‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खला सम्पन्न

  • ३२ असार २०८१, सोमबार २२:५३ मा प्रकाशित
  • टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४२
    फुटेको आँखाले नै नहेर्ने छन् त्यसमाथि जल्नेहरू
    आफ्नो केही ह्याउ छैन, खाली अर्काको खुट्टा मल्नेहरू ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~

    [१]
    कति गर्छन् आरिस पनि स्वघोषित वरिष्ठहरू
    आफैँ गर्नु नि नवीन कुरा व्यर्थै जल्नुभन्दा बरु ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    खुट्टा माेलेर नै माथि चढ्नेहरू छन् धेर
    खुट्टा तान्नेकाे त कथा धेरै भयाे झन् हेर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    आफ्नै घमण्डमा रमाउने, अरूको दुःखलाई हँसाउनेहरू
    धेरै भेटे मुखले ठूलो कुरा गर्दै अरूलाई फँसाउनेहरू।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [४]
    अर्काको रिस गर्ने जल्ने उत्तिखेरै रुने
    अरूको मात्र आरिसले प्रगति नहुने ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [५]
    देखिँदैनन् कत्ति ती नेताहरू खाली जल्ने भन्दा
    बरू जनता ठिक तुलनात्मक रुपमा गन्दा ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [६]
    वरिष्ठहरूलाई जल्नदेऊ बरु जलेर मरुन्
    ह्याउ नभई खुट्टा तान्नेहरू अर्कै को पाउ परुन् ।
    ✍️ बेदु न्यौपाने 🌹🌹
    ~<•>~
    [७]
    अरूको प्रगतिमा छ्न् हेर खुट्टा तान्ने जल्ने डाहाले
    छैन हिम्मत गरी देखाउने मर्छन् अरूको आहाले ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    [८]
    मेरो प्रगतिमा डाह गर्ने धेरै धेरै छन् यहाँ
    यस्ता चेतनाले हामी नेपाली बढ्छ अघि कहाँ ?
    ✍️ दीप गोले तामाङ, रौतहट
    ~<•>~
    [९]
    यहाँ चोखो माया गर्नेलाई धोका दिन्छन्
    झुटो आश्वासन देखाएर खुसी छिन्छन्।
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [१०]
    तिमीले नहेरेर के भो र माया
    म हुन्छु है सधैँ तिम्रै दायाँबायाँ ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~
    [११]
    अर्काको प्रगतिमा जल्नेहरू मतलव छैन जलिरहुन्
    त्यस्तालाई पैतालामुनि राखेर नै आफूहरू फलिरहुन् ।
    ✍️ सतिस
    ~<•>~
    [१२]
    प्रशस्त भए पनि आउँछन् हेर, जोगीको भेषमा
    चियोचर्चो गर्दै हिड्ने बानी परिसक्यो यो देशमा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [१३]
    उद्यमी माटोमै सुन फलाउँछ
    आह्रिसे डाहमा हियो जलाउँछ ।
    ✍️ बिके मुखिया, दार्जीलिङ,भारत।
    ~<•>~
    [१४]
    आफू पनि गर्दैनन् अनि खुट्टा तान्छन् मात्रै
    कहीँ नभएको सत्तामा देखाउछन् जात्रै ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
    ~<•>~
    [१५]
    पाउ मोल्ने चिल्लो दल्ने कति राम्रो बानी,
    चाकडी र चाप्लुसीले चल्छ जिन्दगानी।
    ✍ नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी,मोरङ।
    ~<•>~
    [१६]
    दमन सहन्न आगो सहन्छु
    यही सत्य कुरा आज कहन्छु !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [१७]
    आफ्नो गाला मुसार्दै बस्नु बरू, अरूको कुरामा नजल्नू
    आत्महिनताको शिकार भएर रुखमा चढी नफल्नू ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [१८]
    कसैको कुरा सुनिँदैन आफ्नो यात्रा चल्छ
    आरिसले मर्नेहरू खरानी हुन जल्छ ।
    ✍️ सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [१९]
    देशमा धेरै भो चलखेल, भ्रष्टाचार अहिले
    उता डस्छ यता डस्छ यिनै, ब्रह्मचारी जहिले।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ~<•>~
    [२०]
    डराउनु पर्छ है बाहिर आहा गर्दै भित्रभित्रै जल्नेहरूसँग
    हरेकपल अरूको प्रगति देखेर आगोसरी बल्नेहरूसँग ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [२१]
    देश बनाउने कुरा गर्छन् आफ्नै भुँडी भर्छन्
    हुत्ति छैन केही काम गर्ने भुतुक्क भै मर्छन् ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~<•>~
    [२२]
    कसैको डर छैन, लाज छैन, लिडेढिपीमा चल्ने
    यस्तै स्वार्थले नेपालीको स्थिति कहिले हो बदल्ने ?
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ~<•>~
    [२३]
    विकासको बाटो बनाउँदैनन् अरूको खुट्टा तान्ने गर्छन्
    केही काम गर्नुपर्दा पहिले आफ्नु गोजी भरेर सर्छन् ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ~<•>~
    [२४]
    गरिबलाई फस्ल्याङ फुस्लुड पारी मत आ आफ्ना पक्षमा पारे
    सेवा सुविधा जति भि आई पी आफैँ नै बनाई त्यतैतिर सारे !
    ✍️ पवनकुमार बुढाथोकी, काठमाडौँ
    ~<•>~
    [२५]
    मनमा कुरा खेलाई दियाे सपनीमा धाउनेले
    चुँडी लग्यो मुटु फेरि मेरो झुटाे माया लाउनेले।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [२६]
    खुट्टा हैन तिमीले हात तानेर हेर
    सबै गलत न सही सोच अब फेर ।
    ✍️ दीपा तिम्सिना पौडेल, इलाम
    ~<•>~
    [२७]
    हालीमुहाली गरेर जब बन्छ भान्छे
    त्यसपछि सदैब दास पो बन्छ मान्छे ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘, कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [२८]
    बुइँ चढेर चन्द्र धरातल देखेकालाई
    पृथ्वी लोकको के थाहा गगन टेकेकालाई ।
    ✍️ राज बहादुर बडुवाल, कनकासुन्दरि -५, जुम्ला
    ~<•>~
    [२९]
    उन्नति, प्रगति अरूको देख्दा बिना सलाई जल्ने
    खुट्टा तान्न खोज्नेहरू एकदिन थाकी आफैँ गल्ने।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [३०]
    जौ तील पाक्छ रातभर आफ्नै आङमा छारो
    पाउ मोलेर पाको जागिर छाड्न भयो गारो !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [३१]
    काठपात मागेर बनाइएको सानो अस्थायी घर,
    वर्षा लाग्यो पानी पर्यो जोगाउन गाह्रो लाग्दैछ डर।
    ✍️ दीपा
    ~<•>~
    [३२]
    आफू केही गर्ने हाेइन ~अरूकाे रिस डाहा गर्ने
    यस्ता मान्छे किन हाेला काल आएर पनि नमर्ने।
    ✍️ भवानी पाेखरेल (बाबू विराज), बाणगङ्गा१ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [३३]
    नेताहरूकै भयो के यो देश बजार
    गाउँ घरमा जन्मिए गरीब हजार ‌‌
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ~<•>~
    [३४]
    तमाम जनता र देशको सपना जसले बनाउँदै छाै धराप
    कुख्यात खेलाडीहरू ! तिमीलाई लाग्नेछ गरिबी साेझाकाे सराप ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [३५]
    राम्रो काम गर्नेको खुट्टा तान्ने गर्छन्
    जागिर पाएमा आफ्नो गाेजी त भर्छन् ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [३६]
    नजलाैँ पराइकाे प्रगतिमा गराैँ आफ्नै पाैरख
    गर्नुछ इतिहासमा आजै निस्वार्थी हामीले पख।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ~<•>~
    [३७]
    सहयोगी हो म भनी आसको बत्ती बाल्छन्
    फकाएर लागि फेरि दलदलमा फाल्छन् ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [३८]
    जबसम्म नासिनन् सबै दुर्जन भ्रष्टावादीहरू
    बढ्नेछ अझै नेपालमा कुकर्म राष्ट्रघातीहरू ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ~<•>~
    [३९]
    गोडा मोल्नेहरू नै सिँढी चढेको देखिन्छ
    चाटुकारका निधारमा सधैँ श्री लेखिन्छ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [४०]
    जस्ले गर्छ काम उस्काे चाहिँ खुट्टा तान्छन्
    याेग्य सक्षम पाखा लगाई आफ्ना छान्छन्।
    ✍️ दुर्गा भट्टराई, माेरङ
    ~<•>~
    [४१]
    पर्वतारोहीलाई के थाहा, सत्तामा चड्दाको मज्जा
    नाङ्गो राजनीति गरेपछि हराउँदै जान्छ लज्जा ।
    ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ~<•>~
    [४२]
    बनेको छ जिन्दगी निराशामा गल्ने
    आफ्नोहरू रहेछन् प्रगतिमा जल्ने ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत
    ~<•>~
    [४३]
    रिस, डाहा गर्दै अरूको प्रगतिमा खुट्टा तान्ने
    अगाडिबाट त ठिक्क पर्छन् पछाडिबाट हान्ने ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ~<•>~
    [४४]
    खुट्टा तान्नु खुट्टा मोल्नु, आजकलका मान्छेको आदत भयो
    पिपलपाते बानी हुन्छ, फाइदा लुट्न अर्को पार्टीमा गयो ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [४५]
    भ्यागुतो भन्दा माहिर मान्छे खुट्टा तान्ने खेलमा
    जान्नु पर्यो त्यति नत्र विपक्षले कोच्छन् जेलमा ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    राम्रो कामको मुल्याङ्कन गर्न पछि पर्छन् अवसरवादी मान्छेहरू
    रुचाउँदैनन् ती मेहनत र इमानदार मात्र छन् खुट्टा तान्नेहरू ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
    [४७]
    आफन्तको नाममा चलाउँछन् छुरा
    फुर्ति उनीहरूकै ठूला – ठूला कुरा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ~<•>~
    [४८]
    खुट्टा तान्ने तान्दै गरून् जल्नेहरू जल्दै गरून्
    देखेर प्रगति आफ्नो आरिसैले बरु मरून् ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ~<•>~
    [४९]
    यस्ता चाटुकारको कुरै नगरौँ
    बरु राम्रो काम गर्न अघि सरौं।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ,भारत।
    ~<•>~
    [५०]
    पिडाभित्र लुकाएर बाहिर पर्ने हाँस्न
    अर्काे गर्दै जालझेल थाल्दाे रहेछ मास्न ।
    ✍️ हिरालाल न्याैपाने ,बानपा ८,काेटमाैला, सल्यान
    ~<•>~
    [५१]
    टुक्का कविताले एकछिन आनन्द दिन्छ
    त्याे कुरा दिल र दिमागले तुरन्तै लिन्छ ।
    ✍️ नवराज भट्ट, कञ्चनपुर
    ~<•>~
    [५२]
    गनगन कति गर्छौ क्षमता नभए जस्तो
    अर्काको उन्नति हेर्नै नसक्ने तिमी त कस्तो ।
    ✍️ नन्दलाल आचार्य ,
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    [५३]
    हेर्ने मात्र आँखा भयाे, दृष्टिकाेण भैन
    अघाेरी छन् वरिष्ठ ती साथ दिने हैन ।
    ✍️ जी.वि.कश्यप, घाेराही,दाङ
    ~<•>~
    [५४]
    मुखले ठिक्क पारेर नै बगलीमा हान्छन् छुरा
    अरूको उन्नति देख्न नसकेर गर्दछन् कुरा ।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [५५]
    अहिले बकबक गरेर केही हुन्न
    जति खहरे आओस् समुन्द्रलाई छुन्न ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
    ~<•>~
    [५५]
    दुधको कुडेको साक्षी बन्न पाउदा अवसर छोडौँ किन ?
    तिमी पनि नहेर जनहित सक्छौँ असंख्य फाइदा लिन ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [५६]
    आफ्नाे ऐना नहेरी अरूका कुरा काट्ने
    हेप्न सम्म हेप्ने बरै मनै पूरा फाट्ने ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~<•>~
    [५७]
    कसरी पछार्ने बुन्दैछु तानाबाना
    हेर ! खुट्टा तान्नेहरू कै छ जमाना।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ~<•>~
    [५८]
    न्याय कुल्चेर दुनाे साेझ्याउने छन् सर्वहारी
    सत्यलाई दवाउने तिमी कस्तो व्यभिचारी ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [५९]
    आफूभन्दा जान्ने बुझ्ने कोही छैनन् भन्दै
    अगाडि पो सर्ने गर्छन् खुबै बाठो बन्दै ।
    ✍️ दुर्गा आचार्य, मोरङ
    ~<•>~
    [६०]
    न यता न उता भएको छ अरूको इसारामा चल्नेहरू
    जिउँदो लास जस्तै भएको छ, अरूको भरमा बल्नेहरू ।
    ✍️ वेल थोकर तामाङ, बकैया_८//मकवानपुर
    ~<•>~
    [६१]
    खुट्टा मलेर खानेको, देशमा छ चुरीफुरी
    सभ्यका नेत्रले हेर्दा, भाव झल्किन्छ आसुरी।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [६२]
    आँखा चिम्ली हेर्नेहरू
    खाली कुरा फेर्नेहरू ।
    ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी
    ~<•>~
    [६३]
    दल खुप तेल तिमी मल जतिन्जेल
    तुरप नै सिद्ध हाेला सतरन्जे खेल ।
    ✍️ रामकृष्ण दुवाडी
    ~<•>~
    [६४]
    अरूको खुट्टा तान्नेहरू नि जाने छैनन् माथि
    प्रगति गरी देखाउने हो ढुक्क हुनु साथी |
    ✍️ सरिता सेढाई, धादिङ
    ~<•>~
    [६५]
    संसारमा नै धेरै भयो जलन
    भाइ लुटे गँवार लुटे चलन ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ~<•>~
    [६६]
    जल्नेहरू जलाएर नै आफू अघि बढ
    मल्नेहरूको पसिना बेची शिखर चढ।
    ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला
    ~<•>~
    [६७]
    मनमा जहिल्यै जलन
    प्रगति भाँड्ने छ चलन ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६८]
    खुसी हुन्न अरूको खुसीमा प्रगति उसले गर्दैन
    आफू जति दुखी भए पनि कुरा काट्न पछि सर्दैन ।
    ✍️ सबिता खड्का कैलाली
    ~<•>~
    [६९]
    गल्ती गर्छ जसले उसैलाई हुनुपर्ने ठूलो
    मै हुँ भन्दै जान्ने पल्टने कही नभएको मुलो ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज

    काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    Leave a Reply