विशेष झिल्का लेखन अभियानको २२ औँ शृङ्खला (लालीगुराँस विषयक) सम्पन्न

  • १ श्रावण २०८१, मंगलवार ०९:०६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २२ औँ शृङ्खला (लालीगुराँस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    मनमोहक सुन्दरता मूल
    गुराँस आहा ! पाखापखेरामा
    नेपालको राष्ट्रिय फूल !
    २//
    राता, सेता अनेकथरी
    देखिन्छ स्वर्गझैँ मुलुक
    फुल्दा गुराँस पाखाभरि !
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    लालिगुराँस फुलेर वनमा
    पहिचानको छाताले ढाकेर
    लुकाउने सबैको मनमा!
    २//
    पाखापखेराको रङ्ग फेरेर
    लोभ तुल्याउने दर्शकको
    कहिल्यै नअघाउने हेरेर !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ————-==———–
    [३]
    १//
    पाखाभरि सुन्दरताको मूल
    सेतो रातो ढकमक्क
    फुल्यो लालीगुराँस फूल !
    २//
    लालीगुराँसले देखायो पहिचान
    फुलेर हिमाली पाखामा
    राख्यो राष्ट्रिय सान !
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [४]
    १//
    वन ढाकेर फुल्ने
    लालीगुराँस फूल देखेर
    मन त्यतै झुल्ने !
    २//
    लालीगुराँस लेकैमा फुलेको
    साइलाको आडैमा बसेर
    गाएको छैन भुलेको !
    ३//
    मनलाई खुसी दिन
    अब लेखतिर जाऔँ
    लालीगुराँस फूल लिन ।
    ✍️ ललिता गिरी, सिन्धुली हाल काठमाडौं नेपाल
    ————-==———–
    [५]
    १//
    फुल्छ गुराँस वनमा
    राष्ट्रियताको भावना बोकेर
    छुन्छ सबैको मनमा !
    २//
    नेपालीको दिन्छ पहिचान
    राष्ट्रको गौरव बढाउँदा
    अझै आउॅंछ शान !
    ३//
    नेपालको लालीगुराँस फूल
    पहिचान दिनेलाई सबैले
    नगरौँ अबदेखि भूल !
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [६]
    १//
    फुलेर लालिगुराँस वनमा
    देखियो सुन्दरताको महल
    उमङ्ग छायो मनमा ।
    २//
    रङ्गीचङ्गी बनेर फुल्यो
    छरेर सुगन्ध वनभरि
    देखेर मन भुल्यो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. ६ सङ्खुवासभा।
    ————-==———–
    [७]
    १//
    राताम्मै गुराँस पाखाभरि
    अप्ठ्यारोमा पनि फुल्छन्
    मन चन्चल हुनेगरी ।
    २//
    पहाडी सुन्दरताको वर्णन
    गुराँस पनि अनेकथरी
    उचाइसँगै रङ्गमा परिवर्तन ।
    ✍️ सतीश पण्डित,बभानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्थ।
    ————-==———–
    [८]
    १//
    नेपालको राष्ट्रिय फूल
    लालीगुराँसको छुट्टै विशेषता
    राष्ट्रिय चिन्हको मूल !
    २//
    धेरै प्रजातिका फुल्छन्
    नेपालको उच्च पाखापखेरामा
    लालीगुराँसको अध्ययनकर्ता डुल्छन् ।
    ३//
    विश्वको मनमोहक फूल
    सबैले संरक्षण गरौँ
    लालीगुराँस मास्नु भूल ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [९]
    १//
    लालीगुराँस फूल्यो वनमा
    सम्झना आउँछ गाउँको
    विरह चल्छ मनमा ।
    २//
    लालीगुराँस राष्ट्रिय फूल
    राष्ट्रको सुन्दर पहिचान
    यसलाई कदापि नभुल ।
    ✍️ पुरुषोत्तम फुयाल, साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    ————-==———–
    [१०]
    भिरमा फुलेको गुराँस
    हेरेर चित्त बुझाउँदा
    मनमा मिठो आभाष !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [११]
    १//
    रङ्गीन फूल वनभरि
    मनमोहक हेरिरहूँ लाग्ने
    इच्छा आकाङ्क्षा मनभरि ।
    २//
    लालीगुराँस फूल हिमरानी
    पर्यटक आउँछन् हेर्न
    भर्छन् आँखाको नानीब।
    ✍️ उमा रिमाल, संखुवासभा 🇳🇵
    ————-==———–
    [१२]
    लालीगुराँस रातो राम्रो
    देशको आहा शिरफूल
    पहिचान बोक्छ हाम्रो ।
    ✍️ रचना शर्मा प्रतीक्षा, इमाडोल , ललितपुर ।
    ————-==———–
    [१३]
    १//
    सुन्दर लालीगुराँस फूल
    पहाडको साैन्दर्यकी खानी
    राष्ट्रिय चिन्हहरूको मूल ।
    २//
    वनपाखाभरि नै फुल्ने
    गुराँस फूलको साैन्दर्यले
    मनको पीडाहरू भुल्ने ।
    ३//
    लालिगुराँस राष्ट्रिय फूल
    राष्ट्रमाथि खेलबाड गरे
    हुन्छ त्यो महाभूल ।
    ✍️ जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ।
    ————-==———–
    [१४]
    १//
    भिरपाखामा चट्ट फूल्छ
    लालीगुराँस भएर राताम्मै
    मानिसको मन भुल्छ ।
    २//
    राष्ट्रिय गौरव हाम्रो
    पाखाभरि लालीगुराँस फूल
    जाेगाउँदा सबैले राम्रो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    ————-==———–
    [१५]
    १//
    प्रकृतिमा सुन्दर फूल
    लालीगुराँस देख्दा मान्छेकाे
    हुन्छ मन चुलबुल ।
    २//
    ईलामकाे मिल्के डाँडा
    झुम्म फुलेकाे गुराँस
    हुँदैन यसमा काँडा ।
    ३//
    राष्ट्रकाे याे पहिचान
    निशानी छापमा समेत
    यसकाे अति मान ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१६]
    १//
    पहाडमा फुलेकी रानी
    हाम्रो राष्ट्रिय पहिचान
    सौर्न्दर्य नेपालको खानी ।
    २//
    हुँ राष्ट्रिय फूल
    काट्छ किन मलाई
    स्वार्थी मान्छेको हुल ।
    ३//
    मलाई फूल्न दिँदैन
    काट्छन् मन्दिरको लागि
    हरियो वन लिँदैन।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१७]
    १//
    फागुन चैत फुल्दछ
    आहा ! लालीगुराँस रक्ताम्यै
    सबैको मन भुल्दछ ।
    २//
    लालीगुराँस हाम्रो सान
    विश्व माझ चिनाउने
    गर्नुपर्छ यसलाई सम्मान ।
    ✍️ दीप गोले तामाङ, रौतहट
    ————-==———–
    [१८]
    १//
    लालीगुराँस राष्ट्रको सान
    राष्ट्रिय फूल हाम्रो
    गौरव अनि पहिचान ।
    २//
    रङ्गीन बनाउँछ वन
    खुसी हुन्छ सबैको
    चैत, बैशाखमा मन ।
    ✍️काजल न्यौपाने, भोजपुर
    ————-==———–
    [१९]
    १//
    पहाडमा फुल्छ फूल
    ढकमक्क लालीगुराँस वनमा
    नगराैँ फ्याक्ने भुल !
    २//
    चराउँदा बाख्रा वनमा
    टिपेर लालीगुराँस खाएकाे
    राखेको छु मनमा ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ————-==———–
    [२०]
    १//
    फूल फुलेछ वनमा
    वसन्तको आगमनसँगै हेर
    हर्ष भयो मनमा ।
    २//
    नेपालीको छुट्टै पहिचान
    राष्ट्रिय फूल फूल्दा
    देशकै हुन्छ सान ।
    ✍️ कला ढकाल, झापा
    ————-==———–
    [२१]
    १//
    देखेर वनैमा फुलेको
    राष्ट्रिय फूल लालीगुराँस
    मन उतै भुलेको ।
    २//
    हामी नेपालीको शान
    राष्ट्रिय फूल लालीगुराँस
    विश्वले चिनेको पहिचान ।
    ✍️ Amrit KO Ira Ala, पोखरा -१८,चंखपुर
    ————-==———–
    [२२]
    १//
    ढकमक्क फुल्दा पाखाभरि
    रक्ताम्य देखिन्छ वन
    हुन्छन् गुराँस नानाथरी l
    २//
    बढाउँछ नेपालीको शान
    विश्वसामु लालीगुराँस फूलले
    जताउदै नेपालको पहिचान l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [२३]
    १//
    लालिगुराँस राष्ट्रकै गौरव
    पलायो किन कुमति
    बन्दै पाण्डव कौरव ?
    २//
    छर्दै वासन्तिक छटा
    फैलियो सौन्दर्यको सौरभ
    फर्फराउँदै शिवका लटा !
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [२४]
    १//
    पहाडी क्षेत्रमा फुल्ने
    विभिन्न रङ्गको हुन्छ
    लालीगुराँसमा मन भुल्ने ।
    २//
    लालीगुराँस फुल्दा वन
    मनोहर देखिन्छ साथी
    लोभलाग्दो दृश्य झन ।
    ३//
    नेपाल राष्ट्रको प्रतीक
    लालीगुराँस फूल चिनारी
    नेपाली मनको नजीक ।
    ✍️ पृथक प्रकृति ,झापा
    ————-==———–
    [२५]
    १//
    गाउनू लालीगुराँसको महिमा
    सुन्दरताको प्रतीक भनी
    बढाउँदै देशको गरीमा !
    २//
    लालीगुराँस फूल्दा वनमा
    डुलिरहूँ जस्तो लाग्छ
    सम्झेर तिमीलाई मनमा ।
    ✍️ मोती योन्जन, सुब्बा दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२६]
    १//
    ढकमक गुराँस फुल्यो
    वनपाखा भयो राताम्य
    देखेपछि हृदय झुल्यो ।
    २//
    मन लोभ्याउने फूल
    गुराँस टिपेर फ्याँक्ने
    कहिल्यै नगर्नू भूल !
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [२७]
    १//
    लालीगुराँसको छ खानी
    मनको कुरा मनमै
    नेपाल संसारमा रानी ।
    २//
    राष्ट्रिय चिनारी हाम्रो
    दुनियाँको रमझममा पनि
    हेर्दा गजबको राम्रो ‌।
    ३//
    सुन्दर लालीगुराँस फूल
    दिनको तुलनामा रात
    नेपालको हामी मूल ‌!
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    भारत
    ————-==———–
    [२८]
    १//
    लालीगुराँस फुल्दा वनमा
    भिरपाखा देखिन्छन् रङ्गीन
    माया फुल्छ मनमा ।
    २//
    ढकमक्क गुराँस फुलेको
    उजाड वनमा रमाइलो
    देखेर मन भुलेको ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
    ————-==———–
    [२९]
    लालीगुराँस फुल्छ वनैमा
    अजम्मरी राष्ट्रिय फूल
    बसिरहन्छ नेपालीको मनैमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [३०]
    १//
    काेइलीकाे गाना सुन्दै
    वनमा फूल्याे गुराँस
    प्राकृतिक मधुमास चुन्दै ।
    २//
    राष्ट्रकाे सान लालीगुराँस
    देशकाे आफ्नै पहिचान
    एउटा सुन्दर इतिहास ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ , साँगा बजार।
    ————-==———–
    [३१]
    १//
    वसन्तमा फूलेको लालरानी
    वनै उज्यालो पार्ने
    औषधिको हौ खानी !
    २//
    ढकमक्क फूलेको पाखाभरि
    रातै देखिन्छ बनपाखा
    गुराँस हुन्छन् थरीथरी ।
    ✍️ धनमाया चौधरी, कैलाली ११
    ————-==———–
    [३२]
    १//
    वनमा गुराँस फुलेको
    हेर शिरमा लगाएँ
    कति राम्रो खुलेको !
    २//
    वन ढाक्यो लपक्कै
    दुलही जस्तै देखियो
    पाखा भए छपक्कै !
    ✍️ सञ्जना शर्मा, लमही दाङ
    ————-==———–
    [३३]
    १//
    पाखाभरि गुराँस फुल्यो
    मनमोहक दृश्य देखेर
    मनले पिरहरु भुल्यो।
    २//
    डाँडापाखा सुन्दर देखियो
    लालीगुराँस फूल फुलेर
    सबै हर्षित भेटियो ।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    [३४]
    १//
    फुल्दा रमाइलो हुन्छ
    लालीगुराँस ढकमक्क वनमा
    नहुदाँ मन रुन्छ ।
    २//
    नेपालको राष्ट्रिय फूल
    संरक्षण गरौँ सबैले
    लालीगुराँस हो नभुल ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [३५]
    १//
    पुगौँ गुराँसको राजधानी
    तीन जुरे डाँडा
    छ सुन्दरताको खानी ।
    २//
    पहिचान हो हाम्रो
    फुलेको छ ढकमक्क
    आहा ! कति राम्रो ।
    ३//
    चैत बैशाख फुल्ने
    राष्ट्रिय फूल लालीगुँरास
    मन त्यतै भुल्ने ।
    ✍️ अनिता कार्की, पाँचथर
    ————-==———–
    [३६]
    १//
    रक्तिम बनायौ गुराँस
    नेपालका पहाडी धरा
    तिमी नफूले उराठ ।
    २//
    गुराँसका जङ्गल पस्दा
    स्वर्गकै आभास हुन्छ
    अनुपम सुन्दरताले डस्दा ।
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [३७]
    १//
    इज्जत दिने लाली
    देशको सान यो
    अमृत दिने माली ।
    २//
    राष्ट्रले स्थान दिएको
    लालीगुराँसबाटै हामीले जान्यौँ
    उसैबाट इज्जत लिएको ।
    ✍️ नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । हाल– एनेलकुटी, सिरहा ।
    ————-==———–
    [३८]
    १//
    नेपालकाे राष्ट्रिय फूल
    लालीगुराँस एक मनमोहक
    पहाडी क्षेत्रको मूल ।
    २//
    विभिन्न प्रजातिका फूलेका
    नेपालका पाखापखेरामा लालिगुराँस
    हेर्न पर्यटक डुलेका ।
    ३//
    विश्वमा छुट्टै पहिचान
    सबैले संरक्षण गरौँ
    लालीगुराँस नेपालीको सान ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [३९]
    १//
    लालीगुराँस देशको निसानी
    पहिचान जगाउँछ नेपालको
    नगरौँ यसलाई हानी ।
    २//
    चैत, बैशाखमा रङ्गीचङ्गी
    लालीगुराँस फूलहरू सँगसँगै
    रमाउँछन् सबै साथीसङ्गी।
    ✍️ मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
    ————-==———–
    [४०]
    लालीगुराँस फूल राम्रो
    ढकमक वनमा फुल्दा
    देशको गहना हाम्रो ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
    ————-==———–
    [४१]
    १//
    वनैभरि फुलेका फूल
    लालीगुराँस कति राम्रो
    ढकमक्क बनेका झुल ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ————-==———–
    [४२]
    १//
    गुराँसको फूल फूल्यो
    हेरिरहुँ लागिरह्यो मलाई
    त्यसैमा मन भुल्यो ।
    २//
    जब लालीगुराँस बढ्यो
    डाँडा अनि पाखापखेरामा
    सौन्दर्यको लाली चढ्यो ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    ————-==———–
    [४३]
    १//
    त्यो पारी वन
    गुराँस फूलेको देखेर
    खुसी भयो मन ।
    २//
    टिप्नलाई नगरौँ भूल
    लालीगुराँस नै हो
    हाम्रो राष्ट्रिय फूल !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४४]
    १//
    लालीगुराँस फुले वनैमा
    जताततै रमाइलो भयो
    खुसी छायाे मनैमा ।
    २//
    नेपालको राष्ट्रिय फूल
    वनैभरि रमाइलो देख्दा
    शुद्ध हुन्छ कूल ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    ————-==———–
    [४५]
    १//
    रङ्गीन बनाउँछ जङ्गल
    संरक्षण गरौँ लालीगुँरासको
    हुन्छ सबैको मङ्गल ।‌
    २//
    पाखाभरि लालीगुँरास फूल
    राताम्मे देखेर हजुर
    हुन्छ मन चुलबुल !
    ३//
    लालीगुराँस हाम्रो सान
    राष्ट्रिय फूल देशको
    विश्वमा छुट्टै पहिचान ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [४६]
    १//
    गुराँस राम्रो फूल
    राष्ट्रियताको प्रतीक हो
    टिप्ने नगर्नुहोस् भूल ।
    २//
    हिमालको सौन्दर्य हेर
    गुराँसको फुल्ने मौसममा
    पर्यटन भुल्ने धेर !
    ३//
    गुराँस राम्रो मलाई
    डाँडामा रातै फुलेको
    हेर्न हर्ष बढाई !
    ✍️ भगवती दवाडी, झापा
    ————-==———–
    [४७]
    लालीगुराँस ढकमक्क वनमा
    तिमी सर्वत्र सजाइदेऊ
    स्वच्छ सुन्दर मनमा ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    [४८]
    १//
    गुराँस फुलेकाे वनमा
    कति रमणीय दृश्य
    हेर्दै आनन्द मनमा ।
    २//
    पहाडै देखियाे राम्राे
    ढकमक्क फुल्दा गुराँस
    राष्ट्रिय फुल हाम्राे ।
    ✍️ दिनेशकुमार शर्मा, हेटौँडा, मकवानपुर ।
    ————-==———–
    [४९]
    १//
    नेपालको राष्ट्रिय फूल
    लालीगुराँस वनको गहना
    काटेर नगर्नु भूल !
    ✍️ भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [५०]
    १//
    सुन्दर रङ्गमा सजिएको
    पहाडमा लालीगुँरास फूल
    देश सिंगारेर अग्लिएको ।
    २//
    औषधीको गुण पाइन्छ
    माछाको काँडा अड्केमा
    तुरुन्तै गुराँस खाइन्छ ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [५१]
    १//
    गुराँसले सुगन्ध छर्ने
    सधैँ राष्ट्र राष्ट्रियतामा
    देशको नाम भर्ने ।
    २//
    वसन्तमा सधैँ फुल्ने
    फुलेको लालीगुराँस देख्दा
    मन चारैतिर डुल्ने !
    ३//
    पहाडमा देखिन्छ राम्रो
    सधैँ सुगन्ध छर्ने
    राष्ट्रिय फूल हाम्रो !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५२]
    लालीगुँरास फुलेर रातै
    नेपाल प्रकृतिको भण्डार
    मनमाेहक छ वनपाखै ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ————-==———–
    [५३]
    १//
    चैत्रमा राता जङ्गल
    लालीगुराँस चहार्दै चराहरू
    काेइली गाउँछन मङ्गल ।
    २//
    लालीगुराँस निसानी हाम्राे
    माहुरी रमाउँछ त्यही
    रक्ताम्य पाखा राम्राे ।
    ✍️ हिरालाल न्याैपाने, बानपा ८,काेटमाैला,सल्यान
    ————-==———–
    [५४]
    १//
    मनै लोभ्याउने लालीगुराँस
    औषधीको काम गर्छ
    यसलाई बुझेमा खास !
    २//
    वन ढाकेर फुल्ने
    लालीगुराँस देखेर यहाँ
    सबैको मन भुल्ने ।
    ✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
    ————-==———–
    [५५]
    १//
    भावना लालीगुराँस जस्तो
    दागरहित हुनुपर्छ मान्छे
    मानवमा मानवता कस्तो।
    २//
    सुन्दर छवि बनाउँ
    बगैँचाका निष्कलङ्क कोपिला
    इतिहासलाई दाग नलगाउँ ।
    ३//
    दृश्यमा शोभा गौरव
    आँखामा कहिल्यैँ नबिझाउने
    बन्नुपर्छ इतिहासमै शौरभ ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [५६]
    १//
    वनभरि लालीगुराँस फुल्छ
    रमणीय दृश्य हेर्दा
    एकछिन दुःख भुल्छ ।
    २//
    गुराँस एकताको फूल
    लाली चढाउनुछ देशलाई
    सम्हाल्नु जनताको हुल ।
    ✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा
    ————-==———–
    [५७]
    भिरपाखामा फुलेको लालीगुराँस
    विजयको रातो रङ्गझैँ
    नेपालीको पुर्ख्यौँली पुराण ।
    ✍️ राजु भन्डारि,बबैरिया १ कपिलवस्तु
    ————-==———–
    [५८]
    १//
    फूल आहा फुलेको
    गुराँस अहिले ढकमक्क
    मन त्यतै झुलेको ।
    २//
    पहाडको रानी अरे
    भन्छन् सबै गुराँसलाई
    टपक्क टिपौँ, झरे ।
    ३//
    भन्छन् राष्ट्रिय फूल
    गुराँसलाई हाम्रै देशमा
    सत्यानास् गर्नु भूल ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Leave a Reply