साताका उत्कृष्ट झिल्काहरू- २२

  • ५ श्रावण २०८१, शनिबार १०:३३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २२ का लागि झिल्काकारत्रय भिक्षु ईश्वर, मनोहरी पौडेल र सविता भट्टराईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    क)
    मेरो मृत्युकाे खबर
    आज थाहा पाएँ
    बितेकाे केही प्रहर ।
    ख)
    दु:खहरूकाे सम्मेलन हुँदैछ
    याे मनकाे दुनियाँमा
    पीडाहरूले शिखर छुँदैछ ।
    ग)
    सम्झिएर उसैलाई घरी
    याद आउँछ मनमा
    सधैँ साउने झरी ।
    ✍️ भिक्षु ईश्वर


    [२]
    क)
    जिन्दगी बनाउन गाह्राे
    बगाउने ठेगान छैन
    वर्षामा पर्दछ साह्रो ।
    ख)
    घुमेर आउने कालमा
    नसुध्रिने स्थिति हाम्रो
    फसियो कुटनैतिक चालमा ।
    ग)
    नेपाल धर्तीको स्वर्ग
    बनाए अख्तियार पाउनेले
    लडाइँ झगडाको नर्क ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट,१


    [३]
    क)
    भएछ बर्सात झरी
    रोपाइँ कतै नछुटोस्
    पुगोस् अन्न वर्षैभरि !
    ख)
    कसैलाई पनि नघोच
    सुमधुर बनाऊ नाता
    सकारात्मक राख सोच !
    ग)
    झिल्का भयो साथी
    कहिल्यै पनि ननिभोस्
    पुगोस् माथि माथि !
    ✍️ सविता भट्टराई, जनकपुर


    6 thoughts on “साताका उत्कृष्ट झिल्काहरू- २२

    1. Wonderful beat I wish to apprentice while you amend your web site how could i subscribe for a blog web site The account aided me a acceptable deal I had been a little bit acquainted of this your broadcast provided bright clear idea

    2. Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

    3. I do trust all the ideas youve presented in your post They are really convincing and will definitely work Nonetheless the posts are too short for newbies May just you please lengthen them a bit from next time Thank you for the post

    Leave a Reply