नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

  • १८ असार २०८१, सोमबार २१:३९ मा प्रकाशित

  • जेद्दा साउदी अरब । नेपाली महावाणिज्य दुतावास जेद्दा साउदी अरबले एक सुचना जारी गर्दै साउदी अरबको जेद्दा शहरमा जेद्दा सिजन २०२४ आयोजना हुने जनाएको छ । उक्त आयोजना बिभिन्न मितिमा गरि ४ दिन हुने र नेपालीहरुको प्रस्तुती १६ अगष्टमा रहने जनाउँदै उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो सहभागिताका लागि अनुरोध गरेको छ ।
    महावाणिज्य दुतावासले आफ्नो सुचनामा जनाएको छ , जुलाई तथा अगष्ट २०२४ मा Equestrian Club (Al Frosyah District Jeddah) मा जेद्दा (Jeddah Season) आयोजना हुने र यस जेद्दा सिजनमा नेपालको प्रथम पटक सहभागिता रहने तय भएको सबैमा जानकारी सहर्ष गराउँदछौं । जुलाई २६ तथा अगष्ट २,९ र १६ गरी जम्मा चार दिन आयोजना हुने जेद्दा सिजनमा नेपालको प्रस्तुती १६ अगष्ट २०२४ शुक्रवार रहनेछ । १६ अगष्ट २०२४ मा आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल नायिका केकी अधिकारी तथा वहाँको नृत्य समूह र प्रस्तोता रिमा विश्वकर्मा आउनुहुने जानकारी रहेकोछ ।


    साथै महावाणिज्य दुतावासले यस सम्बन्धी जानकारी साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरु माझ पुर्याउन तथा कार्यक्रममा सहभागी नेपाली कलाकारहरु समेतको प्रस्तुती रहने कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गरेको छ । यस सम्बन्धमा अन्य प्रासंगिक सूचना तथा जानकारीहरु प्राप्त भएमा आगामी दिनहरुमा सबै नेपाली माझ सुचित गराउऩे पनि जनाएको छ ।
    जेद्दा सिजनमा नेपालको सहभागिता सम्बन्धी अन्य जानकारीका लागि 0582495715, 0541596759, 0506879434 नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।

    Leave a Reply