबैले भएको भाग्यमा ।
✍️लक्ष्मी रिजाल
कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।~<•>~
विधिवत् देशमा शासन चलेन, यसमा गहिरो खेद
मृत्यु जस्तो संवेदनशील अवस्थामा समेत विभेद ?
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।~<•>~
सरकारी व्यक्ति सबै नेताकै भरमा चल्न थाले
जनताको चयन खुसी खोसी नेताले सबै फाले ।
✍️ सुनगाभा पोखरेल
हाल : नेपालगन्ज~<•>~
लेखौँ त के लेखौँ पैसाको दममा बिकाउ बन्यौँ सरकार
विरोध गरौँ त गाँस बास कपास नै खोसिन्छ बारम्बार ।
✍️बिकास छेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
What i do not realize is in fact how you are no longer actually much more wellfavored than you might be right now Youre very intelligent You recognize thus considerably in relation to this topic made me in my view believe it from numerous numerous angles Its like men and women are not fascinated until it is one thing to do with Lady gaga Your own stuffs excellent All the time handle it up
Ny weekly I do not even understand how I ended up here, but I assumed this publish used to be great