
झिल्का लेखन अभियानको २३ औँ शृङ्खला (आदिकवि भानुभक्त विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>—————
[१]
क)
नेपाली साहित्यका रवि
राष्ट्रिय विभूति भानुभक्त
हुन् हाम्रा आदिकवि !
ख)
रामायण, भक्तमाला पनि
पस्किए प्रश्नोतरी, बधूशिक्षा
होउन् कर्तव्यपरायण भनी ।
✍️ वसन्त अनुभव, घोराही, दाङ
————-==———–
[२]
क)
भानुभक्त जस्तै बनेर
बढेको आज अगाडि
ज्योति छर्छु भनेर !
ख)
आयो अब पालो
हित हुने काममा
बोक्नु पर्छ कोदालो !
✍️ सञ्जना शर्मा, लमही दाङ
————-==———–
[३]
क)
भानुभक्त थिए कवि
अद्वितीय लेखनका उनकाे
बनाए आफ्नाे छवि ।
ख)
रामायण उनले लेखे
लेखे नेपाली भाषामा
उनले हृदयमा देखे ।
✍️ नवराज भट्ट, कञ्चनपुर
————-==———–
[४]
भानुभक्त हुन आदिकवि
ज्ञान उनकै सिक्नुछ
देखिन्छ कविको छवि !
✍️ धनमाया चौधरी, कैलाली
————-==———–
[५]
क)
असल साहित्यका छवि
नेपालका महान सपुत
हुन् भानुभक्त आदिकवि
ख)
धेरै गरे प्रचार
दिएर ठूलो योगदान
भानुभक्त बने साहित्यकार ।
✍️ अनिता भण्डारी, ताप्लेजुङ
————-==———–
[६]
क)
घाँसीकाे कुराले छाेयाे
कविता लेख्न थाले
इतिहास सम्झेर राेयाे ।
ख)
भानु जयन्ती मनाउँ
समर्पण गर्दै आफूलाई
कवि जस्तै बनाउँ ।
✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
————-==———–
[७]
क)
नेपाली साहित्यको छवि
उज्जर पार्न खोज्दाखोज्दै
अस्ताएका थिए आदिकवि l
ख)
घाँसीबाट प्रेरित भएर
भाषा बोधक बने
नेपाली साहित्यमा रहेर l
✍️ बाबुराम गौतम, गुल्मी
————-==———–
[८]
क)
चुँदी रम्घा गाउँ
संसारमै फैलियो उनको
भानुभक्त हो नाउँ ।
ख)
वधूशिक्षा, भक्तमाला रामायण
चिनायो विश्वमै भानुभक्त
साक्षात् स्वरूप नारायण ।
ग)
अर्ती घाँसीको पाई
जीवन सार्थक पारे
सुन्दर काव्य बनाई !
✍️ कमल बगाले
————-==———–
[९]
क)
नेपालीका कवि भानु
माना खाएर आफ्नै
भएका छन् छानु ।
ख)
युग अनुसारको दिए
चेतना बुझेर जानेसम्म
बुज्रुकहरूले जानेर लिए ।
ग)
हेला नगरौँ भाषालाई
भाषाहरू सबै समान
सबै नेपाली दाजुभाइ ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
————-==———–
[१०]
सारा हटाइ बाधक
सिर्जना जीवन मान्ने
थिए भानु साधक !
✍️ आर्त अकुलीन
————-==———–
[११]
जब घाँसीलाई देखे
मनमा लिएर ज्ञान
प्रशस्त कृतिहरू लेखे ।
✍️ वेल तामाङ
————-==———–
[१२]
क)
भानुभक्त अमर भए
रामायण काव्य लेखेर
इतिहासमा चम्केर गए ।
ख)
घाँसीको अर्ती ज्ञानले
संस्कृति कला छोडेर
भए प्रख्यात ध्यानले
✍️ बेदु न्यौपाने
————-==———–
[१३]
क)
भानुभक्त आदिकवि भए
सिके घाँसीसँग पनि
साहित्यिक यात्रामा गए ।
ख)
तनहुँको रम्घमा जन्मिए
धनञ्जय मायाको कोखमा
बाजेले हौसला दिए ।
✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८
————-==———–
[१४]
बनाएर साहित्यमा छवि
साहित्यलाई अमर बनाउने
नेपाली सपुत आदिकवि ।
✍️ दुर्गा भट्टराई, मोरङ
————-==———–
[१५]
क)
बनाई साहित्यमा छवि
उदाए साहित्य जगतमा
कहलिए उनी आदिकवि ।
ख)
नेपाली साहित्यको सेवा
रामायण कण्ठस्थ गरेर
फैलाए जगतमा टेवा ।
✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
————-==———–
[१६]
क)
नेपाली भाषाकाे एकता
जान्छ श्रेय भानुलाई
कवितामा उत्तिकै क्षमता ।
ख)
कस्ता बाैद्धिक घाँसी
भानुभक्तलाई प्रेरणा यिनले
दिन्थे अरे हाँसी ।
ग)
कविता लेख्थे छन्द
दिने आनन्द मनलाई
मुस्कान थियाे मन्द ।
✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
————-==———–
[१७]
क)
घाँसीबाट अर्ती लिएर
आदिकवि बन्यौ तिमी
नेपालीमा कविता दिएर ।
ख)
सत्कर्ममा अघि सरेर
नेपालीको घरघर पुर्यायौ
रामायण अनुवाद गरेर ।
ग)
सम्झेर आफ्नै भाइ
कृतिहरू प्रकाशित गर्दै
मोतीरामले चिनाए तिमीलाई ।
✍️ अरुण कुमार भुजेल, गोरुबथान, कालेबुङ, भारत।
————-==———–
[१८]
क)
भानुकाे भावना अङ्गाली
उपकार गराैँ सबैकाे
जनमनकाे साहित्य सङ्गाली ।
ख)
घाँसीकाे मनाेभाव बुझेर
तिर्खा मेटाउँ प्यासीकाे
दिव्य चक्षु खाेलेर ।
✍️ हरिगापाल न्हुच्छेँ प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार ।
————-==———–
[१९]
क)
भानु तिम्रा संझनामा
छन्दहरू बग्न थाले
नेपालको कुना कन्दरामा !
ख)
भाषाबाट दिन आवाज
सजिलो बनायौ भानु
बाँधियो तत्कालीन समाज ।
✍️ मनोहरी पौडेल, गैडाकोट १
————-==———–
[२०]
क)
भानुको भाषिक एकीकरण
राम्रो कार्यशैलीको नमूना
उनकै परौँ चरण ।
ख)
वहुजन हितायको काम
सरल रामायण लेखी
जगतमा राखे नाम ।
ग)
कारागारमा बसी लेखेर
सुधारात्मक सन्देश दिए
हिजोका समाज देखेर ।
✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
————-==———–
[२१]
क)
घाँसीबाट प्रेरणा पाएका
आदिकवि भानुभक्त अमर
नेपाली मनमा छाएका ।
ख)
नेपाली भाषा सजिलो
साहित्यमा पुर्याए योगदान
बनाएका थिए मलिलो ।
ग)
इतिहासमा नाम लेखाए
महान बनेका भानुभक्त
साहित्यको बाटो देखाए ।
✍️ पृथक प्रकृति
————-==———–
[२२]
क)
लेखौँ झिल्का सभ्य
मनाऔँ भानु जयन्ती
लेखेर सुनाएर भव्य ।
ख)
हुन् नेपाली रक्त
दुनियाँका मनमा सजिने
राष्ट्रिय विभूति भानुभक्त ।
✍️ दीप गोले तामाङ, रौतहट
————-==———–
[२३]
क)
तनहुँको रम्घामा जन्मिएका
घासीको प्रेरणाबाट उनी
आदिकवि नामले चिनिएका।
ख)
पहिलो महाकाव्य भनियो
भानुभक्तको रामायण नै
इतिहासमा नाम गनियो ।
✍️ कला ढकाल झापा
————-==———–
[२४]
क)
भानुभक्त दिलका कवि
पुगे अनि पुगिरहे
नपुगेका ठाउँमा रवि ।
ख)
आँखाले देखेको छाडेनन्
दर्जनको छाती चिरे
सज्जनलाई कहिल्यै माडेनन् ।
✍️ नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । हाल– एनेलकुटी, सिरहा ।
————-==———–
[२५]
क)
भानु तिमी आऊ
काठमाडौँ नगरीलाई पुन:
रामायणको भाका सुनाऊ !
ख)
चुँदीबेँसी एक्लै परेछन्
घाँसीले घाँस काट्ने
कान्ला पहिरोमा झरेछन् ।
ग)
भानु पुन: आऊ
चुँदीबेँसीसँगै खुसी भई
नेपाली भाषामा रमाऊ ।
✍️ शशी आचार्य
————-==———–
[२६]
क)
भानुको नाम जप्दै
लेखौँ झिल्का कविता
शब्दमा शब्द थप्दै ।
ख)
साहित्यमा ठुलो योगदान
थियो आदिकवि भानुभक्तको
घाँसीबाट लिएर ज्ञान ।
✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो), कनकाई ४ झापा
————-==———–
[२७]
क)
नेपाली भाषाको सुरु
दिनको तुलनामा रात
आदिकवि सबैको गुरु ।
ख)
भाषाको पहिलो काम
कहिलेसम्म यसरी पर्खिरहने
भानुभक्तले राखे नाम ।
ग)
सबैले गरौँ मान
दुनियाँको नजरमा देखिन्छ
नेपालीको उनी शान ।
✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
————-==———–
[२८]
क)
एउटा कुवा खन्ने
घाँसीबाट प्रेरणा मिल्यो
मरेर अमर बन्ने !
ख)
घाँसीबाट प्रेरणा पाएर
रामायण अनुवाद गरिकन
सुनाए सबैलाई गाएर ।
✍️ पशपती राई खोटाङ ।
————-==———–
[२९]
क)
ज्ञानका दाता भानुभक्त
भद्र शालीन सदा
अमर हुनुहुन्छ सशक्त ।
ख)
हुन् ज्ञानका ज्योति
नेपाली साहित्य जगतका
अमूल्य रत्न मोती ।
ग)
मनकाे बादल हटाउने
उहाँ नै हो
ज्ञानको बाटाे देखाउने ।
✍️ ईश्वर साउद (भिक्षु )
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
————-==———–
[३०]
क)
भानुको नाम लिएर
लेखौँ झिल्का कविता
शब्द शब्द सिएर ।
ख)
बनाए अलग्गै छवि
चम्किए साहित्य क्षेत्रमा
नाम लिएर आदिकवि ।
✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
————-==———–
[३१]
क)
आदिकवि थिए भानु
रामायणका पारखी अनि
नेपाली साहित्यको रानु ।
ख)
गरेका ठूला काम
विश्वभरि कहलिए
भानु भनेर नाम ।
ग)
ज्ञान सबैले पाए
भानुभक्तको जयन्तीको अवसरमा
भानुको गुणगान गाए ।
✍️ केसर बाेहरा ( सङ्घर्ष) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
————-==———–
[३२]
भानुभक्त सशक्त आदिकवि
नेपाली भाषा साहित्यका
सधैँ उदाउँदो रवि ।
✍️ शोभा आचार्य गौतम
————-==———–
[३३]
क)
भानुभक्त हुन् आदिकवि
नेपाली साहित्यमा उनले
राखे उच्च छवि।
ख)
प्रेरणा घाँसीबाट पाए
तत्पश्चात् नेपाली साहित्यमा
अमिट छाप बनाए ।
ग)
साहित्यमा थपे ज्ञान
मरेर गए पनि
सदा उँचो सम्मान।
✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
————-==———–
[३४]
बाह्र सत्ताइसे कुरा
कस्लाई उदाउँदा हुन्
यस्तो लाग्ने छुरा !
✍️ सुरेश कार्की
————-==———–
[३५]
सबको मनमा भानुभक्त
साहित्य, कला, संस्कृति
सबमा होस् अनुरक्त ।
✍️ प्रेम थापा “मन”बागलुङ
————-==———–
[३६]
क)
देखाएरै आफ्नाे छवि
उनी भानुभक्त बन्नसके
नेपालका नामुद आदिकवि ।
ख)
साहित्यकाे जग बसाए
हरेक नेपाली मुटुमा
कवित्व भाव पसाए ।
✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
————-==———–
[३७]
क)
बनाई छुट्टै छवि
भानुभक्त तिमी बन्यौ
नेपाली साहित्यका आदिकवि ।
ख)
बिहानै उदाएझैँ रवि
चम्कियो साहित्य क्षेत्र
भानुभक्त बनेर आदिकवि ।
✍ Amrit KO Ira Ala, पोखरा -१८ ,चंखपुर
————-==———–
[३८]
क)
रामायण नेपालीमा अनुवाद
भानुभक्तले गरे सहजै
लेखियो सर्वत्र निर्वाध ।
ख)
प्रेरणा घाँसीको देखियो
जाग्यो परोपकारी भावना
नेपालीमा रामायण लेखियो ।
✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
————-==———–
[३९]
क)
भानुभक्त साहित्यले भन्यो
गरेर ठूलो परिश्रम
अमर आदिकवि बन्यो ।
ख)
खै कसले देख्यो
नेपाली भाषाको रामायण
भानुभक्तले नेपालीमा लेख्यो ।
✍️ भुपेन्द्र राना मगर, धादिङ
————-==———–
[४०]
क)
रामायण अनुवाद गरेर
बसे नेपाली मनहरूमा
सुन्दर साहित्य छरेर ।
ख)
कृतिको महिमा बढाए
लिएर घाँसीबाट प्रेरणा
साहित्यमा नै रमाए ।
✍️ सुस्मिता अधिकारी, काठमाडौँ
————-==———–
[४१]
क)
मान सम्मान सभ्य
देशमा भानुको जन्मजयन्ती
साहित्यमा पाराैँ भव्य ।
ख)
राखेर साहित्यमा छवि
मरेर पनि अमर
छन् भानुभक्त आदिकवि ।
✍️ श्रीकृष्ण धामी – बझाङ
————-==———–
[४२]
क)
भाषा साहित्यको छवि
प्रकाश समान फैलाउने
विभूति हुन् आदिकवि !
ख)
युगानुयुग सर्वश्रेष्ठ द्रष्टा
आदिकवि भानुभक्त हुन्
नेपाली साहित्यका स्रष्टा ।
✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
————-==———–
[४३]
क)
भएका विशिष्ट छवि
घाँसीकाे प्रेरणाले गर्दा
भए आज आदिकवि ।
ख)
रामायण र भक्तमाला
रामलाल पात्र बनाएर
भित्र रहेर सालाखाला ।
ग)
नाम उनको भानुभक्त
एकदिनमा काव्य लेख्ने
थियाे उनमा सशक्त ।
घ)
केही हुँदैन नामले
भन्ने लाग्यो उनलाई
घाँसीकाे एक कामले ।
✍️ भवानी पाेखरेल (बाबू विराज), चार नम्बर कपिलवस्तु
————-==———–
[४४]
क)
भानुभक्त साहित्यका रवि
भाषालाई सबल बनाए
हाम्रा आदरणीय आदिकवि ।
ख)
गुञ्जियो रामायण घरघरमा
बाल, वृद्ध अनपढहरूलाई
कण्ठस्थ सुनेको भरमा ।
ग)
भाषा बनाए समृद्धिशाली
उनेर शब्दहरूका माला
विश्वमा पहिचान नेपाली ।
✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
————-==———–
[४५]
साहित्यका हस्ती आदिकवि
सदैव हाम्रो मनमा
बसेका बनाएर छवि |
✍️ सरिता सेढाई, धादिङ
————-==———–
[४६]
गरेर कठोर काम
आदिकवि भानुभक्त जस्तो
बल्ल हुन्छ नाम ।
✍️ गंगाराम यादव, औरावनी २ सुनसरी
————-==———–
[४७]
घरमै मिल्यो दीक्षा
घाँसीबाट ज्ञान पाए
लेखे उत्कृष्ट वधूशिक्षा ।
✍️ सुनगाभा पोखरेल, हाल नेपालगन्ज
————-==———–
[४८]
क)
पछाडिको घटना देखे
दुरदर्शी नजर उनको
रामायण भानुले लेखे ।
ख)
भानुभक्त जयन्ती मनाउँ
पुण्यको काम गरेर
समाजसेवी आफूलाई जनाउँ ।
✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा
————-==———–
[४९]
क)
संस्कृत भाषालाई नेपालीमा
छन्दोबद्ध अनुवाद गरे
आदिकविले आफ्नै कसिमा ।
ख)
रामायण गुञ्जियो घरघरमा
सबैले श्लोक भनिरहन्थे
नेपाली जातिका थरथरमा ।
ग)
भानु जयन्तिको उपलक्षमा
विश्वका सम्पूर्ण साथीसङ्गीहरूलाई
ससम्मान भक्तिसाथ शुभकामना !
✍️ गुणनिधि घिमिरे, अमेरिका
————-==———–
[५०]
क)
बहुभाषी नेपाली जनलाई
बनाए एक भानुभक्तले
बहुजातीय नेपाली मनलाई ।
ख)
लेखे अनेकौँ कृतिं
मौलिक रूपको रामायणसँग
लगाए सबैले प्रीति ।
✍️ सतीश पण्डित, भानु ६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ।
————-==———–
[५१]
थियौ भानुभक्त साधारण
रामायण गरेर उल्था
छोयौ नेपालीको मन ।
✍️ राजु भन्डारि, बैरिया १ कपिलवस्तु
————-==———–
[५२]
देखिए पहिले सशक्त
नेपाली साहित्य जगतमा
उनै आदिकवि भानुभक्त ।
✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
————-==———–
[५३]
क)
आदिकवि भानुभक्त आचार्य
भावनाले भरिपूर्ण साहित्यमा
कदम चलाएका अनिवार्य !
ख)
घाँसीको लय लेख्थे
उनी भानुभक्त आचार्य
संसार त्यसैमा देख्थे !
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
————-==———–
[५४]
क)
घाँसीबाट पाए ज्ञान
त्यही अर्ती भयो
गरेनन अरू ध्यान ।
ख)
साहित्यका छवि बनेर
अजर अमर बने
आदिकवि भानुभक्त भनेर ।
✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
————-==———–
[५५]
क)
नेपाली साहित्यका धरोहर
साहित्यमा कलम चलाए
भानुभक्तलाई मानेर भर ।
ख)
घाँसीले कुवा खनाए
उनकै अर्तीबाट आज
आदिकवि भानुभक्त बनाए ।
✍️ ललिता गिरी सिन्धुली, हाल काठमाडौँ नेपाल
————-==———–
[५६]
क)
उनै भानु आदिकवि
नेपाली साहित्यको सान
बढाए अतुलनीय छवि ।
ख)
रघुवंशी गाएर गान
नेपालीमा भयो उल्था
साहित्यको अलौकिक सान ।
✍️ तोया नाथ चापागाईं, दमक,झापा,नेपाल
————-==———–
[५७]
क)
निरन्तर कलम समायौ
जिन्दागी सुम्पियो लेखनमा
शीर्षस्थानमा ठाउँ बनायौ ।
ख)
भानुभक्त साहित्यका राजा
अतुलनीय योगदान दिए
बनेँ सबैका साझा ।
✍️ राजन ग्याल्दाङ् घले ( गोरखा )
————-==———–
[५८]
क)
प्रेरणाका स्राेत भानु
निदाए पनि उठेका
सत्यमार्ग बुझ सानू ।
ख)
धनदाैलत भन्दा ठूलाे
समाजलाई चेतना दिने
भानुले खनेका कुलाे ।
✍️ जि.बि. चिन्तन
————-==———–
[५९]
क)
भानु पराेपकारी थिए
बटुवालाई पानी खान
चट्ट कुवा खनाइदिए ।
ख)
घाँसीबाट शिक्षा लिए
सबैले पढन सक्ने
सरल रामायण दिए ।
✍️दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर ।
————-==———–
[६०]
भाषा साहित्यको नक्षत्र
आदिकवि बनेर छायौ
साहित्यमा राज एकछत्र ।
✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
————-==———–
[६१]
क)
भानुभक्त थिए आदिकवि
गए साहित्यमार्फत समाजमा
छोडेर आफ्नो छवि ।
ख)
भानुभक्त साहित्यका तारा
लेखे रामायण काव्य
चिनिए विश्वमा सारा ।
✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
————-==———–
[६२]
क)
भाषामा मिठास लोकप्रियता
सबैको मुखमा झुण्डिएको
संस्कार संस्कृति संयमता ।
ख)
घाँसीको थियो प्रेरणा
बाढी छुट्यो भाषाको
फूलाएर कलमको फणा ।
ग)
भाषा बनिरह्यो जीवन्त
युगका महान् कवि
रहिरहन्छन् मनमा अनन्त।
✍️ घनश्याम पन्त, हरिवन सर्लाही
————-==———–
[६३]
क)
भानु हुन् आदिकवि
देशको उज्ज्वल तारा
साहित्य जगतको रवि।
ख)
भानुले रामायण लेखे
साहित्य राम्रो बनाउन
उनैले आँखा देखे ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
————-==———–
[६४]
क)
भानुभक्त हाम्रा आदिकवि
रामायण श्लाेक जनजिब्राेमा
उदाएझैँ हरदिन रवि ।
ख)
बुद्धि धनले नआउने
कुवा खन्ने घाँसीलाई
पथप्रदर्शक भानुभक्तले पाउने ।
✍️ हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान
————-==———–
[६५]
क)
साहित्य क्षेत्रमा महान
आदिकवि हुन् साहित्यको
गरौँ सबैले सम्मान ।
ख)
लेखी कृति हजार
अमर छन् सधैँ
बने आदिकवि साहित्यकार ।
ग)
आदिकवि हुन् जान
कोरेर रचना सधैँ
गरे साहित्यमा योगदान ।
✍️ अरुणा बास्कोटा, धादिङ
————-==———–
[६६]
क)
भानुभक्त अग्रज कवि
श्रद्धासुमन अर्पण गराैँ
बचाई उनको छवि ।
ख)
भाषा साहित्य संस्कृति
हो पहिचान हाम्रो
हटाऔँ खराब प्रवृति ।
ग)
छ हाम्रो चाहना
भानु तिम्रो जयन्तीमा
सबैलाई हार्दिक शुभकामना !
✍️ जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ।
————-==———–
[६७]
चम्किए साहित्यमा भानु
बचाए भाषा साहित्य
बनेर समाजकाे रानु ।
✍️ ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
————-==———–
[६८]
नेपाली साहित्यका नामी
रामायण पढ्दा सम्झन्छौँ
आदिकवि भानुभक्तलाई हामी।
✍️ पुष्पा सुवेदी, नेपालगन्ज, बॅाकें।
————-==———–
[६९]
क)
भानु हुन् नक्षत्र
नेपालका हाम्रा लागि
यिनकै नाम यत्रतत्र ।
ख)
देशलाई उजिल्याउने रवि
भानुभक्त सबैले मान्नु
यिनै नेपालका आदिकवि ।
ग)
राखे देशको नाम
आफू अमर भए
गरेर उज्ज्वल काम ।
✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
————-==———–
[७०]
क)
भानुभक्तको जयन्ती आज
अमर बने सधैँलाई
पारेर साहित्यलाई साज ।
ख)
धेरै कृतिहरू लेखे
चिनिए उनी विश्वसामु
सबैले उनलाई देखे ।
ग)
वर्षमा एकदिन सम्झना
विश्वभरी रहेका नेपालीहरूलाई
भानु जयन्तीको शुभकामना !
✍️ अनिता कार्की, पाँचथर
————-==———–
[७१]
हाम्रा हुन् भानु
प्रेरणा लिने भए
भाषाका एक रानु ।
✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी, मधेस
————-==———–
[७२]
आदिकवि भानुभक्त थिए
निरन्तर कलम चलाई
साहित्यमा योगदान दिए ।
✍️ धनुष न्यौपाने
जुम्ला
—-<••:जय झिल्का! जय साहित्य!:••>—-
Hi my family member I want to say that this post is awesome nice written and come with approximately all significant infos I would like to peer extra posts like this
Fantastic beat I would like to apprentice while you amend your web site how could i subscribe for a blog site The account helped me a acceptable deal I had been a little bit acquainted of this your broadcast offered bright clear concept
Its like you read my mind You appear to know a lot about this like you wrote the book in it or something I think that you could do with some pics to drive the message home a little bit but instead of that this is fantastic blog An excellent read I will certainly be back
Somebody essentially lend a hand to make significantly posts I might state That is the very first time I frequented your web page and up to now I surprised with the research you made to create this particular put up amazing Excellent job
I do believe all the ideas youve presented for your post They are really convincing and will certainly work Nonetheless the posts are too short for novices May just you please lengthen them a little from subsequent time Thanks for the post
Temp mail Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.